भर्खरै :

सङ्क्रमणसामु लाचार सरकार

काठमाडौँ उपत्यकामै कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या गुणात्मक हिसाबमा बढ्दा सरकारले भने के गर्ने–कसो नगर्ने केही मेलोमेसो पाउन सकेको छैन । सरकार यतिबेला कोरोनाको बढ्दो दरसामु लाचार देखिएको छ । तर, बढ्दो सङ्क्रमण नियन्त्रणको निम्ति सरकारले तयारीको गति भने बढाउन सकेको छैन । लकडाउन समाप्त भएसँगै सार्वजनिक जीवनमा आएको गतिशीलताले सङ्क्रमणको दर बढिरहे पनि अब लकडाउन गर्ने वा नगर्ने भन्ने विषयमा सरकार अलमलमा छ । कोरोना रोकथाम र नियन्त्रणको निम्ति चैत ११ बाट लकडाउन गर्दा सरकार यो समस्या निवारणको लागि जति गम्भीरतापूर्वक र केन्द्रित भएर लागेको थियो, अहिले त्यो अवस्था छैन । सरकार र शासक दलको ध्यान आज यो महामारीतिर निकै कममात्र गएको देखिएको छ । त्यसकारण आज यो घातक महामारी सम्हाल्ने जिम्मेवारी नै स्वास्थ्य मन्त्रालयका केही सीमित कर्मचारीमा निर्भर बन्दै गएको छ ।
भारतमा कोभिड–१९ का बिरामीको सङ्ख्या गुणात्मक दरमा बढिरहेकोले पनि नेपालका शासकहरूमा यो रोगविरूद्ध लड्न सकिन्छ भन्ने आत्मविश्वास कमजोर बन्दै गएको देखिन्छ । ‘भारतले नै नसके पछि हामीले के सकौँला र ¤’ भन्ने हीन भावनाको कारण अब नेपाल सरकार ‘भगवान् भरोसा’मा जान थालेको छ । ‘हामीले जति सक्यौँ, ग¥यौँ बाँकी अब हेर्दै जाऔँ’ भन्ने मनस्थितिमा अहिले सरकारी अधिकारीहरू देखिएका छन् । सरकारले अब महामारी नियन्त्रणको निम्ति व्यवस्थित योजना नै बनाउन छोडिसकेको छ ।

सरकारले आपत्कालीन केही रफु भर्ने प्रयास गरे पनि प्रणालीमै रहेको समस्या समाधान गर्न त्यत्ति सहज छैन । कोरोनाको पछिल्लो आक्रमण यसअघिका हमलाभन्दा कडा भएको विज्ञ चिकित्सकहरूले बताएका छन् । तसर्थ, सत्तासीन दलका नेताहरू अब अर्थहीन बैठकमा समय खेर फाल्नुको सट्टा कोरोनाबाट जनतालाई जोगाउन केन्द्रित हुन जरूरी छ । सिङ्गो देश एकजुट भएर महामारीविरूद्ध लड्नुपर्ने आजको समयमा शासक दलका नेताहरूको जुङ्गाको लडाइँ मूर्खतासिवाय केही होइन ।

सरकारले एकातिर लकडाउन समाप्त भए पनि नागरिकले पालना गर्नुपर्ने नियम पालनाबारे कडाइ गर्न छोडेको छ । सार्वजनिक यातायातमा सीट सङ्ख्याभन्दा बढी यात्रु राख्न नपाउने, मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोगजस्ता सरकारले जारी गरेको निर्देशनको पालना भएको छैन । सार्वजनिक यातायात यसको एउटा उदाहरणमात्र हो । अन्य क्षेत्रमा पनि अवस्था राम्रो छैन । तर, सरकारले यसमा कुनै नियमन गर्न सकेको छैन । क्रमशः मानिसहरूले मास्कसमेत लगाउने जाँगर नै गुमाइरहेका छन् ।
सत्तासीन दल एक्लै लागेरमात्र यो सिङ्गो समस्या समाधान गर्न सम्भव छैन । शासक दलले यतिबेला बहुमतको घमण्ड गरेर एक्लै सबै गर्ने सोच्नु गलत सोचाइ हो । यसमा अन्य राजनीतिक दल र नागरिकहरूको पनि कुरा सुनेर सामूहिक पहलमा रोकथाम र नियन्त्रणतर्फ अग्रसर हुुनुपर्छ । सबै दलबीच छलफल गरी सिङ्गो मानव जातिको लागि चुनौती बनेको यो महामारीबाट नेपाली जनतालाई जोगाउन आवश्यक छ ।
कदाचित कोरोना अनियन्त्रित बन्दै गए नेपालको स्वास्थ्य प्रणाली र पूर्वाधारले साथ नदिने वास्तविकता लगभग चार–पाँच महिनाको अनुभवबाट नेपाली जनताले सिकिसकेका छन् । सरकारले आपत्कालीन केही रफु भर्ने प्रयास गरे पनि प्रणालीमै रहेको समस्या समाधान गर्न त्यत्ति सहज छैन । कोरोनाको पछिल्लो आक्रमण यसअघिका हमलाभन्दा कडा भएको विज्ञ चिकित्सकहरूले बताएका छन् । तसर्थ, सत्तासीन दलका नेताहरू अब अर्थहीन बैठकमा समय खेर फाल्नुको सट्टा कोरोनाबाट जनतालाई जोगाउन केन्द्रित हुन जरूरी छ । सिङ्गो देश एकजुट भएर महामारीविरूद्ध लड्नुपर्ने आजको समयमा शासक दलका नेताहरूको जुङ्गाको लडाइँ मूर्खतासिवाय केही होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *