भर्खरै :

भारतका प्रचारमाध्यम हेर्दा

२८ जेठ २०७७ (१० जून २०२०) को राती भारतका विद्युतीय प्रचारमाध्यमका प्रसारणहरू हेर्दा दिल्लीको भाजपा सरकार रातौँ–रात वामपन्थी भयो कि भन्ने भ्रम हुन सक्थ्यो । २५ मे अर्थात् १२ जेठमा अमेरिकामा जोर्ज फ्लोयडको हत्याको घटनाबारे हप्ता दिनसम्म भारतीय विद्युतीय प्रचारमाध्यमले साधारण समाचार पनि दिएनन् केही दिनपछि दिइएका समाचारमा पनि मृतक जोर्ज लोयडप्रति समवेदना दिन र संरा अमेरिकी जनताले भोग्दै आएको पक्षपात र भेदभावको टिप्पणी वा विरोधमा एक शब्द पनि बोल्ने धृष्टता गरेनन् । तर, जब मिनिसोटा राज्यको मिनियापोलिस सहरमा हतकडी लगाइसकेका एक अश्वेत नागरिकलाई एक प्रहरी अधिकृतले ८ मिनेट ४६ सेकेन्डसम्म घुँडाले गर्दन थिचेर क्रुरतापूर्वक हत्या गरेको समाचार संसारभर फैलियो र युरोपका हरेक सहर र राजधानी तथा सडकमा ‘मलाई सास फेर्न देऊ’ र ‘अश्वेतको पनि महत्व छ’ भन्ने लेखिएका प्ले कार्डहरू बोकेका प्रदर्शनकारीहरूले बेलायतको राजधानी र सडकमा चर्चिल अनि अफ्रिकीहरूलाई यातना दिएर दास बनाएका व्यापारी र हत्याराहरूको सालिक भत्काएर घिसार्दै फालेको देखे, तब केही बुद्धिजीवीहरूमा आफू भारतीयहरूलाई पनि बेलायती उपनिवेशवादीहरूले दुई सय वर्ष क्रुर शासन गरेको सम्झना गरे । अमेरिकाका ती घटनाहरू पाकिस्तानी प्रचारमाध्यमले पाकिस्तानमा केही दिन अगाडि नै प्रचार गरेका थिए ।
बल्ल २८ जेठ अर्थात् १० जुनको दिन विद्युतीय प्रचारमाध्यमले बेलायती उपनिवेशकालमा भारतमा भएका अन्याय र अत्याचारको कखरा वाचन गरे । साम्राज्यवादी चर्चिल र दास व्यापारीहरूको शालिक ढालिँदा भारतीय प्रचार मेडियाले इराकमा देशभक्त अमेरिकी साम्राज्यवादविरोधी राष्ट्रपति सद्दाम हुसेनको सालिक ढालेको बारे खुशी व्यक्त गरेको स्मरण गरेनन् । तर, भारत जस्तो देशको प्रचार माध्यमलाई थाहा हुनैपर्छ– सद्दाम हुसेनलाई ढाल्न अमेरिकी केन्द्रीय गुप्तचर विभाग (सीआईए) कै योजनामा बाहिरबाट मानिस ल्याइएको थियो । तर, आश्र्चयको विषय हो– संरा अमेरिकामा भइरहेको जनताको विरोध प्रदर्शन, जनताको आक्रोश, दमन, ट्रम्पको गोली चलाउने आदेश, सेना प्रयोग, बाइबल हातमा लिएर धर्म प्रचार र जनताको विरोधलाई मत्थर पार्ने असफल प्रयास आदिबारे भारतीय टीभीहरूले एक शब्द बोलेनन् ।
सम्भवतः गल्तीले वा झुक्किएर लेखक वा वाचकबाट मुसोलिनीको फासीवाद भन्ने वाक्यांश फुत्कियो । सम्भवतः ती प्रचार यन्त्रका थिङ्क ट्याङ्कले मुसोलिनीको फासीवाद, मोदीको राष्ट्रियता र ट्रम्पको ‘अमेरिका फस्ट’ जोर्ज फ्लोयडको घटनामा गोली चलाउने, सेना बोलाउने, जातीय भेदभावबारे समाचार दिने पत्रकारहरूको पक्राउ आदि आफ्नो भाजपाको मोदी सरकारसँग मिल्ने सङ्केत दिएपछि वाचकले बोल्न बन्द गरे तथा तत्काल चीनको विरोधमा सीमा विवादबारे भड्काउने र उत्तेजना फैलाउने विषयहरूको विषवमन गर्न सुरु गरे ।
तिनीहरूको प्रचारको सार हो–
क)भारतसँग भएका ट्रम्प वा अमेरिकाले दिएका अत्याधुनिक बम बारुद र दुरमारक यन्त्रहरूको प्रदर्शन गरी चीनको हात–हतियार कमजोर खालका छन्,
ख)भारतीय सैनिक नेता र सिपाहीहरू अनुभवी छन् र विभिन्न लडाइँमा लडिसकेका अनुभवी हुन्,
ग)भारतीय सेना ४–५ मिटर हजार उचाइमा लड्ने तालिम प्राप्त सिपाहीहरू हुन्, चीनका युवाहरू अहिले धेरै खाएर तालिम नभएका भुँडेहरू छन्,
घ)भारतीय सेना संविधानलाई मान्ने, कुनै राजनैतिक पार्टी र नेताका सेना होइनन्, तर चीनका सेना कम्युनिस्ट पार्टीको सेना र पार्टी महासचिवका सेना हुन्,
ङ)भारतीय सेना युद्ध कौशल र व्यावहारिक छन् भने चिनियाँ सेनासँग पार्टीको सैद्धान्तिक ज्ञानमात्र छ भन्ने देखाउनु ।
तर, समाचार वाचकले भारतीय सेनाले भाजपा सरकार र प्रधानमन्त्रीको आदेश मान्नेछ वा छैन केही बोलेनन् ।
भारतीय समाचारमाध्यमले अमेरिकी हात–हतियार र रणकौशलबारे सा¥है बयान गरे, तर भियतनामजस्तो सानो र तुलनात्मकरूपले कम जनसङ्ख्या भएको देशले कसरी अमेरिकी साम्राज्यवादलाई भाग्न बाध्य पा¥यो भन्नेबारे केही बताएनन् । अफगानिस्तान, सिरिया, इराक र लिवियाका जनता आजपनि अमेरिकाको विरोधमा विविध प्रकारका सङ्घर्ष चालू राख्दै छन् । सिरियाली जनता अमेरिकी साम्राज्यवादको विरोधमा लड्न तम्तयार छन् ।
चीनको गृहयुद्धमा संरा अमेरिकी साम्राज्यवाद र उसका पिछलग्गूहरूले अमेरिकी हतियार र रणनीतिक कौशल नै प्रयोग गरेर चिनीयाँ जनताको संहार गरेका थिए, तर साम्राज्यवादी र प्रतिक्रियावादीहरूको युद्ध अन्याय र जनविरोधी भएको हुँदा अमेरिकी साम्राज्यवाद नराम्रोसँग पराजित भएको थियो भन्नेबारे भारतीय प्रचारमाध्यम बेखबर देखिए । न्यायोचित लडाइँमा हतियार र सेना लड्दैन बरु न्यायको ताकत र देशभक्त जनता लड्छन् ।
भारतमा फैलिँदो कोभिड– १९ बारे
‘अँध्यारोका आँखाहरू’ डीन कुन्ज (म्भबल प्ययलतश) भन्ने एक अमेरिकी लेखकको उपन्यास सन् १९८१ मा छापिएको थियो । त्यसबेलासम्म अमेरिकाको मुख्य सत्रु सोभियत सङ्घ थियो र सन् १९९१ मा सोभियत सङ्घको कम्युनिस्ट पार्टीको विघटन गोर्भाचोभले गरे, त्यहाँ पुँजीवादको पुनः स्थापना भयो तथा सोभियत सङ्घ १५–१६ टुक्रामा विशृङ्खलित भयो । सोभियत सङ्घको विघटनमा अमेरिकी साम्राज्यवादको ठूलो हात थियो । संसारका अन्य पुँजीवादी देशहरूको पनि हात हुनु स्वाभाविक छ ।
सोभियत सङ्घको पतनपछि विज्ञान, प्रविधि र सैनिक शक्तिबारे अमेरिकी साम्राज्यवादको विदेशीहरूलाई पस्न नदिने रुसको गोर्की सहरबारे चासो घट्यो ।
सन् १९८९ फेब्रुअरी २ देखि ४ मा अमेरिकी राष्ट्रपति बुश चीन पुगे र तङश्याओ फिङसँग भेटे । ५ मार्च १९८९ को १५ अप्रिलमा ल्हासामा उपद्रव भयो । चीनको विभाजन चाहने विखण्डनवादीहरूले लुटपाट र आगो लगाउने जस्ता काम गरे । ल्हासा सरकारले सैनिक ऐन लागू गर्ने निर्णय ग¥यो । १५ देखि १८ मई १९८९ मा सोभियत सङ्घको राष्ट्रपति गोर्भाचोभ चीनको भ्रमणमा पुग्यो र तङ श्याओ फिङसँग भेटे । बुश र संशोधनवादी गोर्भाचोभ चीनमा पनि पुँजीवादलाई पुनः स्थापना गर्न चाहन्थे । ल्हासाको उपद्रव र थेन आनमन चोकको उपद्रव पनि विदेशी षड्यन्त्र थियो । जून ३ को दिन विदेशीबाट सञ्चालित उपद्रवलाई दबाउनु स्वाभाविक थियो ।
त्यसबेलादेखि अमेरिकाको निम्ति रुस होइन चीन मुख्य शत्रु बन्यो । त्यसपछि ‘अध्यारोका आँखाहरू’ भन्ने उपन्यासमा रुसको ठाउँमा चीन र गोर्कीको ठाउँमा उहान राखेर अमेरिकी एक महिलाले आफ्नो हराएको छोरोलाई पहिले गोर्की (उहान) मा भाइरसको प्रयोग गरेको पत्ता लगाई अमेरिकी सैनिक प्रयोगशाला लगिएको कथा थियो । त्यसैबेला अमेरिकी सिआईएको जीवाणु युद्धको कल्पना गरिएको थियो, किनभने कोरिया युद्धमा (१९५०–१९५३) मा अमेरिकाले उडुस, उपियाँ, किराफट्याङग्रा र लामखुट्टे समेत प्रयोग गरेको थियो । भियतनाममा हजारौँ रासायनिक हतियार प्रयोग गरिएको थियो र तीन पुस्तासम्मका बाल–बालिका बिकलाङ्ग हुँदै छन् । यस्तै रासायनिक हतियार अमेरिकाले इराकमा पनि प्रयोग गरेको थियो ।
सन् २०१९ को अगस्ट महिनामा फोक्सोको निमोनिया वा त्यस्तै प्रकृतिको अज्ञात रोग अमेरिकामा फैलिएको थियो । संरा अमेरिकाले त्यसलाई ई–चुरोटबाट फैलिएको रोग बतायो ।
थाइवानको एक चिकित्सकले अमेरिकामा मरेका मानिसहरू ई–चुरोटबाट फैलिएकोे रोगबाट नभई कोरोना भाइरसबाट मरेको हुनसक्ने बताए ।
संरा अमेरिकामा त्यो रोग फैलिनु ठीक अगाडि संरा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले मेरिल्यान्डको कोर्ट डेट्रिकस्थित संरा अमेरिकी सेनाको प्रमुख जीव शास्त्रीय प्रयोगशाला बन्द गरेको थियो । जिवाणु चुहावटको सुरक्षा अभाव देखाएर प्रयोगशाला अमेरिकी सेनालाई पूर्णतः बन्द गर्न आदेश दिइएको थियो । यो प्रयोगशाला बन्द गरेको केही समयपछि नै कोभिड– १९ रोग फैलिएको थियो ।
सन् २०१९ को सेप्टेम्बरमा संरा अमेरिकी टापु हवाईमा केही जापानी नागरिकलाई पनि त्यस्तै रोग लागेको थियो । ती रोग लागेका मानिसले कहिल्यै चीन भ्रमण गरेका थिएनन् ।
२०१९ अक्टोबर १८–२७ सम्ममा चीनको उहानमा भएको विश्व सैनिक खेलकुद प्रतियोगितामा सहभागी बन्न आएका पाँच जना ‘विदेशी’ खेलाडी वा व्यक्तिहरू अप्रस्ट रोगको कारण उहानको अस्पतालमा भर्ना भएका थिए ।
संरा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का निर्देशक रोवर्ट रेडफिल्डसँग संरा अमेरिकी प्रतिनिधिसभाका सांसद हार्ले रोडाले प्रश्न गरे, “हामीले ईन्फ्लुयन्जाले मरेको भनेका मानिसहरू कोरोना भाइरसको कारण मरेको हुनसक्छ नि होइन र ?”
निर्देशक रोबर्ट रेडफिल्डले उत्तर दिए, “केही मृतकमा आज त्यही (कोरोना भाइरस) पहिचान भएको छ ।”
बुधबार भएको संसदीय सुनुवाइमा “सीजीसी निर्देशकले संरा अमेरिकाभरि आफ्नो संरचना नभएको अवस्थामा फ्लूबाट मरेको भनिएको मानिसमध्ये केहीमा कोरोना भाइरसको सङ्क्रमण भएको भन्ने दाबीलाई अस्वीकार गर्न नसकिने” बताए ।
चीनमा कोभिड–१९ बाट हाहाकार भइसकेपछि सहयोगको निम्ति राष्ट्रपति सी चिङ फिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सहयोग मागेको समाचारबाट सबैले थाहा पाए । के सहयोग मागेको हो, त्यसको विवरण बाहिर आएन । सम्भवतः कोभिड– १९ को रोकथामबारे संरा अमेरिकी सरकारलाई राम्रै थाहा हुनुपर्छ भन्ने अनुमान गर्नु स्वाभाविक हो ।
संरा अमेरिकालाई कोरोना भाइरसबारे पहिले नै थाहा थियो– अर्थात् कोरोनाको लक्षण, कारण र उपचारका साथै त्यसको रोकथामको निम्ति खोपको बारे पनि थाहा थियो ।
संरा अमेरिकाले सम्भवतः जीवाणु युद्धकै निम्ति विषयवस्तु गुप्त राखेको हुँदा राष्ट्रपति डोनाल्ड ट्रम्प मौन बसे । ट्रम्पबाट कुनै सहयोग नआउनु र पाँच जना अमेरिकी सेनाबाट फैलिएको हो भन्ने एकिन चिनियाँहरूले गरेपछि अमेरिकासँग त्यस ‘अज्ञात’ रोग र फैलिएको तथाकथित ‘निमोनिया’ का रोगीहरू र उपचार गरेका अस्पतालहरूका रिपोर्टहरूबारे जानकारीको निम्ति प्रयासहरू चालू राखे ।
अर्काेतिर चीनले आफ्नो ध्यान कोभिड– १९ बाट जनतालाई जोगाउने र पछि समाजलाई त्यस महामारीबाट जोगाउन अग्रीम कार्यको निम्ति भ्याक्सिनहरू वा खोपको निम्ति आफ्ना प्राविधिक जनशक्ति लगायो ।
त्यसैबेला डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्रीको मित्रताको उल्लासपूर्ण भेटघाटका घटनाहरू गुजरातको रङ्गशालामा देखिए । अर्काे भाषामा चिनियाँहरूको सारा ध्यान कोभिड–१९ सँगको सङ्घर्षमा रहँदा यता भारत लद्दाखमा युद्धको निम्ति तयारीमा देखिएको कुरा भारतीय समाचार माध्यमहरू र अमेरिकी बम वर्षक हवाईजहाजको बयानले भन्छ र चीनलाई युद्धको निम्ति ललकारेको भाषा तथा युद्ध अभ्यासबाट यस्तो अनुमान गर्न सकिन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *