यक्षश्वर मन्दिर पुनःनिर्माणमा चरम लापरबाही !?
- माघ २२, २०८१
भक्तपुर, ४ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग त्रिभुवन विश्वविद्यालय संस्कृति विभागमा अध्यापनरत प्राध्यापकहरूले भनपा सभाकक्षमा भेट गर्नुभयो ।
भेटमा संस्कृति विभागमा एम.ए. एम.फिल. तथा पीएचडी तहमा भक्तपुर नगरभित्रका भनपाबाट वितरित छात्रवृत्तिबाट अध्ययन तथा शोध गरिरहेका विद्यार्थीहरूलाई भक्तपुरको मूर्त र अमूर्त सम्पदाको संरक्षण, संवद्र्धन, विकास, शोध, खोज र अनुसन्धानका लागि थप टेवा पु¥याउने उद्देश्यले सांस्कृतिक सम्पदा र पर्यटनसम्बन्धी भक्तपुर नगरपालिकाको आयोजनामा वैशाख मसान्तभित्र अन्तरक्रिया गर्ने विषयमा छलफल भयो ।
प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले इतिहास, संस्कृति, भूगोल, नेपालभाषा र राजनीतिशास्त्रमा स्नातक र उच्च शिक्षा अध्ययनरत नगरवासीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको बताउँदै छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरूले भक्तपुर नगरका कुनै न कुनै मूर्त वा अमूर्त सम्पदासम्बन्धी अनुसन्धानको जिम्मेवारी दिने गरेको प्रकाश पार्नुभयो । उहाँले हालसम्म नगरपालिकाबाट स्नातकोत्तर र विद्यावारिधि तहमा नेपाल भाषा, नेपाली इतिहास/संस्कृति तथा पुरातत्वलगायतका विषय अध्ययन गरिरहेका ८ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिसकेको जानकारी गराउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले स्थानीय चाडपर्व, रीतिरिवाज र भक्तपुरको मौलिक पहिचान बोकेको जुजु धौ, योमरी बनाउने तरिकालगायत विभिन्न जात्रा समावेश स्थानीय पाठ्यक्रम तयार गरी नगरका ९२ वटै विद्यालयहरूमा पठनपाठन भइरहेको जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त १५८ वटा सम्पदाहरू पुनःनिर्माण भइसकेको जानकारी गराउँदै हरेक वर्ष सांस्कृतिक बाजा प्रतियोगिता गर्दै आएकोमा यस वर्ष गुँला बाजा प्रतियोगिता वैशाख २२ गते हुने उहाँले बताउनुभयो ।
भेटको क्रममा त्रि.वि. संस्कृति विभागका प्रा.डा.सोमप्रसाद खतिवडाले भक्तपुर नगरपालिकाले पर्यटन क्षेत्रमा गर्दै आएको कार्यलाई त्रि.वि.को पाठ्यक्रममा पर्यटनको नमूना शहरको रूपमा पठनपाठन भइरहेको जानकारी दिनुभयो । अध्ययन अनुसन्धानको लागि भक्तपुरमा प्रशस्त ऐतिहासिक एवं पुरातात्विक ठाउँहरू भएको बताउँदै उहाँले नपाको छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरूलाई नगरभित्रकै सम्पदाहरूसँग सम्बन्धित विषयमा शोध गर्न दिँदा दुवै संस्थाको लागि सम्पत्ति हुन्छ भन्नुभयो ।
भेटमा भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, त्रि.वि.का डा. पशुपति नेउपाने, डा. तीना मानन्धरलगायतको उपस्थिति थियो ।
Leave a Reply