भर्खरै :

गुँला पर्व स्थगित

भक्तपुर, २५ असार । कोरोना भाइरस रोग सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी भक्तपुर नगरमा साउन ६ गतेदेखि एक महिनासम्म सञ्चालन गरिने गुँला धर्मअन्तर्गत गुँला धलँ एवम् गुँला बाजा परिक्रमालाई यो वर्ष स्थगित गरिने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार बसेको विभिन्न गुँला बाजा समूहका सरोकारवालाहरूको बैठकले गुँला बाजा स्थगित गर्ने निर्णय गरेको हो ।
बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशभर कोरोना जोखिम बढ्दै गइरहेको र समुदाय स्तरमै कोरोना सङ्क्रमितहरू देखिएको अवस्थामा भीडभाड हुने गतिविधि नगर्न आवश्यक पहल गरिरहेको बताउनुभयो । कार्यक्रममा सहभागी गुँला बाजाका प्रतिनिधिहरूले गुँला पर्वमा भक्तपुर बाहिरबाट पनि सहभागी हुने हुँदा यसले थप जोखिम बढाउने भन्दै यस वर्ष गुँला पर्व नमनाउने विषयमा सकारात्मक रहेको बताउनुभयो । उहाँहरूले सरकारले लगाएको लकडाउनलाई पालना गर्ने पक्षमा रहेको बताउनुभयो ।
बैठकमा विश्वकर्मा गुँला बाजं खलः, साकोलान गुँला धलं, कोनेया गुँला बाजंका प्रतिनिधिहरूको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *