भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर, ३ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतिस्पर्धात्मक भावना विकास गर्न हरेक वर्ष एक वटा बाजा प्रतियोगिता सञ्चालन गर्दै आएको जानकारी गराउँदै गुँला बाजा समूहहरू नगरमा कम हुँदै गइरहेको हुँदा यसको संरक्षण गर्ने हेतुले यस वर्ष खुला प्रतिस्पर्धा गर्न लागेको जानकारी दिनुभयो ।
भनपाको आयोजनामा भएको गुँला बाजा प्रतियोगिताका निर्णायकहरूसँगको बैठकमा बोल्दै उहाँले लोपोन्मुख बाजा र स्थानीय खेलहरूलाई जीवन्त तुल्याउन नपाले नियमितरूपमा प्रशिक्षणहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।
प्रमुख प्रजापतिले भाषा, कला, संस्कृति संरक्षण नै हाम्रो सभ्यता संरक्षण हो भन्दै नयाँ पुस्तालाई सुसंस्कृत बनाउन युवा पुस्तालाई सीप हस्तान्तरण गर्दै जानुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष एवं सांस्कृतिक बाजा प्रतियोगिता संयोजन समितिका संयोजक रवीन्द्र ज्याख्वले स्थानीय तह निर्वाचनमा गरेको प्रतिबद्धताअनुसार नगरपालिकाले विभिन्न सांस्कृतिक बाजा प्रतियोगिताहरू सञ्चालन गर्दै आएको जानकारी दिँदै यस वर्ष हुने गुँला बाजा प्रतियोगितालाई सांस्कृतिक महोत्सवको रूपमा सञ्चालन गर्नुपर्ने विचार राख्नुभयो ।
उहाँले प्रतियोगितामा सहभागी टोलीहरूले पालना गर्नुपर्ने नियमहरू, मूल्याङ्कनमा गरिने सूचकहरू र प्रतियोगितामा प्रदान गरिने पुरस्कारबारे मूल्याङ्कनकर्ताहरूलाई जानकारी गराउनुभएको थियो । बैठकमा संयोजन समितिका सदस्यहरू तथा काठमाडौँ उपत्यकाभित्रका सांस्कृतिक बाजा गुरुहरूको उपस्थिति थियो ।
Leave a Reply