नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
प्योङयाङ । कोरियाली मजदुर पार्टीको केन्द्रीय समितिका पूर्वसचिव किम कि नामको ९४ वर्षको उमेरमा मे ७ जुचे ११३ (२०२४) राति १० बजे उपचारको क्रममा निधन भयो । अप्रिल २०२२ देखि शारीरिक जीर्णता र विभिन्न अङ्गले कार्य नगर्ने समस्यापछि अस्पतालमा उपचार भइरहेको थियो ।
कोरियाली मजदुर पार्टीको केन्द्रीय समिति, प्रजातान्त्रिक गणतन्त्र कोरियाको राज्य मामिला आयोग, सर्वोच्च जनसभाको स्थायी समिति र मन्त्रिपरिषद्को संयुक्त नाममा मे ७ का दिन उहाँको निधनको शोक घोषणा गरिएको थियो । किम कि नाम कोरियाली मजदुर पार्टी (कोमपा) र प्रजग कोरियाको क्रान्तिका एक दिग्गज र एक प्रमुख राजनीतिक कार्यकर्ता हुनुहुन्थ्यो उहाँले हाम्रो क्रान्तिको वैचारिक शुद्धताको रक्षा र सुदृढीकरण र राजनीतिकरूपमा समाजवादी उद्देश्यको स्थिर विजयको सुनिश्चितताको लागि आफ्नो सबै शुद्ध सङ्घर्षमा समर्पित गरेको उल्लेख गरिएको छ ।
सन् १९२० को दशकको उत्तराद्र्धमा साना व्यवसायीको परिवारमा जन्मनुभएका उहाँले आफ्नो बाल्यकाल कठिनाइमा बिताउनुभयो । कोरियाको मुक्तिपछि उहाँलाई राष्ट्रपति किम इल सङको गहिरो विश्वासमा नयाँ कोरियाको अतिरिक्त मेरुदण्डको रूपमा प्रशिक्षण दिइएको थियो र प्रजातान्त्रिक निर्माणको अवधिदेखि युद्धको दिनसम्म विदेशमा अध्ययनमा व्यस्त हुनुहुन्थ्यो । देशलाई साम्राज्यवादी र पिछलग्गू सेनाको आक्रमणबाट जोगाउन भयङ्कर युद्ध चलिरहेको बेला उहाँ किम इल सङ विश्वविद्यालयमा शैक्षिक कार्यमा संलग्न हुनुहुन्थ्यो ।
उहाँले राष्ट्रपति किम इल सङको निर्देशनअनुसार युद्धको भग्नावशेषमा शक्तिशाली समाजवादी देश निर्माण गर्ने पवित्र कार्यमा योगदान पु¥याउने सक्षम प्रतिभाहरूलाई तालिम दिन आफूलाई समर्पित गर्नुभयो । उहाँले राष्ट्रपतिको ठुलो राजनीतिक विश्वासको लागि मे १७५६ देखि कोमपाको केन्द्रीय समितिमा रहेर काम गर्नुभएको थियो ।
पार्टीको वैचारिक र सैद्धान्तिक आधारलाई सुदृढ गर्न र जुछे क्रान्तिलाई विजयी बनाउन ६० वर्षभन्दा बढी समयसम्म उहाँले आफ्नो सबै समय र प्रयास समर्पण गर्नुभयो । सन् १९६० को दशकमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन अगाडि उभिएका सबै प्रतिक्रान्तिकारी प्रवृत्तिका चालबाट सिङ्गो पार्टीमा एकल वैचारिक व्यवस्था स्थापना गर्ने र पार्टीको केन्द्रीय समितिलाई राजनीतिक र वैचारिकरूपमा रक्षा गर्ने कार्य अत्यावश्यक बनेको थियो । उहाँले उच्च स्तरको राजनीतिक अन्तरदृष्टि, सैद्धान्तिक स्तर र परिपक्व लेखनका साथ पार्टीको उद्देश्यमा योगदान पु¥याउनुभएको थियो ।
१९७० को दशकमा उहाँले राजनीतिक र सैद्धान्तिक पत्रिका कुलोजा र कोमपा केन्द्रीय समितिका अङ्गहरू रोडोङ सिनमुन पत्रिकाको सम्पादन र प्रकाशनको प्रभारी प्रमुख अधिकारीको रूपमा काम गर्दै पार्टीको वैचारिक निर्माण र नेतृत्व क्षमताको सुदृढीकरणमा सकारात्मक योगदान पु¥याउनुभएको थियो । कोमपाको नेतृत्वको उत्तराधिकारको अवधिमा लगातार पार्टीको सूचना र प्रचार क्षेत्रको महत्वपूर्ण पदमा रहँदा उहाँले नेता, पार्टी सिद्धान्त र उच्च राजनीतिक र सैद्धान्तिक योग्यताप्रति आफ्नो पारदर्शी दृष्टिकोण प्रदर्शन गर्नुभएको थियो । उहाँले अध्यक्ष किम जोङ इलको नेतृत्वमा विचार र नेतृत्वप्रति बफादार रहँदै कोमपाको प्रतिष्ठा र लडाकु शक्तिलाई हरेक तवरले मजबुत पर्ने विशिष्ट उपलब्धिहरू पनि हासिल गर्नुभयो ।
उहाँले आदरणीय किम जोङ उनको एकल नेतृत्व प्रणालीलाई पूर्णरूपमा स्थापित गर्न र जुछेको क्रान्तिकारी उद्देश्यलाई अगाडि बढाउन ऐतिहासिक घुम्तीको महत्वपूर्ण अवधिमा कोरियाली शैलीको समाजवादको राजनीतिक र वैचारिक शक्तिलाई निरन्तर वृद्धि गर्न विशिष्ट भूमिका खेल्नुभएको थियो । पार्टीको वैचारिक कार्यका सबै क्षेत्रमा सदैव इमानदार मनोवृत्ति र उच्च उत्तरदायित्वको भावनाका साथ क्रान्ति र जनताप्रतिको उच्च जिम्मेवारीका साथ नयाँ युगमा शक्तिशाली, अग्रगामी र ताजा विकासलाई निरन्तरता दिँदै शक्तिशाली समाजवादी देश निर्माणको विजयी यात्रालाई समर्थन गर्न उहाँले आफूलाई समर्पित गर्नुभयो ।
“किम कि नामलाई श्रम नायक, पार्टी, क्रान्ति, देश र जनताका लागि गरेका उपलब्धिहरूका लागि अर्डर अफ किम इल सङ र अर्डर अफ किम जोङ इल, प्रजग कोरियाको सर्वोच्च अर्डर, किम इल सङ र किम जोङ इलको अगस्ट नाम भएको घडी र उच्चपदस्थ पार्टी र राज्यको प्रशंसासहित सम्मानित गरिएको थियो । उहाँको निधन भए पनि पार्टी, क्रान्ति, देश र जनताका लागि किमिल्सुङ्गिज्म–किम्जोङ्गिलिज्मको महान् उद्देश्य पूरा गर्ने ऐतिहासिक सिलसिलामा उहाँले पु¥याउनुभएको योगदान सदैव अविस्मरणीय रहनेछ”, श्रद्धाञ्जलीमा भनिएको छ ।
त्यस दिन कोरियाली मजदुर पार्टीको केन्द्रीय समिति, प्रजग कोरियाको राज्य मामिला आयोग, प्रजग कोरियाको सर्वोच्च जनसभाको स्थायी समिति र प्रजग कोरियाको मन्त्रिपरिषद्ले दिवङ्गत किम कि नामलाई राजकीय सम्मान प्रदान गर्ने घोषणा गरेको थियो । आदरणीय किम जोङ उन, किम टोक हुन र अन्य ९९ जना सदस्य रहेको राज्यको अन्त्येष्टि समिति गठन गरिएको थियो ।
कोरियाली मजदुर पार्टीका महासचिव र प्रजग कोरियाको राज्य मामिलाका अध्यक्ष किम जोङ उन आदेशको विजेता कोमपाको केन्द्रीय समितिका पूर्वसचिव किम कि नामको शव सम्मान समारोहमा जानुभयो । किम इल सङ र किम जोङ इल र श्रम नायकको पदक प्राप्त किमको निधनमा गहिरो समवेदना व्यक्त गर्नुभयो । उहाँको साथमा राजनीतिक ब्युरोको अध्यक्ष मण्डलका सदस्यहरू र कोमपा केन्द्रीय समितिका सचिवहरूको उपस्थिति थियो ।
दिवङ्गत किम कि नामको पार्थिव शरीरलाई राजधानी प्योङयाङमा अन्त्येष्टि गरिएको छ ।
Leave a Reply