भर्खरै :

सक्वको म राजदास– १९

ई. राजदास श्रेष्ठ
‘ओई… काक खराषो’ भन्दै बुढोले अर्को ग्लास भरे, तर मैले खान मानिनँ । हिजो राति पनि राम्ररी सुतेको थिइनँ । आधा रात त रुसी केटीहरूसँग गफ गर्दै बितेको थियो । त्यसकारण मैले एक ग्लामात्र भोड्का पिएर उनीहरूले दिएको खाना पेटभरि खाएँ । मलाई उनीहरूले आनै मान्छेजस्तो व्यवहार गरे । रुसीहरू पश्चिम युरोप र अमेरिकाका मानिसभन्दा अलि भिन्न स्वभावका थिए । हाम्रो एसियाली संस्कृति र सभ्यतासँग बढी नजिक देखिन्थ्यो । एक अपरिचित व्यक्तिलाई केही कुरा गरेपछि आफ्नै जस्तो ठान्ने र धेरै मिजासी बन्ने । स्वभावले रुसी मानिसहरू धेरै सोझा देखिन्थे र इतिहासमा उनीहरूले धेरै दुःख कष्ट भोगेका थिए । रुसी इतिहास पढ्दा लाग्छ सायद संसारमा सबभन्दा दुःख पाउने रुसी जनता नै हुन् । रुस एक विशाल देश हो । रुससँग विशाल प्राकृतिक स्रोत र साधन छ । सायद यही कारणले होला इतिहासको विभिन्न काल–खण्डमा रुसमाथि विदेशी हस्तक्षेप र आक्रमण भइरहेका थिए ।
सबभन्दा ठूलो नाजी हिटलरको विश्वासघाती आक्रमण भएको थियो । सन् १९४१ देखि १९४५ सम्मको हिटलर जर्मनीसँग भएको द्वितीय विश्वयुद्धमा सोभियत सङ्घले दुई करोडभन्दा बढी मानिस गुमाएको थियो भने त्योभन्दा पहिले १९ औँ शताब्दीको सुरुमा सन् १८१२ मा फ्रान्सका बादशाह नेपोलियनले रुसी साम्राज्यमा ठूलो हमला गरेका थिए ।
सन् १७९९ मा युरोपका धेरै देशमा विजय हासिल गरेपछि फ्रान्सका नेता नेपोलियन बोनापार्टलाई रसियामाथि विजय गर्न रहर जाग्यो ।
युरोपका बेल्जियम, होल्यान्ड, इटली, क्रोयेशिया, जर्मनी, स्वीट्जरलान्डसहित पोल्यान्डमा अधिपत्य जमाएका थिए नेपोलियनले ।
सन् १८१२ मा नेपोलियन युरोपका सैनिक फौज लिएर रुसमाथि जाई लागे ।
तत्कालीन रुसी साम्राज्यका २ लाख सैनिकमाथि कमसेकम ५ लाखभन्दा बढी युरोपियन सैनिक लिएर नेपोलियन बोनापार्ट रुसमाथि हमला गर्न तम्सिए ।
फ्रेन्च बादशाह नेपोलियनले रुसमाथि विजय हासिल गरेर आफ्नो आधिपत्य जमाउन खोजेका थिए । तर, रुसी सेना नेपोलियनको फौजसँग लड्नुको सट्टा पछि हट्दै गए । नेपोलियनलाई रुसको एकपछि अर्को सहर छोड्दै प्रत्यक्ष सङ्ग्राम नगरिकन आफू पछि–पछि हट्दै गयो ।

मस्को सहरमा खाद्यान्न केही छोडेका थिएनन् तर मदिरा र रक्सी प्रचुरमात्रामा छोडेर गएका थिए । आफ्नो सैनिक बलमा मस्को जितेको खुसीयालीमा फ्रान्सेली आर्मीले सके जति जाँड रक्सी खाँदै उत्सव मनाएका थिए । नेपोलियन मस्कोको गद्दीमा बसेर रुसका तत्कालीन जार शासक अलेक्जेन्डर प्रथमले उनीकहाँ आत्मसमर्पण गर्न आउँछ भनी पर्खिबसे । तर, आत्मसमर्पण गरी शान्ति सम्झौता गर्न कोही पनि आएनन् । रुसको जाडो खप्न नसकेर नेपोलियनले मस्को छाडी आफ्नो देश फर्कने निर्णय गरे । अक्टोबर १९ तारिखको दिन रुसमा हिउँ पर्नथालेपछि नेपोलियनले आफ्नो सैनिकलाई साथमा लिएर मस्को छोडी भागे ।

नेपोलियनको फौज अघि बढ्दै जाँदा रुसी भूिममा आएको आँधीबेहरी, हिमपात, अति वर्षा र खाद्यान्नको अभावले धेरै सैनिकहरू बाटैमा हताहत भए र धेरै नेपोलियनको साथ छोडेर भागे तर पनि नेपोलियन अगाडि बढ्दै गए । आफ्नो गन्तव्यमा पुगिहाल्छ भन्ने दृढ अठोटका साथ रुसी भूूमि कब्जा गर्दै मस्कोतिर लम्कदँै थिए ।
आफू पछि हट्दै जाँदै गर्दा रुसी सैनिकहरू नेपोलियन आउने बाटोमा पुल भत्काउँदै र गाउँघरहरू जलाउँदै गए । रुसी सैनिकहरूसँग हातमा हात मिलाउँदै रुसी किसानहरूले फ्रेन्च दुश्मनहरूको हातमा खाद्यान्न नपरोस् भनेर आफूले लगाइराखेको खेतबारीमा फलेका अन्नहरूमा आगो लगाइदिए । रुसी जनता र सैनिकको यो रणनीतिले गर्दा नेपोलियन आर्मीलाई धेरै कठिनाइ भयो । रुसी भूमिमा जाडोयाम सकिएपछि गर्मीको तापले पनि फ्रान्सेली आर्मीलाई धेरै सतायो । कैयौँ सैनिक खान नपाएर मरे भने कैयौँलाई फोहर र दूषित पानीले झाडापखाला लागे र विभिन्न रोगका शिकार भए । हजारौँ हजार सैनिकहरूको अकालमा मृत्यु भयो ।
रुसीहरू प्रत्यक्ष युद्ध नगरिकन पछि हट्दै गए । उनीहरूले मस्को नजीक १०० किलोमिटर परको सहर बोरोदिनोमा पुग्दा नेपोलियनसँग युद्ध गरे । त्यस युद्धमा दुबैतर्फको झन्डै ७० हजार सेना हताहत भए ।
यो युद्ध १८१२ को सेप्टेम्बर ७ तारिखमा भएको थियो । सेप्टेम्बर १४ तारिखमा नेपोलियन आफ्नो सैनिकसहित मस्को सहर प्रवेश गरे । किनभने त्यो विनाशकारी युद्ध लड्नुभन्दा नेपोलियनलाई मस्कोको बाटो खुला छाडी रुसी फौज पछि हटेको थियो ।
मस्को कब्जा गर्न सफल भएकोमा नेपोलियन र उसको सेना उत्सव मनाउँदै गर्दा मस्को सहर आगोको मुस्लोमा दन्किरहेको थियो । नेपोलियन मस्कोमा आउञ्जेल सारा रुसी जनता मस्कोमा आगो लगाएर अन्तै भागिसकेका थिए ।
मस्को सहरमा खाद्यान्न केही छोडेका थिएनन् तर मदिरा र रक्सी प्रचुरमात्रामा छोडेर गएका थिए । आफ्नो सैनिक बलमा मस्को जितेको खुसीयालीमा फ्रान्सेली आर्मीले सके जति जाँड रक्सी खाँदै उत्सव मनाएका थिए । नेपोलियन मस्कोको गद्दीमा बसेर रुसका तत्कालीन जार शासक अलेक्जेन्डर प्रथमले उनीकहाँ आत्मसमर्पण गर्न आउँछ भनी पर्खिबसे । तर, आत्मसमर्पण गरी शान्ति सम्झौता गर्न कोही पनि आएनन् । रुसको जाडो खप्न नसकेर नेपोलियनले मस्को छाडी आफ्नो देश फर्कने निर्णय गरे । अक्टोबर १९ तारिखको दिन रुसमा हिउँ पर्नथालेपछि नेपोलियनले आफ्नो सैनिकलाई साथमा लिएर मस्को छोडी भागे ।
४–५ लाख सैनिक फौज लिएर रुस गएको नेपोलियन बोनापार्टले १९ अक्टोबर १८१२ मा मस्को छोड्दा आफूसँग एक लाख सेनामात्र बाँकी थियो । चार लाख जति सेना बाटोमा लड्दै आउँदै गर्दा कति युद्धमा मरे भने, कतिले सेना छोडेर भागे, कति रोगब्याधीले मरे भने कति सैनिक रुसी सेनाको कब्जामा परे । नेपोलियनसँगै फर्किरहेका सेनालाई पछाडिबाट रुसी सेना आई हमला गर्नथाले । कति सिपाहीँहरू बाटोमा खानेकुराको अभावमा फ्रान्सेली सेनाको हजारौँ घोडाहरू दाना नपाएर मरे । यसमाथि समत्न्दा अघि नै विशाल हिमपात र हिउँ–आँधीले गर्दा नेपोलियनका शक्तिशाली सेना बीच बाटैमा क्षतविक्षत र तितर–वितर भए । यसरी फ्रान्सेली बादशाहको नराम्रो हार हुँदै गरेको देखेपछि रुसी सेनासँग स्वीडेन, प्रसिया र (प्रसिया–जर्मनी) अस्ट्रिया पनि नेपोलियनसँग भिड्न मिल्न गए ।
डिसेम्बर ५ तारिखको दिन नेपोलियन आफ्नो बाँकी सारा फौज छोडेर पेरिस पुगे । फ्रान्समा आफूविरूद्व सत्ता हत्याउने हल्ला सुनेर उनी हतारिएर पेरिस पुगेका थिए । यसरी इतिहासमा पटक–पटक रुसी जनताले विदेशी सैनिक आक्रमण र हस्तक्षेप सहनु परेको कुरा प्रत्येक रुसी–सोभियत नागरिकबाट सुन पाइन्थ्यो । सोभियत रुसमा र रुसी जनता सयौँ वर्ष जार शासकहरूबाट धेरै शोषित र पीडित थिए । यस्तै कारणहरूले हुनसक्छ रुसी जनतामा एकरूपता र मिलीजुली बस्ने भावना जागृत भएको देखिएको हो । मेरो ससुराली मस्को सहरभन्दा ६५० किलोमिटर दक्षिणपूर्व पर्ने पेन्जा सहर हो । त्यहाँ विदेशीहरू खास देखिँदैनथे । सायद म नै पेन्जा सहर पुग्ने पहिलो विदेशी नेपाली होला । पेन्जामा मेरो ससुराली घर नजिकको जङ्गल क्षेत्रभित्र एउटा ठूलो हातहतियार उत्पादन गर्ने कारखाना थियो । त्यहाँ नाम चलेको ‘कालो शनिकोभ’ भन्ने राइफल उत्पादन गरिन्थ्यो । जमिनमुनि जङ्गल क्षेत्रभित्र बन्दुक र राइफल उत्पादन हुन्थ्यो । तर, जङ्गलबाहिर बाटोबाट देख्ने गरी लेखिएको थियो, ‘बाई–साइकल फ्याक्टरी ।’
सोभियत रुसको बारेमा यस्तै यस्तै कुरा गर्दै खाजा (ब्रेकफास्ट) खाँदै गर्दा एकै परिवारका चार जना सदस्यहरू जस्तै दगुरिरहेको रेलको दायाँ–बायाँ नियाल्दै हामी यात्रा गरिरह्यौँै । आन्ना पेट्रोभ्ना एक स्कूलकी शिक्षिका थिइन् । उनी इतिहास र साहित्य पढाउँथिन् । उनी रुसी इतिहास र साहित्यका विज्ञ थिइन् । नेपोलियनले रुसमा आक्रमण गर्दाको कुरा हुँदै गर्दा उनले लेभ टल्स्टोइको बारेमा कुरा उठाइन् र टल्स्टोइको विश्व प्रख्यात उपन्यास ‘युद्ध र शान्ति’, (वार एन्ड पीस) यसै युद्धको वरिपरिका घटनाहरूलाई लेखेको बताइन् ।
टल्स्टोइको उत्कृष्ट उपन्यासमध्ये ‘आन्ना कारेनिना’ पनि धेरै लोकप्रिय उपन्यास हो ।
हिजो राति राम्ररी सुत्न नपाएको कारण मलाई अलि अलि निद्रा आउला जस्तो भो र आन्नाको बुढोले फेरि एक पेग भोड्का दिँदै मलाई भने, “डबाईचे ईइयो राज अड्नु ¤”
(एउटा फेरि लिनु न लौ ।) मैले दोस्रो ग्लास लिँदै भनेँ, “खराषो एटो ड्ल्या वास” हुन्छ, “यो तपाईंहरूको स्वास्थ्य” को लागि भन्दै मैले पूरा ग्लास एक घुटकोमा रित्याइदिएँ र अब म एकछिन सुत्न चाहन्छु भनी उनीहरूको अनुमति मागेँ ।
तर, सुत्न जानुपहिले मैले उनीहरूको अगाडि आफ्नो सामानको एउटा झोला खोलेँ र भनेँ, “म तपाईंहरूलाई केही उपहार दिन चाहन्छु ।”
सामानहरू निकाल्दै छेउमा हाल्दै मैले भेटाएँः
१. एउटा मिहीन ऊनको टोपी र पञ्जा छोरीलाई
२. एउटा रङ्गीन लेडीज छाता र एउटा पेरिसको एफील टावर अङ्कित टाउकोमा बेर्ने स्कार्फ (रुमाल) रेशमको आमालाई र
३. एउटा नेलकटर आन्नाको बुढोलाई ।
मेरो उपहार देखेर उनीहरू धेरै अचम्मित भए र लिनलाई हिच्किचाउँदै पैसा दिने कुरा गरे । तर, मैले भनेँ, “तपार्इंहरूले मलाई यसरी आफ्नै मान्छे सम्झी आफ्नो खाना–पिना अफर गर्नु भो र यसरी आत्मीय व्यवहार गर्नु भो । म यति सामानको पैसा कसरी लिन सक्छु ? कृपा गरी यो मेरो उपहार नहिच्किचाइकन स्वीकार गरिदिनुस्” भनी उनीहरूलाई धन्यवाद दिँदै म क्याविनको माथिल्लो बेडमा सुत्न गएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *