घरेलु तथा साना उद्योग प्रवद्र्धनमा जोड दिनुपर्ने
- असार ६, २०८३
एउटा भनाइ छ, कानुनको नौ सिङ हुन्छ । सोमबार बलात्कार आरोपमा जेल परेका नेकपा नेता कृष्णबहादुर महरा थुनामुक्त हुँदा धेरैले यो भनाइको स्मरण गरे । पाँच महिनाअघि संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको अभियोगमा प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको थियो । काठमाडौँ जिल्ला अदालतको सफाइपछि उनी थुनामुक्त भए । अदालतले सफाइ दिए पनि आमजनतामा भने अझै उनीप्रति अनुत्तरित प्रश्न बाँकी नै छन् ।
आफूलाई महराले बलात्कार गरेको भनेर संसद सचिवालयकी कर्मचारीले सार्वजनिक सञ्चारमाध्यममा दिएको अन्तर्वार्ता नेपाली जनताको मानसपटलमा अझै मेटिसकेको छैन । बलात्कार भएको भनिएको साँझ महरासँगै गएका सुरक्षाकर्मीले दिएको बयान पनि अझै अधिकांश नेपालीले भुलिसकेका छैनन् । तथापि हिजो आफूलाई बलात्कार गरेको भनी महराविरुद्ध लाञ्छना लगाउने व्यक्तिकै ‘त्यो रात महरा आफ्नो कोठामा नआएको’ भन्ने बयानकै आधारमा अदालतले रिहाइ गरेको छ ।
महरा कैद भएपछि नेकपा नेता पुष्पकमल दाहालले पनि सार्वजनिकरूपमै ‘महराजीबाट गल्ती भएकै हो’ भनेको कुरा मानिसको दिमागमा यति चाँडै मेटिने छैन । प्रश्नको तीर दाहालतिर पनि सोझिन्छ–अदालतले बलात्कृतको ‘कोठामा नै नगएको भनिएका महरा’ ले कसरी र कस्तो ‘गल्ती गरेका थिए ?’
महराको पक्राउलाई केही सञ्चारमाध्यमले अमेरिकी एमसीसीसँग जोडेर पनि समाचार प्रकाशित गरे । सभामुख हुँदा महराले एमसीसी कार्यक्रमसम्बन्धी प्रस्ताव संसदको बैठकमा पेश नगरेकोले ‘षड्यन्त्रवस’ गरेर यो मुद्दामा फसाएको भन्ने तर्क ती सञ्चारमाध्यमले गरेका थिए ।
संसद सचिवालयकी कर्मचारीले सुरुमा महराविरुद्ध किन मुद्दा दिने निर्णय गरिन् ? आफू बलात्कृत भएको भनी महराका छोरा र नेकपाका नेतृलाई फोन सम्पर्क किन गरिन् ? किन सार्वजनिक सञ्चारमाध्यममा अन्तर्वार्ता दिइन् ? अनि पछि किन आफूले भनेका कुरा फेरिन् ? यस्ता धेरै अनुत्तरित प्रश्न समाजमा छोडेर महराको रिहाइ भयो । अदालतले कानुनी प्राविधिक आधारमा महराको रिहाइ ग¥यो । तर, यी र यस्ता प्रश्नले भने उनलाई लखेट्न छोड्ने छैन ।
महरा कैद भएपछि नेकपा नेता पुष्पकमल दाहालले पनि सार्वजनिकरूपमै ‘महराजीबाट गल्ती भएकै हो’ भनेको कुरा मानिसको दिमागमा यति चाँडै मेटिने छैन । प्रश्नको तीर दाहालतिर पनि सोझिन्छ–अदालतले बलात्कृतको ‘कोठामा नै नगएको भनिएका महरा’ ले कसरी र कस्तो ‘गल्ती गरेका थिए ?’
महराको पक्राउलाई केही सञ्चारमाध्यमले अमेरिकी एमसीसीसँग जोडेर पनि समाचार प्रकाशित गरे । सभामुख हुँदा महराले एमसीसी कार्यक्रमसम्बन्धी प्रस्ताव संसदको बैठकमा पेश नगरेकोले ‘षड्यन्त्रवस’ गरेर यो मुद्दामा फसाएको भन्ने तर्क ती सञ्चारमाध्यमले गरेका थिए । महरा अब कैदमुक्त भए । उनले जनतासमक्ष सत्यतथ्य कुरा सार्वजनिक गर्नुपर्छ । बलात्कारको अभियोग राजनीतिक षड्यन्त्रको हिस्सा थियो वा अदालतले गरेको फैसला कानुनको प्राविधिक परिभाषामात्र थियो, जनताले बुझ्न पाउनुपर्छ ।
नारायणहिटी राजदरबार नरसंहारलाई समेत रहस्यको गर्भभित्र लुकाएर इतिहासको पानामा कालो पोतिएको विगत बोकेको देशमा महराले हिजो शक्तिशाली हुँदा गरेको ‘गल्ती’लाई कानुनको नौ सिङ प्रयोग गरेर दोषमुक्त हुनु कुनै आश्चर्यको विषय भने होइन ।
महराको राजनीतिक यात्रा यहीसम्म मात्र हो वा अझ कसरी अघि बढ्ला, यो भविष्यको गर्भमा छ । तर, समयले उनीसमक्ष राखेका गम्भीर प्रश्नको जवाफ भने जनतालाई दिनैपर्छ । नभए कागजमा जस्तो लेखिए पनि उनीमाथिको अनुत्तरित प्रश्नले उनलाई लखेट्न छोड्ने छैन ।
Leave a Reply