भर्खरै :

मजदुर–किसान, पूर्णाङ्क–२३ अध्ययन गर्दा

नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समितिको मुखपत्र ‘मजदुर–किसान’ वर्ष ९, अङ्क १ र पूर्णाङ्क २३ अहिले पाठकहरूको हात–हातमा पुग्दै छ । माघ–चैत २०७६ को यो अङ्क पाठ्य साम्रगीहरूले भरिएको छ ।
नेमकिपाको ४६ औँ स्थापना दिवसको अवसरमा प्रकाशित यस ‘मजदुर – किसान’ अङ्कलाई पार्टीको सातौँ महाधिवेशन (असोज ३–६, २०७६) को ऐना भन्न सुुहाउँछ ।
सम्पादकीयको शीर्षक छ– ‘नेमकिपाको ४६ औँ स्थापना दिवस तथा उप–शीर्षकमा छ– ‘ओली सरकारमा अमेरिकी ग्रहणको विरोध ¤’ अध्यक्ष का. रोहितसँगको अन्तर्वार्तामा ‘नेपाली शासकहरू सम्भवतः अमेरिकी जालमा फसिसकेका छन्’ भन्ने शीर्षकले नै पाठकहरूलाई झस्काउनु स्वाभाविक हो, सातौँ पार्टी महाधिवेशनमा पनि का. रोहितले ‘नेपाल विदेशी सहयोगको नाउँमा अमेरिकी र भारतको जालमा फस्दै छ भन्नेबारे देशका कामदार जनता र पार्टीमा प्रतिनिधि साथीहरूलाई सचेत पार्नुभएको थियो ।
वास्तवमा महाधिवेशनको त्यो सम्बोधनको अर्को महत्वपूर्ण पक्ष भनेको नेकपा (एमाले ं माओवादी) नेपाली काङ्ग्रेस र अन्य दलहरूको वर्ग श्रोत, कार्यशैली र उद्देश्यबारे प्रस्ट पारिनु हो ।
अहिले देशमा नेपालले संरा अमेरिकासँग सम्झौता गर्न खोजेको ‘मिलेनियम चालेन्ज कर्पोरेसन’ (एमसीसी) को उद्देश्य र परिणामबारे कार्यकर्ता र जनतालाई प्रस्ट पार्न प्रज्ज्वलको ‘यसकारण एमसीसीसँगको सम्झौता नेपालको हितमा छैन’ भन्ने लेख अत्यन्त जानकारी राख्नुपर्ने विषय हो ।
एक बेलायती राजनीतिकशास्त्रका अवकाश प्राप्त प्राध्यापक आर्ची ब्राउनको ‘साम्यवादको उत्थान र पतन’ को अध्ययन गर्दा क्रिश्चिनाले ‘पुँजीवादी व्यवस्थाको उत्थान र पतन ?’ हुने सम्भावनाका ऐतिहासिक घटनाहरू र जीवन दर्शनको आधारमा छलफललाई अगाडि बढाउनुभएको छ ।
यशराजको ‘प्रदेशसभामा नेमकिपाको वैचारिक सङ्घर्ष’ कामरेड प्रेम सुवालको ‘हिन्द प्रशान्त रणनीतिको विरोधमा नेमकिपा’, कामरेड सुनिल प्रजापतिको ‘स्थानीय तह केन्द्रीय सरकारका एकाई होइनन्’ र कामरेड डिल्लीप्रसाद काफ्लेको ‘कर्णालीमा समाजवादी प्रचार अभियानमा नेमकिपा’ विचार विश्लेषण र जानकारीमूलक मन्तव्यहरूले यस अङ्कलाई सशक्त बनाएको पाठकहरूले अनुभव गर्ने पक्का छ ।
‘शासक दलहरू विकासका नाममा भ्रष्टाचारमा डुबेका छन्, ‘असमानता र विभेद हटाउन सङ्घर्ष’, ‘पुँजीवादी व्यवस्थामा महिलालाई समान अधिकार र मुक्ति असम्भव’ र ‘नयाँ उत्साहको आभा फिजाउँदै नेमकिपा’ शीर्षकका पार्टी केन्द्रीय सदस्यहरू क्रमशः जग्यबहादुर शाही, बजिरसिंह विश्वकर्मा, अनुराधा थापामगर र सुरेन्द्रराज गोसाईका मन्तव्यहरू अत्यन्त मनन गर्नुपर्ने पाठकको भनाइ छ ।
कामरेड नन्दबहादुर शाहीको ‘कर्णालीमा सरकारको उपस्थितिको आभास जनतालाई छैन’ तथा नयाँ पुस्ताका कामरेडहरूमा सृजना सैँजूको ‘संरा अमेरिकी उक्साइमा भारतले नेपाललाई युद्ध मैदान बनाउन सक्छ’, सरोजकुमार साहका ‘बहुमत किसानका समस्या समाधान गर्न तराईमा किसान आन्दोलन’, सबिन ख्याजूको ‘बीसौँ हजार नेपाली विद्यार्थी विदेशतिर’ भन्ने शीर्षकका मन्तव्य सा¥है गहकिला भएको नयाँ पुस्ताको मूल्याङ्कन छ ।
त्यस्तै यस अङ्कमा ‘संरा अमेरिका एक साम्राज्यवादी देश हो भन्ने बुझौँ ।’, ‘संरा अमेरिकाको प्रभावमा– ¥हासका कारणजस्ता शीर्षकका लेखहरू, नेमकिपाको ३, ४, ५ र ६ असोज २०७६ को महाधिवेशनमा नयाँ सदस्यहरूको निर्वाचन, भारतीय हस्तक्षेपविरुद्ध काठमाडौँमा विशाल प्रदर्शनकोे महत्वपूर्ण समाचार र जिल्ला – जिल्लामा एमसीसीविरुद्ध नेमकिपाका समितिको गतिविधिबारेको जानकारी अत्यन्त जानकारीमूलक छ ।
चीनमा कोरोना भाइरस सङ्क्रमण भइरहँदा अध्यक्ष का. रोहितको चिकपाका महासचिव सी चिनफिङलाई ऐक्यबद्धता सन्देशले नेपाली र चिनियाँ जनता सुख र दुःखमा साथै छन् भन्ने भावना प्रस्ट पार्छ ।
रङ्गिन चित्र र विभिन्न जिल्लाका साँस्कृतिक टोलीका प्रदर्शनसहितका तस्वीरहरूले यो अङ्क अत्यन्त आकर्षक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *