सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
संरा अमेरिकामा कोरोना भाइरसको अवस्था दिनानुदिन भयावह बन्दैछ । मङ्गलबारसम्ममा त्यहाँ कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १२,१३,०१० र मर्नेको सङ्ख्या ६९,९२५ पुगेको छ । संरा अमेरिकामा महाव्याधिको अवस्थाप्रति सबै मानिस ऊप्रति सद्भाव पोखिरहेका छन् । तर, संरा अमेरिकाकै केही राजनीतिक नेताहरू भाइरसविरुद्ध काम गर्नु र जनताको जीवन जोगाउनतिरभन्दा चीनलाई बलिको बोका बनाउन व्यस्त छन् । संरा अमेरिकाको मूलधारको एउटा मिडियामा हालै प्रकाशित एक समाचारअनुसार संरा अमेरिकामा महाव्याधिबारे सर्वसाधारणमा धेरै प्रश्न उठ्न थालेको छ । ती सबै प्रश्नको उत्तर संरा अमेरिकी सरकारले खुला, पारदर्शी र जिम्मेवारपूर्वक स्पष्ट उत्तर दिनेमा आशा गरौँ ।
पहिलो प्रश्न
संरा अमेरिकामा सुरुमा कुन ठाउँमा कहिले नोबेल कोरोना भाइरस फैलिएको थियो ?
क्यालिफोर्नियाको सान्टा क्लारा काउन्टीको जनस्वास्थ्य विभागले अप्रिल महिनाको अन्तिमतिर सार्वजनिक एक प्रतिवेदनले फेब्रुअरी ६ मा नै कोभिड–१९ को कारण एक जना ५७ वर्षकी महिलाको निधन भएको सूचना दियो । कोभिड–१९ को कारण संरा अमेरिकामा पहिलो मानिसको निधन भएको ठानिएको मितिभन्दा फेब्रुअरी ६ झन्डै तीन साताले अघि थियो । स्थानीय स्वास्थ्य कार्यालयले मरेका ती महिला महामारी फैलिएको समयमा चीन वा अरू कुनै पनि देशको यात्रा नगरेको बतायो ।
यदि त्यसो भए तिनी महिला कसरी कोभिड–१९ भाइरसबाट सङ्क्रमित भए ? मृतक महिलाको शव परीक्षण फेब्रुअरी ७ मै गरिएको थियो । तर, अप्रिल ७ सम्म पनि त्यसलाई आधिकारिकता दिइएको थिएन । बीचका साढे दुई महिनामा के भयो ?
मार्च ११ मा संरा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का निर्देशक रोबर्ट रेडफिल्डले पहिले रुघाखोकीले निधन भएका ठानिएका केही बिरामीपछि नोबेल कोरोना भाइरसको कारण निधन भएको पुष्टि भएको स्वीकारेका थिए । संरा अमेरिकी सीडीसीको प्रतिवेदनअनुसार गएको जाडो याममा संरा अमेरिकामा कम्तीमा ३ करोड ४० लाख मानिसलाई रुघाखोकी लागेको र कम्तीमा बीस हजार मानिस सोही रोगको कारण मरेको ठानिएको थियो ।
इन्फ्लुन्जाको कारण संरा अमेरिकामा मरेका ठूलो सङ्ख्यामा मानिसमध्ये कति मानिसमा रोगको गलत पहिचान भएको थियो र उनीहरूमध्ये कति जना नोबेल कोरोना भाइरस सङ्क्रमित थिए ? संरा अमेरिकामा यो भाइरसको पहिलो बिरामी को थियो ? संरा अमेरिकामा कोभिड–१९ को महामारी कहिलेबाट सुरु भएको थियो ? संरा अमेरिकाले सुरुमा सार्वजनिक गरेको तथ्याङ्क कतिको विश्वसनीय छ ? राजनीतिक कारणले के संरा अमेरिकी सरकारले जानाजान केही कुरा लुकाइरहेको छ ?
दोस्रो प्रश्न
संरा अमेरिकामा कोरोना भाइरस कहाँबाट आएको थियो ? संरा अमेरिकाले संसारका विभिन्न देशमा कति सङ्क्रमण फैलाएको छ ?
न्यु योर्कका गभर्नर एन्ड्र्उ क्युमोले हालै न्यु योर्क सहरमा कोरोना भाइरस चीनबाट नभई युरोपबाट फैलिएको बताएका थिए । चीनमा महामारी फैलिएपछि संरा अमेरिकाले तत्कालै चीनबाट आएका मानिसको लागि आफ्नो सिमाना बन्द गरेको थियो । तथापि मार्चको मध्यसम्म उसले युरोपेली देशको लागि आफ्नो ढोका खुला राखेको थियो । त्यसकारण युरोपबाट संरा अमेरिकामा भाइरस पस्ने मौका छोप्यो ।
मार्च महिनामा अस्टे«लियाली प्रधानमन्त्रीले अस्टे«लियाको सन्दर्भमा नोबेल कोरोना भाइरसको मूल स्रोत संरा अमेरिका भएको बताएका थिए ।
संरा अमेरिकी राजनीतिक नेताहरूले संरा अमेरिकामा चीनले भाइरस फैलाएको बताइरहेका छन् । के उनीहरूले चीनको कारण संरा अमेरिकामा कति जना मानिस कोरोना भाइरस सङ्क्रमित भए, भन्न सक्छन् ? संरा अमेरिकामा ठूलो सङ्ख्यामा सङ्क्रमण पस्न र फैलिनबाट संरा अमेरिकी सरकारले रोक्न सकेन ? संरा अमेरिकाले संसारमा कति जना मानिसलाई यो भाइरसबाट सङ्क्रमित बनायो ?
तेस्रो प्रश्न
संरा अमेरिकाले फोर्ट डेट्रिकको घातक रोगसम्बन्धी अध्ययन गर्ने सेनाको प्रयोगशाला किन बन्द गर्यो ?
समाचारअनुसार संरा अमेरिकाको प्रमुख जैविक युद्धसम्बन्धी प्रयोगशालामा सन् २०१९ को जूनदेखि निश्चित खालको जीवाणु र टक्सिनमाथि अनुसन्धान बन्द गर्न आदेश दियो । सुरक्षाको कारण देखाई त्यस्तो आदेश जारी भएको थियो । तर, के कस्तो सुरक्षाको कारण अथवा अरू नै कुनै कारणले त्यस्तो आदेश जारी भएको थियो, केही कुरा खुलेको छैन ।
संयोगवश, त्यो प्रयोगशाला बन्द भएको केही समयपछि नै भर्जिनियाका प्रयोगशाला नजिकैको दुईवटा नर्सिङ होममा ठूलो सङ्ख्यामा मानिसलाई खोकीदेखि निमोनियाजस्ता श्वासप्रश्वाससम्बन्धी रोगका बिरामी उपचारको लागि आएका थिए ।
सन् २०१९ को अगस्ट २७ मा २१५ वटा गम्भीर हृदयसम्बन्धी रोगको सम्भावित बिरामीबारे सीडीसीलाई जानकारी थियो । उनीहरूलाई विद्युत्तीय चुरोट प्रयोगको कारणले त्यस्तो समस्या देखिएको बताइएको थियो । तर ती बिरामीको छात्तीको मिहीन परीक्षणले उनीहरूको रक्तनलीमा कुनै प्रकारको अवरोध नभएको पुष्टि भएको थियो । सन् २०१९ को सेप्टेम्बर २४ देखि त्यस्तो प्रकृतिका बिरामीको सङ्ख्या एकाएक बढेको थियो । संरा अमेरिकाका ४६ राज्य र एक क्षेत्रमा ८०५ जना त्यस्ता बिरामी फेला परेको सीडीसीलाई जानकारी दिइएको थियो ।
मार्च १० मा संरा अमेरिकी राष्ट्रपति कार्यालयको वेभसाइटमा एउटा अनुरोध पत्र सार्वजनिक गरिएको थियो । सो पत्रमा फोर्ट डेट्रिकको प्रयोगशाला बन्द गर्नुको मूल कारण सार्वजनिक गर्न संरा अमेरिकी सरकारलाई आग्रह गरिएको थियो । त्यसमा सो प्रयोगशाला नोवेल कोरोना भाइरसको अनुसन्धान एकाइ थियो वा थिएन र त्यहाँबाट कुनै भाइरस चुहिएको थियो वा थिएन भन्ने विषयमा स्पष्ट पार्न भनिएको थियो । सो पत्रमा फोर्ट डेट्रिकको सो प्रयोगशाला बन्द गरिएको बारे बेलायतका समाचार माध्यममा प्रकाशित समाचार अधिकांशले हटाएको उल्लेख छ ।
यी प्रश्नहरू वास्तवमा अमेरिकीहरूको मात्र प्रश्न होइन, बरु सारा संसारका मानिसहरूको साझा प्रश्न हो । संरा अमेरिकाले सो प्रयोगशालाबारे किन केही बोल्न चाहेको छैन ? कोभिड–१९ को सङ्क्रमण र विद्युत्तीय चुरोटबीच के सम्बन्ध छ ? प्रयोगशालाबारेका समाचारहरू किन मेटिए ? के संरा अमेरिका केही कुरा ढाकछोप गर्न खोजिरहेको छ ?
चौथो प्रश्न
विभिन्न देशमा रहेका संरा अमेरिकी जैविक आधारबाट चुहावटको सम्भावना छ वा छैन ?
संरा अमेरिकाले दक्षिणपूर्वी एसियाका विभिन्न देशमा धेरै वटा जैविक प्रयोगशाला बनाएको छ । पाकिस्तान, अफगानिस्तान, कजाकिस्तान, कीर्गिस्तान, उज्वेकिस्तान र जोर्जियालगायतका देशमा त्यस्ता प्रयोगशालाहरू छन् । युक्रेनमा मात्र संरा अमेरिकाले सोर्ह वटा जैविक प्रयोगशाला स्थापना गरेको छ । रुसी विदेश मन्त्रालयका एक जना प्रवक्ताअनुसार संरा अमेरिकी रक्षा विभागले कुनै पनि तेस्रो विश्वका देशमा संरा अमेरिकाले दोहोरो भूमिकासहित त्यस्ता प्रयोगशाला स्थापना गरेका छन् । उनीहरूले भन्नलाई जैविक–रसायनिक आतङ्कवादको प्रतिरोध गर्न त्यस्ता प्रयोगशाला स्थापनाको कुरा गर्छन् । तर, उनीहरूको खास उद्देश्य सैनिक प्रयोजनसहित विभिन्न खतरनाक रोगका जीवाणु बनाउनु र संसारका जैविक–रसायनिक क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्नु हो ।
संरा अमेरिकाले संसारभरि यति धेरै जैविक प्रयोगशाला किन स्थापना गरेको छ ? चीन र रुस वरपरका देशमा त्यस्ता प्रयोगशाला स्थापनाको मूल ध्येय के हुनसक्छ ? के ती प्रयोगशालाले सुरक्षा मापदण्ड पूरा गरेका छन् ? के तिनबाट चुहावटको खतरा हुन्न ? विदेशमा स्थापना गरिएको त्यस्ता प्रयोगशालाबारे विभिन्न आशङ्कालाई संरा अमेरिकाले कतिबेला प्रक्रिया दिन्छ ?
यी सबै प्रश्नको उत्तर संरा अमेरिकी सरकारले मात्र दिनसक्छ । हामीले तथ्य, विज्ञान र जीवनप्रति सम्मान गर्नुपर्छ । हामी संरा अमेरिकालाई यी सबै आशङ्कालाई खुला, पारदर्र्शी र जिम्मेवार तरिकाले हल गर्न आग्रह गर्छौँ । के संरा अमेरिकाले संसारभरका वैज्ञानिकहरूलाई आफ्नो देशमा बोलाएर नोबेल कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न दिन तयार छ ? सत्य के हो ? सत्यबोधले चाउरी परेको संरा अमेरिकाको छवि पुनःस्थापना गर्न मद्दत गर्नेछ ।
स्रोत : ग्लोबल टाइम्स
नेपाली अनुवाद : सुशिला
Leave a Reply