भर्खरै :

कोभिड– १९ क्युवा र नेपालको परिस्थिति

अर्जेन्टिनामा जन्मेर, क्युवामा लडेर ग्वाटेमालामा क्रान्तिकारी बनेका विश्व क्रान्तिका नायक चे ग्वेभाराको क्रान्तिकारी जीवनबाट विश्वका जनताले धेरै कुरा सिक्नुपर्दछ । सन् १९५१ तिर आफू विद्यार्थी रहँदादेखि नै चेले बिरामीसँगै बसेर उनीहरूका कथाव्यथा बुझ्ने कोसिस गर्थे । गरीब भोका बिरामीसँगको उठबसले चेको सोचाइमा निकै ठुलो परिवर्तन आएको र धेरैभन्दा धेरै मानिसलाई उचित स्याहारसुसार र सरसफाइबारे जनचेतना फैलाउने र डाक्टरहरूसँग नयाँ औषधि हुनुपर्ने आवश्यकताबोध गरे । सन् १९५९ मा क्युवामा सरकार परिवर्तन भएपछि बनेको संबिधानमा निःशुल्क स्वास्थ्य उपचारलाई सबैका लागि मानव अधिकारको रूपमा उल्लेख गरी पिछडिएका क्षेत्रमा अस्पताल, स्वास्थ्य चौकीहरू स्थापना गरी सबैलाई निःशुल्क स्वास्थ्य सेवा दिने बन्दोबस्त गर्दै लगियो । स्वास्थ्य क्षेत्रलाई सहरमा मात्र सीमित नगरी ग्रामीण समुदायसम्म बिस्तार गरी जनतालाई जहाँ स्वास्थ्य सेवाको खाँचो छ, त्यहीँ सुविधा पु¥याउने क्युवाली क्रान्तिको अभ्यासकै कारण उनीहरूलाई स्वास्थ्य सेवाका लागि अरू देशमा झैँ धेरै परिश्रम गर्नु परेन । क्युवाली सरकारले अरू विभिन्न देशमा स्वास्थ्य समस्या आइपरेमा चिकित्सकहरूलाई स्वास्थ्य क्षेत्रमा उल्लेख्य सहयोग गरेको पढ्न पाइन्छ । कुनै पनि देशमा स्वास्थ्य समस्या अथवा कुनै प्रकारको विषम परिस्थिति आइपरेमा क्युवाली चिकित्सक टोली सो ठाउँमा पुगी आवश्यक उपचार प्रदान गर्न सदैव तत्पर रहेको कुरा हामीले विभिन्न समाचार माध्यमहरूबाट जान्न पाइरहेका छाँै ।
सन् १९९१ को डिसेम्बरतिर सोभियत सङ्घ विघटनपश्चात् सोभियत सङ्घले क्युवालाई दिदै ५ अर्ब अमेरिकी डलर बराबरको सहायता रोकियो । यसले गर्दा क्युवाली अर्थतन्त्र ओरालो लाग्यो र क्युवामा एड्सको महामारी फैलियो । त्यति नै बेला संरा अमेरिकाले क्युवामाथि नाकाबन्दी कडा बनायो जसको कारण एड्सलगायत अन्य रोगको उपचार गर्न औषधि थिएन । भएका औषधिको मूल्य अचाक्ली बढ्न थाल्यो । त्यसपछि शिक्षा र स्वास्थ्य उपचारबाहेक सबै क्षेत्रमा धेरै सेवा सुविधा कटौती ग¥यो । एचआत्ी÷ एड्स रोग परीक्षणको आफ्नै पद्धति विकास ग¥यो । समलिङ्गीहरू बढी एड्स सङ्क्रमित भएकोले विद्यालयहरूमा समलिङ्गीहरूलाई सम्मानसहित व्यवहार गर्ने बारेमा र उनीहरूलाई घृणा गर्न नहुने पाठ पढाइयो । स्वास्थ्य चौकीहरूमा परिवार नियोजनका अस्थायी साधन तथा Antiretroviral औषधि निःशुल्क वितरण गरियो । एचआईभी÷एड्सविरुद्ध लड्ने योजनाबद्ध प्रयासले अन्ततः सफलता हासिल ग¥यो । त्यसरी विषम परिस्थितिमा पनि क्युवाको औसत आयुदर र बाल मृत्युदर अमेरिकाको भन्दा न्यून थियो । संसारभरका हजारौँ प्रतिकूलताबीच पनि संयोजित र स्याहारमूलक उपचार पद्धतिको विकास गर्न सकिने कुरा क्युवाले सिकाएको छ ।
अहिले संसार नै कोभिड – १९ को चपेटामा छ । दैनिक हजारौँ मान्छे मरिरहेका छन् । लाखौँ मान्छे कोभिड – १९ को शिकार भइरहेका छन् । कति उपचारको क्रममा अस्पतालमा छन् त कति आइसोलेसेन÷क्वारेन्टिन बसेका छन् । संसारकै अर्थतन्त्र डामाडोल अवस्थामा छ ।
नेपालमा पनि दैनिक सयौँ मान्छे कोभिड – १९ को सङ्क्रमणमा परिरहेका छन् भने अहिलेसम्म ४० जनाले ज्यान गुमाइसकेका छन् । संसारका धेरै देशले कोभिड – १९ को रोकथाम र नियन्त्रण गर्न सकेका छैनन् । क्युवामा पनि कोभिड – १९ को सङ्क्रमण नियन्त्रण गर्न राष्ट्रिय नीति र योजना तर्जुमा गरियो । सङ्क्रमित व्यक्तिलाई सही व्यवस्थापन गर्न सरकार जिम्मेवार भएको छ । सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको खोजी जाँचपड्ताल गरी सम्भावित सङ्क्रमित व्यक्ति पत्ता लगाउन मद्दत पु¥यायो । स्वास्थ्य कार्यकर्ताहरू घरघरमै पुगेर हरेक नागरिकको स्वास्थ्य परीक्षण गर्न लगाइयो । सङ्क्रमणको पुष्टि हुनासाथ कोभिड – १९ को शीघ्र प्रतिरोध गर्न उच्च सतर्कता अपनायो । विदेशीहरूलाई स्वदेश फर्कन रोक लगाइयो । सङ्क्रमणलाई समुदायस्तरमा फैलन नदिन भरमग्दुर प्रयास गरिरहेका छन् । क्युवाली स्वास्थ्य अधिकारीहरू भाइरस स्थानीय सङ्क्रमणमा सीमित राख्न चाहन्छन् । स्थानीय सङ्क्रमणको कारण कुन व्यक्तिबाट कुन व्यक्तिलाई रोग सरेको हो पत्ता लगाउन सहज हुन्छ ।
क्युवासँग भाइरसबाट सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसको परीक्षणका लागि मनग्य उपकरणको बन्दोबस्त छ । क्युवामा ११ मार्चमा देखिन थालेको कोभिड – १९ सङ्क्रमणलाई न्यूनीकरण गर्न क्युवाली अस्पतालहरूले आफ्नो कार्यशैलीमै परिवर्तन गरे । चिकित्सक र स्वास्थ्यकर्मीबाटै समुदायमा सङ्क्रमण नफैलाउन कोभिड – १९ सङ्क्रमणको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरूमा १५ दिनसम्म तोकिएको क्षेत्रभित्र सीमित रहेर कार्य गर्न थाले र १५ दिनपछि घर फर्कन सबै चिकित्सकहरूले स्वास्थ्य परीक्षण गराउने र घर पुगेर पनि थप १५ दिनसम्म स्वएकान्तवास (Self Quarantine) बसेका थिए । यसरी ४५ दिन ओइसोलेसनमा बस्दा उनीहरूमार्फत समाजमा फैलने सङ्क्रमणबाट समुदाय सुरक्षित गरेका थिए । यसप्रकार हरेक क्युवाली नागरिक र स्वास्थ्यकर्मीहरूदेखि घरघरमा पुग्ने चिकित्सक एवम् अनुसन्धान प्रतिष्ठानमा काम गर्ने प्रतिष्ठित अध्येतासम्म क्युवाको स्वास्थ्य नीति तर्जुमा गर्न योगदान गरिरहेका छन् । क्युवामा अहिले ८९ हजार चिकित्सक र ८४ हजार नर्सहरू छन् भने २०२० मा ९ हजार विद्यार्थी चिकित्सक बन्दै छन् । यसरी पुग्दो मात्रामा दक्ष जनशक्ति चिकित्सकहरू र व्यवस्थित स्वास्थ्य प्रणालीका कारण कोभिड – १९ को सङ्क्रमणको विषम परिस्थितिमा क्युवाले संसारका विभिन्न राष्ट्रमा आफ्नो चिकित्सा टोली पठाई कोभिड – १९ को रोकथाम र नियन्त्रणमा सहयोग पु¥याइरहेको छ ।
सन् २०१० मा हाइटीको विनाशकारी भूकम्पमा होस्, २०१४ मा अफ्रिकाको एउटा प्रान्तमा फैलिएको इबोला भाइरस नियन्त्रणमा होस्, अहिले संसार कोभिड – १९ को चपेटामा परिरहेको बेला संसारका थुप्रै देशमा क्युवाको सहयोगी स्वास्थ्य प्रणालीले मद्दत गरिरहेको छ । संसारका शक्तिशाली राष्ट्र मानिने अमेरिका भने आफ्नै देशमा पनि कोभिड – १९ सङ्क्रमण रोकथाममा कमजोर रहेको सावित भएको छ । क्युवामा जस्तै समाजको सबभन्दा कमजोर र विपन्न समुदायको पहिचान गरेर तिनीहरूको मद्दत गर्ने ज्येष्ठ नागरिक, बालबालिका, घरभित्रै बस्नुपर्ने मानिस विभिन्न रोगका बिरामी र भाइरसका सङ्क्रमित सम्भावित सङ्क्रमितहरूलाई विशेष प्राथमिकताका साथ मद्दत गर्नुपर्दछ ।
अन्तमा सन् १९५९ मा चे ग्वेभाराले अपनाएको नीति र क्युवाली सरकारले लागू गरेको व्यवस्थित स्वास्थ्य प्रणालीका कारण आज विश्वमा स्वास्थ्य र शिक्षामा क्युवा अगाडि बढिरहेको उदाहरण हामीले देख्न र पढ्न पाइरहेका छौं । कोभिड – १९ सङ्क्रमणको यस अवस्थामा हामीले पनि क्युवाको व्यवस्थापन प्रणालीबाट सिकेर हाम्रो देशको स्रोतसाधनले भ्याएसम्म व्यवस्थित गर्ने हो भने कोभिड – १९ को सङ्क्रमणको भयावह अवस्थाबाट बच्न सक्दछौँ ।
(जनस्वास्थ्य र कोभिड –१९ को प्रतिरोधमा क्युवालाई चे ग्वेभाराले के सिकाए ? भन्ने लेखको विषयमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रको आयोजनामा साउन ३ गते शनिबार स्वास्थ्यकर्मीहरूबीच अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट कमलकेशरी राजचलले व्यक्त गर्नुभएको मन्तव्यको सम्पादित अंश – सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *