भर्खरै :

मस्कोका चिट्ठी – ४

-रवीन्द्रनाथ टैगोर 
            पश्चिममा विरोधी साहित्यको कमी छैन । त्यसले ठूलठूला खानी, कृषि फर्म, कलकारखानामा हुने असभ्य शोषण, धोखा र क्रूरताको बारेमा बोल्छ । त्यस्तो सङ्‍घर्ष त्यहाँ नियमितरूपमा भइरहेको छ ।
            आफ्नो देश र देशवासीबीच चरम विभेद र दुःख भए तापनि आर्थिक क्षेत्रमा सबैका लागि अवसर समान र खुला हुन्छ । अधिकार सबैको समान भए पनि शान्तिको अनुभूति फरक हुन्छ । धनीहरूले हासिल गरेको सम्पत्तिले राष्ट्रिय उत्तरदायित्व वहन गर्दैन । शिक्षा, स्वास्थ्य र अरू जनकल्याणका कार्यहरू अत्यन्त महँगो हुन्छ । यस्ता आवश्यकताहरू धनीहरूले मात्र पूरा गर्नसक्छन्, गरीबहरूले सक्दैनन् । त्यसैले धनीहरूको सम्पत्ति एउटा निश्चित आधारमा पूरै देशमा वितरण हुन्छ ।
            तर, सम्पत्ति खुलारूपमा छोड्दै जाने क्रम जारी भएमा विदेशी व्यापारी र अधिकारीहरू सम्पत्तिको भागिदार हुन्छन् । जब जुट उत्पादकहरूको गहन उत्साहमा र शिक्षा र स्वास्थ्यमा गहन दरार आउँछ तब फाइदा जति उनीहरूलाई मात्र हुन्छ । जुटले खानेपानी दूषित पार्छ तर, धनीहरूको थैलीबाट पानी दूषित हुनबाट जोगाउन एक सुका पनि खर्च हँदैन । गरीब दुःखीहरूको लागि पानी ल्याउनैपर्छ, शुद्ध खानेपानी पनि चाहिन्छ । त्यस्तो जीवनजलको मूल्य चुकाउनैपर्छ । गरीबहरूको शिक्षाको लागि राज्यकोषमा रकम हुँदैन किनभने पैसाको ठूलो राशी सदाको लागि विदेश जान्छ । अर्को शब्दमा पानी वाष्पीकरण भएर समुन्द्रपार जान्छ, लामो समयसम्म चेतना नपाएको दयनीय अवस्था भएको रोगी भारत दुर्गम क्षेत्रको लागि शैक्षिक संस्थाको आशामा छ ।
            गरिबीले कसैलाई कमजोरमात्र बनाउँदैन मृत्युको मुखमा समेत पुर्‍याउँछ । त्यसकारण सर जोन साइमन भन्नुहुन्छ, “हाम्रो विचारमा लामो समयदेखि चलिआएको सामाजिक र आर्थिक प्रचलनको जड नै सबभन्दा खराब कुरा हो । यसले भारतलाई सताइरहेको छ । त्यसको उपचार भारतीयहरू आफैँ कार्यक्षेत्रमा उत्रिएर गर्नुपर्छ ।” यहीँ अवहेलनाको मुख्य कारण हो । भारतको गरिबी, रोग, भोक र नाङ्गोपन आदिले आदर्श शिक्षाको सपना देख्दैन । हामीले कुनै हालतमा पनि जनसङ्ख्याको वृद्धि घटाउने र खर्च सीमित गर्ने काम गर्नुपर्छ । त्यसबाहेक अरू सोच्नुपर्दैन । यसको पूरै उत्तरदायित्व हामीमै छ । अरू कसैले वहन गर्दैन ।
            म रुसमा आउँदा अत्यन्त निरास थिएँ । म अरू युरोपेली देशहरूको सम्पत्तिको देखावटीपनको परिचित थिएँ । रुसमा हाल विलासी जीवनको कुनै परिवेश देखिँदैन र अहिले यहाँको यथार्थ यही हो । यहाँ एउटा शक्तिशाली प्रयास गरिंदै छ । यसको उद्देश्य उनीहरूलाई पूर्णता प्रदान गर्ने हो । यस्तो पूर्णताबाट भारतीयहरू वञ्चित छन् । यी सबै दृश्यहरू मैले आफ्नै आँखाले देखेको छु । यी दृश्यले पश्चिमीहरूलाई कति दुख्दो हो भन्ने मलाई सही निर्णयमा पुग्‍न गार्‍हो भयो । भारतीय सम्पत्ति बेलायतका टापुहरूमा कति लगिए र हाल कति लगिँदै छ भनी विवाद गर्ने पक्षमा हाल म छैन । तर, यहाँको जीवन निरस छ र यहाँको बौद्धिकतामा ग्रहण लागेको छ । हाम्रो भौतिक र मानसिक दुवै पक्षबाट मृत्युवरण हुँदै छ । यसको मूल कारण भनेको भारतीयहरूको नैतिक विकृति हो र यसको उपचार सरकारको पहुँचभन्दा टाढा छ ।
            हामी हाम्रा सामाजिक सङ्गठनका कारण पतनको सँघारमा पुगेको यदि सत्य हो भने शिक्षा र प्रोत्साहनले अज्ञानता हटाउन विदेशी सरकारको सहयोगको अपेक्षा गर्नुपर्छ । देशको अनभिज्ञताको विपत्तिमात्र आयोगको सुझावले हटाउन सकिँदैन । सरकारले यसको सामना गर्नुपर्छ । यदि बेलायतमा भएको भए त्यहाँको सरकारले गर्ने थियो होला । साइमन आयोगलाई हाम्रो प्रश्नः “हिन्दुस्तानको जोसको अधोगतिको कारण यसको अनभिज्ञता र पुरानो रीतिरिवाज भएको भए १५० वर्षसम्म बेलायतको अधीनमा रहँदा किन विकसित हुनसकेन त ? किनभने आयोगले मानिसहरूलाई शिक्षा प्रदान गर्ने अनुदानको तुलनामा बेलायती राजलाई पुलिसको लाठी हान्न लगाउने खर्चमा बढी जोड दियो । धनी विदेशी राज्यलाई पुलिसको लाठी अपरिहार्य छ । त्यहीँ लाठीले उनीहरूमाथि दण्डहीनता बढाउँछ र उनीहरूको शिक्षा शताब्दियौँ पछाडि धकेलिन्छ ।
            रुसको भूमिमा टेकेपछि मैले देखेको पहिलो कुरा शिक्षा हो । मजदुर र किसानहरूले छोटो समयमा सबभन्दा बढी विकास गरेको देखिन्छ । अरूको १५० वर्षमा गर्न नसकेको विकास अहिले रुसीहरू गर्दै छन् । मैले आफँैलाई सोधेँ कि यस्तो महान् चमत्कार कसरी भयो ? अनि मेरै मनले दिएको उत्तर के हो भने यहाँ कुनै लोभलालचको छेकवार छैन । शिक्षाले सबैको क्षमता पर्याप्त अभिवृद्धि हुन्छ भन्ने सोच्नु स्वाभाविकै हो । यहाँ सुदूर एसियाका तुर्कमानहरूलाई पूर्ण शिक्षा प्रदान गर्न कुनै कञ्जुस्याइँ छैन बरु यसबारे एकदमै उत्सुक छन् ।
            भारत र चीनमा शिक्षाको प्रसारको सम्बन्धमा एक फ्रान्सेली विद्वानले फ्रान्सलाई अङ्ग्रजेहरूले गरेको कमजोरी सच्याउन भारत र चीनप्रति भएको शिक्षाप्रतिको नकारात्मक पुनरावृत्तिको विरुद्धमा बोलेका थिए । अङ्ग्रेज चरित्रमा कुलीनता भए पनि पनि यसको नीतिमा केही त्रुटीहरू हुनसक्छन् । कसलाई थाहा होला कि हामी अझ कति शताब्दी यसका विरुद्धमा स्पष्ट बोल्न नसक्ने हो ।
            शिक्षाको अभाव भए कमजोरीहरू रहिरहने र शिक्षाबाट पाउने लाभ उठाउन सकिँदैन । अनभिज्ञता प्रहरीका लाठीहरूजत्तिकै घातक हुन्छ । लड क्रुजन (पूर्व गभर्नर) मा यस्तै कुराको आभास हुन्छ । फ्रान्सेली पेडेन्टले आफ्नो देशको आवश्यकतालाई आदर्शका आधारमा न्याय गर्दछन् । त्यसलाई सम्बन्धित विषयका मानिसहरूको आवश्यकता पर्दैन । लोभीले लोभ गर्ने वस्तुका कारण मानवता र वास्तविकता गुमाउँछ । भारतले यस्तै मानिसको छत्रछायामा रही आफ्नो १५० वर्षको भाग्य गुमाएको छ । त्यसले भन्न सकिन्छ कि शासकहरूले भारतको वास्तविक आवश्यकताप्रति बेवास्ता गरेका हुन् । उनीहरू जनताले प्रयोगमा ल्याएका र भएका खाद्यवस्तुका बारेमा बेखबर रहन्छन् । हामी पिउने पानी अभाव भएकोमा अभ्यस्त भयौँ तर यसले उनीहरूलाई पटक्कै पिरोल्दैन । महत्ववपूर्ण कुरा के हो भने हाम्रो आवश्यकता छ उनीहरूलाई । तर, हाम्रा आवश्यकताहरू भने उनीहरूका लागि महत्ववहीन छन् । हाम्रो चाहना र आवश्यकताप्रति उनीहरू अलिकति पनि ध्यान दिँदैनन् ।
            गम्भीर समस्याहरू जसले भारतको जीवनलाई नष्ट गर्दछ र उनीहरूको बौद्धिकता पश्चिममा कतै तुलना गर्न मिल्दैन । उनीहरूको मूल सोचाहमै लालची छ । हाम्रो आधारभूत अधिकारलाई खोसेर यो बलियो भएको छ । यसले हामीलाई विध्वंसतिर डोर्‍याउँछ । त्यसैले त्यो लालचलाई रुसमा सजायको भागिदार बनाइएको कुराले मलाई प्रफुल्लित तुल्याएको छ । भारतमा मात्र नभएर संसारकै लागि विपत्तिको कारक तत्वव लोभ नै हो । यसलाई डर र शङ्काले सँगै बोकेर लान्छ र युद्धको तयारी गर्दछ अनि यसले निर्दयी राजनीतिलाई बढावा दिन्छ ।
            अधिनायकवाद तर्कको अर्को विषय हो । व्यक्तिगत तवरले म कुनै अधिनायकवादी सत्ताको पक्षपाती होइन । मेरो आफ्नो क्षेत्रमा कुनै पनि हानि वा सजायको धम्की दिएर आफ्नो विचार व्यक्त गर्न कोसिस गरेको छैन । तानाशाहीमा पक्कै खतराहरू छन् । मेलमिलाप र यसको कार्य स्थिरतामा अनिश्चितता छ । नेता र नेतृत्ववको इच्छाको बीचमा हुने अपूर्ण सम्पर्क समस्याको निरन्तर स्रोत बन्दछ । त्यसबाहेक निष्क्रिय बानी, दिमाग र चरित्र कमजोर पार्दछ ।
            जनघनत्व जुन एकताबद्ध इच्छाले सिर्जना गरिएको छैन र यसलाई कायम राखिएको छैन भने यो पिँजडाजस्तै हो । चाहेजति नै खाद्यान्न पेयपदार्थको व्यवस्था गरिए पनि यसलाई घर भन्न सकिँदैन । यसमा पखेटाहरूलाई निस्तेज बनाइएको हुन्छ । धर्म शास्त्र, गुरु वा राजनैतिक नेताहरूको अधिकारभन्दा बाहेकको कसैको पुरुषत्वको प्रतिबिम्बित हुँदैन । समाजलाई नपुंसक बनाउने काम दशकौँदेखि भएको कुरा हामी सबैलाई विदित्तै छ । जब महात्माजीले विदेशी वश्त्रलाई अशुद्ध भन्नुभयो, मैले त्यसको विरोध गरेँ र भनँे यो आर्थिकरूपमा नोक्सान हुनसक्छ तर हाम्रो अन्धो धर्मशास्त्रले नेतृत्व गरेको मन यसैले आकर्षित गरेको हुन्छ र केही गराउन सकिन्न । योभन्दा सदाका लागि पुरुषत्वको उपहास के हुनसक्छ ? त्यसैले अधिनायकले चलाएको देश सम्मोहित भएको छ । एउटा जादुगर जान्छ र अर्को सूत्र परिवर्तन गरी मोहित पार्ने काम जारी राख्दछ ।
            अधिनायकवाद एउटा ठूलो उपद्रव हो भन्ने कुरा म स्वीकार्दछु र म विश्वास पनि गर्दछु कि यसको नाममा अत्याचार गरिएको छ । यसको नकारात्मक पक्ष निःसन्देह हुन्छ र यो एउटा पाप हो । तर, मैले यसको सकारात्मक पक्ष पनि देखेको छु । त्यो शिक्षा हो । शक्तिको एकदम उल्टो । यदि व्यक्तिको मन देशको भाग्य बदल्न एकाग्र भए उसको क्रियाकलाप सिर्जनशील र चित्रकलासम्मका लागि हुन्छ । शासकको अन्धभक्तको एउटै उद्देश्य भनेको प्रत्येकको मनलाई अज्ञानताको भुमरीमा धकेलिरहने हो । जार राज्यमा मानिसहरूको मनलाई शिक्षाबाट वञ्चित गरिएको थियो । यसलाई अन्धविश्वास र धर्मको भुमरीमा जकडिएको थियो । जुन वेस्ट इन्डिज र अमेरिकामा थियो । वादशाहहरूले सजिलै अज्ञानतको फाइदा उठाउन सक्दथे । त्यसैले त्यसबेला मानिसहरूलाई धर्मको नाममा डर पैदा गर्न सजिलो थियो । जस्तैः यहुदी र इसाई अथवा मुसलमान र अमेरिकीहरू । जनतासित कसिलो सम्बन्ध नभएका देशहरू कमजोर भएका छन् । अझ धर्म र अन्धविश्वासले सर्वसाधारण जनतालाई शिकार गर्न सजिलो बनायो । अज्ञानताभन्दा तानाशाही शासनको स्थापना गर्ने अरू अनुकूलता केही हुनसक्दैन ।
            पुरानो रुसमा जस्तै हाम्रो देशमा पनि त्यसोअनुरूप युगौँदेखि अस्तित्वमा रहिआएको छ । आज हाम्रो महात्माजीको नेतृत्व सुरु भएको छ । तर, जब उहाँ रहनुहुन्न तब उहाँका समर्थकहरूबाट धार्मिक कट्टरपन्थीहरूको दबदबा हुनेछ । आजको चीनमा धेरै महत्ववाकाङ्‍क्षी सिपाहीँहरूको लगातार सङ्‍घर्षको एउटै उद्देश्य नेतृत्व रहेको छ । पूरै देशलाई शरीरभरि घाउ बनाएजस्तै भएको छ । यसलाई एउटै विषयले एकत्रित गर्नसक्छ त्यो हो– शिक्षा । म आफ्नै विचारको ऋणी बनेर नेतृत्वको लागि मात्र सङ्‍घर्ष गर्नुपर्छ भन्न सक्दिनँ । अनिमात्र घाँसहरूको पालो आउँछ । घाँस भनेका सर्वसाधारण जनता हुन् । उनीहरू सधैँ पिल्सिएका छन्, किनभने हाम्रो सङ्‍घर्ष घाँसहरुको लागि हो, ठूला रुखहरुको लागि होइन । 
            हालका वर्षहरूमा रुसमा तानाशाहको बलियो शासन छ तर यसलाई अघि बढाउन त्यस शासनले जारको जस्तो बाटो पहिल्याएको छैन । भन्नैपर्दा धार्मिक अन्धविश्वास अज्ञानताको दुरुपयोग गरेको छैन । दण्डात्मक रङ अहिलेको रुसी सरकारमा निष्कृय छ भनेर म विश्वास गर्नसक्दिनँ । यसका साथै शिक्षा सिर्जनशील छ र यसले जनताको असाधारण शक्तिलाई उजागर गरेको छ । एउटै कारण के छ भने व्यक्तिगत लालच र राजनीतिक दलहरूको पैसाप्रतिको आसत्ति अनुपस्थित छ अर्थात् पैसाप्रति लालसा छैन ।
            यहाँ एउटा व्यक्तिमा भएको मानवताको इच्छालाई दबाउन र आर्थिकरूपमा निस्तेज पार्न नसकिने सिद्धान्तको र अस्तित्ववको विकास जातीय, वर्गीय र रङको विविधता भए तापनि भएको छ । यदि यस्तो नभएको भए उनीहरू सबै फ्रान्सेली पण्डितका पुजारी हुन्थे । जसका लागि जनतालाई शिक्षा दिनु भनेको ठूलो कमजोरी हो ।
            आर्थिक नीति कतिको मान्य छ भनेर समयले हालसम्म छिनोफानो गरेको छैन किनभने लामो समयसम्म यो एउटा नीतिको पुस्तकमा मात्र सीमित थियो । यसरी निर्भय भएर प्रयोगमा आएको भने थिएन । तर, हाल यसले ठूलो प्लेटफर्म पाएको छ । यसको प्रयोगको सुरुदेखि नै उनीहरूले अत्यन्त निर्दयी भएर त्यो ठूलो लोभलालचलाई त्याग्‍न सफल भएका छन् । यदि यस्तो नगरेको भए यो नयाँ आर्थिक नीति खतरामा पर्दथ्यो होला । कसैले पनि यो यसरी नै अन्त्य हुन्छ भनेर भन्न सक्दैन किनभने यो हाल परीक्षणकालमै छ । तर, एउटा कुरा निःसन्देह भन्न सकिन्छ कि शिक्षा नै एउटा यस्तो आधार हो जसले नयाँ आर्थिक सिद्धान्तलाई कालान्तरसम्म पुर्‍याउन सहयोग गर्दछ । शिक्षाकै कारण रुसीहरूको कायापलट भएको छ । सबैले प्रतिष्ठाको जीवन पाएका छन् र सदाका लागि मानवतालाई नयाँ सन्देश दिएका छन् ।
            रुसी शासनको बारेमा अचेल अनेक हल्लाहरू फैलिएका छन् कि त्यहाँ क्रूरता बढेको छ जुन असम्भव पनि छैन । लामो क्रूरताको शासन अचानक छोटो समयमा पूरै निस्तेज पार्ने सम्भव सजिलै हुन्न । पुरानो प्रशासन सजिलै हराएर जाँदैन । केही अवशेष कुनै न कुनै रूपमा रहेको हुन्छ । तर, रुसी सरकार यसको निराकरणको लागि अथकरूपमा लागिरहेको छ । जसले पूरै रुसी इतिहासलाई सचित्र छायाङ्कनको जस्तो व्याख्या गरी त्यसको त्रास र अत्याचारलाई प्रदर्शन गरेको छ । यदि हालको सरकारले पनि यस्तै निर्दयी नीति अपनाएको भए यो अनौठो कमजोरी हुन्थ्यो होला । यसलाई निर्दयी शासन परिवर्तन गर्न अनिच्छा प्रकट गरेको बुझिन्थ्यो होला । जुन तरिकाले भए पनि अङ्ग्रेजहरू सिरजाउद दाउलुलाई ब्लाय्क होल (Black Hole) को नाममा बदनाम गर्न चाहन्थे । ब्लाय्क होलको सिनेमा र अरू हतियारहरू यसका लागि प्रयोग गरिएको थियो । यसको साथै उनीहरूको आशय अमृतसरमा भएको जलियावाला वागलाई अन्याय र मुख्र्याइँको उपज हो भन्ने विचारलाई विमुख पार्न पनि सकिन्थ्यो किनभने यो घटनामा वाण धनुर्धरतर्फ नै फर्किएको थियो ।
            माक्र्सवादी अर्थव्यवस्थाको सूत्र प्रयोग गरी हिंसात्मक विधिबाट रुसी जनताको मत बटुलेको कुरा प्रस्ट छ । यसबारे स्वतन्त्र छलफल गर्न जानाजान बन्देज गरिएको थियो । यो कोणबाट लगाइएको आरोप केही हदसम्म सत्य हो भन्नेमा म विश्वास गर्दछु । गत युरोपेली युद्धमा पनि ठीक यस्तै प्रयास गरिएको थियो । यसको उद्देश्य जनताको ध्यान विकेन्द्रित गर्न विद्वताको विरुद्धमा लाग्नु थियो । यी उद्देश्य प्राप्तिका लागि आजीवन कारावास र फाँसीको समेत सरकारी नीति अवलम्बन गरिएको थियो ।
            जहाँ तत्काल परिणामको चाहने इच्छा अत्यन्त प्रबल छ । राजनीतिक नेतृत्वहरू विचारको स्वतन्त्रतालाई सम्मान गर्ने पक्षमा छैनन् । उनीहरूको चाहना छ, “पहिले हामी हाम्रो उद्देश्य हासिल गरौँ । पछि अरू कुराको प्राप्तिको लागि गरौँला ।” रुसको अवस्था युद्धकालको जस्तो प्रतीत हुन्छ । देशले आन्तरिक र बाह्य शत्रुहरूको सामना गर्नुपरेको छ । नयाँ परीक्षणलाई पूरै निस्तेज बनाउन निरन्तर अभ्यास चलिरहेको छ । त्यसकारणले उनीहरूको संरचनाको आधार जति सक्दो छिटो परिवर्तन गरी मजबुत बनाउनुपर्ने देखिन्छ । उनीहरूले शक्तिको प्रयोग गर्नेबाहेक अरू कुनै उपाय देखेनन् । तैपनि जति भए तापनि शक्तिको प्रयोग एकतर्फी हुनेछ । यसले सिर्जना होइन विध्वंस गर्दछ ।
            रुस नयाँ युगको गोरेटो कोर्न अनवरत प्रयासमा छ जसले प्राचीन विश्वासलाई च्यात्न सकोस् । यसबाहेक विलासी समयलाई सम्मान गर्ने सबै तरिकालाई दण्डित गर्दछ । जब मानिसले आफूलाई ध्वंसात्मक शक्तिको भुमरीमा पाउँछ, नसाले आफ्नो खुट्टा डगमगाउँछ । अहम् भावको वृद्धि हुन्छ उसको मानव प्रवृत्तिले याचना गर्नुपर्दछ भन्ने कुरा पूरै भुल्छ । ऊ सोच्दछ कि म आफैँमा पूर्ण छु । भोलि जेसुकै होस् । जोसँग सहज परिवर्तनलाई पर्खिने सहनशीलता हुँदैन, ऊ रातारात हिंसाबाट परिवर्तन चाहन्छ तर यो स्थायी हुँदैन ।
            सिद्धान्त भएर पनि मान्ने मानिस छैन भने म निरङ्कुशतामाथि थोरै विश्वास गर्दछु किनभने कसैको विचारलाई सोझै विश्वास गर्नु राम्रो पनि होइन । यसको बाँकी वैधता उसको अनुभवमा निहित हुन्छ । उत्सुकताको कुरा के छ भने जो कुनै आफ्नो धर्मशास्त्रीय अधिकारमा विश्वास नभएकाहरू कति पनि विचलित हुन्नन् । यसको अर्थ सही होस् या गलत, यस्ताहरू विचारै नगरी समाहित हुन्छन् । बाध्य भएर अवलम्बन गर्दछन् । शक्तिको प्रयोगमा सत्यविपरीत समानुपतिक हुन्छ ।
अनुवाद :भानु हुमागाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *