भर्खरै :

लक डाउनमा पनि भएन मानिसको भीडभाडमा कमी

भक्तपुर
सरकारले कोभिड–१९ को महामारी नियन्त्रण गर्न मंगलबार बिहान ६ बजेबाट लक डाउन घोषणा गरे पनि मानिसको आवागनमा खासै कमी आएको देखिएको छैन । सर्वसाधारण अरु बेलाजस्तै बाहिर सडकमा देखिएका छन् । प्रहरीले बाहिर सडकका केही चोकहरू जस्तै सुर्यबिनायक, दुघपाटी, च्याम्हासिंह आदिमा बसेर सवारीसाधनको आवागमनमा रोक लगाए पनि अन्यत्र भने मानिस घर बाहिर नै देखिएका छन् । मंगलबार बिहान भक्तपुरका मुख्य बजारमा किनमेल गर्ने मानिसको भीड देखिएको थियो ।
संक्रमणको शिलशिला तोड्न सर्वसाधारण स्वयम् सचेत भई अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन नहुने सूचनालाई सर्वसाधारणले गम्भीरतापूर्वक लिएको देखिएन ।
प्रहरीले माइकिङ गरेर बिहान ५ देखि ७ बजेसम्म र साँझ ६ देखि ७ बजेसम्म किनमेलको समय भएको जानकारी दिएको छ । अरु बेला घरमै बस्न सर्वसाधारणलाई भनिएको थियो । तर सहरका भित्री क्षेत्रमा भने मानिसको आवतजावत र सामाजिक संसर्गमा कुनै कमी आएको देखिएको छैन ।
महामारीको प्रतिरोध गर्न लागु गरिएको यो व्यवस्था मानिस स्वयम्को सुरक्षाको लागि हो । सरकारी निकायको लागि नभई सबै मानिसलाई रोगबाट जोगाउन घरबाहिर नआउने सूचनाको पालना जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *