भर्खरै :

एक जना काश्मिरी छात्राको शिक्षासङ्घर्ष

अ‍ैला अहमद
हरेक वर्ष भारत प्रशासित काश्मीरमा हजारौँ विद्यार्थीले समयमा केही परिवर्तन हुने, अवस्था केही सामान्य बन्ने आशाका साथ शैक्षिक वर्ष आरम्भ गर्छन् । कक्षाकोठामा बिताउने प्रत्येक मिनेट खुशी साथ बिताउने जाँगरका साथ कक्षाकोठामा पस्ने गर्छौैँ । हामी सबै कुरा सकेसम्म चाँडो हासिल गर्ने व्यग्रताका साथ कक्षाकोठामा पस्ने गर्छौैँ किनभने भोलि फेरि कक्षामा फर्किन हामी सक्नेछौँ वा सक्नेछैनौँ, हामी निश्चित हुने गर्दैनौँ ।
कहिल्यै नसकिने हिंसा र दमनको कारण हामी मुस्किलले विद्यालय जान पाउँछौँ । संसारका अरू कुनामा म जस्ता साथीहरू वर्षका अधिकांश दिन विद्यालयमा जाने गर्छन् । तर, हाम्रो लागि कुनै पनि कुरा निश्चित छैन ।
सन् २०१९ को मार्च महिनामा विद्यालय शिक्षाको अन्तिम वर्ष कक्षा १२ को विद्यार्थीको रूपमा विद्यालयको दैलोमा पाइला टेक्दा म हरेक वर्षजस्तै निकै उत्साहित भएकी थिएँ । विद्यालयको दैलो टेक्न पाएकोमा म खुशी थिएँ । तर, कुनै पनि बेला भड्किन सक्ने हिंसाको कारण शैक्षिक वर्ष छोटिन सक्नेबारे म सजग थिएँ । मेरा साथीहरूको मनस्थिति पनि मेरोभन्दा फरक थिएन । साथीहरूबीच कुनै पनि बेला फेरि ‘बिदा’ हुन सक्नेबारे हँसीमजाक चल्यो ।
विडम्बना केही महिनामा नै हाम्रो हँसीमजाक वास्तविकतामा परिणत भयो ।
अगस्ट ५ को दिन हाम्रो जीवविज्ञानको परीक्षा थियो । परीक्षाको लागि मेरो तयारी पूरा भएको थिएन । त्यसकारण, अघिल्लो रात भोलि परीक्षा स्थगित हुने वा रद्द हुने कुनै घटना होस् भनी मनमनै प्रार्थना गरेँ । भोलि के हुँदैछ, मलाई थाहा थिएन । परीक्षा भएको भए म पक्कै परीक्षामा सामेल हुने थिएँ ।
अर्को बिहान सखारै मलाई बुवाले झक्झकाउनुभयो र म निद्राबाट ब्यूँझेँ । बुवाले मलाई भारत सरकारले संविधानको धारा ३७० खारेज गरेको सुनाउनुभयो । धारा ३७० ले हाम्रो क्षेत्रलाई विशेषाधिकार दिनुका साथै यहाँको जनतालाई विशेषाधिकार प्रदान गरेको थियो ।

मैले सोचेँ, कक्षा १२ पढ्ने एक जना १७ वर्षकी विद्यार्थी हुनु संसारको कुनै पनि ठाउँमा सजिलो नहोला । हामीले परीक्षामा राम्रो नतिजा ल्याउनैपर्छ । राम्रो विश्वविद्यालयमा भर्ना पाउनैपर्छ । भविष्यमा हामीले पढ्ने विश्वविद्यालय कक्षा १२ मा हासिल हुने नतिजामा निर्भर हुने कुरा हामीलाई बारम्बार सम्झाइन्छ । मलाई थाहा छ एक जना किशोर वा किशोरीका यी औसत चिन्ता हुन् । तर, गत वर्ष भारत प्रशासित काश्मीरमा मेरो टाउकोमा अर्को एउटा दबाब थपियो – आफ्नै घरभित्र कैद हुनुपर्ने दबाब ।

त्यो दिन मैले के गरेँ, खासै सम्झना भएन । दिनभरि मैले एउटै कुरामात्र सोचेर बिताएँ– ‘अब हामीलाई के हुन्छ होला ?’ त्यसपछिका दिनहरूमा घरका हामी सबैले हाम्रो भविष्यबारे आ–आफ्ना अनुमान र विचार पोख्यौँ । तर, तीमध्ये कुनै पनि परिकल्पना त्यसअघिको समत्न्दा उज्यालो थिएन । सबैका विचारमा हाम्रो भविष्य धमिलो थियो । तर, परिवारका सदस्यबाहेक अरू कसैसँग पनि हामीले हाम्रो भविष्यबारे कुरा गर्न सकेनौँ । हाम्रो छिमेकीसँग पनि । किनभने इन्टरनेट सबै बन्द थियो । फोन लाइन सबै अवरुद्ध थिए । कफ्र्यु लागू गरिएको थियो ।
मैले आफैँलाई मनमनै भनँे, “इद नसकुञ्जेल पर्ख ।” मुस्लिम समुदायको धार्मिक बिदा सातादिन भित्रै हुँदै थियो । मैले सरलतापूर्वक त्यो बिदा सकिएपछि भारत प्रशासित काश्मीर क्षेत्रको जीवन ‘सामान्य’ बन्दै जाने विचार गरेँ । सैनिक नियन्त्रणलाई नै सामान्य मान्ने राज्यमा त्यस्तो सामान्य अवस्थाको मैले अपेक्षा गरेको थिएँ ।
तर, म गलत थिएँ ।
इद आयो, गयो । तर, अवस्थामा कुनै परिवर्तन भएन ।
मैले सोचेँ, कक्षा १२ पढ्ने एक जना १७ वर्षकी विद्यार्थी हुनु संसारको कुनै पनि ठाउँमा सजिलो नहोला । हामीले परीक्षामा राम्रो नतिजा ल्याउनैपर्छ । राम्रो विश्वविद्यालयमा भर्ना पाउनैपर्छ । भविष्यमा हामीले पढ्ने विश्वविद्यालय कक्षा १२ मा हासिल हुने नतिजामा निर्भर हुने कुरा हामीलाई बारम्बार सम्झाइन्छ । मलाई थाहा छ एक जना किशोर वा किशोरीका यी औसत चिन्ता हुन् । तर, गत वर्ष भारत प्रशासित काश्मीरमा मेरो टाउकोमा अर्को एउटा दबाब थपियो – आफ्नै घरभित्र कैद हुनुपर्ने दबाब ।
म आफ्नो पढाइ अघि बढाउन चाहन्थेँ । तर, कफ्र्युले मलाई त्यसो गर्न लगभग असम्भव बनाएको थियो । विद्यालयहरू बन्द भए । ट्युसन सेन्टरहरू बन्द भए । त्यतिमात्र होइन, अनलाइन पढ्ने अवसरहरू सबै बन्द भए । सञ्चारमाध्यमहरू सबै बन्द भए । मेरो शिक्षकको परामर्श र साथीहरूको सहयोग पाउने ढोका पनि सबै बन्द थिए ।
म मेरा साथीहरूको लागि पनि चिन्तित भएँ । उनीहरू सबै ठीक छन् वा छैनन् । जानकारी पाउने कुनै बाटो थिएन । मेरा साथीहरूमध्ये कोही पक्राउ परे कि ? कोही मारिए कि ?
मेरा आमाबुवा पनि चिन्तित थिए । मैले उहाँहरू यति चिन्तित हुनुभएको र दबाबमा बसेको कहिल्यै देखेको थिइनँ । उहाँहरू हाम्रो वरपर विकास भइरहेको परिस्थितिबारे मात्र चिन्तित हुनुहुन्नथ्यो, हाम्रो भविष्यबारे पनि चिन्तित हुनुहुन्थ्यो । मेरो शिक्षाबारे उहाँहरू निकै अतालिनुभएकोे महसुस गरेँ । मलाई पढाउन सक्ने कोही शिक्षक छरछिमेकमा छ कि भनी खुब भौँतारिनुभयो ।
नयाँ दिल्लीमा पढिरहनुभएका मेरा दाजुसँग पनि कुनै सम्पर्क भइरहेको थिएन । समयान्तरमा जब हाम्रो दाजुुसँग सम्पर्क भयो, उनले आफूले पनि आफ्नो पढाइमा ध्यान केन्द्रित गर्न नसकेको सुनाए किनभने उनलाई पनि आफ्नो परिवार र घरको अवस्थाबारे केही थाहा थिएन ।
सेप्टेम्बर महिनाको अन्त्यतिर मैले हाम्रो घरको मूल ढोकामा कुनै परिचित आवाज सुनेँ । झ्यालको कापबाट यसो चियाउँदा मेरा साथीहरू घरको दैलोमा उभिरहेको देखेँ । उनीहरूलाई विगत दुई महिनादेखि भेटेको पनि थिइनँ । उनीहरूलाई देखेर खाली खुट्टा दौडिएर उनीहरू उभिएको ठाउँमा पुगेँ । उनीहरूले मलाई हाम्रो विद्यालयले हाम्रो आन्तरिक प्रयोगात्मक परीक्षा लिने निर्णय गरेको र त्यसको तयारी गर्न भने । त्यो परीक्षाकै नतिजाको अन्तिम परीक्षामा पनि योगदान रहने उनीहरूले सुनाए ।
अक्टोबर महिनामा भारत प्रशासित काश्मीरका विद्यालयमा वार्षिक परीक्षा लिने विद्यालय शिक्षा बोर्डले पढाइ पूरा भएको नभएको कुनै वास्ता नगरी अन्तिम परीक्षाको घोषणा ग¥यो । अगस्टसम्म कक्षा १२ को जम्मा ३० प्रतिशतमात्र पढाइ पूरा भएको थियो । तै पनि हामीले नोभेम्बर महिनामा सबै पाठ्यक्रमअनुसारको परीक्षा दिनुपर्ने भयो ।
मलाई निकै रिस उठ्यो । दुःख पनि लाग्यो ।
परीक्षाको मिति घोषणा गर्ने अधिकारीले हामीले परीक्षा उत्तीर्ण गर्ने नगर्ने विषयमा कुनै पर्वाह गरेका थिएनन् । हामीले के कुरा सिक्यौँ भन्नेमा उनीहरूको कुनै चासो थिएन । उनीहरूको चासोको एउटै विषय भनेको परीक्षा हलमा कति जना विद्यार्थी हुन्छन् भन्नेमा थियो । उनीहरूले सबै विद्यार्थीले परीक्षा दिऊन् भन्ने चाहेका थिए, मानौँ केही पनि भएको थिएन । सबै विद्यार्थीले परीक्षा दिए उनीहरू सञ्चारमाध्यममा भारत प्रशासित काश्मीरमा ‘सामान्य अवस्था’ भएको भनी डिङ हाँक्ने थिए ।
बाँकी छोटो समयमा पूरा पाठ्यक्रम हेरेर परीक्षाको तयारी गर्नुको मसँग अर्को विकल्प थिएन ।
पढाइमा पूरै ध्यान केन्द्रित गर्न सकूँ भनी मैले एक महिना मेरी हजुरआमाको घरमा बिताएँ । मसँग निकै छोटो समय मात्र थियो । परीक्षाको अघिल्लो दिनमात्र पनि मैले केही पाठहरू पहिलोपटक पढ्नुप¥यो ।
परीक्षाको पहिलो दिन सडकमा मुस्किलले सार्वजनिक गाडी चलेका थिए । सबै निजी सवारी साधन प्रयोग गर्न बाध्य थिए । सडकमा सवारी साधनको चाप अत्यधिक थियो । त्यसकारण, धेरै विद्यार्थी त तोकिएको समयमा परीक्षास्थलमा पुग्न सकेनन् । यस्ता समस्याबारे राज्यले आँखा चिम्म ग¥यो । कसैलाई पनि थप समय दिइएन । केही विद्यार्थी त तोकिएको समत्न्दा आधा घण्टा ढिलामात्र परीक्षामा सामेल हुनसकँे ।
हामी सबैको परीक्षा असफल हुने अवस्था थियो । तर, कसलाई के मतलब ¤
त्यसपछिका दिनहरूमा पनि अवस्थामा कुनै परिवर्तन भएन । काश्मीरमा हिउँ झर्न थाल्यो । विद्युत् आपूर्ति बन्द थियो । मौसम निकै चिसो थियो । मैले त आफ्नो कलम पनि मुस्किलले मात्र समात्न सकेँ ।
सबै अवस्था सहन नसक्ने अवस्थामा जब मैले रिस पोखेँ, मेरो बुवाले भन्नुभएको कुरा म कहिल्यै पनि बिर्सन्न होला । उहाँले भन्नुभएको थियो– “अब सबै यस्ता कुरामा अभ्यस्त हुन सिक । अब यस्तै समय अघि बढ्नेछ ।”
यस्ता सबै प्रतिकूलताबीच हामीले जे गर्न सक्यौँ, उत्कृष्ट तरिकाले ग¥यौँ । सरकारी अधिकारीहरूले परीक्षामा सामेल हुन हामीले झेल्नुपरेका अप्ठ्याराबारे केही भनेनन् ।
भारत सरकारका अधिकारीको लागि हामी काश्मीरका विद्यार्थी सबै कुरा सामान्य भएको देखाउने औजारबाहेक केही थिएनौँ । उनीहरूलाई हाम्रो शिक्षाबारे कुनै मतलब थिएन । हाम्रो जीवन र भविष्यबारे उनीहरूलाई कुनै पर्वाह थिएन । उनीहरू हामीलाई जबरजस्ती परीक्षा दिन लगाएर हामी र संसारलाई हामीले शिक्षा ग्रहण गरिरहेको भान पार्न खोजिरहेका छन् । तर, हामी हाम्रो वास्तविकताबारे सचेत छौँ । हामीलाई उनीहरूले हाम्रो ‘सामान्य अवस्था’ बेच्न खोजिरहेका छन् ।
यस्ता हजार अवरोधबीच हाम्रो शक्ति र क्षमताबारे हामीलाई थाहा छ । उनीहरूले जे सुकै गरे पनि हामी नै यो भूमिको भविष्य हौँ भन्ने वास्तविकतामा कुनै परिवर्तन नहुनेमा हामी जानकार छौँ ।

(लेखिका अहमद हालै १२ कक्षा उत्तीर्ण विद्यार्थी हुन् । उनी आफ्नो थप अध्ययन अङ्ग्रेजी साहित्यमा गर्न चाहन्छिन् ।)
स्रोत ः अल जजिरा
नेपाली अनुवाद ः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *