भर्खरै :

असफलता ढाक्न बेप्रसङ्ग नाटक मञ्चन

आफ्ना असफलताहरूमा पर्दा लगाउन सरकार र सत्तारुढ दल अनेकन सन्दर्भहीन कुरा चर्चामा उछाल्दै छ । प्रधानमन्त्री, मन्त्री र सत्तारुढ दलका नेताहरूले दिने त्यस्ता अभिव्यक्तिहरूको बेतुकको चर्चाले मूल प्राथमिकताको विषय नै ओझेल पार्ने जालझेल भइरहेको छ । कोभिड–१९ का बिरामी दिनानुदिन बढिरहेको छ । प्रयोगशालाको अभावमा पीसीआर परीक्षणको लागि सङ्कलित स्वाबको नतिजा हप्तौँ कुर्नु परेको छ । बिरामीको निधन भइसकेपछि मात्र परीक्षणको नतिजा आउने गरेको छ । स्वास्थ्य पूर्वाधारको सख्त खाँचोलाई सरकारले देखे–नदेखेजस्तो गरिरहेको छ । प्रधानमन्त्री भने ‘बेसार र तातोपानी खान’ सल्लाह दिइरहेका छन् ।

लकडाउनको बहानामा बजार मूल्य अचाक्ली बढेको छ । कतिपय सामानको व्यापारीले मनपरी मूल्य उठाइरहेको छ । गुणस्तरहीन सामानको बिक्री वितरण भइरहेको छ । व्यापारीको वर्षौं वर्षदेखि गोदाममा थन्किएका सामान बेचिएको छ । तर, नियमनकारी निकायले कुनै कारबाही गर्न सकेको छैन । लकडाउनको कारण दैनिक ज्यालादारी गरेर जीवन धानिरहेका जनताको जीवनमा ठुलो सङ्कट आएको छ । निजी कार्यालय र संस्थामा काम गर्ने बौद्धिक तथा शारीरिक मजदुरहरूको कन्तबिजोग भएको छ । सहरमा डेरा लिएर बस्ने जनताका दैनिक समस्याले विकराल रूप लिइरहेको छ । स्वास्थ्य चौकी र अस्पतालबाट नै रोग फैलिएको समाचारले दीर्घरोगबाट पीडित मानिसको लागि दैनिकी थप कष्टकर बनेको छ । यस्ता समस्याहरूबीच हरेक दिनको दैनिक पत्रिकामा स्वास्थ्य सामग्री खरिदमा समेत अरबौँ भ्रष्टाचार भएको समाचार सुन्दा जनतामा सरकारप्रति तीव्र घृणा व्याप्त छ ।

क्वारेन्टिन र आइसोलेसन स्थलको भद्रगोल अवस्थाबारे गरिएको आलोचनाप्रति सरकारले वास्ता गरेको छैन । बरू प्रधानमन्त्री नेपाली जनताको प्रतिरोध क्षमता बढी भएको भन्दै आत्मगौरव सिकाउन खोजिरहेका छन् ।
परिणामले नेपालमा कोरोना सङ्क्रमणका प्रमुख कारणमध्ये भारतसँगको खुला सिमाना भएको देखाएको छ । तर, सरकारले अझै पनि भारततिरबाट नेपाल पस्ने मानिसको सङ्ख्या रोक्न सकेको छैन । यसरी भित्रिएका मानिस नै नेपालका गाउँ गाउँ पुग्दा आज सुदूरपश्चिम र कर्णाली प्रदेशका दुर्गम क्षेत्रसमेत कोरोनाको चपेटामा परेका छन् । सरकार ती क्षेत्रमा स्वास्थ्य पूर्वाधार बिस्तारमा असफल छ ।
मनसुन सुरु भएसँगै देशभर प्राकृतिक विपत्तिका घटना हुने गरेको नयाँ होइन । देशभरका मनपरी डोजर चलाएर पहाड फोड्दाको परिणाम जनताले वर्षायाममा भोग्ने गरेका छन् । सरकार हरेक वर्ष यस्ता बाढी पहिरो आदिलाई प्राकृतिक विपत्ति भन्दै त्यसबाट हुने मानवीय तथा धनजनको क्षतिलाई सामान्यरूपमा लिने गर्छ । तर, ती समस्याबाट हुने क्षतिलाई मानवीय पहलबाट न्यून पार्न सकिन्छ भन्ने कुरा सरकारले ध्यान दिने गरेको छैन ।
कोभिड–१९ महामारीको कारण संसारको अर्थतन्त्रमा आउने मन्दीसँगै नेपालको अर्थतन्त्रले भोग्नुपर्ने क्षयलाई ध्यानमा राखी सरकारले किसानहरूलाई खेत बाँझो नछोड्न र धान रोप्न आह्वान ग¥यो । तर, सरकारले समयमा किसानहरूलाई बीउ र मलको बन्दोबस्त गर्न सकेन ।
लकडाउनको बहानामा बजार मूल्य अचाक्ली बढेको छ । कतिपय सामानको व्यापारीले मनपरी मूल्य उठाइरहेको छ । गुणस्तरहीन सामानको बिक्री वितरण भइरहेको छ । व्यापारीको वर्षौं वर्षदेखि गोदाममा थन्किएका सामान बेचिएको छ । तर, नियमनकारी निकायले कुनै कारबाही गर्न सकेको छैन । लकडाउनको कारण दैनिक ज्यालादारी गरेर जीवन धानिरहेका जनताको जीवनमा ठुलो सङ्कट आएको छ । निजी कार्यालय र संस्थामा काम गर्ने बौद्धिक तथा शारीरिक मजदुरहरूको कन्तबिजोग भएको छ । सहरमा डेरा लिएर बस्ने जनताका दैनिक समस्याले विकराल रूप लिइरहेको छ । स्वास्थ्य चौकी र अस्पतालबाट नै रोग फैलिएको समाचारले दीर्घरोगबाट पीडित मानिसको लागि दैनिकी थप कष्टकर बनेको छ । यस्ता समस्याहरूबीच हरेक दिनको दैनिक पत्रिकामा स्वास्थ्य सामग्री खरिदमा समेत अरबौँ भ्रष्टाचार भएको समाचार सुन्दा जनतामा सरकारप्रति तीव्र घृणा व्याप्त छ । सरकारले नेपाली जनताबीच भित्रभित्र उम्लिरहेको आक्रोशको छनक पाइसकेको छ । त्यसकारण सत्तासीनहरू यो आक्रोशको कोपभाजन हुनबाट जोगिन जनताका समस्यासँग कुनै प्रत्यक्ष सम्बन्ध र सरोकार नभएका विषयलाई चर्चामा उछालिरहेका छन् । उनीहरू आफैँले शत्रु रचना गरेर त्यसैको विरोधमा छायाँ युद्ध गर्ने सुरमा छन् । उनीहरू आपसमा विवादको नाटक बुन्दै छन् र जनताको आँखामा छारो फालिरहेका छन् । मुख्यतः सत्ताकै वरपर घुम्न रुचाउने मिडिया जगत पनि त्यस्तै विषयलाई उकासेर सत्तासीनहरूको स्वार्थको सेवा गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *