भर्खरै :

सरकारको जिम्मेवारी

वर्तमान ‘कम्युनिस्ट’ सरकारलाई नाम जे दिए पनि नेपाली काङ्ग्रेसकै भाइ भनेमा फरक पर्दैन । नेकपा सरकार नेका सरकारकै पदचिह्नमा अगाडि बढेको तलका उदारहणहरूबाट पुस्टि हुन्छ ः
क) बालुवाटारको ललिता निवासको गञ्जागोल प्रम कृष्णप्रसाद भट्टराईकै पालाबाट सुरू भएको हो,
ख) ‘आठ–आठ हजार डलर लिएर बालबालिका विदेश पठाउने कारोबारमा सरकार ।’ ‘धर्म सन्तानको नाममा २० वर्षमा २६ सय ३३ बालबालिका विदेश पठाएर सरकारले सङ्कलन ग¥यो दुई करोड १० लाख ६४ हजार डलर, तर ती बालबालिका कहाँ कुन अवस्थामा छन् भनेर सोधखोज गर्ने कुनै संयन्त्र छैन ।’ (नयाँ पत्रिका, २७ माघ २०७६)
ग) ‘६ शीत भण्डारको सम्झौता रद्द, पेश्की लगेको रकम फिर्ता गर्न निर्देशन’, झापा, मोरङ, सुनसरी, कपिलवस्तु, सर्लाही र कैलालीका सम्झौता रद्द’ तब उपलब्धि के ?
घ) ‘मृत्यु भएका व्यक्तिको नाममा नक्कली भरपाई’ (गोरखापत्र, २७ माघ २०७६)
ङ) ‘बजारमा लूट’ (अन्नपूर्ण पोष्ट, २६ माघ २०७६) महँगी बढ्दो छ ।
च) कुपोषणले ग्रस्त कर्णालीवासी, तस्वीरमा छ – कालीकोटको स्वास्थ्य संस्थामा उपचाररत कुपोषणग्रस्त बालिका । (ऐजन)
छ) ‘पोखरामा किलोको चारसय ६० रूपैयाँ’ शीर्षकको समाचार किन ? कुखुरा र अन्डा सस्तो भयो भन्दै अन्डा फुटाए तथा चल्ला मारे । बजारमा कुखुरा कम भयो, मूल्य बढ्यो । आज मूल्य बढेपछि भारतबाट कुखुराको मासु र अन्डा भित्रियो । देशको पैसा बाहिरियो, दोषी को ? (नागरिक, आर्थिक– २६ माघ २०७६)
ज) ‘मूल्य बढाउन अन्डा र चल्ला नष्ट’ (उही)
झ) ‘सांसद, मेयरलगायत २०८ जनप्रतिनिधि ठेकेदार, तीन ठेकेदार सङ्घीय संसद्को विकास समितिको सदस्य ¤’ (नयाँ पत्रिका, २६ माघ २०७६)
अब यस्तो स्थितिमा चीनबाट आएका नेपालीहरूको बन्दोवस्त कसरी होला ?¤ कुनै तयारीको खबर छैन ! यसकारण नआत्तिऔँ !
हाम्रा नेपाली फर्काउँदाको स्थिति
नेपालमा पीत पत्रकारिता ज्यूँदै छ भन्नेहरूको कमी छैन । वर्षौँसम्म चुप लागे पनि मौकामा आफ्नो चरित्र देखाइहाल्ने गर्छन् । ‘नेपाल समाचारपत्र’ बारे केहीलाई भ्रम थियो । फलाना अखबार तटस्थ छ वा दलीय राजनीतिबाट निर्लिप्त छ आदि – आदि । तर, २७ माघको अङ्कमा लेख्यो –‘चीनबाट फर्काइने नेपालीप्रति असहिष्णु अभिव्यक्ति ।’
चीनबाट तत्काल नेपाल फर्काउँदा ‘फर्कने’ वा ‘फर्काइने’ नेपालीहरूको स्थिति के होला भनी हरेक नेपाली र नेपाली प्रचारमाध्यमले चासो राख्नु पनि स्वाभाविक हो । प्रश्न छ – उहानका हरेक घर र हरेक नागरिकलाई समेत १४ दिनसम्म अरूलाई भेट्न मनाही गर्दै सम्बन्धित स्वास्थकर्मीहरूको निगरानीमा राख्दै गरेका बेला ‘परीक्षण काल’ नटुङ्गिदै हामीले नेपालीहरूलाई ल्याउन खोज्दा के होला, उपचार गर्नुपर्ने भए के होला अनि सङ्क्रमित ठाउँको बाटो ल्याउँदा के होला ¤? स्वास्थ्यको सुरक्षाकै निम्ति सबै यातायात बन्द गरेको क्षेत्रमा कसरी रेल वा सार्वजनिक यातायात चल्ने होला !
हामी नेपालीले नेपालकै परिवेशमा सोच्नु पनि मनासिब हो । तर, हामीले हाम्रा नेपालीहरूकै हितमा सोचेका हुन्छौँ । परिस्थिति हामीले सोचेभन्दा फरक प¥यो भने परिणाम उल्टो आउनेतर्फ किन सचेत नहुने ? आ–आफ्ना परिवारजन र अभिभावकहरूलाई पीर हुनु मानवीय गुण हो, वात्सल्य प्रेम पनि हो । हामीले यहाँ बढी चिन्ता गरेको थाहा पाउँदा आफ्ना मानिसलाई बढी ‘चिन्ता’ र ‘तनाव’ भएको पनि त्यत्तिकै साँचो हो । संयम त हामीले लिने हो, उनीहरूलाई नआत्तिन ढाडस दिने हो ।
यस्तो भावनात्मक स्थितिमा ‘समाचारपत्र’ लाई साम्राज्यवादी अमेरिकालाई आक्रमण, हत्या, हिंसा र अपराधबाट जोगाउने कुन माया पलायो थाहा छैन !
नेपालीलाई चीनबाट अहिले फर्काउँदा सरकारले राम्रो बन्दोवस्त गर्छ भन्नेमा अभिभावकले कसरी भरोसा गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *