सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
सैद्धान्तिकरूपले हेर्दा भारतीय जनता पार्टी पूर्व जनसङ्घ र अर्ध–सैनिक बल शिव सेनालाईसमेत ध्यान दिँदा हिजोका मुसोलिनीको फासीवाद (अन्ध–राष्ट्रवाद) र हिटलरको नाजीवाद (राष्ट्रिय समाजवाद) तथा जापानको सैन्यवादसँग तुलना गर्दा प्रस्ट हुन्छ । फासीवाद ‘रोमको गौरव’ फर्काउने, क्याथोलिक चर्चको आशीर्वाद पाएर जहाँ जहाँ क्याथोलिक धर्मका अनुयायी छन् त्यहाँ त्यहाँ इटाली छ भन्ने नारा घन्क्यो । स–साना र सैनिकरूपले कमजोर छिमेकी देशहरूलाई थिचोमिचो गर्दै अफ्रिकाको अबेसिनियासम्म पुग्यो, त्यहाँ पनि क्याथोलिक धर्मालम्बीहरू थिए ।
जर्मन रगत ‘पवित्र आर्य रगत’ हुँदा संसारलाई शासन गर्ने नैतिक अधिकारको दावा गर्ने हिटलर स–साना छिमेकी देशहरूमाथि सिक्किमलाई निलेजस्तै सोभियत सङ्घमा आक्रमण गर्न पुगे । प्रजातन्त्र, मजदुर आन्दोलन र कम्युनिस्ट आन्दोलनलाई दमन गर्दै उनले प्रजातन्त्र र कामदार जनतालाई पाउने सबै अधिकार निलम्बन गरे ।
भाजपा कट्टर हिन्दूवादी र अन्ध राष्ट्रवादको हिमायती दक्षिणपन्थी राजनैतिक दल हो । मुसलमान, दलित, गैर–हिन्दू धर्मद्वेषी र हिन्दुस्तानमा सबै नागरिक हिन्दु हुन् भन्ने ‘अति राष्ट्रवादी’ दृष्टिकोण मुसोलिनिको अर्ध–सैन्य बल र हिटलरको अर्ध–सैन्य युवा दलको अर्को रूप आरएसएस हो । हिटलरले राष्ट्रिय समाजवाद’ को नाममा मजदुर आन्दोलन दबाए र कम्युनिस्ट आन्दोलन दबाउँदै सबै मौलिक र राजनैतिक अधिकारहरू (प्रजातान्त्रिक अधिकारहरू) खोसे ।
भाजपाको मोदी सरकारले नागरिक ऐन, ‘गौ माता’ को रक्षाको नाममा मुसलमान, दलित, सीमान्तकृत र आदिवासी जनताको दमन संरा अमेरिकाको ट्रम्प प्रशासनले अश्वेत, हिस्पानियाली, आदिवासी, रङ्गीन (भारतीय, चिनियाँ, बङ्गलादेशी, श्रीलङ्काली, मलेसियाली आदि एसियाली) गैर–श्वेतहरूमाथि दमन र पक्षपात गर्दै आएका छन् । संरा अमेरिकामा ‘कम्युनिस्ट’ नामको पार्टी प्रतिबन्धित छ । संसारमा सबैभन्दा बढी बन्दी अमेरिकामै छन्, ४ करोड जनता बेरोजगार छन्, तिनीहरूले बेरोजगार भत्ता माग्दै छन् (गोरखापत्र, १७ जेठ २०७७) भने भारतमा झन्डै ४० करोड गरिब जनता आधा पेट खान्छन् र भारत संसारको सबभन्दा बढी आत्महत्या गर्ने देशमा पर्छ । ट्रम्पले आन्दोलनकारीहरूलाई ‘गोली हान्ने’ आदेश दिनासाथ आन्दोलन चक्र्यो । उनी बाइबल बोकेर धर्मको आडमा चर्चलाई अगाडि सारेर आन्दोलन र कोरोनालाई साम्य गर्ने पाखण्ड गर्दै छन् । ब्राजिलका राष्ट्रपति बोल्सोनारोका पिता आफँै फासीवादी थिए र युद्ध अपराधमा ज्यान सजाय हुने डरले ल्याटिन अमेरिकी देशहरूमा भागेका थिए । ट्रम्पको भनाइमा लागेर बोल्सोनारोले भारतबाट लगेको मलेरियाको औषधि कोरोना भाइरसलाई हुन्छ भनी जबरजस्ती गरे । मोदीले मन्दिरमा बत्ती बालेर कोरोना भाइरसलाई मत्थर पार्न खोजे ट्रम्पले बाइबल बोकेजस्तै !
चीनमा कोभिड– १९ ले दुःख दिँदा चिनियाँहरू युद्धस्तरमै रोगीहरूको सेवामा लागेको बेलामा फेब्रुअरीमा ट्रम्प र मोदी गुजरातमा भेटी लद्दाख लडाइँको तयारी गरेको अनुमान छ । सबै प्रकारको औपचारिकता त्यागेर उत्ताउला युवाहरूजस्तै उनी गला मिलाउँदै थिए ।
भारतीय विद्युतीय प्रचारमाध्यमहरूले ‘आजको भारत १९६२ को जस्तो होइन’ भन्दै अमेरिकी युद्ध विमान र दूरमारक यन्त्रको प्रदर्शन गर्दै थिए । १–२ वर्ष अगाडिदेखि चीन र अमेरिकाको ‘व्यापार युद्ध’ हुँदै थियो । चीन ‘व्यापार युद्ध’ ले कसैलाई फाइदा हुँदैन भन्दै मत्थर पार्न खोज्ने ट्रम्प आगोमा घ्यू थप्ने काम गर्दै थिए ।
१ असार (१५ जून) को राती १ बजे भएको चिनियाँ सेना र भारतीय सेनाको भिडन्त कहाँ भएको थियो ? कसको ‘नियन्त्रण रेखा’ भित्र थियो ? भारतीय सैनिक जवानहरू कसरी चिनियाँ ‘नियन्त्रण रेखा’ भित्र पुगे ? भारतीय अफिसर नै कसरी मरे ? यी प्रश्नहरूको उत्तर सजिलो छैन । फासीवादी सैन्य नीति सदा आक्रामक हुन्छ र इतिहासले देखाइसकेको छ । यसकारण यो सीमा भिडन्त भारत र चीनको भन्दा पनि प्रजातन्त्र र समाजवादको विरोधमा फासीवादी आक्रमण हो । विदेशमन्त्री एस. जयशङ्करले नेपाललाई आफ्नो संविधान नबनाउन धम्की दिएका थिए र रक्षामन्त्री राजनाथ सिंहले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकमा आएर भारतको भू–भाग भन्दै सडकको उद्घाटन गरेका थिए । सिक्किम, भुटान, नेपाल, बर्मा, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्का धैर्यले बसेजस्तै सबै त्यस्ता हुँदैनन् । धैर्यको पनि एउटा सीमा हुन्छ । फासीवादभन्दा मित्रता राम्रो हुन्छ ।
Leave a Reply