नेपालको नक्सामा चुचे नक्सा खोइ ?
- आश्विन २९, २०८३
प्रिय सम्पादकज्यू,
मजदुर दैनिक ।
तपाईँको लोकप्रिय पत्रिकामार्फत जनस्वास्थ्यमा भइरहेको खेलबाडको विषयमा जानकारी गराउन चाहन्छु ।
इनर्जी ड्रिङ्क सेवनले उपभोक्ताको स्वास्थ्यमाथि असर पु¥याइरहेको भए पनि सरकारले त्यस्ता वस्तु निवोध बिक्री गर्न दिनु खेदको विषय हो । शरीरलाई ऊर्जा दिने भनी गरिएको प्रचारको पछि लागेर इनर्जी ड्रिङ्क सेवन गरेकाहरूमा विभिन्न स्वास्थ्य समस्या देखिएको स्वास्थ्यकर्मीहरूको मत बाहिरिएको छ ।
स्वास्थ्यकर्मीहरूका अनुसार इनर्जी ड्रिङ्कमा हुने क्याफिनको मात्रा र अन्य रासायनिक तत्वका कारण मुटुको धड्कन बढ्ने, रक्तचापमा असर पर्ने, पाचनसम्बन्धी समस्या देखिने जोखिम बढाउँछ । क्याफिनप्रति बढी संवेदनशील बालबालिका तथा किशोरकिशोरीमा यसको असर झन् घातक हुनसक्ने विशेषज्ञहरूको भनाइले हाम्रा नयाँ पुस्ताको स्वास्थ्य भोलिका दिनका कस्तो हुने सहजै अनुमान गर्न सकिन्छ ।
दैनिक दुई–तीन क्यान इनर्जी ड्रिङ्क नियमित सेवन गर्ने युवामा मिर्गाैला फेल हुने र पाचन प्रणाली बिग्रनेजस्ता गम्भीर समस्या देखिएको चिकित्सकहरूको भनाइमा सरकारको ध्यान किन नभएको हो ? चाडपर्वमा म्याद गुज्रिएका पेयपदार्थलाई समेत रिलेब्लिङ गरेर बिक्री वितरण भइरहेको समाचार बाहिरिएको पुरानो हो । यस्ता पेयपदार्थले जिउज्यान र स्वास्थ्यको समस्या हुनुको साथै सम्पत्तिसमेत नोक्सान हुने विषय के सरकारलाई थाहा छैन र ?
उपभोक्ताले स्वास्थ्य र गुणस्तरीय वस्तु उपभोग गर्न पाउने हक उपभोक्ता संरक्षण ऐन २०७५ ले प्रत्याभूत गरेको छ । जनताको स्वास्थ्यमा गम्भीर असर गर्ने अखाद्य इनर्जी ड्रिङ्क र अन्य पेय पदार्थ खुलमखुला बिक्री गर्न दिने सरकार अपराधी किन होइन ?
अमेरिकी कम्पनीबाट उत्पादन गरिने यस्ता पेयपदार्थ संसारभरि नै बिक्री वितरण गर्ने कार्यबाट अमेरिकी साम्राज्यवादले विश्वका जनतालाई युद्धमा जनता मारेजस्तै मार्न खोजिरहेको किन होइन ? होइन भने केही रकम भन्सार र करको लोभमा जनताको स्वास्थ्यमा गम्भीर असर पु¥याउने यस्ता पेयपदार्थ सरकारले कसको दबाबमा बिक्री गर्न दिइरहेको छ ।
विगतमा चाउचाउ उत्पादन गर्ने उद्योगपतिले चाउचाउ खान अस्वीकार गरेको घटना ताजै छ । खानयोग्य सामान उत्पादन नगरी जनतालाई विष खुवाउने उद्योगी, व्यापारी सरकारका मन्त्री, उच्च अधिकारीसमेतलाई उपभोक्ता ऐनअनुसार कानुको कठघरामा उभ्याउनुपर्ने जनताको मत छ ।
– शुक्र
Leave a Reply