भर्खरै :

खलाँदेखि योसिङ्ख्य क्षेत्रमा सरसफाइ कार्यक्रम

खलाँदेखि योसिङ्ख्य क्षेत्रमा सरसफाइ कार्यक्रम

भक्तपुर, २८ चैत । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरको प्रसिद्ध बिस्का जात्राको अवसरमा खलाँदेखि योसिङ््ख्य क्षेत्रमा बुधबार सरसफाइ कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको बिस्का जात्रा प्रतिष्ठाको जात्रा रहेकोले जात्रालाई सभ्य र भव्यरूपमा मनाउनुपर्ने बताउनुभयो । उहाँले भक्तपुरलाई संसारले नजिकैबाट नियालिरहेको अवस्था भएकोले भक्तपुरको टोल टोलमा हुने जात्रा सञ्चालनमा स्थानीयहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
भनपा वडा नं. ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुरको प्रसिद्ध बिस्का जात्रामा आन्तरिक बाह्य पर्यटकहरू आउने गरेकाले आ–आफ्नो क्षेत्रबाट सरसफाइ गर्नुपर्ने कुरामा जोड दिनुभयो । जात्रा सबैको साझा हुने भएकोले भनपाले बिस्का जात्रा सञ्चालनको लागि सरोकारवालाहरूसँग विभिन्न चरणमा समन्वय गरिँदै आएको बताउनुभयो ।
सरसफाइ कार्यक्रममा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीय वडावासीहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *