विकास निर्माणलाई अघि बढाउँदा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने
- असार ७, २०८३
२०४६ सालको फागुन ८ गते तत्कालीन पञ्चायतविरोधी जनआन्दोलनको ऐतिहासिक दिन हो । २०१७ साल पुस १ गते राजा महेन्द्रले राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाएर थोपरेको पञ्चायती व्यवस्थाप्रति जनताको असन्तोष त्यत्तिञ्जेल घाँटीसम्म आइसकेको थियो । पञ्चायती व्यवस्था भ्रष्टाचारले अचाक्ली गन्हाइसकेको थियो । देशका स्रोत–साधनमाथि राजपरिवार र राजपरिवार वरपरका आउरेबाउरेको लुटपाट थियो । पञ्चायत जनताविरूद्ध जालझेल र षड्यन्त्रको पर्याय बनेको थियो । पञ्चायतले भिन्न राजनीतिक विचारमाथि कति निर्मम र षड्यन्त्रमूलक ढङ्कले दमन गथ्र्यो भन्ने कुराको उपयुक्त दृष्टान्त २०४५ साल भदौमा तत्कालीन नेमकिसं समुल नष्ट गर्न रचेको भक्तपुर काण्ड थियो । निर्दोष राजनीतिक कार्यकर्तालाई षड्यन्त्रपूर्वक फसाएर दमन गर्ने पञ्चायतको क्रुरताले देशका अन्य पञ्चायतइतर राजनीतिक दल र नेतालाई पनि झस्कायो । आज नेमकिसंलाई खाएको बाघले कुनै पनि बेला आफूलाई पनि खानसक्ने सम्भावनालाई मध्यनजर राख्दै पञ्चायतविरोधी आन्दोलनमा कम्मरकसेर लागे ।
आफ्ना प्रिय नेता र जनताका कार्यकर्तामाथि पञ्चायती व्यवस्थाले गरेको दमन तथा सम्पूर्ण भक्तपुरवासीमाथि पञ्चायती राज्य व्यवस्थाले लादेको मध्ययुगीन दमनले पञ्चायतविरोधी ज्वालामुखी सबभन्दा पहिलो भक्तपुरबाट विस्फोट हुनु नै थियो । तसर्थ जनआन्दोलनको पहिलो दिन फागुन ८ गते भक्तपुरमा भएको प्रहरी दमनको साहसिक प्रतिकार भयो । पञ्चायती शासकसँग आफ्नो स्वर्ग जोगाउन बाँकी रहेको अन्तिम हतियारको प्रहारले भक्तपुरका चार जना क्रान्तिकारी योद्धाले शहादत्त प्राप्त गरे । पञ्चायती निरङ्कुशताविरूद्ध अरू पनि योद्धाले शहादत्त प्राप्त गरे । कैयौँ योद्धाहरू घाइते भए । अन्ततः पञ्चायती व्यवस्था जनताको बलिदानी भावनासमक्ष आत्मसमर्पण गर्न बाध्य भए ।
आफ्ना प्रिय नेता र जनताका कार्यकर्तामाथि पञ्चायती व्यवस्थाले गरेको दमन तथा सम्पूर्ण भक्तपुरवासीमाथि पञ्चायती राज्य व्यवस्थाले लादेको मध्ययुगीन दमनले पञ्चायतविरोधी ज्वालामुखी सबभन्दा पहिलो भक्तपुरबाट विस्फोट हुनु नै थियो । तसर्थ जनआन्दोलनको पहिलो दिन फागुन ८ गते भक्तपुरमा भएको प्रहरी दमनको साहसिक प्रतिकार भयो । पञ्चायती शासकसँग आफ्नो स्वर्ग जोगाउन बाँकी रहेको अन्तिम हतियारको प्रहारले भक्तपुरका चार जना क्रान्तिकारी योद्धाले शहादत्त प्राप्त गरे । पञ्चायती निरङ्कुशताविरूद्ध अरू पनि योद्धाले शहादत्त प्राप्त गरे । कैयौँ योद्धाहरू घाइते भए । अन्ततः पञ्चायती व्यवस्था जनताको बलिदानी भावनासमक्ष आत्मसमर्पण गर्न बाध्य भए । पञ्चायती व्यवस्था इतिहास बन्यो । देशमा बहुदलीय प्रजातन्त्र स्थापना भयो । विडम्बना, जनताको बलिदानबाट प्राप्त प्रजातन्त्रले पनि समानता, न्याय र सुखी जीवनको नेपाली जनताको प्यास मेटाउन सकेन । सत्तामा गएका राजनीतिक दलहरूले पञ्चायती व्यवस्थालाई पन्छाएर पञ्चायतको भूत भने आफूले धारण गरे ।
पञ्चायती व्यवस्था इतिहास बन्यो । देशमा बहुदलीय प्रजातन्त्र स्थापना भयो । विडम्बना, जनताको बलिदानबाट प्राप्त प्रजातन्त्रले पनि समानता, न्याय र सुखी जीवनको नेपाली जनताको प्यास मेटाउन सकेन । सत्तामा गएका राजनीतिक दलहरूले पञ्चायती व्यवस्थालाई पन्छाएर पञ्चायतको भूत भने आफूले धारण गरे । फलतः पञ्चायतले गरेका कामलाई शासक वर्गले अहिले पनि निरन्तरता दिइरहेका छन् । पञ्चायती शासक वर्गले नयाँनयाँ जामा लगाएर जनतामाथि अत्याचार गर्न छोडेका छैनन् । पञ्चायत बलियो हुँदा पञ्च, काङ्ग्रेसको सरकार हुँदा वीपी वादी अनि अहिले नेकपाको सरकारलाई सुहाउने गरी ‘कम्युनिस्ट’ बनेका मानिसको कमी छैन । यस्ता प्रवृत्तिले वास्तवमा राजनीतिक परिवर्तनको लागि जीवन बलिदान गरेका शहिदको अपमान भएको छ । सहिदको रगतलाई आफ्नो दुनो र स्वार्थ सिद्ध गर्ने हतियार बनाइएको छ ।
फागुन ८ गते सहिदप्रति माल्यार्पण गर्दै गर्दा सबै परिवर्तनकामी जनताले सहिदको सपना अझै पूरा नभएको वास्तविकता भुल्नुहुन्न । सहिदले देखेको न्याय र समानताको सपना अझै पनि पूरा भएको छैन । त्यसको निम्ति अझै पनि लामो सङ्घर्षको बाटो हिँड्न बाँकी छ । सहिदले देखेको सपना पूरा गर्ने बाटो नै वास्तवमा सबै काम गरी नेपाली जनताले सुखी जीवन बिताउन पाउने बाटो हो । सहिद दिवसमा सहिदले देखाएको बाटोमा अथक हिँड्ने सङ्गल्प गर्न जरूरी छ ।
Leave a Reply