भर्खरै :

अमेरिकी इतिहासमा सबभन्दा पतित विदेशमन्त्री माइक पोम्पेओ

वाशिङ्टन, ६ अप्रिल । हालै अमेरिकी ‘वासिङ्टन पोस्ट’ समाचारपत्रले एक टिप्पणीकारको लेख प्रकाशित गर्दै वर्तमान विदेशमन्त्री माइक पोम्पेओको कडा शब्दमा आलोचना र व्यङ्ग्य गरेको छ । सो लेखमा दोस्रो विश्व युद्धयता पोम्पेओभन्दा अझ कार्यकुशलतारहित विदेशमन्त्री पाउन गा¥हो हुन्छ र महामारीमा उहाँको कार्यबाट अमेरिकी इतिहासमा सबभन्दा खतम विदेश मन्त्री भएको उल्लेख छ । कोभिड– १९ महामारी भएयता पोम्पेओको कार्यबाट उहाँलाई यस्तो नाम दिइनु स्वाभाविकै हो ।
ठट्टा तथा चोरी गर्ने पोम्पेओ पदमा आएपछि अमेरिकी कूटनीति दिनप्रतिदिन लिगबाट टाढा जानथाल्यो र चीन, रूसलगायतका ठूला मुलुकसँगको सम्बन्ध पनि चर्कँदै गएको छ । अमेरिकाका पश्चिमी सङ्गाती मुलुकसँग पनि मतभिन्नता फराकिलो बन्दै गइरहेको छ । यसै क्रममा अमेरिका एकपक्षवादी बाटोमा हिँड्दै निकै टाढा पुगेको विश्लेषण गरिएको छ । विश्लेषकहरूले आँैल्याएजस्तै पोम्पेओले ती कार्य गरेर राष्ट्रपतिको आसनमा बस्ने कथित राजनीतिक महत्वाकाङ्क्षा पूरा गर्नु रहेको छ ।
महामारीपछि पोम्पेओले मौका पारेर चीनमाथि हिलोछ्याप्दै धेरै पटक खुलारूपमा भाइरसलाई ‘उहान भाइरस’ भन्नुभएको छ र चिनियाँ सत्तारूढ पार्टी तथा राजनीतिक अवस्थामाथि ‘युगको लागि धम्की’ भन्ने कुरा बोल्दै आउनुभएको छ । उहाँले ‘उहान भाइरस’ भन्ने शब्दलाई जी– ७ विदेशमन्त्री सम्मेलनको वक्तव्यमा समावेश गराउन खोज्नुभयो । उहाँका ती कार्यहरूबाट के थाहा हुन्छ भने उहाँका आँखामा महामारी मनलाई दुखित पार्ने घटना होइन बरू राजनीतिक उद्देश्य पूरा गर्ने साधन हो । उहाँले भाइरसको नाउँमा चीनलाई शीतयुद्धको विचारबाट बारम्बार प्रहार गरिरहनुभएको छ । उहाँको ती कारबाहीहरू देखेर अन्तर्राष्ट्रिय समाजलाई अचम्म लागेको छ साथै अमेरिकी कुलीन वर्गका व्यक्तिहरूले पनि उहाँप्रति चेतावनी र आलोचना गरेका छन् ।
वास्तवमा पोम्पेओले चीनलाई मात्रै लक्ष्य बनाएका होइनन् । रूस, इरानलगायतका मुलुकहरूले अमेरिका सरकारसम्बन्धी नक्कली समाचार छरेको कुरा उहाँले धेरै पटक भन्नुभएको छ । ‘वासिङ्टन पोस्ट’ को लेखमा लेखेजस्तै ८ करोड इरानीहरूको सामु मानवीय उद्धारको कठिनाइ परेको बेला पोम्पेओलगायतका राजनीतिज्ञहरूले नाकाबन्दीलाई खुकुलो पार्ने बेलायतलगायतका पश्चिमी मुलुकहरूको आह्वानको वास्ता नगरी महामारीलाई अति ठूलो दबाब दिने सुविधाजनक उपायको रूपमा प्रयोग गरिरहेका छन् जसबाट प्रशस्त सर्वसाधारणको मृत्यु देखापर्ने सम्भावना छ ।
हाल विश्वमा निश्चित कोभिड– १९ सङ्क्रमित बिरामीको सङ्ख्या १२ लाखभन्दा बढी पुगेको छ । विश्वमा फैलिएको महामारीको नयाँ सङ्क्रमित केन्द्र अमेरिकामा निश्चित भएको सङ्क्रमितको सङ्ख्या ३ लाख २० हजार पुगेको छ । वर्तमान अवस्थामा अमेरिकी सरकार चाँडै महामारीको फैलावटको रोकथाम गर्दै सर्वसाधारणको मृत्युलाई घटाउने कार्यमा व्यस्त हुनुपर्ने हो । यसै सन्दर्भमा जिम्मेवारी अमेरिकी राजनीतिज्ञले स्वदेशी सर्वसाधारणलाई अझ बढी अन्तर्राष्ट्रिय सहयोग दिने प्रयास गर्नुका साथै विश्वव्यापी महामारीविरूद्ध सहयोगलाई अघि बढाउनुपर्छ ।
तर, पोम्पेओले चीनमा हिलो छ्यापेर आफ्नो राजनीतिक लाभ पाउने काममा निरन्तरता लागिरहनुभएको छ र विश्वव्यापी महामारीविरूद्ध सहयोगको बाधा बन्नुभएको छ । उहाँले अमेरिकाको लागि दुर्भाग्य तथा बदनामीमात्रै कमाइरहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *