भर्खरै :

“अमेरिकी कु क्लुक्स क्लान र भारतीय आरएसएसबीच धेरै समानता छन्”

चर्चित भारतीय लेखिका अरुन्धती राय न्यायपूर्ण आन्दोलनको पक्षमा बोलिरहेकी र लेखिरहेकी हुन्छिन् । गत मे २५ मा संरा अमेरिकामा जर्ज फ्लोयडको हत्यापछि जातिवाद र प्रहरी निर्ममताविरोधी जनआन्दोलन फैलिएको छ । आन्दोलन संरा अमेरिकाबाट बाहिर संसारका विभिन्न देशमा फैलिएको छ । भारतको दलित क्यामरा नामको समाचारमाध्यमले लेखिका रायसँग संसारभर चालु जातिवादविरोध सङ्घर्ष र भारतीय परिवेशलाई जोडेर कुराकानी गरेको छ । प्रस्तुत छ सो कुराकानीको केही अंशको नेपाली अनुवाद ः
संरा अमेरिकाको आन्दोलनलाई हामी कसरी समर्थन गर्छौं र भारतमा विरोध प्रदर्शन गरिरहेका जनतासँग कसरी ऐक्यबद्धता जनाउन सक्छौँ ?
मेरो विचारमा तपाइँले जर्ज फ्लोयडको निर्मम हत्यापछि उठेको जनआन्दोलन भन्न खोज्नुभएको हो । गोरा अमेरिकी प्रहरीबाट अफ्रिकी अमेरिकी नागरिकको हत्याको यो पछिल्लो सिलसिला हो । मेरो विचारमा यो आन्दोलनप्रति ऐक्यबद्धता जनाउने सबभन्दा राम्रो तरिकाभन्दा पनि सबभन्दा पहिले यसको आरम्भ कहाँबाट भयो भन्ने कुरा बुझ्नुपर्छ । दासता, जातिवाद र नागरिक अधिकार आन्दोलनको इतिहास, तिनको सफलता र असफलताको कुरा हामीले बुझ्नुपर्छ । उत्तर अमेरिकामा अफ्रिकी अमेरिकीहरूमाथि ‘प्रजातन्त्र’ को ढाँचाभित्र कसरी निर्मम व्यवहार गरिन्छ, कसरी उनीहरूलाई कैदी बनाइन्छ र कसरी अधिकारबाट विमुख बनाइन्छ भन्ने कुरा वास्तविक र सूक्ष्म तरिकाबाट बुझ्न जरुरी छ । अनि, संरा अमेरिकामा रहेका बहुमत भारतीय समुदायले यो सबै व्यवहारमा कस्तो भूमिका खेलेको छ भन्ने कुरा बुझ्नुपर्छ । कसले कुन समुदायको पहिलेदेखि पक्षधरता लिएको छ ? यो प्रश्नको जवाफले हाम्रो आफ्नो समाजबारे धेरै कुरा बताउँछ । यदि हामीले हाम्रो आफ्नो संस्कृति र काममा केही तहको इमानदारी देखाउने हो भने हामीले अहिले त्यहाँका विभिन्न संस्कृति र समुदायमा फैलिएको आक्रोशको भव्य प्रदर्शनलाई मात्र समर्थन गर्न सक्छौँ । हामी आफै निकै बिरामी समाजमा बाँचेका छाँै, जसले भगिनी सम्बन्ध, भातृत्व र ऐक्यबद्धताको भावना बुझ्न अक्षम देखिन्छ ।
संरा अमेरिकामा कु क्लुक्स क्लानका विचारधारा र गतिविधि भारतका हिन्दू अतिवादीहरूले गरिरहेको गाई दादागिरीसँग कुनै मेल खान्छ ?
निःसन्देह उनीहरूबीच धेरै थरी समान कुरा छन् । फरक के भने कु क्लुक्स क्लानले कसैको हत्या गर्दा उनीहरूको व्याख्या केही रूपमा फरक हुने गरेको छ । हिजो–आज भारतमा आरएसएस प्रभावशाली सङ्गठन भएजस्तै संरा अमेरिकामा कु क्लुक्स क्लान प्रभावशाली सङ्गठन थियो । त्यसका सदस्यहरू प्रहरी र अदालतलगायत सबै सार्वजनिक कार्यालयमा घुसेकै हुन्थे । क्लानको लागि कसैको हत्या हत्यामात्र थिएन । बरु आतङ्क फैलाउन र कसैलाई पाठ सिकाउनसमेत त्यस्ता हत्या हुन्थे । केकेकेले काला समुदायका मानिसमाथि गर्ने कुटपिट र भारत हिन्दू भिजिलान्तेहरूले दलित र मुसलमानहरूमाथि गर्ने कुटपिट उस्तै हो । तपाइँले सुरेखा बोटमाङ्गे र उनका परिवार सम्झनुहुन्छ ? सुरेखा बोटमाङ्गे र जोर्ज फ्लोयड फरक सङ्घर्षका फरक–फरक व्यक्ति हुन् । सुरेखा र उनको परिवारलाई उनकै गाउँका अर्को समुदायका मानिसले हत्या गरेका थिए । संरा अमेरिकी प्रहरी डेरेक चौभिनले जोर्ज फ्लोयडलाई छुट्टै शानका साथ हत्या गरेका थिए । चौभिनको एउटा हात खल्तीभित्र थियो र उनको घुँडा फ्लोयडको घाँटीमा थियो । उनको साथमा अरू पनि प्रहरी थिए । वरपर अरू प्रहरी तैनाथ थिए । फ्लोयडको हत्या देख्ने प्रत्यक्षदर्शी वरपर थिए । चौभिनलाई आफूले गरिरहेको कामको कसैले श्रव्यदृश्य खिचिरहेको पनि हेक्का थियो । तथापि, उनले फ्लोयडको हत्या गरे । किनभने, उनी आफू सुरक्षित भएको र कुनै दण्ड नहुनेमा ढुक्क थिए । यतिबेला गोरा अहङ्कारवादी र हिन्दू अहङ्कारवादीहरू दुवैमाथि सद्भावना राख्ने (शिष्ट शब्दमा भन्नुपर्दा) सत्ताको उच्चासनमा छन् । त्यसकारण, दुवैका संरक्षक छन् ।
भारतीयहरू blacklivesmatter लाई समर्थन गरिरहेका छन् । तर, भारतमा पनि कालाहरूमाथि लगातार हमलाका घटना भइरहेका छन् । भारतीयहरू काला समुदायलाई कसरी हेर्छन् अथवा उनीहरूबारे भारतीय बुझाइ के हो ?
गोरो छालाप्रति भारतीयहरूको आकर्षण हेर्नोस् त ¤ यो हाम्रो सबभन्दा उद्देकलाग्दो कुरा हो । तपाइँले बलिउडका चलचित्र हेर्नुभयो भने तपाइँलाई भारत भनेको गोरा मानिसहरूको देश जस्तो लाग्छ । काला मानिसप्रति भारतीय जातिवाद गोरा मानिसको जातिवादजत्तिकै खराब छ । यो अविश्वसनीय छ ¤ म केही कालो छालाका साथीहरूसँग सडकमा हिँड्दै गर्दा यो कुरा अनुभव गर्छु । कहिलेकाहीँ त आफै पनि कालै छालाको मानिसबाट समेत यस्तो व्यवहार भएको देख्छु ¤ त्यत्तिबेला मलाई रिस र लज्जा मुस्किलले हुनेगर्छ । त्यो जातिवाद खुला हमलामा समेत उत्रेको छ । सन् २०१४ मा दिल्लीको चुनावमा आम आदमी पार्टीले भारी बहुमत पायो । त्यही बेला कानुनमन्त्री सोमनाथ भारतीले नेतृत्व गरेको एक समूहले मध्यरातमा दिल्लीको खिर्कीमा कङ्गो र युगान्डाका महिलाहरूको एक समूहमाथि ‘अनैतिक र गैरकानुनी गतिविधिमा संलग्न भएको’ भन्दै भौतिक हमला र अपमान ग¥यो । सन् २०१७ मा ग्रेटर नोएडामा एक समूह भिजिलान्ते भीडले अफ्रिकी विद्यार्थीमाथि हमला गरी कुटपिट ग¥यो । अफ्रिकी विद्यार्थीले लागुपदार्थ बेचेको भन्दै यस्तो हमला भएको थियो । तर, भारतमा जातिवाद बृहत् र विविधतायुक्त छ । नोएडा हमलापछि भाजपाका सांसद तरुण विजयले जातिवादको रक्षामा दिएको अभिव्यक्ति कसले भुल्न सक्ला र ¤ उनले भनेका थिए– “यदि हामी जातिवादी भए हामी किन सम्पूर्ण दक्षिण भारतसँग बसेका छौँ ? हामीले तामिल, केराला, कर्णाटक र आन्द्र चिनेका छौँ । हामी उनीहरूसँग कसरी मिलेर बसेका छौं ?” उनीहरू हामीसँग कसरी बाँचिरहेका छन् ? यसको जवाफ हामी काला दक्षिण भारतीय जनतालाई दिनुपर्छ । उनले के कारणले त्यसो भनेका हुन्, म जान्न चाहन्छु ।
अफ्रिकी अमेरिकीहरू balcklivesmatter भनिरहेको बेला, एसियालीहरू asianlivesmatter र गोराहरू alllivesmatter भन्दै छन्…
यो त अर्थहीन सामान्य सत्यको सहारा लिएर जे भनिएको हो त्यसबाट राजनीति निकाल्ने धुर्त तरिका हो । संरा अमेरिकामा अफ्रिकी अमेरिकी जनताको जति एसियाली र गोराहरूको हत्या हुने गर्दैन, कैद बनाइँदैन । उनीहरूलाई अधिकारबाट विमुख बनाइँदैन । अफ्रिकी अमेरिकी जनता जति उनीहरू विपन्न छैनन् । संरा अमेरिकामा जतिबेलाबाट दासप्रथाको अन्त्य भयो, त्यतिबेलादेखि नै प्रजातन्त्रको सामाजिक सम्झौता र वैधानिक ढाँचाभित्र मिल्ने गरी अफ्रिकी अमेरिकीहरूमा हिंसात्मक तरिकाबाट हमला, कैद र दासता कायम रहेको छ । अमेरिकी साम्राज्यवाद युद्धको अन्तर्राष्ट्रिय आयाम जस्तैः भियतनाम, जापान, इराक, अफगानिस्तान आदिमा भएका आमनरसंहारको अलग्गै पाटा छन् । #asianlivesmatter र #alllivesmatter  ले त्यो कुरातिर सङ्केत गरको पक्कै होइन भन्ने लाग्छ ।
जब दलितहरूले #dalitlivesmatter भन्छन्, तब के शताब्दियौँदेखि चल्दै आएको काला समुदायको सङ्घर्षलाई न्यूनाङ्कन गर्न मिल्छ ? के #dalitlivesmatter जातिवादभन्दा माथि हो ?
जातिवाद र वर्णवादको आ–आफ्नै अलगअलग इतिहास भए पनि वर्णवादले आफूलाई कुनै तरिकाबाट भगवान्को आदेशप्राप्त भन्नुबाहेक यी दुईबीच अरू भिन्नता छैन । त्यसकारण, मेरो विचारमा शताब्दियौँदेखि काला समुदायको सङ्घर्षलाई #dalitlivesmatter ले हड्प्नु अलि नमिल्दो होला । मेरो विचार यो साझा मुद्दा बनाएर काला समुदायको सङ्घर्षमा ऐक्यबद्धता र केही प्रोत्साहनको खोजी हुनसक्छ । संरा अमेरिकामा चालु काला समुदायको आन्दोलन अहिले अरू आन्दोलनभन्दा अझ शक्तिशाली र देखिने खालको छ । भारतमा लामो समयदेखि वर्णवाद अन्तर्राष्ट्रिय अध्ययनको क्षेत्र बनेको छ । जस्तै निकै चर्चित, सम्मानित बौद्धिक र बुद्धिजीवीहरूको मद्दतमा चालेको अदृश्यको परियोजना (प्रोजेक्ट अफ अनसिइङ) ।
यति भनिसकेपछि अब भन्नुपर्छ– जातिवादबाट माथि कोही छैन । विभिन्न ठाउँमा यसले विभिन्न रूप धारण गरेको छ । उदाहरणको लागि दक्षिण अफ्रिकामा नाइजेरिया र अरू अफ्रिकी देशका अफ्रिकीहरूप्रति काला दक्षिण अफ्रिकीहरूको विदेशी समुदायप्रति घृणाको भावना (जिनोफोबिया) छ । त्यस्तै वर्ण उत्पीडिनअन्तर्गत ब्राम्हणवादले अरू वर्णका मानिसमाथि उत्पीडन गर्छ । यो क्रमशः यसरी नै तल झर्दै जान्छ । ‘दलित’ को राजनीतिक तप्काभित्र पनि यस्तो उत्पीडन हुनेगर्छ । तपाईँहरूले आफ्नो आन्दोलनमा त यो कुरा प्रत्यक्ष भोग्नु भएकै हुनुपर्छ । कुनै कुरालाई लामो समय एकोहोरो नियालिराख्दा त्यसबारे बाहिर भनिएको व्याख्यानभन्दा निकै जटिलता देखिंदै जाने गर्छ । तथापि, कुनै पनि विषयबारे व्याख्यानहरू महत्वपूर्ण हुन्छ । यसले मानिसकोे सोचाईलाई सिलसिलाबद्ध गर्ने ढाँचा बनाइदिन्छ ।
भारतीय मनोविज्ञानमा काला जातिका भनेपछि अझै पनि लागुपदार्थ कारोबारी, असभ्य र मानिसको मासु खानेजस्ता सोचाइ व्याप्त छ । भारतीय समाचारमाध्यम र मनोरञ्जन क्षेत्रमा पनि यो मनोविज्ञान किन व्याप्त छ !?
किनभने, हाम्रो संस्कृति जातिवादी संस्कृति हो । गत साल मैले एउटा मलायालम चलचित्र हेरेकी थिएँ – ‘द सन अफ अब्राहम’ त्यो चलचित्रमा सबै क्रुर, मूर्ख अपराधी खलपात्रहरू काला अफ्रिकीहरू थिए । उनीहरू सबैलाई मलायालम महानायकले माथ खुवाउने गर्छ । केरालामा अफ्रिकीहरूको कुनै समुदाय छैन । त्यसकारण, चलचित्रका निर्माताले जातिवादको दृश्य देखाउन ती अफ्रिकीहरूलाई झिकाएको हुनुपर्छ । यो राज्यले गरेको नृशंसता होइन । यो समाज हो । यो आम मानिस हो । कलाकार, चलचित्र निर्माता, नायक र लेखकहरूले कालो छाला भएको दक्षिण भारतीयहरूलाई उत्तर भारतीयले होच्याउने गर्छन् । यो त पिँध नभएको कुनै इनारमा खसेजस्तै हो ।
संरा अमेरिकी विरोध प्रदर्शनका क्रममा गान्धीको शालिक पनि भाँचकुच वा तोडफोड भयो । यसको कारण के होला ?
यसको खास कारण बुझ्न गा¥हो छ । शालिक भाँचकुच भएको र त्यसमा रङ्ग पोतिएको भनिएको छ । तर, तस्वीरमा शालिक केही कुराले मोडिएको छ । त्यसकारण, शालिकमा के कुरा पोतिएको हो, खुल्दैन । गान्धी दक्षिण अफ्रिकामा रहँदा काला अफ्रिकीहरूविरुद्ध दिएको जातिवादी भनाइबारे जानकारी भएका मानिसले घाना र अरू देशमा गरेजस्तै संरा अमेरिकामा पनि त्यसरी शालिक भाँचकुच भएको हो ? अथवा भारतमा वर्णव्यवस्थाप्रतिको आक्रोश हो ? अथवा ट्रम्पप्रति भारतका प्रधानमन्त्रीले देखाएको प्रेम र ट्रम्पलाई रिझाउन गरेको ठूलो प्रदर्शन (जस्तै हाउडी मोदी, नमस्ते ट्रम्प आदि) बाट आक्रोशित मानिसले यसो गरेका हुन् ? मलाई राम्ररी थाहा छैन । धेरै प्रदर्शनकारीहरूले आफ्नो प्रेरणाबिन्दुको रूपमा, शिक्षकको रूपमा र अहिंसात्मक भद्र अवज्ञाका प्रणेताको रूपमा गान्धीको तस्वीर ट्वीटरमा पोस्ट गरेका छन् । त्यसकारण, अमेरिकी सडकमा गान्धी विभिन्न अवतारका साथ उपस्थित छन् ।
भारत सरकारले अफ्रिकाका विभिन्न देशमा गान्धीको शालिक स्थापना गर्न किन प्रायोजन गर्ने गरेको छ ? भारतीय सरकार विदेशतिर गान्धीको शालिक प्रचार गर्छ । तर, भारत भने सबभन्दा ठूलो सैनिक क्षेत्र बनेको छ । भारतीय समाज सबभन्दा असहिष्णु समाज बनेको छ । यसलाई कसरी बुझ्ने होला ?
गान्धी भारतबाट गरिने सकारात्मक र नकारात्मक दुवै कोणमा सबभन्दा ठूलो निर्यात हो । गान्धीको अहिंसाको सन्देशले सधैँ भारतका अधिकांश क्षेत्रमा चरम हिंसा र सैन्यवाद फैलाउन भारत सरकारलाई कुनै छेकबार लगाउन सकेको छैन । उनीहरूको लागि गान्धी एउटा हतियार हुन् । एउटा औजार । एउटा धुँवाको पर्दा । अश्रुग्यास । सामाजिक र बौद्धिकरूपमा पनि कोही गान्धीवादी बन्नुको अर्थ वर्णवाद स्वीकार्ने र अभ्यास रोक्ने गर्दैन । वर्णवादी व्यवस्थाले समाजमा सधैँ हिंसाको अवस्था बनाइरहेको हुन्छ । यो पाखण्डप्रति कुनै हेक्का छैन ।
धेरै भारतीयहरू बिस्टनमा दास–मालिक इडवार्ड कोस्टनको शालिकमाथि हमला गरेर ब्ल्याक लात्स म्याटर आन्दोलनमा सहभागी बनिरहेका छन् । तर, भारतको राजस्थानको उच्च अदालतको प्राङ्गणमा अझै पनि मनुको शालिक उभिएकै छ । ब्राम्हणवादलाई टेवा दिने यस्ता धेरै वर्णवादका प्रतीक अझै उस्तै छन् । तथापि, हामीले अझै त्यस्ता कुरा बहिष्कार गर्ने झिनो चासो पनि देखाएका छैनौँ । हामीले अझै तिनलाई फाल्न सकेका छैनौँ । यसबारे तपाइँको भनाइ के छ ?
हामी वर्णवादी हिन्दू राष्ट्रवादी राज्यमा छौँ । त्यस्ता शालिक वा प्रतीक फालिने दिनबाट हामी निकै टाढा छौँ । हामी अझै पनि त्यस्ता शालिक र प्रतीक स्थापना गरिने समयमा छौँ । दुःखको कुरा कुनै बेला दलित प्यानथर भनी उग्रवादी आन्दोलनको हिस्सा बनेका मानिस नै आज नयाँ शासकवर्गको सेवा गर्न तल्लीन छन् । संरा अमेरिकामा आज हामीले देखेको आन्दोलन वर्षौं–वर्षको सङ्गठन, सङ्घर्ष, स्मृति, कविता, सङ्गीत र साहित्यको विकासको परिणाम हो । ती माध्यमबाट अफ्रिकी अमेरिकीहरूले आफ्ना कथा–व्यथा भनिरहेका छन् । नयाँ पुस्ताका अमेरिकीहरू यस्तो जातीय विभाजनबाट लज्जाबोध गर्छन्, आक्रोशित हुन्छन् । ऐक्यबद्धताको यो प्रदर्शन निकै उत्साहप्रद छ ।
हालै देविका नामकी एक जना दलित विद्यार्थीले आत्महत्या गरिन् । केराला सरकारले लागू गरेको अनलाइन शिक्षामा आफ्नो पहुँच नभएकोले उनले आत्महत्या गरेकी थिइन् । प्रविधिले समाजको प्रजातान्त्रिकरण गर्न मद्दत गर्ने विश्वास गरिएको थियो । तथापि, भारतमा प्रविधिले सीमान्तकृत समुदायलाई अझै सीमाभन्दा बाहिर धकेलेको छ । देविका यसको एउटा उदाहरण बनेकी छिन् । यस्तो अन्तरविरोधलाई हाम्रो सन्दर्भमा कसरी हल गर्ने हो ?
विपन्नवर्गका केटाकेटीको लागि अनलाइन शिक्षा अर्को विपत्ति बन्नसक्छ । देविकाले आफ्नो ज्यान लिइन् किनभने उनले आफू गहिरो बहिष्करणमा परेको महसुस गरिन् । उनीसँग स्मार्टफोन थिएन । उनको परिवारसँग भएको टीभी मर्मत गर्न पैसा छैन । देविकाजस्ता दसौँ लाख बालबालिका छन् । तर, हातमा स्मार्टफोन भएका केटाकेटीको लागि विद्यालय र विश्वविद्यालयमा हुने विभेद पनि उत्तिकै चिन्ताजनक विषय हो । दलित, आदिवासी र मुसलमान विद्यार्थीले विद्यालय र कलेजमा पनि ठूलो विपत्तिको सामना गर्नुपरेको छ । तर, यस्ता सबै लडाइँ लडिनुपर्छ । हामी सबैले यस्ता विभेदविरोधी लडाइँ लड्नुपर्छ । अनलाइनबाट आफूलाई अलग पाउनु समाजको लागि सबभन्दा खतरनाक विषय बन्नसक्छ । अनलाइन शिक्षाको यो विचारले जरा लिइरहेकोमा म निकै भयभित छु । शिक्षामा लगानी कम गर्ने र निजीकरण गर्ने सरकारी योजनाले अन्ततः यही बाटो समात्न सक्छ । हामीले यसलाई छुट दिनहुन्न ।
हालसालै तपाइँसहित धेरै अन्तर्राष्ट्रिय अभियन्ता र बौद्धिक व्यक्तित्वहरूले प्रगतिशील अन्तर्राष्ट्रिय नामको एउटा पहल थालनी गर्नुभयो । वाम अन्तर्राष्ट्रिय र काला अन्तर्राष्ट्रिय त छँदै थिए । यद्यपि, सबैका प्रयास विभाजित छन् । अझ केही हदसम्म उनीहरूका राजनीतिक परिकल्पना राष्ट्रिय वा जातीय छन् । राष्ट्रिय लोकप्रियतावाद र विश्व व्यवस्थाको पूर्ण असफलताको सन्दर्भमा यो प्रगतिशील अन्तर्राष्ट्रवादको औचित्य के हो ?
अन्तर्राष्ट्रिय पहलकदमी महत्वपूर्ण छ । त्यसले दृष्टिकोण, बुझाइ र ऐक्यबद्धताको बाटो देखाउँछ । विशेषतः हाम्रो जस्तो भद्दा हिन्दू राष्ट्रवादको राजनीतिक बहस चलेको देशको लागि यो आवश्यक छ । तर, अन्तर्राष्ट्रवादले कहिल्यै पनि स्थानीय गतिविधि र विरोध प्रदर्शनलाई विस्थापित गर्न सक्दैन । त्यसो भयो भने गम्भीर गल्ती हुनेछ । हामीले आफ्नो सङ्घर्ष आफै गर्नुपर्छ । यो लडाइँको अधिकांश भागमा हामी एक्लै हुनेछौँ । हामीलाई कसैले मद्दत गर्नेछैन ।
संसारभरको प्रतिरोध आन्दोलनमा आज क्रमिक सुधारवादी उत्साहपूर्ण गतिविधिभन्दा अझ आमूल परिवर्तनकारी र प्रणालीगत परिवर्तनको खाँचो देखिएको छ । हिन्दू उदार धर्मनिरपेक्ष सार्वजनिक बौद्धिकले अभैm हिन्दू नाजी शासनअन्तर्गत उत्साहपूर्ण सुधारवादी राजनीतिक मुद्दामा जोड दिने भारतको परिवेशमा यसलाई तपाइँ कसरी हेर्नुहुन्छ ?
सङक्षेपमा भन्नुपर्दा विद्यमान सामाजिक, आर्थिक, बौद्धिक अवस्थामै फाइदा उठाइरहेका मानिसले क्रान्तिको खोजी गर्नु दुर्लभ काम हो । उनीहरूले विद्यमान अवस्थामा केही सामान्य रङ्गरोगनसम्म गर्न चाहन्छन् । आमूल परिवर्तन गर्न चाहँदैनन् । सामान्य हेरफेरबाटै काम चलाउन खोज्छन् । तर, त्यसले काम गरेको हुँदैन । भारतका सबै सरकारी निकायले न्याय, प्रजातन्त्र र समान अधिकारको परीक्षामा अनुत्तीर्ण भइसक्दा पनि उनीहरू त्यसमाथि आस्था राख्छन् । अहिलेको शासन व्यवस्थालाई हिन्दू नाजीवादी शासनको रूपमा वर्गीकरण गर्न उनीहरूमध्ये धेरै तयार हुँदैनन् । फासीवादीहरू सर्वोच्च जातिको सिद्धान्तमा विश्वास गर्छन् । ब्राम्हणवाद र बसुदैवको सिद्धान्त यो सिद्धान्तबाट धेरै टाढा छैन । यो सिद्धान्तले ब्राम्हणलाई पृथ्वीमा भगवानको अवतार मान्छ । मानिसमध्ये पनि कुनै दैवी शक्तिको आधारमा कोही उच्च र कोही निच मान्ने विचार सजिलै सर्वोच्च जातिको फासीवादी विचारसम्म पुग्ने गर्छ ।
स्रोत ः मन्थ्ली रिभ्यु अनलाइन
नेपाली अनुवाद ः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *