तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १ साउन । भ्रष्टाचारविरोधी आन्दोलनको सन्दर्भ पारेर भक्तपुर नगरपालिका वडा नं. १ वडा कार्यालयको आयोजनामा ‘सोलिडारिटी’ बारे बिहीबार अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले बहुदलीय व्यवस्था पुनःस्थापनालगत्तै सरकारमा गएको नेपाली काङ्ग्रेस भ्रष्टाचारमा लागेजस्तै एमाले र माओवादीले पनि नेकाकै बाटो पछ्याइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “निर्वाचनमा पैसा र सामान बाँडेका, भोज खुवाएका, गुण्डागर्दी गरेका पार्टीहरूले सरकारमा गएर देश र जनताको हितमा काम गर्दैनन् । सङ्घ, प्रदेश र स्थानीय तहका ६० प्रतिशत जनप्रतिनिधि कारोबारी भएको समाचार छ । सरकारमा गएका पार्टीहरूले कार्यकर्ताहरूलाई पुँजीवादी क्रान्ति गर्ने बताउनुको परिणाम हो यो । पुँजीवादी व्यवस्थामा सरकारमा जाने नेता र कार्यकर्ताहरू राज्य कोष लुछाचुँडी गर्छन् । नेपालमा अहिले यस्तै भइरहेको छ ।”
सशस्त्र द्वन्द्वपछि शान्ति प्रक्रियामा आएका माओवादीका प्रम बाबुराम भट्टराईले अमेरिकी नेतृत्वको सैन्य गठबन्धन (एमसीसी सम्झौता) को सुरूआत गरेको चर्चा गर्दै सांसद सुवालले भन्नुभयो, “त्यो सम्झौतालाई अहिलेको ओली सरकारले संसद्बाट पारित गराउन खोज्दै छ । अमेरिकाले एमसीसी सम्झौतामार्फत भारतलाई चीनविरूद्ध उक्साउँदै छ । एसियाली देशहरूलाई आपसमा भिडाउने र अमेरिकी नेतृत्वको सैन्य गठबन्धन एमसीसी सम्झौता खारेज गराउन सम्पूर्ण नेपाली जनता आन्दोलनमा उठ्नुपर्छ ।”
“कोभिड–१९ चीनमा देखिनु धेरै अगाडि अमेरिकामा देखिएको हो । गत अक्टोबरमा चीनको उहानमा भएको सैनिक खेलकुदमा भाग लिन गएका अमेरिकीहरूले चीनमा कोभिड–१९ फैलाएका हुन् । यसलाई ढाकछोप गर्न अमेरिकाले चीनविरूद्ध ‘चिनियाँ भाइरस’ र ‘उहान भाइरस’ भनी आरोप लगाएको हो”, सचिव सुवालले भन्नुभयो ।
पार्टी र जनवर्गीय सङ्गठनका कार्यकर्ताहरूले पार्टी प्रकाशन अध्ययन गरी सांस्कृतिक स्तर उठाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले अन्तरक्रिया कार्यक्रमले अस्पष्ट विचारलाई स्पष्ट पार्न मद्दत पुग्ने भएकोले पार्टी प्रकाशनबारे कार्यकर्ता, शुभचिन्तक र सर्वसाधारण जनताबीच नियमितरूपमा अन्तरक्रिया कार्यक्रम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सांसद् गोसाईले भन्नुभयो, “आफूले हासिल गरेको ज्ञानमार्फत जनतालाई प्रशिक्षित गर्नु नै असल कार्यकर्ताको गुण हो । सैद्धान्तिक र राजनीतिकरूपमा अपरिपक्व र सङ्घर्षदेखि डराउने कार्यकर्तामा राजनीतिक विचलन आउने गर्छ ।”
कार्यक्रमका सभापति एवम् वडा अध्यक्ष श्यामकृष्ण खत्रीले नेपाल क्रान्तिकारी किसान सङ्घले २०२६ असार १९ र २०२५ साउन २ गते थालेको भ्रष्टाचारविरोधी आन्दोलनको महत्वबारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा लक्ष्मीनारायण राजलवट, सूर्यप्रसाद श्रेष्ठ, गङ्गा बमनूलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा रोजी किलम्बू, रश्मिला ध्वजू, जेविन त्वाती, नवीन ध्वजू, रकी गरू, एलिसा श्रेष्ठलगायतले ‘सोलिडारिटी’बारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
Leave a Reply