आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
चिनियाँ मानवअधिकार अध्ययन समाज (सीएसएचआरएस) को अध्ययन प्रतिवेदन (२०२० जुलाई)
गरिबीको कारण हुने तनावले संरा अमेरिकी जनताको स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको छ । अति गरिबी र मानवअधिकारबारे संयुक्त राष्ट्र सङ्घीय विशेष दूत फिलिप एल्स्टनले संरा अमेरिकाको भ्रमणपछि बुझाएको प्रतिवेदनमा संरा अमेरिका र उही तहमा विकसित देशहरूबीच स्वास्थ्य अवस्थामा खाडल बढ्दै गएको उल्लेख छ । संरा अमेरिकी नागरिकको आयु छोटो हुँदै गएको र उनीहरू विभिन्न रोगको कारण मर्ने सम्भावना बढ्दो छ । सन् २०१५ को अक्टोबर १४ मा एजेन्सी फ्रान्स प्रेस (एएफपी) नामको अन्तर्राष्ट्रिय सञ्चार प्रतिष्ठानले न्यु योर्क सहरको ब्रुकलिनको ब्राउन्सभिल्लेका बासिन्दाबीच गरेको एक अध्ययनको प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदनअनुसार सो क्षेत्रमा बस्ने ७६ प्रतिशत बासिन्दा अफ्रिकी–अमेरिकी छन् । झन्डै ४० प्रतिशत बासिन्दा गरिबीको रेखामुनि बाँच्ने गर्छन् । न्यु योर्क सहरकै आर्थिक केन्द्र मानिने म्यानहट्टन जिल्लाका बासिन्दाको तुलनामा त्यो क्षेत्रका बासिन्दालाई एचआईभी एड्स सङ्क्रमण हुने सम्भावना दोब्बरभन्दा बढी छ । म्यानहट्टनका जनताको तुलनामा त्यो क्षेत्रका बासिन्दाको औसत आयु एघार वर्षले कम भएको पाइयो । सन् २०१७ को जून १३ मा द मेडिकल न्युजको वेभसाइटले संरा अमेरिकामा १ करोड ५७ लाख मानिसमा रक्सी सेवनको लत भएको र ७७ लाख मानिस लागुऔषध दुव्र्यसनी भएको तथ्याङ्क सार्वजनिक ग¥यो । सन् २०१७ को जून ६ मा संरा अमेरिकाको केन्द्रीय तथ्याङ्क विभागको वेभसाइटमा प्रकाशित तथ्याङ्कअनुसार संरा अमेरिकी नागरिक पचास वर्षभन्दा कम उमेरमा निधन हुनुका धेरै कारणमध्ये लागुऔषधको अत्याधिक सेवन पनि प्रमुख कारण हो । सन् २०१७ को डिसेम्बरमा रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०१६ मा मात्र संरा अमेरिकामा लागुऔषधको अत्याधिक सेवनको कारण ६३ हजार ६ सत्न्दा बढी मानिसको निधन भएको थियो ।
गरिबीको कारण स्वास्थ्य बीमा गुमाएका संरा अमेरिकी नागरिक स्वास्थ्य खर्च व्यहोर्न सक्दैनन् ।
सन् २०१८ को नोभेम्बर १ देखि ११ सम्म गलअपले स्वास्थ्य र स्वास्थ्य उपचारबारे वार्षिक सर्भे गरेको थियो । सो सर्भेमा उत्तर दिने ४६ प्रतिशत उत्तरदाताले स्वास्थ्य उपचारको निम्ति आफूसँग प्रशस्त पैसा नभएको उत्तर दिएका थिए । सन् २०१८ मा संरा अमेरिकाको सहरी प्रतिष्ठानले एक अध्ययन गरेको थियो । सो अध्ययनअनुसार टेक्सास राज्यमा स्वास्थ्य बीमा गर्न नसक्ने ६५ वर्षभन्दा मुनिको जनसङ्ख्या ४७ लाख छन् । टेक्सासको कुल जनसङ्ख्याको यो १९ प्रतिशत हुन्छ । संरा अमेरिकाकै पारिवारिक उपभोक्ता अधिकार सङ्गठनले सन् २०१२ को जून २० मा सार्वजनिक गरेको प्रतिवेदनले संरा अमेरिकामा सन् २०१० मा २५ वर्षदेखि ६४ वर्षसम्मका २६ हजार १ सय मजदुरहरूले स्वास्थ्य बीमा नहुँदा जीवन गुमाएका थिए । सन् २००० को तुलनामा यो सङ्ख्या ३१ प्रतिशतले बढेको थियो । यसको अर्थ संरा अमेरिकामा स्वास्थ्य बीमाको अभाव हुँदा हरेक दिन दैनिक ७२ जना मानिसको निधन भइरहेको छ । प्रत्येक एक घण्टामा औसत तीन जना मानिसले जीवन गुमाइरहेका छन् । सन् २०१७ को नोभेम्बर १३ मा बेलायती अखबार ‘द गार्जियन’ को वेभसाइटमा प्रकाशित समाचारअनुसार स्वास्थ्य बीमा गुमाउने भयले धेरैभन्दा धेरै संरा अमेरिकी नागरिकहरू प्रतिकूलताबीच आफ्नो रोजगारी छोड्न सकिरहेका छैनन् । उनीहरूको यो अवस्थालाई अर्थशास्त्रीहरूले ‘रोजगारी बन्दी’ भन्ने गरेका छन् । सन् २०२० को अप्रिलमा ‘द एटलान्टिक’ मासिकको वेभसाइटले संरा अमेरिकामा न्यून आम्दानीका मानिसले बिरामी पर्दा सामान्यतः चिकित्सकलाई ढिलोमात्र भेट्ने गरेको लेखेको छ । बिरामीहरू निको हुन नचाहेर होइन, बरु उनीहरूसँग पैसा नभएर चिकित्सकलाई भेट्न ढिलाइ गर्छन् । कोभिड–१९ महामारीको मुखमा करोडौँ संरा अमेरिकी जनताले स्वास्थ्य बीमा नवीकरण गर्नसकेका छैनन् । त्यहाँ नोबेल कोरोना भाइरसको कारण आउने ज्वरोको सघन उपचारको लागि दसौँ हजार अमेरिकी डलर खर्च लाग्ने गर्छ । संरा अमेरिकामा ‘हुनु र नहुनु’ को प्रश्न कुनै साहित्यिक कृतिको दार्शनिक प्रश्नमात्र होइन, बरू त्यहाँको पीँधमा रहेका जनताको लागि यथार्थवादी छनोटको प्रश्न हो ।
धनी र गरिबबीचको विभाजनले औसत आयु घटाएको छ र आत्महत्या गर्नेको सङ्ख्या बढाएको छ ।
राष्ट्रिय स्वास्थ्य तथ्याङ्क केन्द्र (एनसीएचएस) ले सन् २०१६ को डिसेम्बर ८ मा जारी गरेको तथ्याङ्कअनुसार सन् २०१४ को तुलनामा संरा अमेरिकी नागरिकको औसत आयु ओरालो झरिरहेको छ । सन् २०१४ मा संरा अमेरिकी पुरुषको औसत आयु ७६.५ थियो भने सन् २०१६ मा घटेर ७६.३ पुगेको छ । त्यस्तै संरा अमेरिकी महिलाको औसत आयु सन् २०१४ मा ८१.३ थियो भने सन् २०१६ मा ८१.२ मा झरेको छ । संरा अमेरिकाको समग्र औसत आयु ७८.९ बाट ७८.८ मा झरेको छ । अर्कोतिर संरा अमेरिकामा आत्महत्या गर्नेको दर भने लगातार बढिरहेको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सन् २०१४ मा जारी गरेको तथ्याङ्कअनुसार सन् २०१३ मा संरा अमेरिकामा आत्महत्या गर्नेको सङ्ख्या ४१ हजार १४९ थियो । सन् १९९९ को तुलनामा यो सङ्ख्या झन्डै ४१ प्रतिशतले बढेको छ । संरा अमेरिकामा हरेक १३ मिनेटमा एक जना व्यक्तिले आत्महत्या गर्छ । त्यहाँ मानिसको मृत्युका दस प्रमुख कारणमध्ये आत्महत्या पनि पर्दछ । हत्याबाट हुने मानिसको मृत्युको तुलनामा आत्महत्याबाट हुने मृत्युको सङ्ख्या दोब्बरले बढी छ । सन् २०१५ को सीडीसी घातक घाइते प्रतिवेदनअनुसार संरा अमेरिकामा ९८ लाख वयस्कमा आत्महत्याको विचार आउने गर्छ । तीमध्ये २७ लाखले आत्महत्याको योजना पनि बुन्छन् । १४ लाखले त आत्महत्या प्रयास पनि गर्छन् तर ज्यान भने गएको हुँदैन ।
संरा अमेरिकामा न्यून आम्दानी भएका समूहले शिक्षामा समान अवसर पाउन सक्दैनन्
उच्च शिक्षामा धनी मानिसको सहज पहुँच हुने गरेको छ । त्यसकारण त्यहाँको उच्च शिक्षा प्रणालीमा जनताको असन्तोष बढ्दो छ । सन् २०१८ को अक्टोबर १० मा ‘द वाशिङ्टन पोस्ट’ को वेभसाइटमा एउटा समाचार छापेको थियो । त्यसमा लेखिएको छ– संरा अमेरिकामा धनी र गरिब परिवारमा हुर्केको केटाकेटीमा उस्तै तहको जानकारी र ज्ञान भए पनि धनी परिवारमा हुर्केका बालबालिका सफल हुने सम्भावना बढी हुन्छ । धनी परिवारको कम प्रतिभावान केटाकेटीभन्दा गरिब परिवारका धेरै प्रतिभावान केटाकेटीले कलेजको शैक्षिक योग्यता पाउने सम्भावना न्यून हुन्छ । ‘द न्यु योर्क टाइम्स’ को एउटा अध्ययनअनुसार एल विश्वविद्यालय, प्रिन्सटन विश्वविद्यालय र पेन्साल्भानिया विश्वविद्यालयजस्ता संरा अमेरिकाका प्रख्यात ३८ वटा विश्वविद्यालयमा संरा अमेरिकाका १ प्रतिशत धनाढ्य परिवारबाट आउने विद्यार्थीभन्दा ६० प्रतिशत गरिब परिवारबाट आउने विद्यार्थीको सङ्ख्या न्यून छ । सन् २०१८ को अक्टोबरमा गलअपले प्रकाशित गरेको एक सर्भेले संरा अमेरिकाका आधाभन्दा कम मानिसमा मात्र संरा अमेरिकी उच्च शिक्षाप्रति विश्वास रहेको देखाएको छ । संरा अमेरिकाको भ्रमणपछि अति गरिबी र मानव अधिकारबारे संयुक्त राष्ट्र सङ्घीय विशेषदूत फिलिप अल्स्टनले सन् २०१८ को मे महिनामा सार्वजनिक गरेको प्रतिवेदनमा संसारका सबै धनी देशहरूमध्ये संरा अमेरिकामा सबभन्दा न्यून अन्तर पुस्ता सामाजिक गति रहेकोमा जोड दिएका छन् । उनले अमेरिकी सपना धेरै चाँडो अमेरिकी भ्रममा बदल्ने बताए ।
संरा अमेरिकामा गरिब बालबालिका र एकल आमालाई बाँच्न निकै कठिन छ
सन् २०१७ को डिसेम्बर ११ मा बीबीसीले एउटा समाचार प्रसारण ग¥यो । सन् २०१६ को तथ्याङ्क प्रस्तुत गर्दै सो समाचारमा संरा अमेरिकामा १ करोड ३३ लाख गरिब बालबालिका भएको र त्यस्ता बालबालिकाले १८ वर्षमुनिको कुल जनसङ्ख्यामा १८ प्रतिशतको हिस्सा ओगट्ने उल्लेख छ । सन् २०१७ को मे १८ मा सहरी प्रतिष्ठानको वेभसाइटमा सार्वजनिक प्रतिवेदनअनुसार संरा अमेरिकामा झण्डै ९० लाख बालबालिका निकै गरिब परिवारमा हुर्कने गरेका छन् । त्यहाँका बालबालिकाको कुल जनसङ्ख्यामा यो सङ्ख्या ११.८ प्रतिशत हुन्छ । यस्ता गरिब परिवारमा हुर्केका केटाकेटीले भविष्यमा गरिब नभएका वा आफूभन्दा कम गरिब समकालीनहरूले भन्दा आर्थिक अवस्था उठाउन सक्ने सम्भावना पनि न्यून हुन्छ । संरा अमेरिकाका धेरै एकल आमा र परिवारको जीवन ज्यादै कष्टकर हुने गरेको छ ।
