भर्खरै :

नेपालको नक्सामा चुचे नक्सा खोइ ?

नेपालको नक्सामा चुचे नक्सा खोइ ?

नेपालको चुच्चे नक्सासम्बन्धी विवाद चर्किरहेको वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार आएपछि पछिल्लो समय प्रधानमन्त्री तथा मन्त्रीहरू सहभागी हुने कार्यक्रमहरूका मूल ब्यानरमा नेपालको नक्सा अङ्कित गर्दा चुच्चे नक्सा नराखिएको विषय चर्चामा आएको छ । प्रधानमन्त्री बालेनले सदनमा सम्बोधनको क्रममा नेपालले पनि भारतको धेरै भूभाग मिचेको अभिव्यक्ति दिनुभएको सन्दर्भसँग यसलाई जोडेर हेर्न थालिएको छ ।
त्यति मात्र होइन, भक्तपुरमै आयोजित एउटा कार्यक्रममा पनि चुच्चे नक्सा नराखिएको पाइएको छ । यसलाई संयोगका रूपमा लिने कि आयोजकको बेवास्ता मान्ने भन्ने प्रश्न खडा भएको छ ।
देशको सार्वभौमिकतासँग जोडिएको अत्यन्त संवेदनशील विषयमा हरेक देशभक्त नागरिकले आलोचनात्मक दृष्टिकोण राख्न जरुरी छ । सम्बन्धित सबै पक्षको ध्यानाकर्षण होस् ।
— एक देशप्रेमी

Leave a Reply

Your email address will not be published. Required fields are marked *