भर्खरै :

आ.व. २०७७÷७८ का लागि भक्तपुर नगरपालिकाको बजेट

(मङ्गलबार सम्पन्न भक्तपुर नगरपालिकाको सातौँ नगरसभामा उपप्रमुख रजनी जोशीबाट प्रस्तुत भई पारित बजेटको पूर्ण पाठ)
सर्वप्रथम विभिन्न जनआन्दोलन र सङ्घर्षहरूमार्फत जनताको अधिकार सुनिश्चित गर्ने क्रममा जीवन बलिदान गर्नुभएका प्रातः स्मरणीय सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै जनआन्दोलनमा घाइते हुनुभएका, प्रवास र भूमिगत भएर राजनैतिक र सामाजिक परिवर्तनमा महत्वपूर्ण योगदान गर्नुभएका योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछौँ ।
विश्वव्यापीरूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) रोगको सङ्क्रमण नेपालमा पनि दिनानुदिन बढिरहेको अवस्थामा यस रोगको जोखिम न्यूनीकरणका लागि अग्रमोर्चामा सङ्घर्ष गरिरहनुहुने सबै स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मीलगायत यस नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूप्रति उच्च सम्मान व्यक्त गर्दछौँ ।
स्थानीय तह निर्वाचन २०७४ मा नेपाल मजदुर किसान पार्टीको तर्फबाट हामी जनप्रतिनिधिहरूले नगरवासीमाझ घोषणाापत्रमार्फत प्रतिबद्धता व्यक्त गरेअनुसार निरन्तर जनताको सेवा गरिरहेका छौँ । ऐतिहासिक नगरी भक्तपुरलाई सफा, सुन्दर, स्वस्थ र सभ्य नगरको रूपमा विकास गर्ने तथा शिक्षा र स्वास्थ्य उपचारको क्षेत्रमा र भक्तपुरलाई आन्तरिक एवम् बाह्य पर्यटकहरूका लागि उत्कृष्ट गन्तव्यस्थल बनाउने लक्ष्यसहित हामी अघि बढिरहेका छौँ ।
भक्तपुर नगरपालिकामा हामी जनप्रतिनिधि बहाली भएको चौथो आर्थिक वर्ष २०७७÷७८ को बजेट पेश गर्दै गर्दा यस आर्थिक वर्षको बजेटमा विश्वभरि नै आतङ्कित बनाएको कोरोना भाइरस (कोभिड १९) रोगको असर परेको छ । यस महामारीको कारणले देशभर ३ महिनासम्म बन्दाबन्दी रह्यो र अहिले सरकारले बन्दाबन्दीलाई केही खुकुलो पारेको अवस्था हो । यस्तो विषम परिस्थितिमा यथासम्भव जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्ने लक्ष्यसहितको बजेट निर्माण गर्ने प्रयास गरेका छौँ । प्रतिकूल अवस्थाका कारण हामीले प्रक्षेपण गरेअनुरुप कर उठाउन नसकेको अवस्थामा हरेक क्षेत्रमा मितव्ययिता अपनाई यस आर्थिक वर्षको बजेट निर्माण गरेका छौँ ।
चालू आव २०७६÷७७ का लागि नगरपालिकाले विनियोजन गरेको वार्षिक आय र व्ययको सङ्क्षिप्त समीक्षा प्रस्तुत गर्दछु ।
आयतर्फ ः
यस नगरपालिकाको चालू आवका लागि कुल बजेट २ अर्ब १३ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको थियो । आयतर्फ बाह्य स्रोतबाट जम्मा १ अर्ब २२ करोड ४० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएकोमा २०७७ जेठ मसान्तसम्ममा जम्मा ८२ करोड ३४ लाख ४९ हजार रुपैयाँ आम्दानी भयो । जुन अनुमानको ६७.३६ प्रतिशत हुन आउँछ । चालू आवको असार मसान्तसम्ममा बाह्य स्रोतबाट ९१ करोड ६० लाख ९४ हजार रुपैयाँ आम्दानी हुने संशोधित अनुमान छ, जुन ७४.८४ प्रतिशत हुन आउँछ ।
नगरपालिकाद्वारा सञ्चालित आवास योजना समयमै सम्पन्न गर्ने हेतुले नगरपालिकाले चालू आवमा ऋण सहयोगबापत रु.२५ करोड आम्दानी गर्ने लक्ष्य राखिएकोमा आयोजनासँग रहेको बाँकी मौज्दातबाट नै कार्य सञ्चालन भएको हुँदा ऋण लिन आवश्यक भएन ।
आन्तरिक स्रोततर्फ नगरवासीहरूबाट विभिन्न कर दस्तुरबापत उठ्ने रकम र पर्यटक सेवा शुल्कमार्फत सङ्कलन हुने रकमसमेत कुल रकम ४२ करोड तथा नगरपालिकाको स्वामित्वमा रहेको जग्गा बिक्रीबाट आउने रकम २० करोड गरी जम्मा ६२ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएकोमा चालू आवमा नगरपालिकाको स्वामित्वमा रहेको जग्गा बिक्री गरिएन । २०७७ जेठ मसान्तसम्ममा आन्तरिकतर्फ २६ करोड २८ लाख ५५ हजार रुपैयाँ आम्दानी भयो जुन अनुमानितको ४२.४० प्रतिशत हुन आउँछ । कोभिड–१९ रोगको जोखिमलाई मध्यनजर गरी नेपाल सरकारले देशभरि बन्दाबन्दी (लकडाउन) लागू गरेको कारण पर्यटकहरूको आवागमन ठप्प भयो । पर्यटन क्षेत्रको हकमा विश्वभर नै नकारात्मक असर परेको अवस्थामा भक्तपुर नगरपालिका पनि अछुटो रहेन । फलस्वरुप पर्यटन शुल्क ३० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिए पनि चालू आवको जेठ मसान्तसम्ममा १७ करोड २४ लाख ६५ हजार रुपैयाँमात्र आम्दानी भयो ।
चालू आवको जेठ मसान्तसम्म नगरपालिकाको बाह्य तथा आन्तरिक स्रोतबाट कुल १ अर्ब ८ करोड ६३ लाख ४ हजार रुपैयाँ आम्दानी भयो भने असार मसान्तसम्ममा १ अर्ब १८ करोड ३५ लाख ९४ हजार रुपैयाँ आम्दानी हुने संशोधित अनुमान छ ।
व्ययतर्फ
चालू अन्तर्गत ः
चालू आव २०७६÷७७ का लागि चालूतर्फ ९९ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएकोमा जेठ मसान्तसम्ममा ७० करोड ९३ लाख १७ हजार रुपैयाँ अर्थात् ७१.०६ प्रतिशत खर्च भयो । चालू आवको असार मसान्तसम्ममा चालूतर्फ ७७ करोड ३८ लाख १ हजार रुपैयाँ खर्च भई चालूतर्फको कुल विनियोजित व्ययको ७७.४५ प्रतिशत खर्च हुने संशोधित अनुमान छ ।
पुँजीगतअन्तर्गत ः
चालू आव २०७६÷७७ का लागि सम्पदा पुनः निर्माणतर्फ रु. ९ करोड ९४ लाख ३२ हजार विनियोजन गरिएकोमा जेठ मसान्तसम्ममा १२ वटा आयोजनाहरू सम्पन्न भई रु. १ करोड १८ लाख २८ हजार खर्च भयो र २० वटा योजना हाल सञ्चालित छन् । चालू आवको असार मसान्तसम्ममा सम्पदा पुनः निर्माणमा रु. ३ करोड ७४ लाख ९० हजार खर्च हुने संशोधित अनुमान गरिएको छ ।
चालू आवमा नगरस्तरीय विकास निर्माणका योजनाहरूमा रु. २ करोड ४९ लाख ४४ हजार खर्च भएको छ भने असार मसान्तसम्ममा थप ४६ वटा योजनाहरू सञ्चालन भई छ करोड २३ लाख २३ हजार खर्च हुने संशोधित अनुमान छ ।
चालू आवमा वडास्तरीय योजनाको लागि दशवटै वडामा ५० लाखको दरले ५ करोड रुपैयाँ विनियोजन भएकोमा जेठ मसान्तसम्ममा सबै वडामा अधिकांश वडास्तरीय योजनाहरू सम्पन्न भई ४ करोड ९२ लाख रुपैयाँ अर्थात् ९८.४० प्रतिशत खर्च भएको छ ।
सडक बोर्डअन्तर्गत दशवटै वडामा सडक मर्मतका लागि रु. १ करोड विनियोजन गरिएकोमा जेठ मसान्तसम्ममा ७४ लाख ५७ हजार रुपैयाँ खर्च भएको छ भने असार मसान्तसम्ममा सबै योजना सम्पन्न भई शत प्रतिशत खर्च हुने संशोधित अनुमान छ ।
नगरवासी ज्येष्ठ नागरिक, एकल महिला, अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि सङ्घीय सरकारबाट चालू आवमा १७ करोड ६५ लाख बजेट विनियोजन भएकोमा वडा कार्यालयहरूमार्फत चालू आवमा तीन किस्तामा सामाजिक सरक्षा भत्ता वितरण गर्दा जम्मा १८ करोड ५३ लाख ९७ हजार रुपैयाँ अर्थात् १०४.९७ प्रतिशत खर्च भई नपुग रकम सङ्घीय सरकारबाट सोधभर्ना माग गरिएको छ ।
नगरपालिकाअन्तर्गत विभिन्न विषयगत समितिहरूका लागि चालू आवमा रु. ८ करोड ९ लाख रुपैयाँ विनियोजन गरिएकोमा जेठ मसान्तसम्ममा ३ करोड ५४ लाख ९५ हजार रुपैयाँ अर्थात् ४३.८७ प्रतिशत खर्च भयो ।
सशर्तअन्तर्गत २६ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा जेठ मसान्तसम्ममा कुल १९ करोड ९९ लाख ७९ हजार रुपैयाँ अर्थात् ७५.६० प्रतिशत खर्च भयो ।
यस हिसाबले चालू आवमा पुँजीगततर्फ कुल रु. १ अर्ब १३ करोड ३० लाख रुपैयाँमध्ये विकास निर्माण र सम्पदा पुनः निर्माणतर्फ रु. ७२ करोड ९१ लाख १० हजार विनियोजन गरिएकोमा जेठ मसान्तसम्ममा यथार्थ खर्च ४८ करोड २१ लाख ९५ हजार रुपैयाँ भयो । चालू आवको असार मसान्तसम्ममा पुँजीगततर्फ रु. ५१ करोड ७६ लाख ६२ हजार खर्च भई खर्च ७०.९९ प्रतिशत हुने संशोधित अनुमान छ ।
यस गरिममामय नगरसभामा आर्थिक वर्ष २०७७।७८ का लागि नगरपालिकाको वार्षिक बजेट पेश गर्ने अनुमति चाहन्छु ।
आव २०७७।७८ का लागि यस नगरपालिकाको आर्थिक विधेयक २०७७ र विनियोजन विधेयक २०७७ को विस्तृत विवरण एवं स्वीकृत योजनाहरू अनुसूची १, २ र ३ मा समावेश गरिएको छ ।
नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा बिक्रीसमेत गरी आव २०७७÷७८ को लागि रु. १ अर्ब ८२ करोड ४० लाख अनुमान गरिएको छ ।
आयतर्फ ः
आव २०७७÷७८ का लागि बाह्य स्रोतबाट जम्मा ९९ करोड २९ लाख २४ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । जसमध्ये सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान शीर्षकमा ५४ करोड ४५ लाख अनुमान गरिएको छ भने सामाजिक सुरक्षा भत्ताबापत २३ करोड र सडक बार्डमार्फत ५० लाख आम्दानी हुने अपेक्षा गरिएको छ ।
बाग्मती प्रदेश सरकारबाट यस नगरपालिकामा वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान शीर्षकमा जम्मा ६ करोड ५४ लाख २२ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
सङ्घ तथा प्रदेश सरकारबाट मालपोत तथा सवारी करबापत राजस्व बाँडफाँटबाट १४ करोड ९० लाख २ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । त्यस्तै जिल्ला समन्वय समिति, भक्तपुरबाट ४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
आगामी आवका लागि नगरपालिकाबाट सञ्चालित देको मिवा इतापाके जग्गा एकीकरण आयोजना समयमै सम्पन्न गर्ने हेतुले २५ करोड रुपैयाँ बैङ्क ऋण प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै आन्तरिक आयतर्फ नगरवासीहरूबाट विभिन्न शीर्षकमा कर दस्तुरबापत उठ्ने रकम, व्यवसाय कर, पर्यटकहरूबाट उठ्ने रकमलगायतबाट ३३ करोड ३९ लाख रुपैयाँ र नगरपालिकाको जग्गा बिक्रीबाट १३ करोड गरी कुल ४६ करोड ३९ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण समग्र अर्थतन्त्रमा मात्र नभई नगरवासीहरूको आर्थिक क्रियाकलापमा पनि गम्भीर नकारात्मक प्रभाव परेको वर्तमान अवस्थालाई मध्यनजर गरी यो आर्थिक वर्षमा आन्तरिकतर्फ आयको स्रोत अनुमान गर्ने सन्दर्भमा नगरवासीहरूको राय सुझाव तथा स्थानीय राजस्व परामर्श समितिको सिफारिससमेतलाई आधार मानी साविकको करका शीर्षकहरूमध्ये अधिकांशमा यथावत नै राखिएको छ । केही आवश्यक करका शीर्षकहरूको दर तथा दायरामा संशोधन तथा थप प्रस्ताव गरिएको छ । करको दर पुनरावलोकन गर्दा नगरवासीहरूलाई कममात्र आर्थिक भार पर्ने गरी सहुलियत र छुट दिन सकिने कुराहरूलाई ध्यान दिइएको छ ।
व्ययतर्फ ः
२०७७ असार ७ गते प्रस्तुत तथा असार ९ गते नगरसभाबाट पारित गरिएको नीति तथा कार्यक्रमको आधारमा चालू र पुँजीगत खर्च गरी निम्न शीर्षकहरूमा रु. १ अर्ब ८२ करोड ४० लाखको कुल बजेट विनियोजन गरिएको छ ।
चालूतर्फ खर्चका लागि ३९ करोड ८९ लाख ७६ हजार रुपैयाँ विनियोजन गरिएको छ । यसमध्ये प्रकोप व्यवस्थापन कोषका लागि ५० लाख रुपैयाँ व्यवस्था गरिएको छ । स्थानीय तह सशर्त चालू खर्चतर्फ विभिन्न शीर्षकमा ३४ करोड ३ लाख १३ हजार रुपैया,ँ सामाजिक सुरक्षा भत्तामा २३ करोड रुपैयाँ र नगरपालिकाअन्तर्गत गठित विभिन्न समिति खर्च शीर्षकमा ८ करोड ७४ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस हिसाबले कुल चालू खर्चका लागि रु. १ अर्ब २ करोड ६६ लाख ८९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
कोभिड–१९ रोग सङ्क्रमणको विषम परिस्थितिमा नगरपालिकाको चालू खर्चलाई मितव्ययी बनाउने प्रयास गरिएको छ । नगरपालिकाका जनप्रतिनिधिहरूले यो आर्थिक वर्षमा नगरपालिकाको खर्चमा विदेश भ्रमण नगर्ने र देशभित्रका विभिन्न जिल्लामा भ्रमण गरिँदाको भ्रमण भत्ता तथा समितिहरूको बैठक भत्ता आधा घटाउनेसमेत व्यवस्था गरेका छौँ । त्यस्तै नगरपालिकामा कार्यरत कर्मचारीहरूलाई पनि चालू आवसम्म दिइँदै आएको खाजा भत्ता र पोशाक भत्ताबापतको रकम वर्तमान संवेदनशील अवस्थालाई मध्यनजर गरी नेपाल नगरपालिका कर्मचारी एसोसियसन भक्तपुर नगरपालिका एकाइ समितिको तर्फबाट यो वर्ष नलिने निर्णय गरिएको जानकारीसमेत प्राप्त भएको यस सम्मानित नगरसभामा प्रस्तुत गर्दछौँ । यसबाट नगरपालिकाको चालू खर्चमा रु. १ करोड २६ लाख रुपैयाँ बचत हुने देखिन्छ । नगरपालिकाका सबै कर्मचारीहरू तथा नेपाल कर्मचारी एसोसियसन भक्तपुर नगरपालिका एकाइ समिति परिवारलाई धन्यवाद ज्ञापन गर्दछौंँ ।
आव २०७७÷७८ का लागि पुँजीगततर्फ रु. ७९ करोड ७३ लाख ११ हजार विनियोजन गरिएको छ, जसमध्ये नगरपालिकाद्वारा सञ्चालित देको मिवा इटापाके जग्गा एकीकरण आयोजना समयमै सम्पन्न गर्न २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । नगरपालिकाबाट विगत वर्षदेखि सञ्चालित क्रमागत विकास योजनाहरू सम्पन्न गर्न यो वर्ष १५ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । जसमा निर्माणाधीन ख्वप अस्पताल भवनका लागि १० करोड २० लाख रुपैयाँ एवम् सङ्घीय तथा बाग्मती प्रदेश सरकारबाट समपूरक र विशेष अनुदानका लागि छनोट गरिएका योजनाहरूका लागि २ करोड ५० लाख रुपैयाँ समावेश गरिएको छ । सम्पदा पुनः निर्माणअन्तर्गतका क्रमागत योजनाहरू सञ्चालनका लागि यो वर्ष रु. ५ करोड ५ लाख विनियोजन गरिएको छ । नगरपालिकाद्वारा सञ्चालित तुमचो दुगुरे जग्गा एकीकरण आयोजनाको कार्यालय यो वर्षदेखि बन्द गरिनेछ । त्यस क्षेत्रका केही क्रमागत योजनाहरू सम्पन्न गर्न यो वर्ष २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
यो वर्ष ठुलो आकारको बजेट खर्च हुने र बहुवर्षीय योजनाहरूभन्दा एकै वर्षमा सम्पन्न हुने र छिटो प्रतिफल प्राप्त गर्न सकिने नयाँ योजनाहरूलाई प्राथमिकता क्रममा राखिएको छ । नगरपालिकाको आप्mनै स्रोतबाट सञ्चालन हुने र सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त हुने समपूरक एवम् विशेष अनुदानका योजनाहरू सञ्चालन गर्न यो वर्ष २० करोड ९५ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै वडास्तरका योजनाहरू सञ्चालन गर्न विगत वर्षझैँ यो वर्ष पनि प्रतिवडा रु. ५० लाखको दरले जम्मा ५ करोड रुपैयाँ र सडक बोर्डअन्तर्गतका योजनाहरू सञ्चालन गर्न १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
चिकित्साशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्रलगायतका विषयहरूमा उच्च शिक्षा अध्ययन गर्न चाहने र अध्ययनरत नगरवासी विद्यार्थीहरूका लागि नगरपालिकाले विगत वर्षदेखि शैक्षिक ऋण वितरण गर्दै आएकोलाई यो वर्ष पनि निरन्तरता दिँदै यसका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै भक्तपुरको कला, वास्तुकला, संस्कृति, इतिहास, वातावरण, सरसफाइ, पर्यटनलगायतका विषयमा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई इन्टर्नसीपसँगै अध्ययन अनुसन्धान गर्न चाहनेहरूका लागि अनुदान दिने र विश्वविद्यालय तहमा इतिहास, भूगोल, नेपालभाषा, संस्कृति पढ्ने विद्यार्थीहरूलाई नगरपालिकाको तर्फबाट छात्रवृत्तिको लागि पनि बजेटको व्यवस्था गरिएको छ ।
पुरानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीहरूलाई मोहडाका लागि इँटा र काठमा लाग्ने खर्च र झिङ्गटी छाना निर्माणमा लाग्ने कुल लागत रकमको ३५ प्रतिशत नगरपालिकाको तर्फबाट अनुदान दिने कार्यलाई यो वर्ष पनि निरन्तरता दिइएको छ र यसका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । ख्वप एफएम र ख्वप टेलिभिजनको रेकर्डिङ स्टुडियो निर्माणका लागि यो वर्ष ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
खानेपानी फिल्ट्रेसन तथा पाइप सुधार कार्य, खोला तथा घाट सुधार, पर्ती जग्गा संरक्षण तथा सीमाङ्कन, सडक बत्ती जडान तथा मर्मत, माटो परीक्षण तथा सम्भाव्यता अध्ययन कार्यलगायतका लागि १ करोड ५४ लाख २१ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
यस हिसाबले कुल बजेटको चालू खर्चतर्फ ५६.२९ प्रतिशत र पुँजीगत खर्चतर्फ ४३.७१ प्रतिशत विनियोजन गरिएको छ ।
नगरपालिकाले आव २०७७÷७८ का लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेका शीर्षकहरू देहायबमोजिम रहेको सम्मानित नगरसभामा जानकारी गराउँदछौँ ।
शिक्षा तथा संस्कृति क्षेत्रमा (नगरपालिकाद्वारा सञ्चालित कलेजहरूको बजेटबाहेक) ः ३८ करोड १२ लाख ३० हजार रुपैयाँ (२०.९० प्रतिशत)
स्वास्थ्य क्षेत्रमा (नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रहरूको बजेटबाहेक) ः १४ करोड २ लाख रुपैयाँ (७.६९ प्रतिशत)
सम्पदा संरक्षण तथा विकास निर्माणको क्षेत्रमा ः ४२ करोड २३ लाख ११ हजार रुपैयाँ (२३.१५ प्रतिशत)
 फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ः ११ करोड ८५ लाख ६८ हजार रुपैयाँ (६.५० प्रतिशत)
 महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा ः २४ करोड ७६ लाख रुपैयाँ (१३.५७ प्रतिशत)
 युवा तथा खेलकुदको क्षेत्रमा ः ३ करोड ३६ लाख रुपैयाँ (१.८४ प्रतिशत)
 कृषि क्षेत्रमा ः ७४ लाख रुपैयाँ (०.४५ प्रतिशत)
 खानेपानी क्षेत्रमा ः १ करोड ८९ लाख २१ हजार रुपैयाँ (०.९८ प्रतिशत)
ि नगरभित्रका सामुदायिक विद्यालयहरूमा बाल विकास सहजकर्ता (ईसीडी शिक्षक) हरूको कार्य मूल्याङ्कन गरी प्रतिव्यक्ति प्रतिमहिना रु.४०००।– का दरले थप पारिश्रमिक तथा नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत पूर्वप्रावि तहका विद्यार्थीहरूलाई दिवा खाजाबापत अनुदान रकम नगरपालिकाको आप्mनै स्रोतबाट व्यहोर्ने बन्दोबस्त गरिएको छ ।
यस नगरपालिकाले प्रस्ताव गरेका योजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्दा सङ्घ र प्रदेश सरकारका कार्यक्रमहरूसँग दोहोरो नपर्नेगरी समन्वय गरी पारदर्शी एवम् जवाफदेही हिसाबबाट कार्यान्वयनको व्यवस्था गर्नेछौँ । यस नगरपालिकामा काम गर्न इच्छुक सङ्घसंस्था तथा विकास साझेदारहरूबाट प्राप्त सहयोग रकमलाई नगरपालिकामार्फत नै एकद्वार प्रणालीबाट कार्यान्वयनको व्यवस्था मिलाइएको छ ।
अन्त्यमा, आव २०७७।७८ का लागि यस नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा आप्mनो अमूल्य सुझाव दिनुहुने सम्पूर्ण नगरवासी, सङ्घसंस्था तथा कार्यालयहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *