भर्खरै :

कोभिड– १९ प्रतिरोधमा क्युवालाई चे ग्वे भाराले के सिकाए ? – २

कोभिड–१९ को समयमा विश्वव्यापी ऐक्यबद्धता
प्रभाव ढाँचा ः कोभिड–१९ सङ्कटको समयमा क्युवाको अन्तर्राष्ट्रियवादी चिकित्साको सबभन्दा महत्वपूर्ण पक्ष भनेको आफ्नो दशकौँको अनुभवको आधारमा सद्भावपूर्ण र सबल योजनासहित कसरी कुनै देशले भाइरसको सामना गर्नसक्छ भन्ने विषयमा क्युवा उदाहरण बनेको छ । संसारभरका स्वास्थ्यकर्मीहरू आज क्युवाको कामबाट प्रभावित छन् ।
ज्ञानको हस्तान्तरण
सन् २०१४ को शरद ऋतुमा उप साहारा अफ्रिकामा नाटकीय ढङ्गमा इबोला भाइरस फैलिँदा संसारलाई दुःखी बनायो । छोटो समयको अन्तरमा बीस हजार मानिस सो भाइरसबाट प्रभावित बने । आठ हजारभन्दा बढीको ज्यान गयो । लाखौँ मर्न सक्ने सम्भावनाको कारण सबै चिन्तित थिए । संरा अमेरिकाले सो रोग नियन्त्रणको लागि सैनिक सहायता ग¥यो । केही अन्य देशले पैसा सहयोग गरे । क्युवा नै त्यस्तो पहिलो देश हो जसले रोगग्रस्त क्षेत्रको लागि आवश्यक सहयोग गर्न हात बढायो । क्युवाले १०३ जना नर्स र ६२ जना चिकित्सकको टोली सिएरा लिओन पठायो । धेरै देशसँग त्यो महामारीको सामना कसरी गर्ने भन्ने ज्ञानसमेत थिएन । क्युवाले विभिन्न देशका स्वास्थ्यकर्मीलाई हवानाको पेड्रो कौरी ट्रपिकल मेडिसिन प्रतिष्ठानमा तालिम दियो । अफ्रिकाका १३ हजार, ल्याटिन अमेरिकाका ६६ हजार र क्यारिबियाली क्षेत्रका ६२० जना स्वास्थ्यकर्मीलाई क्युवाले तालिम दियो । उनीहरूलाई आफू सङ्क्रमणबाट जोगिएर कसरी रोगीको उपचार गर्ने भन्ने विषयमा तालिम दिइयो । स्वास्थ्य प्रणालीलाई कसरी व्यवस्थित गर्ने भन्ने ज्ञानको सञ्चार नै सबभन्दा उच्च कोटीको ज्ञान हस्तान्तरण हो ।
भेनेजुयलाले पनि क्युवाली स्वास्थ्य प्रणालीका आधारभूत पक्षको राष्ट्रियस्तरमा अनुशरण गर्ने प्रयास ग¥यो । त्यसले कोभिड–१९ विरूद्ध लड्न भेनेजुयलालाई ठूलो मद्दत गरेको छ । सन् २०१८ मा अल्टस ड लिडाइसका बासिन्दाले सात वटा सामुदायिक समिति गठन गरे । त्यसमध्ये एउटा समिति सामुदायिक स्वास्थ्यको लागि थियो । एकजना स्थानीय बासिन्दाले सामुदायिक स्वास्थ्य उपचार केन्द्रको लागि आफ्नो घरमा ठाउँ उपलब्ध गराए । डा. गुटरेजले जोखिममा रहेका बासिन्दाको तथ्याङ्क सङ्कलनमा समन्वय गरे । कोभिड–१९ को सङ्क्रमणबाट जोगिने तरिकाबारे घर–घरमा पुगेर उनले सम्झाइ–बुझाइ गरे । भेनेजुयलामा पहिलोपटक क्युवाली चिकित्सकहरू आउँदा चाभेज सरकारले लागू गरेको सामाजिक र स्वास्थ्य कार्यक्रम ‘बारिओ एडेन्ट्रो’ लागू गर्न डेल भाल्ले मार्खेजले सहयोग गरेकी थिइन् । उनी चाभेजवादी र पेशाले नर्स हुन् । उनी सम्झन्छिन्, क्युवाली चिकित्सकहरू पहिलोपटक भेनेजुयलाका विभिन्न समुदायमा जाँदा कति मानिसले पहिलोपटक नै चिकित्सक देखेका थिए । उनी भन्छिन्, “क्युवालीहरू आएपछि हामीले उनीहरूको लागि ढोका खोल्यौँ, उनीहरू हामीसँगै बसे, हामीले जे खायौँ उनीहरूले त्यही खाए । अनि हामीसँगै काम गरे ।”
यस्ता कुराले भेनेजुयलालाई सिकायो । क्युवाली ढाँचाको प्रणाली विकास गर्ने प्रयासअन्तर्गत भेनेजुयला सरकारले १ लाख ८१ हजार ३३५ वटा पोलिमरेज चेन रिआक्सन परीक्षण गरेको टेलिसुरले जनाएको छ । सो परीक्षणले ल्याटिन अमेरिकी देश भेनेजुयलामा सबभन्दा कममात्र सङ्क्रमित भएको पुष्टि गरेको छ । भेनेजुयलामा प्रति दस लाख जनसङ्ख्यामध्ये ६ जनामा मात्र कोरोनाको सङ्क्रमण पुष्टि भएको छ भने छिमेकी देश ब्राजिलमा प्रति दस लाख जनसङ्ख्यामध्ये १०४ जना कोरोना सङ्क्रमित देखिएका छन् ।
राफेल कोरेया इक्वेडरको राष्ट्रपति छँदा एक हजारभन्दा बढी क्युवाली चिकित्सक त्यहाँको स्वास्थ्य प्रणालीका मेरूदण्ड थिए । सन् २०१७ मा लेनिन मारेनो राष्ट्रपति पदमा निर्वाचित भएलगत्तै क्युवाली चिकित्सकहरूलाई देश निकाला गरियो । फलतः त्यहाँको जनस्वास्थ्य प्रणाली भत्ताभुङ्ग भयो । मारेनोले अन्तर्राष्ट्रिय मुद्रा कोषको सल्लाहमा इक्वेडरको स्वास्थ्य बजेट ३६ प्रतिशतले कटौती गरे । त्यसकारण, स्वास्थ्यकर्मीलाई आवश्यक पीपीई पनि सहज उपलब्ध गराउन सकेनन् । त्यहाँको जनस्वास्थ्य प्रणालीको लय नै बिग्रियो । भेनेजुयला र क्युवामा कोरोनाको कारण मर्नेको सङ्ख्या २७ पुग्दा इक्वेडरको सबभन्दा ठूलो सहर ग्वाएकुइलमा मात्र ७ हजार ६ सयको मृत्यु भएको अनुमान गरिएको छ ।
अन्तर्राष्ट्रिय चिकित्सकीय प्रक्रिया ः
क्युवाली औषधी अन्तर्राष्ट्रवादको कारण सर्वत्र जानिन्छ । यसको सबभन्दा प्रस्ट उदाहरण सन् २०१० मा हाइटीमा गएको विनाशकारी भूकम्प हो । त्यतिबेला क्युवाले आफ्ना चिकित्सकहरू पठायो । उनीहरू हाइटीका जनतासँगै बसे । भूकम्पपछि महिनौँ र वर्षौँसम्म पनि क्युवाली चिकित्सकहरू त्यहाँ बसे । संरा अमेरिकी चिकित्सकहरू भने हाइटीका बिरामी जनता सुतेको ठाउँमा सुतेनन् । उनीहरूले आरामदायी होटलहरूमा रात बिताए । आएको केही हप्तामा नै उनीहरू अमेरिका फर्के । जोन किर्कले तिनै अमेरिकी चिकित्सकको चर्चा गर्दै नयाँ शब्दावली बुनेका थिए– विपत्ति पर्यटन । गरिब देशमा कुनै विपत्ति आउँदा धेरै धनी देशले जनाउने प्रतिक्रियाको व्याख्या गर्न यो शब्दावली प्रयोग गरिएको हो ।
अन्तर्राष्ट्रियरूपमा क्युवाली चिकित्सकहरूले देखाएको प्रतिबद्धता, बितेका तीन दशकमा सेवा गर्ने चिकित्सक र उनीहरूले सेवा गरेका जनताबीच बलियो सम्बन्ध जोड्ने सबभन्दा उपयुक्त तरिका क्युवाली स्वास्थ्य प्रणालीको निरन्तरता हो । सन् २००८ सम्ममा क्युवाले १५४ देशमा १ लाख २० हजारभन्दा बढी स्वास्थ्यकर्मी पठायो । संसारका ७ करोडभन्दा बढी जनताको क्युवाली चिकित्सकहरूले सेवा गरे । बीस लाखभन्दा बढी जनता आफ्नो जीवन रक्षाको लागि क्युवाको स्वास्थ्य सेवाप्रति कृतज्ञ छन् ।
द एसोसिएट प्रेसको समाचारअनुसार संसारभर कोभिड–१९ फैलिरहेको बेला क्युवाले ७७ देशमा ३७ हजार स्वास्थ्यकर्मीहरू परिचालन ग¥यो । सो समाचार प्रकाशित भएपछि पनि क्युवाले सुरिनाम, जमैका, डोमिनिका, बेलिच, सेन्ट भिन्सेन्ट र द ग्रिनाडिन्स, सेन्ट किट्स र नेभिस, भेनेजुयला र निकारागुआमा थप चिकित्सकहरू परिचालन ग¥यो । अप्रिल १६ मा प्रकाशित ग्रान्माको एक समाचारअनुसार ‘बीस देशमा राष्ट्रिय र स्थानीय तहमा स्वास्थ्यकर्मीहरूको २१ बिग्रेड परिचालन’ गरेको थियो । त्यही बेला क्युवाले कतारमा पनि २ सय स्वास्थ्यकर्मी पठाएको थियो ।
कोभिड–१९ महामारीको प्रमुख केन्द्र अर्थात् सबभन्दा बढी प्रभावित सहरमध्ये उत्तरी इटालीको लोमबार्डी क्षेत्रको क्रिमा सहर थियो । अस्पतालका आकस्मिक सेवा कक्ष भरिभराउ थिए । त्यहीबेला मार्च २६ मा क्युवाका ५२ जना चिकित्सक तथा नर्सहरू त्यहाँ पुगे र एउटा अस्थायी अस्पताल स्थापना गरे । अस्पतालमा तीन वटा सघन उपचार कक्ष र ३२ वटा अक्सिजन दिन सकिने शैय्या थियो । युरोपकै एउटा प्रमुख शक्ति देशलाई आपतको बेला सहयोगको हात बढाउने केही देशमध्ये क्यारिबियाको एउटा सानो र गरिब देश क्युवा पनि थियो । क्युवाको सक्रियता परिणाममुखी बन्यो । अप्रिल १७ मा स्वदेश फर्केका क्युवाली स्वास्थ्यकर्मीमध्ये तीस जनामा कोभिड–१९ सङ्क्रमण देखियो ।
क्युवामा संसार ः
क्युवाली चिकित्सकहरू विभिन्न देशमा जानुको अर्को अदृश्य पाटो उनीहरूले आफूसँगै क्युवामा ल्याएका विद्यार्थी र बिरामीहरू हुन् । सन् १९६६ मा क्युवाली चिकित्सकहरू कङ्गो गणतन्त्रमा पुग्दा उनीहरूले राती सडकबत्तीको उज्यालोमा पढ्दै गरेका केही युवाहरू देखे । क्युवाली चिकित्सकहरूले उनीहरूलाई हवानामा आउने प्रबन्ध मिलाए । सन् १९७५–८८ सम्म भएको अङ्गोला युद्धको क्रममा धेरै सङ्ख्यामा अफ्रिकी विद्यार्थी क्युवा गएका थिए । मिट्च र जर्जस् आँधीबेहरीपछि चिकित्सा विज्ञान पढ्न धेरै सङ्ख्यामा ल्याटिन अमेरिकी विद्यार्थी हवाना पुगेका थिए । क्युवामा विद्यार्थी आउने क्रम सन् १९९९ पछि अझै बढ्यो । ल्याटिन अमेरिकी चिकित्सा विज्ञान (इलम) नामको कलेज क्युवामा खुलेपछि त्यहाँ पढ्न जाने विद्यार्थीको सङ्ख्या बढेको हो । इलमले एक सत्न्दा बढी देशका तीस हजारभन्दा बढी विद्यार्थीलाई चिकित्सक बनाइसकेको छ ।
विभिन्न देशका बिरामी क्युवामा उपचारको लागि आएको पनि इतिहास छ । सन् १९८६ मा चेर्नोबलमा आणविक दुर्घटना भएपछि २५ हजार बिरामी (विशेषतः बालबालिका) उपचारको लागि क्युवा गएका थिए । त्यहाँ उनीहरू महिनौँ र वर्षौँ बसे । क्युवाले उनीहरूको लागि ढोका खोल्यो, अस्पतालमा शैय्याको बन्दोबस्त ग¥यो । युवा समर क्याम्पको आयोजना ग¥यो ।
सन् २०२० को मार्च १२ मा झन्डै पचास जना चालक दल र यात्रु बोकेके बेलायती जहाज एमएस ब्रामर बेलायती राष्ट्रमण्डल देश बहमास पुग्यो । त्यसका यात्रुमध्ये कोही कोभिड–१९ सङ्क्रमित थिए भने कोहीमा रोगको लक्षण देखिएको थियो । बेलायती राष्ट्रमण्डलको सदस्यको नाता जोडेर ब्रामरमा बहमासको झन्डा फहराइयो । त्यसकारण, त्यो जहाजका यात्रुलाई अवतरण गराई बेलायत उडाउनुमा खास कुनै समस्या नहुनुपर्ने थियो । तर, बहमासको यातायात मन्त्रालयले ‘सो जहाजलाई बहमासको बन्दरगाहमा रोक्न नदिने र कोही पनि यात्रुलाई बहमासमा पस्न नदिने’ घोषणा ग¥यो । अरू पाँच दिनमा संरा अमेरिका, राष्ट्रमण्डलको अर्को सदस्य बार्बाडोस र अन्य केही क्यारिबियाली देशले सो जहाजलाई आफ्नो बन्दरगाहतिर आउन अनुमति दिएनन् । मार्च १८ मा क्युवाले सो जहाजका एक हजारभन्दा बढी मानिसलाई अवतरण गर्न अनुमति दियो । बेलायततिर उड्नुअघि उपचार गर्न चाहने यात्रुलाई क्युवाले आफ्ना अस्पतालमा उपचारको प्रबन्ध मिलायो । अधिकांश यात्रुहरू बेलायत जान सिधै हवानाको जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थलतिर लागे । बेलायत फर्किनुअघि सो जहाजको चालक दलले ‘क्युवा तिमीलाई सलाम ¤’ लेखेको ब्यानर प्रदर्शन गरेका थिए । जहाजका एक यात्रु एन्थी गुथ्रीले आफ्नो फेसबुक पेजमा लेखिन्, “उनीहरूले हामीलाई सहेनन् मात्र, बरु स्वागत गरे ।”
सबैको लागि औषधी
हरेक साल क्युवामा दुःख दिने लामखुट्टेबाट सर्ने डेङ्गू ज्वरो सन् १९८१ मा महामारीको रूपमा फैलियो । त्यतिबेला संसारले क्युवाको निकै उच्चस्तरको अनुसन्धान प्रतिष्ठानबारे हेक्का राखे । क्युवाको अनुसन्धान केन्द्रले अल्फा २ बी नामको औषधी पत्ता लगायो । यो औषधीले डेङ्गूको सफल उपचार हुन्छ । हेलेन याफेले भनेका छन्, “क्युवाको औषधीले आफ्नो प्रभावकारिता देखाएको छ । हेपाटाइटिस बी र सी, सिन्ग्लेस, एचआत्ी÷एड्स र डेङ्गूजस्ता भाइरल रोगको उपचारको लागि क्युवाली औषधी सुरक्षित छन् ।” बिरामीको अवस्था थप बिगार्ने र मृत्युको मुखमा धकेल्नेजस्ता जटिलता क्युवाली औषधीले निम्त्याउँदैन । यो औषधीको प्रभावकारिता दशकौँसम्म कायम रह्यो । सन् २०२० मा आएर त्यो औषधी कोभिड–१९ को उपचारको लागि समेत उपयोगी सिद्ध भयो । अहिले क्युवाले विभिन्न थरी औषधी उत्पादन गरी अरू देशमा बाँड्न व्यग्रता देखाइरहेको छ ।
क्युवाले चीन, भेनेजुयला र ब्राजिलजस्ता देशसँग मिलेर औषधी विकास गर्न खोजिरहेको छ । ब्राजिलसँगको सहकार्यमा क्युवाले सस्तोमा मेनेनजाइटिसको औषधी पत्ता लगायो । यसभन्दा अगाडि एक डोजको १५ देखि २० डलर पर्ने औषधी अब ९५ सेन्टमा आउने भएको छ । क्युवाले आफूले जानेको औषधी बनाउने प्रविधि अरू देशलाई पनि दिने गरेको छ । यसो गर्दा ती गरिब देशहरूको धनी देशप्रतिको निर्भरता स्वतः घट्नेछ ।
रोगको प्रभावकारी तरिकाबाट सामना गर्न तीन लक्ष्यको औषधीको खाँचो पर्दछ ः सङ्क्रमित हो–होइन भनी टुङ्गो लगाउन, समस्याको समाधान गर्न उपचारको लागि र सङ्क्रमणबाट जोगाउन खोपको लागि । पोलिमरेज चेन रियाक्सन परीक्षण प्रविधि (पीसीआर) उपलब्ध भएलगत्तै क्युवामा कोरोनाको व्यापक परीक्षण गरियो । कोरोनाविरुद्ध लड्न क्युवाले इन्टरफेरोन अल्फा २ बी (प्रोटिनको पुनः सम्मिश्रण) र प्रिभेनहोभिर (होमियोप्याथी औषधी) को विकास गरेको छ । मार्च २७ मा टेलिसुरले सार्वजनिक गरेको समाचारअनुसार ४५ भन्दा बढी देशले क्युवाको इन्टरफेरोन औषधी मागेका छन् ।

इटालीमा कोरोना भाइरसविरुद्धको लडाइँमा सहभागी क्युवाली स्वास्थ्यकर्मीहरू क्युवाली क्रान्तिका नेता फिडेल क्यास्ट्रोको तस्वीरसहित । तस्वीरःएपी


क्युवाको आनुवंशिक इन्जिनियरिङ र जैविक प्रविधि केन्द्र कोभिड–१९ विरूद्धको खोप विकास गर्न लागिपरेका छन् । सो केन्द्रका निर्देशक जैविक चिकित्साका अनुसन्धानकर्ता डा. गेरार्डो ग्युलिनले चीनको हुनान प्रान्तको योङचाओका चिनियाँ अनुसन्धानकर्ताहरूको सहकार्यमा क्युवाले कोभिड–१९ को खोपबारे अनुसन्धान गरिरहेको बताए । सो औषधीले कोभिड–१९ विरूद्ध प्रतिरोध क्षमता विकास गर्ने बताइएको छ । कोभिड–१९ नाकबाट सङ्क्रमण हुने भएकोले त्यो औषधी नाकबाट शरीरभित्र पठाइने बताइएको छ । क्युवाले गरेको अनुसन्धानबाट जे नतिजा आए पनि उसले अरू देशलाई सस्तो मूल्यमा प्रदान गर्नेछ । संरा अमेरिकाको औषधी जस्तो करदातालाई मात्र क्युवाली औषधी उपलब्ध हुनेछैन । संरा अमेरिकाले निजी औषधी कम्पनीको नाफा बढाउने गरी निर्णय गर्ने गरेको छ ।
आफूसँग भएको बाँड्न नजान्ने देशहरू ः
युवाको ऐक्यबद्धताको व्यवहारले अरू देशको स्वास्थ्य प्रणालीका कमी–कमजोरी उजागर भएको छ । भेनेजुयला, ब्राजिल र अन्य देशका चिकित्सक सङ्गठनहरू क्युवाली चिकित्सकहरूको विरोध गर्छन् । तर, ती देशका चिकित्सकहरू उनीहरूकै देशका दुर्गम क्षेत्र, विकट ग्रामीण भेग र गरिब जनताको घरदैलोमा गधा वा डुङ्गामा बसेर जाने गर्दैनन्, जसरी क्युवाली चिकित्सकहरू जाने गर्छन् ।
सन् २०१० मा पेरूको भ्रमण गर्दा म पिस्को पोलिक्लिनिकमा पुगेको थिएँ । त्यहाँका क्युवाली निर्देशक लिओपोल्डो गार्सिया मेजियसले तत्कालीन राष्ट्रपति एलन गार्सियाले थप क्युवाली पेरूमा नआऊन् भनी चाहेको र त्यसकारण आपूmहरू चुप लाग्नुपरेको बताएका थिए । क्युवालीहरूलाई आफ्नो चिकित्सकीय मिसन जारी राख्न त्यो देशको राजनीतिक अवस्थाअनुकूल हुनुपर्ने कुरा थाहा छ ।
राजनीतिक नेतृत्वमा जतिसुकै तलमाथि भएपनि क्युवाली चिकित्सकलाई निरन्तर सेवामा लगाइरहेको अपवाद देश हो, होन्डुरस । होन्डुरसमा क्युवाली चिकित्सकहरू सन् १९९८ देखि जान थालेका हुन् । क्युवाली चिकित्सकहरू होन्डुरसमा गएको सुरूको अठार महिनामा त्यहाँको शिशु मृत्युदर प्रति एकहजार जीवित जन्ममा ८०.३ बाट ३०.९ मा झरेको थियो । त्यहाँको राजनीतिक परिस्थिति परिवर्तन भयो । सन् २००५ मा होन्डुरसका स्वास्थ्यमन्त्री मर्लिन फर्नान्डेजले क्युवाली चिकित्सकहरूलाई देश निकाला गरे । उनको सो निर्णयको व्यापक विरोध भयो र केही समयमा सरकार नै ढल्यो । क्युवालीहरूको त्यहाँको बसाइ चालु रह्यो ।
क्याटरिना आँधीपछि क्युवालीहरूले सहयोग गर्न संरा अमेरिकी सरकारलाई प्रस्ताव गरे । सन् २००५ मा आएको सो आँधीपछि संरा अमेरिकाको न्यु ओर्लन्समा सहयोगको लागि जान १ हजार ५८६ जना क्युवाली स्वास्थ्यकर्मी तम्तयार अवस्थामा थिए । तर, तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुशले सो प्रस्ताव ठाडै अस्वीकार गरे । उनले क्युवाली सहायता लिनुभन्दा आफ्नो नागरिक अकालमा मरेको हेर्न रूचाए ।
ल्याटिन अमेरिकी चिकित्सा प्रतिष्ठान (इलम) मा पढेका विद्यार्थीलाई संरा अमेरिकाले राम्रो आँखाले हेर्ने गर्दैन । तथापि, उनीहरू आफूले सिकेका कुरा आफ्नो देशमा व्यवहारमा उतार्न सक्छन् । सन् १९८८ मा संरा अमेरिकाको न्यु मेक्सिकोको अल्बुक्युरक्युका क्याथरिन हल–त्रुजिल्लाले द बर्थिङ प्रोजेक्ट युएसए स्थापना गरे । त्यो परियोजना अफ्रिकी–अमेरिकी महिलाहरूसँग सम्बन्धित थियो । शिशु जन्मेको पहिलो वर्षसम्म त्यो संस्थाले काम गर्ने गथ्र्यो । क्युवासँगको साझेदारीमा सो परियोजना सञ्चालन गरेकोमा उनी गौरव गर्थिन् । उनलाई ल्याटिन अमेरिकी चिकित्सा प्रतिष्ठानका धेरै विद्यार्थीले सहयोग गर्दै आएका थिए । उनले सन् २०१८ मा भनिन्, “इलमका विद्यार्थीको लागि यो घर जस्तै हो । इलमले सिकेका कुरालाई उनीहरू यहाँ व्यवहारमा उतार्ने गर्छन् ।”
सन् २०१७ मा क्युवाली चिकित्सक जुलियो लोपेज बेनिटेजले आफ्नो क्लिनिक सन् १९७४ मा सुधार गरिएको अनुभव सुनाउँदै पुरानो क्लिनिकमा बिरामीहरू आउने गरेको तर नयाँ क्लिनिकमा बिरामी जाने गरेको बताए । इलमबाट दीक्षित भएका अर्का डा. मिलिस्सा बार्बरले कोभिड–१९ को समयमा साउथ ब्रोन्स्कमा आफ्नो समुदायको हेरविचार गरे । उनले संरा अमेरिकामा धेरै मानिसबीच बसेर खाने एजेन्सीहरूको भरपर्ने गरेको अनुभव सुनाए । खासमा मानिसलाई सामुदायिक अवधारणाको आवश्यकता छ । त्यसको निम्ति सामाजिक परिचालकहरूको खाँचो छ । डा. बार्बरले स्थानीय विभिन्न सङ्गठनसँग मिलेर आफ्नो अवधारणाअनुसार काम गरिरहेका छन् । क्युवामा जस्तै समाजको सबभन्दा कमजोर र विपन्न समुदायको पहिचान गरेर तिनीहरूलाई मद्दत गरिरहेका छन् । ज्येष्ठ नागरिक, शिशु र बालबालिका, घरभित्रै बस्नुपर्ने मानिस, विभिन्न रोगका बिरामी र भाइरसका सम्भावित सङ्क्रमितलाई उनीहरूले विशेष प्राथमिकताका साथ मद्दत गरिरहेका छन् ।
मद्दतको आवश्यकता पर्ने मानिसको पहिचानपछि उनीहरूले त्यसको निम्ति आवश्यक सहयोग गर्छन् । जस्तै भान्छामा आवश्यक खाद्यवस्तु, पीपीई वस्त्र, औषधी र उपचार । यो अवधारणाको मूल भावना मानिस निराश भएर नआत्तिऊन् भनी घरमै गएर उसलाई सहायता गर्नु हो । तर, संरा अमेरिकी राष्ट्रिय नीति ‘सबै प्रान्त र नगरपालिकाले आफूलाई जे लागेको हो, त्यही गर्न स्वतन्त्र हुनु’ हो । केही मानिसलाई हतास हुनबाट जोगाउनु त परको कुरा, धेरैभन्दा धेरै मानिसलाई जोखिममा धकेल्नु नै अमेरिकी राष्ट्रिय नीति बनेको छ । बजार अर्थतन्त्रमा निर्भर देशले साउथ ब्रोन्स्क र क्युवाले जस्तो नीति राष्ट्रियस्तरमा लागू गर्न सक्नुपर्छ । सन् १९५१ मा चे ग्वेभाराले कल्पना गरेको समाज त्यस्तो समाज हो । कोभिड–१९ मानिसबाट मानिसमा फैलिनु दशकौँअघि चेको परिकल्पना चिकित्सकदेखि चिकित्सकसम्म फैलिएको थियो । उनीहरूको यो दृष्टिकोण यति व्यापक बनेको छ, सन् १९५९ मा क्युवाले सम्भव भएका सबै क्षेत्रमा क्रान्तिकारी चिकित्सा लागू गरेको छ । (क्युवाले आज अभ्यास गरिरहेको स्वास्थ्य प्रणालीले सबै कुराहरू मिहिनरूपमा गरेका थिएनन् ।) तथापि, उनले देखाएको दिशा पछाडि आज महादेशभरि स्वास्थ्य क्षेत्रमा सुधारका पक्षधरहरूले पछ्याएका छन् । इतिहासको निश्चित समयमा हजारौँ र लाखौँ मानिसले भविष्यको उस्तै चित्र देख्नसक्छन् । सामाजिक संरचनामा विषमता फैलिरहेको समयमा यदि उनीहरूको विचार व्यापक बने एउटा नयाँ विश्व स्थापनाको लागि त्यही क्रान्तिकारी विचार भौतिक शक्ति बन्नसक्छ ।
स्रोत ः मन्थ्ली रिभ्यु
नेपाली अनुवाद ः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *