भर्खरै :

गलवनमा सीमा तनाव अन्त्य गर्ने सहमति

            काठमाडौँ, ५ असार । चीन र भारतले अक्साइ गलवन उपत्यकामा सीमा तनाव यथासम्भव छिटो अन्त्य गर्ने सहमति गरे । भारतीय सेनाले सोमबार त्यस क्षेत्रमा दुईपटक सिमाना नाघी चीनलाई उत्तेजित पारेको थियो । त्यसपछिको शारीरिक भिडन्तमा भारतीय सैन्य कमान्डरसहित २० जनाको मृत्यु भयो भने १० जना बन्धकमा परेका थिए । भारतीय सेना दुई देशका मेजर जनरल तहका सेनाबीच सहमति पछि चीनले फिर्ता गर्‍यो । दुई देशका जनरलबीच बुधबार सहमति भएपछि बन्धकमा परेका भारतीय सेनालाई साँझ ५ बजे चीनले फिर्ता गरेको थियो । बन्धकमा परेका भारतीय सेनामा कुनै चोट नभएको भारतको ‘द हिन्दू’ पत्रिकामा समाचार प्रकाशित छ ।
            भारतले सन् १९६२ मा चीनको तिब्बत कब्जा गर्न आक्रमण गरेको थियो । त्यसबेला पनि भारतको हार भएको थियो भने बन्धकमा परेका भारतीय सेनालाई राम्रो व्यवहारसहित चीनले फिर्ता गरेको थियो । त्यसबेला ‘चीनले ब्रेन वास’ गरेको आरोप लगाई ती भारतीय सेनालाई भारतले सेवाबाट हटाएको थियो । यसपटक १० जना भारतीय सेना चीनको बन्धकमा परेको विषय भारतीय जनताले उनीहरूको रिहापछि मात्र जानकारी पाए । यसकारण भारतीय जनता मोदी सरकारलाई यस्तो विषय लुकाएको भनी आक्रोश पोख्दै छन् ।
            चीनका विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस. जयशङ्करबीच असार ४ गते गलवन उपत्यकाको सीमा विवाद अन्त्य गर्नेबारे टेलिफोन वार्ता भएको थियो ।
            टेलिफोन वार्तामा वाङ ले भारतले आफ्ना सिमानाका सेनालाई अनुशासनमा राख्नुपर्ने, उत्तेजना फैलाउने काम गराउन नहुने, विस्तृत छानबिन गरी द्वन्द्वमा संलग्न भारतीय सेनालाई सजाय दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
            वाङ ले भारतीय सेना सिमाना नाघेर उत्तेजना फैलाउने काममा लागेकाले शारीरिक द्वन्द्व भएको र भारतीय सेनाको मृत्यु भएको स्पष्ट पार्नुभयो । नौ दिनअघि दुई देशका कमान्डरबीच तनाव अन्त्य गर्ने सहमति गरिएपछि उक्त घटना भएको थियो ।
            वाङ ले सिमानामा घटेको घटनाबारे भारतले गलत निर्णय लिन नहुने अथवा चीनको आफ्नो भूमि रक्षाको प्रतिबद्धतालाई कमजोर ठान्न नहुने बताउनुभयो भने एक–आपसमा सम्मान गर्नु नै समाधानको उपाय उल्लेख गर्नुभयो ।
            वाङ ले दुई देशका नेताबीच भएको सहमतिलाई अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।
            भारतीय विदेशमन्त्री एस. जयशङ्करले भारत–चीनसँगको सीमा विवाद शान्तिपूर्णरूपमा समाधान गर्न चाहेको बताउनुभयो ।
            सन् २०१४ यता चिनियाँ राष्ट्रपति सि चिनफिङ र भारतीय प्रम मोदीबीच १४ पटक बैठक र भेटघाट भएको थियो ।
            अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार ट्वीट गर्दै भारतको पक्षमा लाग्ने बताउनुभयो । यसले भारतलाई चीनविरूद्ध उक्साउनेमा ट्रम्पको हात रहेको सङ्केत गर्छ । चीनका उच्च कूटनीतिज्ञ याङ जेइची र अमेरिकी विदेश सचिव माइक पोम्पेओबीच बिहीबार अमेरिकाको हवाईमा भेटघाट गरी दुई देशको सम्बन्ध र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय जल्दाबल्दा विषयमा रचनात्मक छलफल भयो । चीनले बुधबार अमेरिकालाई सिरियाविरूद्धको नाकाबन्दी तत्काल हटाउन आग्रह गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *