भर्खरै :

का. हो चि मिन्ह, अफ्रिका र उपनिवेशवादविरोधी सङ्घर्ष

साम्राज्यवाद तथा उपनिवेशवादविरोधी ऐतिहासिक सङ्घर्षले आजको विश्वलाई मार्गनिर्देश गर्दै छ । ती सङ्घर्र्ष र बलिदानको इतिहास कहिल्यै पुरानो हुने छैन । साम्राज्यवाद अझ आक्रामक बनिरहेको यो युगमा इतिहासको गहन अध्ययन आवश्यक छ । उपनिवेशवादविरुद्ध भियतनाम र भियतनामी जनताले बहादुरीपूर्वक लडेको एउटा कालखण्डबारे इतिहासमा सुनौलो अक्षरले लेखिएको छ । एसिया, ल्याटिन अमेरिका, अफ्रिकालगायतका देशहरूमा उठेका साम्राज्यवादविरोधी आन्दोलन, समाजवादी क्रान्ति तथा क्रान्तिकारी नेतृत्वबारे चर्चा परिचर्चा पुनः सुरु हुँदै छ । पुस्तक ‘हो चि मिन्ह र अफ्रिका’ साम्राज्यवाद तथा उपनिवेशवादविरोधी सङ्घर्र्षको एउटा कालखण्ड उजिल्याउने पुस्तक हो । विदेशी भाषा प्रकाशन गृह, हनोइले सन् १९८० मा प्रकाशन गरेको यस पुस्तकले पाठकहरूलाई सन् १९२० तिरको एसिया महादेशको एउटा मुलुक भियतनाम र अफ्रिकी महादेशमा पु¥याउँछ । साम्राज्यवादविरुद्ध एक माक्र्सवादी र लेनिनवादी भई अन्तिम दमसम्म लड्नुभएका नेता का. हो चि मिन्हको छोटो जीवन परिचय प्रस्तुत गर्ने यस पुस्तक अत्यन्त पठनीय छ । कामदारवर्गको सेवामा समर्पित भई, सङ्घर्र्षको मैदानमा निरन्तर लडिरहने का. हो सरल तर गम्भीर अन्तर्राष्ट्रवादी नेताका रूपमा विश्वविख्यात हुनुहुन्छ ।
भियतनामी जनतालाई फ्रान्सेली उपनिवेशवादबाट मुक्त गर्ने बाटोको खोजीमा का. होले फ्रान्स, युरोपेली देशहरू, पोर्चुगल, अल्जेरिया, ट्युनिसिया र थुप्रै अफ्रिकी देशहरूको भ्रमण गर्नुभयो । बेलायत र अमेरिका नियाल्नुभयो । उहाँ जहाँजहाँ जानुभयो कामदार जनताको माझमा रहनुभयो । जनताको आँसु, पीडा, बेदना बुभ्mनुभयो । ती जनतामाथि शासकवर्गको शोषण, अन्याय, अत्याचार महसुस गर्नुभयो । फ्रान्स, बेलायतले उपनिवेश बनाएका देशमा आदिवासीहरूको अवस्था नजिकबाट अध्ययन गर्नुभयो । शासक देशहरूमै पनि कामदार जनताको अत्यन्त नाजुक र दरिद्र अवस्था पढ्नुभयो । एउटा देश मात्र होइन विश्वमै उपनिवेशवादबाट मुक्त हुन कामदार जनता एक हुनुपर्ने विचार प्रवाह गर्नुभयो ।
यस पुस्तकमा विशेषतः का. होले देख्नुभएको र अनुभव गर्नुभएकोे अफ्रिका र अफ्रिकी तथा एसियाली जनताले चिनेका हो चि मिन्हको व्यक्तित्वबारे चर्चा गरिएको छ । उपनिवेशवादी देशहरूले आप्mना उपनिवेशहरूमा लुटपाट गरी समृद्धिको होहल्ला गरे । इतिहासमा धनी कहलिएका प्रायः देशहरू बेलायत, फ्रान्स, बेल्जियम, जापान लगायतका देशहरू उपनिवेशको पथमा हिँडेको स्पष्ट छ । उपनिवेशहरूलाई तिनले एकातिर आप्mनो उद्योग व्यवसायका निम्ति कच्चा पदार्थको स्रोत बनाए भने अर्कोतिर त्यहाँका आदिवासी जनतालाई सस्तो मानव श्रमशक्ति र साम्राज्यवाद जोगाउन उपयोग गरे । अफ्रिकी जनताको रगत पसिनाबाट संरा अमेरिका मोटाएको यथार्थ कसैबाट लुकेको छैन । पहिला फ्रान्स र पछि अमेरिकी उपनिवेशको जालोमा परेका अफ्रिकी जनताले अत्यन्त कष्टसाध्य जीवन बाँचेको, दासतुल्य भएर बाँचेको कालखण्ड पुस्तकले उजागर गर्दछ । का. हो चि मिन्ह अफ्रिकी जनतामाथि उपनिवेशवादी देशहरूको अमानवीय र विभत्स ज्यादतीको प्रत्यक्षदर्शी बन्नुभयो । लेनिनको पथमा हिँड्नुभएका का. होले उपनिवेशवादविरोधी आन्दोलनलाई समाजवादी क्रान्तिसँग जोड्नुपर्ने र समाजवादले नै मात्र देश र जनतालाई साँचो अर्थमा स्वतन्त्रता र मुक्ति दिलाउने विचार राख्नुहुन्थ्यो । त्यसकारण, उहाँले देशको स्वतन्त्रता आन्दोलनसँगै अन्तर्राष्ट्रिय कामदार वर्गीय आन्दोलनमा जोड दिनुभयो । हजारौँ हजार निर्दोष जनतालाई एकै साथ संहार गर्ने उपनिवेशवादी तथा साम्राज्यवादी शासकहरूको नीतिविरुद्ध उत्रनुभयो । विश्व पुँजीवाद मानिसको व्यापारी भएको स्पष्ट अवधारणा राख्नुहुँदै का. होले उपनिवेश देशहरूका जनतालाई दास सरह सिक्रीले बाँधेर किनबेच गर्ने निर्दयी साम्राज्यवादी व्यवस्थाविरुद्ध जहाँ गएपनि आवाज उठाउनुभयो ।
प्रथम विश्वयुद्धपश्चात् पेरिसको भर्सिलिजमा भएको शान्ति सम्मेलन पनि साम्राज्यवादीहरूको शक्ति सुगठनको अभ्यास थियो । विश्वयुद्धमा हारेका जर्मनी, अस्ट्रिया, हङ्गेरी, टर्की र इटलीलाई शान्ति सम्झौतामा हस्ताक्षर गराउन आयोजना गरिएको उक्त सम्मेलनमा का. होले पनि भाग लिनुभएको थियो । सो शान्ति सम्मेलन युद्ध जितेका देशहरूविरुद्ध अन्य गठबन्धन नबनोस् भन्ने हेतुले बोलाइएको थियो । संरा अमेरिकी राष्ट्रपति विल्सनले राष्ट्रिय आत्मनिर्णयको विषय उत्थान गरेपनि सो विषय साम्राज्यवादी देशको शासनमा औपनिवेशिक जनतालाई फकाउन र बहुमत देशहरूको साथ प्राप्त गर्ने उद्देश्य थियो । त्यति मात्र होइन रुसको समाजवाद ढाल्ने र भियतनामसहित एसियाली, अफ्रिकी र ल्याटिन अमेरिकी देशहरूमा समाजवादी आन्दोलन कमजोर बनाउने उद्देश्य निहित थियो । समयक्रमले त्यो सत्य प्रमाणित पनि ग¥यो । का. होले सो सम्मेलनमा उपनिवेशवादविरुद्ध स्वतन्त्रता र मुक्तिको पक्षमा धारणा राख्नुभयो । विशेषतः भियतनामी जनताको हितमा ८ बुँदे प्रस्ताव राख्नुभएको थियो । का. होले विल्सनको १४ बुँदे दस्तावेजलाई ठूलो छलको संज्ञा दिनुभयो । उहाँले जोड दिनुभयो – “सर्वहारावर्गको मुक्ति नै राष्ट्रिय मुक्तिका निम्ति आवश्यक अवस्था हो । यी दुई अवस्थाले साम्यवाद र विश्व क्रान्तिका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ ।”
का. होले पेरिसमा अन्तर उपनिवेश सङ्घ खडा गरी फ्रान्सेली उपनिवेशहरू र फ्रान्सेली कामदारवर्गबीच सशक्त ऐक्यबद्धता आदानप्रदानमा योगदान पु¥याउनुभयो । का. होले विकसित र सभ्य भनिएका देशहरूको त्रूmरता, अमानवीय व्यवहार र आन्तरिक समस्याहरूलाई केलाउनुभयो । हिन्द–चीन र अफ्रिकामा फ्रान्सेली ‘सभ्यता अभियान’ (civilizing mission) लाई उहाँले ‘हत्याको इन्टरप्राइजेज अर्थात् उद्योग’ (enterprises of murder) को संज्ञा दिनुभयो । आप्mनो आर्थिक, राजनीतिक र धार्मिक स्वार्थका निम्ति उपनिवेशहरूका जनतामाथि निर्मम व्यवहार गर्नुलाई सभ्यता भनिन्न । पुस्तकमा विभिन्न अमानवीय घटनाबारे उल्लेख गरिएको छ । तीमध्ये एउटा घटना यहाँ प्रस्तुत छ – “एक फ्रान्सेली प्रशासकले बिनाकारण एक अफ्रिकी निग्रो महिलाको जनेन्द्रीयमा उम्लेको रबर खन्यायो । त्यसपछि महिलाको टाउकोमा ठूलो ढुङ्गा बोक्न लगाई अत्यन्त टन्टलापुर घाममा हिँड्न लगाइयो । निग्रो महिलाले प्राण नत्यागेसम्म हिँड्न लगाइयो ।” के यो असभ्यताको पराकाष्ठा होइन र ? के यो बर्बरताको पराकाष्ठा होइन र ? पुस्तकमा यी प्रश्नहरू उठाइएका छन् । फ्रान्सेली प्रशासकले सभ्यता, शान्तिको कुरा गर्दै व्यवहारमा जङ्गली र हिंस्रक आचरण देखाएकै कारण का. होले वास्तविकता सतहमा ल्याउनुभयो ।
फ्रान्सेली उपनिवेशवादीहरूले समानता र भ्रातृत्वको नारा दिएर चरम असमानता र विभेद हुर्काए । थुप्रै तथ्य र घटनाक्रम पुस्तकभित्र छन् । अफ्रिकी जनतामाथिको जातीय विभेद र रङ्गभेदबारे चर्चा छ । रोग, भोकले थला परेको अफ्रिकाबाट फ्रान्सेली उपनिवेशवादीले प्राकृतिक स्रोतको दोहन, श्रमशक्तिको आपूर्तीसँगै हरेक क्षेत्रमा लुटपाट मच्चायो । उपनिवेशवादीहरूले आदिवासी जनताको रगत र पसिनामा चरम शोषण गरे । आदिवासी जनतालाई आर्थिक उपार्जनसँगै सैन्यशक्तिमा पनि प्रयोग गरे । फ्रान्सले आपूmलाई सैन्यवादविरोधी बताउँछ तर तत्कालीन समयमा फ्रान्सले वार्षिक बजेटको ठूलो भाग सैन्य क्षेत्र, हातहतियारमा विनियोजन गथ्र्यो । शिक्षा र स्वास्थ्यको क्षेत्रमा अत्यन्त न्यून बजेट खर्च गथ्र्यो । एक समय यस्तो पनि आयो कि फ्रान्सको प्रभुत्व या साम्राज्य उपनिवेश देशहरूको जगमा उभियो । हुँदाहुँदा सेना पनि अफ्रिका, एसिया र अन्य देशहरूबाट राखियो । प्रतिक्रान्तिकारी सैन्य दलहरू बनाइए ।
फ्रान्सेली साम्राज्यवाद कुन हदसम्म निकृष्ट बने भन्ने दृष्टान्तहरू प्रस्तुत छन् । सभ्यता र मानवीयताको रक्षार्थ लडेका अफ्रिकी काला जातिका जनताको नरसंहार गरियो । त्यतिमात्र होइन टुनिसियको भूभागमा शरण खोज्दै आएका लिवियाको ट्रिपोलितानीयाली क्षेत्रका वृद्ध, युवा, महिला, बालबालिकाहरूमाथि इटालियाली उपनिवेशको पक्ष लिई फ्रान्सेली बन्दुकधारीहरूले रोकेर अमानवीय दुव्र्यवहार गरे । ती ट्रिपोलितानीयाली जनतालाई दुई, विकल्प दिइएको थियो । एक, फ्रान्सेली शासकबाट नरसंहार र दुई सहारा मरुभूमिमा गई भोक र प्यासबाट मर्ने । तिनीहरूले तेस्रो विकल्प रोजे, आपूm उभिएको जमिनमा लडेर बिस्तारै माटोमा विलिन हुने । दिन बित्दै गयो, पहिलो चरणमा तिनीहरूको आत्मा मारियो । बच्चाहरूले खङ्ग्रग सुकिसकेको आमाको दूध चुस्दा चुस्दै प्राण त्यागे । महिला र वृद्धहरूको शरीरमा हड्डीबाहेक केही बाँकी थिएन । युवाको शरीरमा जीवनको कुनै सङ्केत देखिएन । यसरी फ्रान्सेली साम्राज्यवादले अक्षम्य अपराध गर्न पटक्कै नहिच्किचाएको उदाहरण थुप्रै छन् । सभ्यताको हत्या गरेका कयौँ दृष्टान्त छन् ।
सन् १८२४ तिरको कुरा हो, अफ्रिकी दासहरू व्यापारका निम्ति लगिइँदै थिए । पानीजहाजमा अफ्रिकी दासहरूको सङ्ख्या धेरै थियो । सानो सङ्ख्यामा दासहरू ल्याउन दासव्यापारीहरूलाई खबर भएपछि काला जातिका अफ्रिकीहरूलाई जहाजको छेऊमा उभ्याई दुई ठूला तोपहरूले प्रहार गरी मारियो । त्योभन्दा अगाडि जहाज गह«ुँङ्गो भई डुब्न लाग्दा हब्सी दासहरूलाई समुद्रमा खसालेर मारियो । अफ्रिकामा दासहरूलाई कुकुरलाई घाँटीमा सिक्रीले बाँधेझैँ खुट्टा र पाखुरामा बाँधेर सासना दिइन्थ्यो । २०–३० जनालाई एउटै सिक्रीले बाँधिन्थ्यो । ती एउटै सिक्रीले बाँधिएका अफ्रिकीहरूले खान र दिसापिसाब गर्न एउटै साँघुरो कोठामा बसी दुःखकष्ट भोग्न पथ्र्यो । विभिन्न रोगहरूको सिकार बन्नुपथ्र्यो । दासहरूलाई मासु तौलेर बेचेभैmँ बेचिन्थ्यो । गिनीको पोर्चुगल कम्पनीले ११ हजार टन काला जातिका दासहरू निर्यात गर्ने सम्झौता गरेको घटनाको स्मरण पुस्तकमा गरिएको छ । त्यो समयमा करिब १ करोड ५० लाख काला जातिका अफ्रिकीहरूलाई अमेरिकामा निर्यात गरिएको थियो । बाटोमा ३० लाख मरे या समुद्रमा डुबाइए । त्यो खालको दास व्यापार सन् १८५० तिर समाप्त भयो तर नयाँ खालको दास व्यवस्था अर्थात् उपनिवेशवाद सुरु भयो । उपनिवेशवादीहरू पनि दासमालिक जतिकै निर्मम र अमानवीय थिए । आदिवासी जनतालाई चोरीको आरोप लगाउने, मट्टितेल छर्केर जिउँदै जलाउने, मजदुरहरूका हातखुट्टा काट्ने जस्ता अपराधमा उपनिवेशवादीहरू रमाउँथे । एकपटक अरबको मरुभूमिमा तीसजना अल्जेरियाली आदिवासीलाई जमिनमा तीस ओटा खाल्डो खनी नाङ्गै तातो माटोले पुरेको घटना मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । ती तीसजना मानिसलाई घाँटीसम्म माटोले पुरियो । एकैचोटी नमरून् भनेर टाउको चर्को घाममा राखियो । समय – समयमा पानी खन्याइयो । आधा घण्टामा अनुहार डढिसकेको थियो । कति असह्य पीडा भएको होला ? यसरी अत्यन्त त्रूmर यातना दिएर मारिन्थ्यो ।
उपनिवेश देशहरूमा साम्राज्यवादीहरूले माग गरेको सामान उत्पादन हुन सकेन भने तिनलाई सजाय दिइन्थ्यो । एकपटक बान्गी जाति गुणस्तरीय रबर प्रदान गर्न असमर्थ भए । तत्काल शासकहरूले ५८ कामदार महिला १० बालबालिकालाई कारागारमा थुने । तिनीहरूलाई हावा, प्रकाश, खाना र पानीबाट वञ्चित गरियो । तीन हप्ता त्यसरी कैद गरिइँदा अधिकांश बन्दी कारागारभित्रै मरे । अफ्रिकामा उपनिवेशवादीहरूले हजारौँ हजार अफ्रिकी जनता र प्रगतिशील दस्ताको नरसंहारका घटना उल्लेख गरी साध्य छैन । युरोप र पश्चिमको इतिहास र उपनिवेशवादकै इतिहास सुरुदेखि अन्तसम्मै आदिवासीहरूको रगतले भिजेको छ ।
का. हो चि मिन्हले अफ्रिकामा उपनिवेशवादविरुद्ध स्वतन्त्रताका निम्ति आवाज दिनुभयो । अफ्रिकी न्यायप्रेमी जनता भियतनामी क्रान्तिबाट प्रभावित पनि थिए । उत्तर अफ्रिकामा किसानहरूको अवस्थाबारे मिहिन अध्ययन पुस्तकमा छ । आदिवासी किसानको भूमिमा उपनिवेशवादीहरूको कब्जादेखि अफ्रिकी किसानहरूको फसल खाने काम निरन्तर चल्यो । त्यही कारण उत्तर अफ्रिकामा भोकमरी सुरु भयो । गरिबी, भोकमरी, अभावको कुचक्रले जनता प्रताडित बने । हिन्द–चीनमा भियतनामी जनतामाथि जसरी दमन गरिएको थियो त्यसरी नै कङ्गोमा काला जाति र उत्तर अफ्रिकी आदिवासीमाथि दमन हुन्थ्यो । उत्तर अफ्रिकी किसानहरूले डरलाग्दो जङ्गलमा राती गार्ड बस्नुपर्ने, सलह नष्ट गर्नुपर्ने, खेती रेखदेख गर्नुपर्ने हुन्थ्यो । सारमा भन्ने हो भने अफ्रिकी मजदुर–किसानले उपनिवेशवादीहरूको सुख, समृद्धिका निम्ति आप्mनो हाडछाला घोट्नुपथ्र्यो । आर्थिक उपार्जनको प्रमुख स्रोत आदिवासी जनता नै थिए ।
पुस्तकमा कम्युनिस्ट अन्तर्राष्ट्रियको पाँचौँ सम्मेलनमा उठेका राष्ट्रिय तथा औपनिवेशिक सवालहरूमा तयार पारिएको प्रतिवेदन सङ्कलित छ । साथै, सन् १९२५ को समयमा फ्रान्सेली उपनिवेशको विषयमा लेखिएका निबन्धहरू छापिएका छन् ।
अफ्रिका र एसियाली मुलुकहरूमा उपनिवेशवादको इतिहास अन्याय र त्रूmरताको इतिहास हो । हत्या हिंसा, नरसंहार, लुटपाट, बलात्कार, डकैतीको इतिहास हो । फ्रान्ससँगै करिब ४० कम्पनीहरूले अफ्रिकी महादेशमा उपनिवेश लादेको इतिहास पीडादायक छ । आप्mनो देशमा आपैmँ पराइ हुनुपर्दाको पीडा औपनिवेशिक जनतालाई थाहा हुन्छ । आप्mनै माटोमा बिनाकारण शत्रुको ज्यादती सहनुपर्दाको बेदना अफ्रिकी जनतालाई थाहा छ । आजपनि अफ्रिकी जनता संरा अमेरिकी साम्राज्यवादको जाँतोमा पिल्सिएका छन् । आर्थिक सहायता र अनुदानको नाममा संरा अमेरिकाले अफ्रिकी मुलुकहरूलाई आर्थिकरूपमा आत्मनिर्भर बन्न नसक्ने बनाएको छ । अफ्रिकी महादेशलाई स्वतन्त्र र मुक्त बनाउन आजपनि लेनिनको विचार आवश्यक छ । का. होे चि मिन्हको भावना जरुरी छ ।
ऐतिहासिकरूपमै महत्वपूर्ण यस पुस्तकको व्यापक चर्चा र छलफलले नयाँ पाठकहरू प्रशिक्षित जरुर हुनेछन् । नेपाली साहित्य जगतमा हो चि मिन्ह र अफ्रिकाको इतिहासबारे लेखिएका पुस्तक निकै थोरै छन् । अझ साम्राज्यवाद तथा उपनिवेशवादविरुद्ध लेखिएको यस्तो सङ्ग्रहणीय पुस्तक त खोज्नैपर्ने हुन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *