भर्खरै :

होल्डिङ सेन्टरहरूलाई बनाऊ अस्थायी अस्पतालहरू

काठमाडौँ, २८ साउन । काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लामा ठुलो सङ्ख्यामा दैनिक नोबेल कोरोना भाइरसका बिरामी भेटिएपछि बिरामी राख्न अस्पतालहरूमा शय्याको अभाव भएको छ । नोबेल कोरोना भाइरसका सङ्क्रमित राख्न सरकारले निश्चित अस्पताल तोकेको छ । ती अस्पतालमा तोकिएका सबै शय्या अहिले सङ्क्रमित भरिएका छन् । दैनिक सयौँको सङ्ख्यामा बिरामी बढिरहेको अवस्थामा नयाँ बिरामी राख्न शय्या नहुँदा सङ्क्रमित घरमै आइसोलेसनमा बस्न बाध्य छन् । यसले सङ्क्रमण अझ फैलिने जोखिम बढाएको छ ।
कोभिड–१९ का सिकिस्त बिरामीलाई श्वास फेर्ने गाह«ो हुने भएकोले त्यस्ता बिरामी उपचारको भेन्टिलेटरको आवश्यकता हुन्छ । तर, काठमाडौँलगायत देशैभरिका अस्पतालमा निकै न्यून सङ्ख्यामा मात्र भेन्टिलेटर छन् । तर, यति भेन्टिलेटरको कुरा छोडौँ, कोभिड–१९ का सामान्य बिरामीको सामान्य उपचारको निम्ति शय्याको पनि पुग्दो छैन । अधिकांश निजी अस्पतालहरूले यस्तो विषम परिस्थितिमा आफ्नो न्यूनतम दायित्वबाट समेत पन्छिरहेका छन् ।
सरकारले तत्कालै कोभिड–१९ का सङ्क्रमित बिरामी राख्न अस्थायी अस्पतालहरू सञ्चालन गर्नुपर्छ । त्यस्ता अस्थायी अस्पतालहरूमा अहिले सङ्क्रमित सामान्य बिरामीको उपचारको बन्दोबस्त गर्नुपर्छ । त्यसले गम्भीर बिरामीको लागि पूर्वाधारसम्पन्न अस्पतालमा शय्या खाली हुनेछ । जसले ‘शय्या नपाएर बिरामीको बाटोमै निधन’ जस्ता विषमयकारी समाचार आउने छैनन् । सरकारले केही समयअघि विभिन्न देशबाट विमानमा फर्किने नेपालीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेपछि केही समयको लागि होल्डिङमा राख्न काठमाडौँमा केही भोजघरहरूमा बन्दोबस्त गरेको थियो । सम्भावित सङ्क्रमितलाई व्यवस्थापन गर्न सहज हुने अवस्था मूल्याङ्कन गरेर नै ती भोजघरमा होल्डिङ सेन्टर राखिएको हुनुपर्छ । त्यहाँ पूर्वाधारका केही बन्दोबस्त समेत गरिसकेको छ । त्यसकारण तत्कालै ती भोजघरहरूलाई अस्थायी अस्पतालहरूको रूपमा सञ्चालन गर्नुपर्छ । सामान्य बिरामीलाई त्यही उपचारको व्यवस्था गर्न जरुरी छ । थप भोजघरहरू र अन्य उपयुक्त स्थानहरूमा अस्थायी अस्पताल बनाउन सरकारका सम्बन्धित विभाग अग्रसर हुनुपर्छ । ‘माछा आए भित्र हात, सर्प आए बाहिर हात’ प्रवृत्तिका व्यापारीहरूलाई सरकारले आवश्यक कारबाही गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *