भक्तपुर नगरपालिकाको २० औँ नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम
- असार ७, २०८३
– गोपाल नगरकोटी
विद्रोही कवि भूमि शेरचनको ‘सहिद’ शीर्षकको एक कवितांश थियो,
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन देश दुईचार सपूत मरेर नगए ।
साँच्चै सङ्घर्षविना यहाँ कुनै परिवर्तन भएको छैन । राणा शासकदेखि पञ्चायती शासकहरूको अन्त्य सङ्घर्षबाटै भएको इतिहास साक्षी छ । २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन र ०६२÷०६३ को आन्दोलनमा वीर नेपालीहरूले ज्यानको बाजी राखे । सङ्घर्षमा वीर नेपालीहरूको रगतको खोलो बग्यो । फलतः राणा शासन र पञ्चायती व्यवस्था अन्त्य भयो । पञ्चायती व्यवस्था अन्त्य गर्न नेपाली काङ्ग्रेस र वामपन्थी दलहरू संयुक्त भएर २०४६ फागुन ७ देखि आन्दोलन भएको थियो । प्रजातन्त्र प्राप्त भएकै दिन पारेर संयुक्त जनआन्दोलन घोषणा भएको थियो ।
संयुक्त जनआन्दोलनमा नेमकिपा पनि सरिक थियो । आन्दोलन या सङ्घर्षमा नेमकिपाले पाएको जिम्मा जहिल्यै पूरा गथ्र्याे । २०४६ फागुन ८ गते बन्द कार्यक्रम थियो । बन्द कार्यक्रम सफल पार्न नेमकिपाको भ्रातृ सङ्कठन नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ लाग्यो । सङ्घका विद्यार्थीहरूले बन्द सफल पार्न जुलुस प्रदर्शन गरे । जुलुस प्रदर्शन शान्तिपूर्ण थियो । जुलुस बिथोल्न सुरक्षाकर्मीले ठाउँ – ठाउँमा अवरोध गर्ने प्रयास गरे । जुलुस अघि बढ्यो । जुलुस टौमढीनेर पुग्न लाग्दा सुरक्षाकर्मीले गोली चलाए । गोलीले राजकुमार सुवाल र कृष्णराम दुवाल ढले र उपचारको क्रममा निधन भयो । यसरी संयुक्त जनआन्दोलनमा भक्तपुरमा दुई युवा सहिद भए । बन्द अभियान चालू रह्यो । सुरक्षाकर्मीहरू ठाउँ ठाउँमा तैनाथ थिए । बन्द सफल पार्ने अभियानमा निर्मलकुमार शाक्य र हरिकृष्ण भुजुमाथि पनि गोली लाग्यो र सहिद भए । यसरी संयुक्त जनआन्दोलनको दोस्रो दिन भक्तपुरबाट चार सहिद भए ।
भक्तपुरमा भएको आन्दोलनमा भएको निर्मम दमनबाट चारजनाले वीरगति प्राप्त गरेपछि त्यसको सन्देश देशभर फैलियो । पञ्चायती व्यवस्था अन्त्य हुने खबर देशको कुना काप्चामा पुग्यो । आन्दोलन उचाइमा पुग्यो र अन्ततः आन्दोलन सफल भयो । २०४६ चैत २६ गते पञ्चायती व्यवस्था अन्त्य भएको उद्घोष भयो । भक्तपुरमा भएको आन्दोलनले अन्य जिल्लाहरूमा पनि उत्साह मिल्यो । संयुक्त जनआन्दोलनकै सिलसिलामा पछि भक्तपुरकै पुष्परत्न शाक्य र महेश श्रेष्ठले पनि सहादत प्राप्त गरे । पञ्चायती व्यवस्था अन्त्यमा भक्तपुरका जनताको आन्दोलन उल्लेख्य रह्यो । यसरी संयुक्त जनआन्दोलनमा योगदान पु¥याउने वीर योद्धाहरूको सम्मान र सहिदहरूप्रति श्रद्धा व्यक्त गर्नु सबै देशभक्त जनताको कर्तव्य हो ।
Leave a Reply