क्युवाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक
- असार ५, २०८३
अरिफ हसन
५३ पाकिस्तानी सहरका विश्वविद्यालयका विद्यार्थीहरू गत नोभेम्बर १९ सन् २०१९ मा आयोजित विद्यार्थी प्रदर्शनमा सहभागी भए । पाकिस्तानी विद्यार्थीहरूले विद्यार्थी युनियनको पुनस्र्थापना र उच्च शिक्षामा सुधारको माग गर्दैै त्यो प्रदर्शनको आयोजना गरेका थिए ।
पाकिस्तानका राजनीतिक दलहरूले विद्यार्थीका मागप्रति सावधानीपूर्वक प्रतिक्रिया जनाएका छन् । उनीहरू विद्यार्थी सङ्गठनलाई राष्ट्रिय राजनीतिमा सामेल गर्न नहुने पक्षमा छन् । प्राज्ञिक तथा सांस्कृतिक गतिविधिमै विद्यार्थी युनियनलाई सीमित गर्नुपर्ने उनीहरूको भनाइ छ । राजनीतिक र सामाजिक उदारपन्थीहरूले विद्यार्थीहरूको अहिलेको आन्दोलनलाई विगतको विद्यार्थी आन्दोलनसँग तुलना गरेका छन् । विशेषतः उनीहरूले समकालीन विद्यार्थी आन्दोलनको तुलना पाकिस्तानी सैनिक शासक अयुब खाँ युगकालीन (१९५८–१९६९) विद्यार्थी आन्दोलनसँग तुलना गरेका छन् ।
समकालीन विद्यार्थी आन्दोलनले उठाएका माग अतिरिक्त विगत र अहिलेको विद्यार्थी आन्दोलनबीच तुलना गर्न सकिने अरू विषय छैन किनभने आजको पाकिस्तान र पाकिस्तानी विद्यार्थी आन्दोलन आरम्भ भएको सन् १९५२ को पाकिस्तान उस्तै छैन । न त अयुबविरुद्ध आन्दोलन उठेको पाकिस्तानको परिस्थिति र आजको पाकिस्तानको परिस्थिति समान छ ।
दोस्रो विश्वयुद्ध पछिको पुस्ता सक्रिय रहेको र एसिया एवं मध्यपूर्वमा उपनिवेशवादविरोधी आन्दोलन गतिशील रहेको त्यो समय विश्वभर परिवर्तनको उभार उठिरहेको थियो । त्यत्तिबेला असंलग्न आन्दोलन पनि सशक्त रूपमा अघि बढिरहेको थियो । साथै अफ्रिका–एसिया ऐक्यबद्धता आन्दोलनको लहर पनि उठिरहेको थियो । त्यो आन्दोलनले अफ्रिकामा उपनिवेशवादविरुद्धको सङ्घर्षप्रति ऐक्यबद्धता व्यक्त गरेको थियो ।
त्यत्तिबेलाका अधिकांश शिक्षक र विद्यार्थीहरू स्वयम् आन्दोलनका हिस्सा थिए । त्यसकारण स्वीज क्यानलमाथिको नियन्त्रणविरुद्ध बेलायत, फ्रान्स र इजरायलको विरोधमा ठूलठूला आन्दोलन र प्रदर्शन हुनु आश्चर्यको कुरा थिएन । कङ्गोका नेता पेट्रिस लुमुम्बाको हत्याको विरोधमा राष्ट्रिय विद्यार्थी फेडेरेसन (एनएसएफ) को आन्दोलनमाथि प्रहरीले निर्मम दमन गरेको थियो । तर, आज समय बद्लिसकेको छ ।
पाकिस्तानको लडाकू समूहका नेता बुर्हान वानी मारिंदा वा संरा अमेरिकाले इराकमाथि हमला गर्दा पाकिस्तानका विद्यार्थीले कुनै प्रतिक्रिया दिएनन् । न त हालसालै डोनाल्ड ट्रम्पले प्यालेस्टाइनको सम्बन्धमा गरेको निर्णयको विरोधमा उनीहरूले कुनै आवाज बोले । यसो हुनुको एउटा कारण अंशतः आजको विश्व राजनीति हिजोजस्तै कालो वा गोरो देख्न सकिने गरी प्रष्ट छैन । चीनको विचारधारात्मक परिवर्तन, सोभियत सङ्घको विघटन, युरोपेली युनियनमा एक मत बनाउने नक्कली प्रयास र विश्व पुँजीवादको बढ्दो प्रभुत्वको कारण आजको विश्व राजनीतिक मध्यपन्थी खालको छ ।
समयक्रममा अरू पनि परिवर्तनहरू भएका छन् । सन् १९६४ मा पाकिस्तानमा जम्मा ६ वटा विश्वविद्यालय थिए । तीमध्ये एउटा निजी थियो । आज पाकिस्तानमा २०९ वटा मान्यताप्राप्त विश्वविद्यालय छन् । तीमध्ये ८२ वटा निजी छन् । सन् १९६४ मा पाकिस्तानमा विश्वविद्यालय पढ्ने विद्यार्थीको सङ्ख्या १३ हजार २२१ जना थिए । अहिले त्यो सङ्ख्या १८ लाखभन्दा माथि छ ।
पहिलेका दिदीहरूको तुलनामा आजभोलिका छात्राहरू फरक छन् किनभने उनीहरू मोटरसाइकलमा सवार भएर वार्षिक रूपमा हुने महिला जुलुसमा सहभागी बन्छन् । उनीहरू महिला पक्षधर कानुनका समर्थक छन् । ग्रामीण क्षेत्रका धेरै महिला अहिले विश्वविद्यालय पढ्छन् र आफ्नो गाउँ–ठाउँमा परिवर्तन ल्याउने वाहक बनेका छन् ।
अहिले ३० लाख विद्यार्थी पाकिस्तानको डिग्री कलेज वा विश्वविद्यालयमा अध्ययन गर्छन् । पाकिस्तानमा १८–२४ वर्ष उमेरका २ करोड जनसङ्ख्यामा डिग्री कलेज पढ्ने विद्यार्थीको सङ्ख्या १५ प्रतिशत हुन्छ । यो सङ्ख्या भनेको उल्लेखनीय सङ्ख्या हो ।
पहिले विद्यार्थी आन्दोलन कराँचीबाट सुरु हुन्थ्यो । आजभोलि विद्यार्थी आन्दोलनको उद्भव पञ्जाबबाट हुने गरेको छ । पञ्जाबमा सत्तासँग गहिरो सम्बन्ध भएको बलियो मध्यम वर्ग अस्तित्वमा छ । निजी विश्वविद्यालयको सङ्ख्या बढेसँगै त्यहाँको राजनीतिक सङ्गठनको प्रकृति र सार्वजनिक विश्वविद्यालयका राजनीतिक सङ्गठनको प्रकृतिमा अन्तर हुने नै भयो । त्यस्ता अरू पनि धेरै भिन्नता छन् । सन् २००० यता २ लाखदेखि ५ लाख जनसङ्ख्या (सन् १९९८ को जनगणनाअनुसार) बस्ने साना सहरमा २१ वटा विश्वविद्यालय स्थापना भएका छन् । ती विश्वविद्यालयमा पढ्ने विद्यार्थीमध्ये ३० प्रतिशत ग्रामीण क्षेत्रका छन् ।
सन् १९६४ मा विश्वविद्यालयमा पढ्ने महिला २०.६ प्रतिशत थियो । आजभोलि विश्वविद्यालय पढ्ने महिला ५८ प्रतिशतभन्दा बढी छ । अरू सहरीकरण हुँदै गरेका सहरमा विश्वविद्यालय जाने महिलाको सङ्ख्या बढेको देखिन्छ । पहिले, छात्रालाई विद्यार्थी सङ्गठनभित्र पनि अलगै सङ्गठित गरिन्थ्यो । आजभोलि त्यसो गर्न खोजे पनि सफल हुने अवस्था छैन । प्रमुख विद्यार्थी सङ्गठनबाट चुनावमा होमिने छात्राहरू नै छन् । उनीहरूमध्येबाट कोही निर्वाचित हुन्छन् ।
पहिलेका दिदीहरूको तुलनामा आजभोलिका छात्राहरू फरक छन् किनभने उनीहरू मोटरसाइकलमा सवार भएर वार्षिक रूपमा हुने महिला जुलुसमा सहभागी बन्छन् । उनीहरू महिला पक्षधर कानुनका समर्थक छन् । ग्रामीण क्षेत्रका धेरै महिला अहिले विश्वविद्यालय पढ्छन् र आफ्नो गाउँ–ठाउँमा परिवर्तन ल्याउने वाहक बनेका छन् ।
अहिले ३० लाख विद्यार्थी पाकिस्तानको डिग्री कलेज वा विश्वविद्यालयमा अध्ययन गर्छन् । पाकिस्तानमा १८–२४ वर्ष उमेरका २ करोड जनसङ्ख्यामा डिग्री कलेज पढ्ने विद्यार्थीको सङ्ख्या १५ प्रतिशत हुन्छ । यो सङ्ख्या भनेको उल्लेखनीय सङ्ख्या हो । तर, पाकिस्तानका चार प्रान्तमा उनीहरूको सामाजिक–राजनीतिक अवस्था भने भिन्न–भिन्न छ । बलुचिस्तानको विद्यार्थी राजनीतिले मुख्यतः विभेदको विषयमा बोल्ने गरेको छ । खैबर पाख्तुख्वा (पीके) ले उत्तर–द्वन्द्वकालीन न्यायको चाहना राख्ने गरेको छ । सिन्ध प्रान्तमा नयाँ सिन्ध राष्ट्रियताको आवाज उठेको छ । अहिलेको आन्दोलनको आधारमा भन्दा पञ्जाब सामाजिक र आर्थिक परिवर्तनको पक्षमा उभिएको देखिन्छ ।
सरकारले विद्यार्थी युनियनको भूमिका जे जस्तो निर्धारण गरे पनि उनीहरू देशको राजनीतिमा पक्कै संलग्न हुनेछन् । घोषित–अघोषित उनीहरूले राजनीतिक दलको समर्थन खोज्नेछन् ।
पाकिस्तानमा प्रगतिशील समाज निर्माण गर्न विद्यार्थीहरूको त्यो विशाल शक्तिलाई एकै स्थानमा ल्याउन वैचारिक रूपमा निकै फराकिलो भिन्नता भएको समाजलाई एकै बिन्दुमा ल्याउनुपर्छ । यदि पाकिस्तानका सबै विद्यार्थी सङ्गठनहरू उच्च शिक्षा प्रणाली सुधार र कार्यान्वयन प्रक्रियामा एकै ठाउँमा आउन सहमत भए त्यहाँका विभिन्न राष्ट्रिय मुद्दामा बहस र छलफल गर्न एकै ठाउँमा बस्ने अवस्था तयार हुँदै जानेछ ।
स्रोत ः द डन
नेपाली अनुवाद ः अनिल
Leave a Reply