भर्खरै :

डब्ल्यूएचओबाट फिर्ता हुने ट्रम्पको निर्णय ः प्यास मेटाउन विषको सेवन

संरा अमेरिकाले गएको मङ्गलबार विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को सदस्यताबाट आफू फिर्ता हुने घोषणा गरेको छ । उसको त्यो निर्णय सन् २०२१ को जुलाई ६ बाट कार्यान्वयनमा आउनेछ । डब्ल्यूएचओले ‘चीनलाई जिम्मेवार बनाउन नसकेको’ भन्दै संरा अमेरिकाले यस्तो अनपेक्षित निर्णय गरेको हो । संरा अमेरिकाको निर्वाचन राजनीति र दलगत स्वार्थले त्यहाँको विदेश नीतिलाई यति सा¥हो नराम्रो प्रभाव पार्नु टीठलाग्दो छ ।
संसारभर कोभिड–१९ को महामारीविरूद्ध चालु लडाइँमा संरा अमेरिकी सहकार्यको अत्यन्त आवश्यकता छ । मङ्गलबारको उसको निर्णय अहिलेको समयको मागविपरीत छ । तर, उसले आफ्नो उक्त निर्णयको उच्च नैतिक आधार भएको दाबी गरेको छ । वाशिङ्टनले सार्वजनिकरूपमै डब्ल्यूएचओलाई चीनको ‘कठपुतली’ भन्दै बदनाम गर्दै आएको छ । उसको भनाइमा यस्तो परिस्थितिमा डब्ल्यूएचओको सदस्य बनिरहनु अमेरिकी करदाताको पैसा खेर पठाउनु हो । यस्तो नाटकले आगामी निर्वाचनमा विजयी हुन वर्तमान सरकारलाई मद्दत गर्ने विश्वास गरिएको छ । संरा अमेरिकाको राजनीतिक प्रणाली निकै बुढो भइसकेको छ । उसलाई विस्मृतिको रोगले समेत सताउन थालेको छ ।
महिनौँदेखि कोरोना भाइरसको महामारी संसारभर फैलिएको छ । सबै देशहरू आ–आफ्नो परिस्थितिअनुसार भाइरसविरुद्ध लडिरहेका छन् । तर, वासिङ्टनले मात्र चीन र डब्ल्यूएचओलाई भाइरसको प्रतिरोधमा विफल भएको जथाभावी दोषारोपण गरिरहेको छ । संरा अमेरिकी सरकार आफूले भने ‘उत्कृष्ट काम’ गरिरहेको दाबी गरिरहेको छ ।
ठीक र बेठीकबीच यसरी अलमल्याउने काम संरा अमेरिकामा भइरहन्छ । त्यहाँका धेरै जनता यस्तो गोलमटोलमा अलमलिन्छन् । यसबाट संरा अमेरिकी राजनीति र विचार निर्माणलाई कसरी बङ्ग्याइन्छ भन्ने कुरा प्रस्ट हुन्छ ।
संरा अमेरिकामा आज महामारीको अवस्था नियन्त्रणभन्दा बाहिर पुग्दै छ । चीनमा भने सङ्क्रमणको सङ्ख्या दिनानुदिन घटिरहेको छ । वासिङ्टनलाई सङ्क्रमणको गति रोक्न हम्मेहम्मे भएको छ । यो असफलता छोप्न डब्ल्यूएचओबाट हात झिक्ने उसको अन्तिम प्रयास हुनसक्छ । त्यहाँको अवस्था निकै खराब छ । वासिङ्टन यो अवस्थाबाट चोखो जोगिन सक्दैन ।
एउटा चिनियाँ उखान छ– ‘प्यास लाग्यो भनेर विष सेवन गर्नु’ । संरा अमेरिकी सरकारको बहुलठ्ठीपनालाई आज यो उखानले व्याख्या गरेको छ ।
आजको गम्भीर अवस्थामा डब्ल्यूएचओबाट वासिङ्टन पछि हट्ने निर्णयको हामी निन्दा गर्छौँ । भाइरसविरुद्ध चालु लडाइँको समयमा सबभन्दा आवश्यक परेको बेला वासिङ्टनको कदमले विश्वमा विभाजन ल्याउनेछ ।
डब्ल्यूएचओको समन्वयात्मक भूमिकाको कारण संसारभर कोरोनाविरोधी लडाइँले कोरोनालाई केही हदसम्म रोक्न सफल भएको छ । धेरै देशमा अवस्था सुधारउन्मुख छ । तर, संरा अमेरिकाले आफ्नो सबै प्रयासमा विराम लगाएको छ । फलतः आज संरा अमेरिकामा भाइरसको सङ्क्रमण भयावह अवस्थामा पुगेको छ । महाशक्ति देश भएर पनि संरा अमेरिकाले आज अवस्थालाई उल्टाउन सकिरहेको छैन ।
अमेरिकी जनताले पनि आफ्नो सरकारलाई त्यो गलत निर्णय लिनबाट रोक्न नसकेकामा हामीलाई दुःख लागेको छ । संरा अमेरिकाको निर्णय गर्ने र आत्मालोचना प्रक्रियामा ठूलो कमजोरी छ । त्यहाँका दुई दलको राजनीतिक स्वार्थ र नेतृत्वले खुब प्रचारबाजीलाई जोड दिने गरेका छन् । अमेरिकी समाज पनि त्यही अवस्थामा अनुकूलित बनिसकेको छ । अमेरिकी समाज पनि यसैमा हो मा हो मिलाएर हिँडिरहेको छ । त्यसले अमेरिकी समाजलाई क्षति पु¥याइरहेको छ ।
ट्रम्प सरकारले आफ्नो देशलाई ‘नोबेल कोरोना भाइरससँग सहअस्तित्व’ तिर डो¥यारहेको छ । तर, हामी अमेरिकी जनतालाई भन्न चाहन्छौँ – अहिलेको निष्क्रियता भयानक छ । भाइरसबारे मानिसको बुझाइ निकै सीमित छ । तर, यो भाइरस तीव्र गतिमा सङ्क्रामक भएको कुरा भने पुष्टि भइसकेको छ । सामान्य रुघाखोकीको तुलनामा कोभिड–१९ मा मृत्युदर धेरै बढी छ । यदि संरा अमेरिका अहिलेकै अवस्थामा कायम रहे, त्यहाँको मृत्युदर अझ बढ्नेछ । त्यसकारण, भाइरसको सङ्क्रमण रोक्न र अर्थतन्त्रमा त्यसले पार्न सक्ने असरको प्रतिरोध गर्न दीर्घकालीन योजना बनाउनुको विकल्प छैन ।
महामारीले अमेरिकी जनता र स्वास्थ्यमा पारेको प्रभावले अमेरिकी जनताको होस खुल्नेमा हामी आशा गर्छौैँ । जीवन र जनताको स्वास्थ्य नै सबभन्दा प्रमुख विषय हो भन्ने कुरा संरा अमेरिकी राजनीतिमा पुनः स्थापित हुनेछ ।
विभिन्न अन्तर्राष्ट्रिय सङ्गठन र सन्धिबाट संरा अमेरिकाले हात झिकेको मध्ये डब्ल्यूएचओको सदस्यताबाट फिर्ता हुनु सबभन्दा खराब निर्णय हो । मानव समुदायको साझा कल्याणलाई धोका दिनबाट वासिङ्टनलाई संसारले रोक्न जरुरी छ ।
स्रोत ः ग्लोबल टाइम्स
नेपाली अनुवाद ः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *