समाज सुधार माविको ५७ औँ स्थापना दिवस तथा छात्रवृति वितरण
- श्रावण ११, २०८३
ढाका, १ साउन । बङ्गलादेशको अस्पतालका सञ्चालकले सङ्कलित स्वाबको प्रयोगशालामा परीक्षण नै नगरी निगेटिभ नतिजा आएको भनी ठगी गरेपछि प्रहरीले गिरफ्तार गरेको छ । उनले आफ्ना दुई वटा क्लिनिकमा हजारौँ मानिसको परीक्षणको लागि स्वाब सङ्कलन गरी तिनको परीक्षण नगरी कोभिड–१९ निगेटिभ आएको भनी झूटा रिपोर्ट दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । ४२ वर्षका मोहम्मद शाहेदलाई प्रहरीले नौ दिनको खोजी पछि बुधबार पक्राउ गरेको थियो । पक्राउ गर्दा उनी बुर्का लगाएर भारततिर भाग्न ठिक्क परेका थिए । बङ्गलादेशमा यस्ता ठगी धन्दा सञ्चालन गर्ने अरू पनि केहीलाई प्रहरीले पक्राउ गरेको छ ।
विज्ञहरूले कोभिड–१९ सम्बन्धी यस्ता झूटा रिपोर्टले महामारी नियन्त्रणमा कठिनाइ बढिरहेको बताएका छन् । यस्ता घटना क्रमशः बाहिरिएपछि बङ्गलादेशमा धेरै मानिसले आफूले परीक्षण गराएको कोभिड–१९ को परीक्षण रिपोर्टको विश्वसनीयतामाथि शङ्का गर्न थालेका छन् ।
पक्राउ परेका मोहम्मद शाहेदको अस्पतालमा दस हजार ५ सय वटा परीक्षण गरिएकोमा ४ हजार २ सय स्वाबको प्रयोगशालामा परीक्षण गरिएको र बाँकी ६ हजार ३ सय वटाको परीक्षण नै नगरी रिपोर्ट दिएका थिए ।
उनले सरकारलाई आफ्नो अस्पतालमा स्वाब परीक्षणको कुनै शुल्क नउठाउने वचन दिए पनि परीक्षणवापत शुल्क पनि उठाउने गरेको प्रहरीले जनाएको छ ।
ढाकामै एक जना नाम चलेका चिकित्सक र उनका श्रीमानलाई पनि झूटा रिपोर्ट दिएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
ढाकाबाट गएका धेरै यात्रुको कोभिड–१९ परीक्षणको क्रममा पोजेटिभ नतिजा आएपछि इटालीले गत साता ढाकाबाट रोम जाने विमानको उडान स्थगित गरेको थियो । निगेटिभ रिपोर्ट बोकेका बङ्गलादेशीमध्ये केहीको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि इटालीका अधिकारीहरू सजग बनेका थिए । इटालीमा एक लाखभन्दा बढी बङ्गलादेशीहरूको बसोबास छ ।
ठगीका पछिल्ला घटनाले विदेशमा कामको लागि फर्किन खोजिरहेका बङ्गलादेशी मजदुरलाई ठुलो असर पार्ने अधिकारकर्मीहरूले बताएका छन् ।
बङ्गलादेशमा वैदेशिक श्रममा फर्किने मजदुरहरूलाई सहज होस् भनी कोभिड–१९ को परीक्षण गर्ने अधिकार स्थानीय प्रयोगशालाहरूलाई पनि सरकारले दिएको छ ।
Leave a Reply