संरा अमेरिकामा धनी र गरिबबीच विभाजनका कारण यदाकदा आइपर्ने वा आवधिक कारण होइनन् । संरा अमेरिकाको कथित प्रजातान्त्रिक व्यवस्थाले नागरिकलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारबाट वञ्चित गरेको छ । यसले धनी र गरिबबीचको दूरी अझ फराकिलो बनेको छ । धनी र गरिबबीचको यो असमानताले गरिबीको समस्यालाई अझ जब्बर बनाएको छ । जसले करोडौँ–करोड जनताको जीवन प्रभावित बनाएको छ ।
सन् २०१६ को सेप्टेम्बर १७ मा एकल आमा निर्देशिकाको वेभसाइटमा संरा अमेरिकाका ९६ लाखभन्दा बढी एकल आमामध्ये २३.२ प्रतिशत आमाहरू वर्षभरि नै बेरोजगार हुने गरेको र कामबाट हटाइएका वा रोजगारीको खोजी गरिरहेका २२.४ प्रतिशत एकल आमाहरूले बेरोजगारी भत्ता पाउने गर्छन् । एकल आमाले हुर्काएका झण्डै ७८ लाख ३० हजार एकल आमाहरूले हुर्काएका केटाकेटीहरू गरिबीको रेखामुनि हुन्छन् ।
संरा अमेरिकामा धनी र गरिबबीचको विभाजन समाधान गर्न कठिन समस्या बनेको छ ।
संरा अमेरिकामा धनी र गरिबबीच विभाजनका कारण यदाकदा आइपर्ने वा आवधिक कारण होइनन् । संरा अमेरिकाको कथित प्रजातान्त्रिक व्यवस्थाले नागरिकलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारबाट वञ्चित गरेको छ । यसले धनी र गरिबबीचको दूरी अझ फराकिलो बनेको छ । धनी र गरिबबीचको यो असमानताले गरिबीको समस्यालाई अझ जब्बर बनाएको छ । जसले करोडौँ–करोड जनताको जीवन प्रभावित बनाएको छ ।
संरचनागत कारण धनी र गरिबबीचको विभाजन
पहिलो, प्रतिस्पर्धा र आक्रामक पुँजी बजारले संरा अमेरिकामा मध्यम आम्दानीका रोजगारीको सङ्ख्या घटाउने गर्छ । सन् २०१६ को सेप्टेम्बर २० मा गलअपको वेभसाइटमा प्रकाशित प्रतिवेदनमा संरा अमेरिकाका चर्को मूल्य तिरेर प्रतिस्पर्धी व्यापार किन्दा मध्यम आम्दानीका रोजगारको सङ्ख्या उल्लेख्य रूपमा घट्ने गरेको लेखिएको छ । पछिल्ला बीस वर्षमा अमेरिकी धितो बजारमा सूचीकृत कम्पनीहरूको सङ्ख्या ७ हजार ३ सयबाट झन्डै ३ हजार ७ सयमा ओरालो लागेको छ । पछिल्ला वर्ष टाट पल्टेका साना कम्पनीहरूको सङ्ख्या नयाँ स्थापना भएका कम्पनीहरूको सङ्ख्या धेरै छन् । सन् २०१७ को डिसेम्बरमा बेलायतको अखबार ‘द गार्जियन’ पत्रिकामा एउटा समाचार प्रकाशित भएको थियो । सो समाचारअनुसार सन् २०१७ मा संरा अमेरिकी युवा नागरिकहरूबीच बेरोजगारी १५.९ प्रतिशत थियो । पूर्णकालीन रोजगारको अभाव भएकोले झन्डै ४८ लाख मानिस पूर्णकालीन काम गर्न चाहने व्यक्तिहरू समेत आंशिक रोजगारीमा लागेका छन् ।
दोस्रो, आवासको मूल्यमा संरचनागत वृद्धिले न्यून आम्दानी भएका मानिसको लागि घर किन्न हम्मेहम्मे भइरहेको छ । सन् २०१८ मा संरा अमेरिकाको राष्ट्रिय घरजग्गा व्यवसायी सङ्घले कस्ता मानिसले घर किनिरहेका छन् भन्ने विषयमा एउटा सर्भे गरेको थियो । सो सर्भेको नतिजाअनुसार संरा अमेरिकामा घरको मूल्य र व्याज दरको वृद्धिको कारण घर किन्न सक्ने मानिसको सङ्ख्या घटेको छ । घर किन्ने काम अहिले क्रेताको निम्ति सहज विषय होइन । द हार्वर्ड आवास अध्ययन केन्द्रले जारी गरेको ‘राष्ट्रिय आवास व्यवस्था, २०१८’ ले २० प्रतिशत सहरी क्षेत्रमा ३० प्रतिशतभन्दा बढी मध्यम वर्गीय परिवारले आफ्नो आम्दानीको कम्तीमा ३० प्रतिशत आवासको लागि खर्च गरिरहेका छन् । ‘द वाशिङ्टन पोस्ट’ को वेभसाइटमा सन् २०१८ को अगस्ट ६ मा प्रकाशित गरेको एक समाचारअनुसार पछिल्ला वर्षमा सहरी क्षेत्रका गरिब जनताले घर भाडा दर निकै बढेको अनुभव गरिरहेका छन् । सो समाचारअनुसार सन् २०११ यता संरा अमेरिकाभरि नै न्यूनतम घरभाडा १८ प्रतिशतले बढेको छ । विशेषतः सन् २०१७ को गर्मीयामदेखि सान फ्रान्सिस्को, अट्लान्टा, नाशभिल्ले, सिकागो, फिलाडाल्फिया, डेनभर, पिट्सवर्ग, वाशिङ्टन, पोर्टल्यान्ड, ओरेगनलगायत अन्य सहरमा धेरै आम्दानी भएको वर्गको लागि घर भाडा घटेको छ भने गरिब वर्गको लागि भाडा दर बढेको छ ।
तेस्रो, महँगो र अप्रभावकारी स्वास्थ्य सेवाको कारण संरा अमेरिकाका न्यून आम्दानी भएका मानिसको स्वास्थ्य अवस्था खराब बन्दै छ ।
संरा अमेरिकी जनताको खराब बन्दै गएको स्वास्थ्य अवस्था त्यहाँको महँगो र अप्रभावकारी चिकित्सक प्रणाली नजिकबाट जोडिएको छ । सन् २०१४ मा ‘द कमनवेल्थ फाउन्डेसन’ले गरेको चिकित्सा सेवा प्रणालीबारे सर्भेले उही तहमा विकास भएका एघार देशहरूमध्ये सबभन्दा कम प्रभावकारिता, सबभन्दा कम उत्पादकत्व र सबभन्दा असमान चिकित्सा सेवा प्रणाली भएको देश संरा अमेरिका हो । संरा अमेरिका सबभन्दा उच्च मातृ मृत्यु दर र शिशु मृत्यु दर भएको देश हो । ६० वर्ष उमेरका संरा अमेरिकी नागरिकको स्वास्थ्य अवस्था निकै खराब भइसक्छ । यसबाहेक उक्त सर्भेले अरू दस देशका नागरिकको तुलनामा संरा अमेरिकी नागरिकले चिकित्सकीय सेवाको लागि दोब्बर पैसा तिर्ने गर्छन् । सन् २०१७ को नोभेम्बर १३ मा बेलायती अखबार ‘द गार्जियन’ को वेभसाइटमा प्रकाशित समाचारले संरा अमेरिकामा स्वास्थ्य सेवा र स्वास्थ्य बीमाको मूल्य निकै महँगो बनिरहेको उल्लेख छ । विशेषतः दीर्घरोगको उपचारको लागि खर्च निकै बढेको छ । दम वा क्यान्सरजस्ता रोगका औषधिको मूल्य लगातार बढिरहेको छ ।
चौथो, उच्च शिक्षा महँगो बन्दा कम आम्दानी भएका समूहलाई उच्च शिक्षा हासिल गर्ने अवसरबाट बञ्चित बनाएको छ ।
सन् २०१७ को अगस्ट ३ मा गलअपको वेभसाइटमा प्रकाशित प्रतिवेदनअनुसार सन् १९८० यता संरा अमेरिकाको उच्च शिक्षामा गुणस्तर उकासिएको कुनै मापन छैन । बरु उच्च शिक्षाको मूल्य भने लगातार बढिरहेको छ । सन् २०१७ को फेब्रुअरी २१ मा फोब्र्सको वेभसाइटमा सार्वजनिक एक प्रतिवेदनअनुसार विद्यार्थीलाई दिइने शैक्षिक ऋण उपभोक्ता ऋणकै एक प्रकार बनेको छ । उपभोक्ता ऋणको क्रमावलीमा धितो राखेर ऋण लिनेको सङ्ख्या पछि विद्यार्थीलाई दिइने शैक्षिक ऋण लिनेको सङ्ख्या दोस्रो नम्बरमा छ । क्रेडिट कार्ड र कार किन्न ऋण लिनेको सङ्ख्या शैक्षिक ऋण लिनेको तुलनामा कम छन् । आफ्नो शिक्षा पूरा गर्न ऋणमा निर्भर रहने विद्यार्थीको सङ्ख्या ४ करोड ४० लाखभन्दा बढी छ । उनीहरूले कुल १.३ त्रिलियन अमेरिकी डलर बराबरको ऋण लिएका छन् । सन् २०१६ मा विद्यार्थीको औसत प्रतिव्यक्ति ऋण ३७ हजार १७२ अमेरिकी डलर थियो । केही क्षेत्रमा आर्थिक योजनामा यस्तो ऋण दिने प्रावधानमा कटौती गर्दा कलेज जाने विद्यार्थीको सङ्ख्या नै घटेको छ ।
पचास देशमा गरिएको अध्ययनमध्ये चार वटा देशमा शिक्षामार्फत अन्तर पुस्ता परिचालन सबभन्दा खराब थियो । तीमध्ये एउटा संरा अमेरिका पनि पर्दछ । अन्तर पुस्ता आम्दानी परिचालनलाई मूर्तता दिन सबभन्दा खराब काम गर्ने देशमा संरा अमेरिका पनि पर्दछ ।
‘द सिकागो त्रिव्युन’ को वेभसाइटमा सन् २०१६ को सेप्टेम्बरमा प्रकाशित एक समाचारअनुसार विश्वविद्यालयमा भर्ना हुने नयाँ विद्यार्थीको सङ्ख्या उल्लेख्यरूपमा घटिरहेको छ । सिकागो स्टेट विश्वविद्यालयमा नयाँ भर्ना हुने विद्यार्थी सन् २०१० को तुलनामा आधाले घटेको छ । इलिनिओस विश्वविद्यालयमा अघिल्लो वर्षको तुलनामा नयाँ भर्ना हुने विद्यार्थीको सङ्ख्या २५ प्रतिशतले घटेको छ । सन् २०१६ मा स्वतन्त्र चिन्तन मञ्च ‘बजेट र नीतिगत प्राथमिकता केन्द्र (सीबीपीपी) ले एउटा अध्ययन गरेको थियो । सो अध्ययनअनुसार इलिनिओसका सार्वजनिक कलेजहरूले सन् २००८ को तुलनामा विद्यार्थीलाई लगानी गरिने प्रतिव्यक्ति पैसा ५४ प्रतिशतले घटेको थियो । अरिजोनामा राज्यमा ५६ प्रतिशतले सो रकम घटेको थियो । सन् २०१८ मा विश्व बैङ्कले ‘विश्वभर अन्तर पुस्ता परिचालन’ शीर्षकको एउटा प्रतिवेदन सार्वजनिक गरेको थियो । सो प्रतिवेदन तयार गर्न सन् १९८० को दशकमा जन्मेका मानिसबीच अध्ययन गरिएको थियो । पचास देशमा गरिएको अध्ययनमध्ये चार वटा देशमा शिक्षामार्फत अन्तर पुस्ता परिचालन सबभन्दा खराब थियो । तीमध्ये एउटा संरा अमेरिका पनि पर्दछ । अन्तर पुस्ता आम्दानी परिचालनलाई मूर्तता दिन सबभन्दा खराब काम गर्ने देशमा संरा अमेरिका पनि पर्दछ ।
अनुवाद ः अञ्जना
Leave a Reply