नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
भक्तपुर, १८ साउन । विश्वव्यापीरूपमा कोभिड–१९ को महामारी फैलिरहेको अवस्थामा साउन २० गते मङ्गलबार भक्तपुरमा मनाइने सापारु (गाईजात्रा) लाई औपचारिकतामा मात्र सीमित गरी भीडभाड गर्ने गतिविधि नगर्न भक्तपुर नगरपालिकाले आह्वान गरेको छ । यसै सन्दर्भमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका जनताको नाममा जारी गर्नुभएको सार्वजनिक सन्देशको पूर्ण पाठ प्रस्तुत छ ।
कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढ्दै गइरहेको छ । देशभरमा अहिले सङ्क्रमितहरूको सङ्ख्या १९ हजार नाघिसकेको छ । काठमाडौँ उपत्यकामै ५०० भन्दा बढी सङ्क्रमित र देशभर ५७ जनाको मृत्यु भइसकेको सरकारी तथ्याङ्कले देखाएको छ ।
विज्ञहरूका अनुसार नेपालमा कोरोनाको सङ्क्रमण समुदायस्तरमा फैलिसकेको छ । कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या क्रमशः बढ्दै छ । समाजमा भयावह स्थिति आउनेतर्फ विज्ञहरूले निरन्तर सचेत पार्दै आउनुभएको छ ।
सरकारले लकडाउन खुकुलो पारेको छ । यसको अर्थ हामी सङ्क्रमणबाट मुक्त भइसकेको होइन, अझ सङ्क्रमणको खतरा बढेको छ । काम गरी खान कुनै बाधा व्यवधान नहोस् भनेर सरकारले लामो समयपछि लकडाउन हटाएको हो तर पूर्णरूपमा हटाइसकेको छैन ।
लकडाउन फिर्ताको अर्थ भीडभाड गरी भोज भतेर गर्न, जात्राहरू सञ्चालन गर्न, देवी—देवता स्थानमा ठुलो समूह भेला भएर मनोरञ्जन गर्न वा पूजाआजा गर्न तथा सांस्कृतिक प्रदर्शन गर्न छुट दिएको होइन । त्यस्तो बुझाइ कसैमा छ भने त्यो गलत हो ।
रोगले जाति, भाषा, क्षेत्र र वर्ग चिन्दैन । सबैले आ—आफ्नो सुरक्षा आ—आफैले गर्नु नै कोरोना भाइरस सङ्क्रमणबाट बच्ने सबभन्दा सहज उपाय हो । साबुन पानीले हात धुनु, स्यानिटाइजर प्रयोग गर्नु र मास्क लगाउनु अरु कसैको निम्ति नभएर आफ्नै लागि हो । त्यसैले सबै नागरिकहरूलाई सुरक्षितसाथ आ—आफ्नो काममा लाग्नु हुन भक्तपुर नगरपालिकाको तर्फबाट आग्रह गर्दछौँ ।
वीरगञ्ज, राजविराज, विराटनगरलगायतका ठाउँहरूमा कफ्र्यु जारी गरी स्थानीय तहले जनतालाई रोग सङ्क्रमणबाट बचाउने प्रयास गरिरहेका छन् । हामीमा जोखिम त्यो तहमा नपुगे पनि कुनै पनि बेला उपत्यकामा पूरै सङ्क्रमणको भयावह स्थिति हुनसक्नेबारे हामी सचेत हुनैपर्छ ।
गाईजात्रा नजिकिँदै छ । भक्तपुरको गाईजात्रा विशेष प्रकारको जात्रा हो । देशका विभिन्न ठाउँबाट गाईजात्रा हेर्न मानिसहरू भक्तपुर आउने गर्छन् । गाईजात्रा पर्वलाई अनुशासित, मर्यादित र व्यवस्थित गर्न र संस्कृति संरक्षण गर्न यसअघि भक्तपुर नगरपालिकाले गाईजात्राको समयावधिभर प्रस्तुत हुने परम्परागत र आधुनिक विधाका छुट्टा–छुट्टै मूल्याङ्कन गरी पुरस्कारको समेत व्यवस्था गर्दै आएको सर्वविदित्तै छ ।
तर यो वर्ष कोरोना भाइरसका कारण हामी अत्यन्तै सचेततापूर्वक हिँड्नुपर्ने अवस्थामा छौं । त्यसैले भक्तपुर नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, महानगरी प्रहरी परिसर, गुठी संस्थान, भैरवनाथ जात्रा सहयोग समिति, बाराही द्योछेँ, भैरवनाथ नाइके, आकाश भैरव नौ दाफा, चपाः दाफा भजन, दत्तात्रय दाफा भजनलगायत सरोकारवालाहरूका प्रतिनिधिहरूसँग पटक–पटक बैठक गरी यो वर्ष गाईजात्रामा घिन्ताङघिसी नलाने, दाफा भजनमा सहभागी नहुने र सामान्य औपचारिकतामात्र सीमित गर्ने निर्णय गरेको जानकारी गराउन चाहन्छौँ ।
त्यसैगरी गुँला बाजा समूहका प्रतिनिधिहरूको भेलाले यो वर्ष गुँला बाजा स्थगित गर्ने निर्णय गरेको छ । नगरपालिकाको भावनालाई साथ दिनुभएकोमा उहाँहरू सबैलाई भक्तपुर नगरपालिका धन्यवादज्ञापन गर्दछ । कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर गाईजात्रा सामान्य औपचारिकतामा सीमित गर्ने निर्णयअनुसार यहाँहरूले गाईजात्रामा भीडभाड हुने घिन्ताङघिसी ननिकाल्न, परम्परागत र आधुनिक तथा सांस्कृतिक विधाहरू प्रदर्शन नगर्न तथा पञ्चदानजस्ता पर्वहरू नमनाउन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अपिल गर्दछौँ ।
हामी स्वस्थ रह्यौँ भने चाडपर्व र जात्रा हामी अर्को वर्ष मनाऔँला । समाजलाई कोरोना सङ्क्रमणबाट बचाउने महान अभिभारा हाम्रो काँधमा छ । तपाईं हामी मिलौँ, कोरोनाबाट समाजलाई बचाऔँ ¤ यो नै हाम्रो आजको सबभन्दा ठुलो जिम्मेवारी हो । सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गरौँ । धन्यवाद !
Leave a Reply