भर्खरै :

कोभिड–१९ को संक्रमण संसारमा अझ उकालो लागिरहेको छ–डब्ल्युएचओ

ब्रसेल्स, ११ चैत । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधनम घाब्रिएससले कोभिड–१९ भाइरसको महामारीले अझ उचाई लिइरहेको बताउनुभएको छ । हालसम्म संसारका १८९ देशमा ३ लाखभन्दा बढी मानिसमा यो भाइरसको संक्रमण भइसकेको सन्दर्भमा महानिर्देशक घाब्रिएससले यस्तो निष्कर्ष सार्वजनिक गर्नुभएको हो ।
विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सोमबार रातिसम्ममा संसारभर यो भाइरसको संक्रमणको कारण १४ हजार ५१० जना मानिसको निधन भएको छ ।
युरोपमा उक्लिने संकेत छैन
पछिल्लो समय महामारीबाट सबभन्दा युरोपेली देशहरू इटाली, स्पेन, जर्मनी र फ्रान्स प्रभावित छन् । ती देशमा तत्काल यो रोगको दुष्प्रभाव घट्ने संकेत देखिएको छैन । सोमबारसम्म संसारमै सबभन्दा बढी दुष्प्रभाव भोग्दै गरेको देशमा इटाली परेको छ । हालसम्म त्यहाँ ६३ हजार ९२७ जना मानिसमा यो भाइरसको संक्रमण देखिएको छ । ६ हजार ७७ जनाको निधन भएको छ । इटाली पछि स्पेनमा बढी क्षति पुगेको छ । त्यहाँ ३३ हजार ०८९ जना मानिसमा यो रोगको संक्रमण देखिएको छ । २ हजार १८२ जना मानिसको निधन भएको छ । जर्मनीमा २२ हजार ६६० जना मानिस संक्रमित भए भने ८६ जना मानिसको निधन भएको छ । फ्रान्समा १९ हजार ८५६ जना मानिसमा यो भाइरसको संक्रमण देखिएको छ भने ८६० जना मानिसको निधन भएको छ ।
स्वीट्जरल्यान्डमा सोमबार मात्र  १ हजार ०४६ जना संक्रमित फेला परेका छन् । अब त्यहाँ कुल संक्रमितको संख्या ८ हजार ०६० पुगेको छ । मर्नेको संख्या ६६ पुगेको छ ।
बेलायतमा संक्रमितको संख्या ६ हजार ६५० पुगेको छ । अस्ट्रेयामा ४ हजार ४२४ लाई संक्रमण देखिएको छ । रोमानियामा सोमबार मात्र १४२ मा नयाँ संक्रमित फेला परेको छ । पाँच जनाको निधन भयो । अल्बानियामा बितेका २४ घण्टामा १५ वटा नयाँ संक्रमित फेला परेका छन् ।
बेलायतका प्रधानमन्त्री बोरिस जनसनले सोमबार अपरान्ह बेलायतमा कोभिड–१९ को संक्रमण रोकथाम गर्न सामाजिक संसर्गमा निषेध गर्ने कडा खालका सरकारी निर्णय सार्वजनिक गर्नुभएको छ । त्यहाँ खाद्य भण्डार र औषधि पसलबाहेक सबै पसल तत्काललाई बन्द गर्ने घोषणा गरेको छ । कुनै पनि खालका भेला र बैठकमाथि बन्देज लगाएको छ ।
“आज साँझबाट म सबै जनतालाई एउटा निकै सहज सूचना आग्रह गर्न चाहन्छु–कृपया घर बसिदिनुहोला”,प्रधानमन्त्री जनसनले भन्नुभयो ।
सोमबारबाट ग्रीसमा लक डाउन चौध दिन पुगेको छ । फ्रान्सले मानिसको आवागनमा बन्देज लगाएको छ । मंगलबार साँझसम्म लागु गरिएको रोक अझ बढाइने संकेत देखिन्छ ।
नेदरल्यान्ड सरकारले सोमबार थप नयाँ बन्देज घोषणा गरेको छ । त्यहाँ सबै खालका भेला र बैठकमाथि निषेध गर्नुका साथै सरकारी आदेश नमान्ने पसल र सर्वसाधारणलाई कारबाही गर्ने निर्णय गरेको छ ।
रोमानियामा आइतबार साँझबाट कफ्र्यु जारी गरेको छ । सर्वसाधारण नागरिकलाई सकेसम्म घर बस्न आदेश सूचना जारी गरेको छ । हंगेरीका प्रधानमन्त्री भिक्टर अर्बनले सोमबार घोषणा गर्नुभयो,“हामी चार वटा लडाईको मैदानमा एकै पटक लड्नु पर्ने भएको छ । सेना, प्रहरी, स्वास्थ्य र आर्थिक रक्षालाई बलियो बनाउनुपरेको छ ।”
साइप्रसका राष्ट्रपति निकोस अनास्टासेडसले सोमबार महामारी रोक्न अनावश्यक आवागनममा पूर्णतः बन्देजको घोषणा गरे ।
कोभिड–१९ को प्रभाव
भाइरसको संक्रमण तीब्र गतिमा फैलिएसँगै जर्मनीका सबै भण्डार, विद्यालय, बन्दव्यापार, खेलकुद गतिविधि बन्द भएका छन् । युरोपकै सबभन्दा ठूलो अर्थतन्त्र जर्मनीको अर्थतन्त्रमा यसले ठूलो प
भाव पारेको छ । म्युनिखको आइफो प्रतिष्ठानले कोभिड–१९ को संक्रमणको कारण सयौं बिलियन डलर बराबरको क्षति भोग्नुपरेको बताएको छ ।
तीन महिनासम्म यसरी नै आंशिक रुपमा आर्थिक जीवन बन्दको अवस्थामा रहे जर्मनीले कम्तीमा ३५४ बिलियन युरो बराबरको क्षति भोग्नुपर्नेछ । आइफोको अनुसार जर्मनीले प्रत्येक साता २५ देखि ५७ बिलियन युरो थप मूल्य चुकाउनुपर्ने बताएको छ ।
सोमबार जर्मनीको विमान इन्जिन उत्पादक एमटीयु एरो इन्जिनले महामारीको कारण आफ्नो ठूलो परिमाणको उत्पादन स्थगनको घोषणा गरेको छ ।
जर्मनी सरकारले इतिहासकै सबभन्दा ठूलो १५६ बिलियन युरो बराबरको सहायता प्याकेज घोषणा गरेको छ ।
स्पेनका उपप्रधानमन्त्री नादिया काल्भिनोले सोमबार महामारीविरुद्ध लड्न केही क्षेत्र अत्यावश्यक भएको हुनाले पूर्ण आर्थिक बन्दी हुन नसक्ने घोषणा गर्नुभएको छ ।
 । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *