नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
केही दिनअघि एकजनाको ब्यागमा फरक–फरक युट्युब च्यानलको धेरै वटा बुम (लोगो सहितको माइक्रोफोन) देखेपछि सोधेँ ‘यति धेरै बुम किन बोकेको ?’
उनले हाँस्दै भने, “आफ्नै साथीहरूको हो । म नभएको बेलामा पनि उनीहरूले यसैगरी बोकिदिन्छन्, देखाइदिन्छन् नि, जागिर जो खानु छ ।”
“बुम चैँ किन देखाउनु ? विषय आए त भइहाल्यो नि हैन ?”
“अरुलाई देखाएरमात्र हुन्छ ? हामीले खानु परेन ?”
“विज्ञापनदाताहरूले पनि यस्तै विषयलाई आधार बनाएर त विज्ञापन दिने हुन् नि ¤ त्यसैले क्यामेरा जति भए पनि बुम चाहिँ सबैको देखाउँछौ । खिचिसकेको भिडियो त माग्दा पनि मिल्छ, फेरि बुम देखाउन मिल्दैन नि ¤ हामी पनि मिलेरै काम गछौँ क्या दिदी ¤” उनले ठट्यौली शैलीमा भने ।
अहिलेका युट्युब च्यानलहरूले मलाई मेरो पुरानो काम गर्ने शैलीलाई पटक–पटक ब्युताइरहेझैँ लाग्छ । धेरैपटक आफैँले गरेको कामको प्रकृति सम्झाइरहन्छन् ।
त्यो भाइको झोलामा बुम देखेपछि आफैँले ३ वर्षसम्म काम गरेको नेपाल वान टेलिभिजन सम्झिएँ । भारतबाट प्रसारण हुने उक्त टेलिभिजनको काठमाडौँस्थित कार्यालयमा काम गर्थेँ । टेलिभिजनका लागि समाचार राम्रो आवस् नआवस् बरु चासोको विषय हुँदैनथ्यो, तर टेलिभिजनको लोगो जसरी पनि देखाउनै पथ्र्याे । कति स्थानमा त यही बुम राख्ने विषयमा समेत विवाद गर्नुपर्ने हुन्थ्यो । अरुको भन्दा नेपाल वान टेलिभिजनको बुम उच्च स्थानमा राख्नुपर्छ भन्ने मान्यता प्रशासनको थियो खासगरी सञ्चालकको । तर, कति ठाउँमा सम्भव हुँदैनथ्यो, कतिपय समय रिपोर्टिङ्गबाट अफिस आउँदा समाचार लेख्नुभन्दा अघि नै स्पष्टीकरण दिनुपथ्र्यो, त्यो पनि सही समाचार किन लेखिएन भनेर हैन, बुम किन सीधा पारेर, दर्शकले देख्ने गरी नराखेको भनेर ।
कतिपटक बुम र क्यामेरा बिचमा तार नपुग्दा, बिनातारको बुम पनि राखेका छौँ । खासमा बुमको काम भनेको बाहिरको नचाहिँदा आवाज नआओस् भन्नका लागि क्यामेरामा माइक्रोफोन जोड्नु हो । तर, मिडिया हाउस विज्ञापन सङ्कलनकै लागि केन्द्रित भएको देखिन्छ । त्यो क्रम पहिले टेलिभिजनमा धेरै देखिन्थ्यो, अहिले युट्युब च्यानलहरूमा सरेको रहेछ ।
अनिवार्यरूपमा बुम देखाउनुपर्ने नियम मलाई मन परिरहेको थिएन । एकपटक नेपालस्थित कार्यालयका प्रमुखलाई सोधेँ, “बुम किन सधैँ देखाउनुपर्ने ?”
उनले सोझो उत्तर दिए, “म्याम (टेलिभिजनको लगानीकर्ता) ले त्यही भन्नुभएको छ । उहाँको इच्छामा तिमीले प्रश्न गर्ने दुस्साहस नगर ।”
सँगै बसेका अर्का साथीले भने, “कि जागिर छोड कि प्रश्न नगर । मालिकहरूलाई प्रश्न मन पर्दैन ।” अर्का साथीले हाँस्दै भने, “पत्रकारिता गर्ने भनेको त प्रश्न गर्ने नै पेशा हो नि ¤”
कार्यालयका प्रमुखले भने, “उहाँलाई आफ्नै कर्मचारीले प्रश्न गरेको मन पर्दैन ।”
त्यसपछि हामीले प्रश्न गरेनौँ । बुम देखाउने क्रमलाई भने निरन्तरता दियौँ । अहिले सम्झँदै छु, नेपाल वानमा हुँदा हामीले पत्रकारिता गरेका थियौँ कि टेलिभिजनको विज्ञापन ?
हुन त अहिले कुनै कार्यक्रमतिर गयो भने आयोजककै हाराहारीमा क्यामरा र सञ्चारकर्मीहरू हुन्छन् । अधिकांश मिडियाहरू स्कुप मार्न लालायित देखिन्छन् । भन्छन्, “स्कुम मारियो भनेमात्र हाकिमको नजरमा परिन्छ ।”
यो क्रम अहिलेमात्र चलेको होइन, वषौँदेखिको हो । हुन त यो प्रचलन लामो समयदेखि कायम रहेको हुनुपर्छ । पहिले एउटा टेलिभिजनले ब्रेकिड वा फ्यास न्यूज हालेपछि तरून्तै अर्को टेलिभिजनले पनि हाल्थ्यो, भलै पुष्टि नगरेको होस् ।
आचारसहिता उल्लङ्घनको विषय आए धेरैपटक सम्झिने मिडिया नै नेपाल वान टेलिभिजन हो । किनकि यसमा लामो समय प्रत्यक्ष जोडिएँ, जहाँ एकतर्फीरूपमा मात्र सञ्चार हुन्थ्यो । लगानीकर्ताले सुनाउने र हामीले सुन्ने अनि हामीले सुनाउने र दर्शकले हेर्ने अनि सुन्ने ।
अरु मिडियामा कतिपय अवस्थामा मालिकले पत्रकारको कुरा पनि सुन्थे तर नेपाल वानमा मालिकको कुरा अनिवार्यरूपमा पत्रकारले मान्नैपथ्र्यो । त्यो क्रम लामै समय चल्यो ।
टेलिभिजनको नेपालस्थित कार्यालयबाट कान्तिपुर टेलिभिजन र न्यूज २४ टेलिभिजन कुनै प्रविधिको माध्यमबाट सीधै दिल्लीस्थित कार्यालयमा पठाउने गरिन्थ्यो । यी दुई मिडियामा आएका बे्रकिङ्ग र फ्ल्यास न्युज अनिवार्यरूपमा हाल्नैपथ्र्याे । तर, काठमाडौँमा बाहेक कुनै पनि जिल्लामा टेलिभिजनका रिपोर्टरहरू थिएनन् । एक दुई जिल्लामा भएका रिपोर्टरलाई पनि कार्यालयले परिचयपत्रबाहेक केही दिँदैनथ्यो । तर, देशभरका अधिकांश समाचारहरू समेटिनुपर्छ भन्ने कडा निर्देशन हुन्थ्यो, हामी सकभर समेट्ने कोशिश पनि गथ्र्यौँ । अहिले पनि लाग्छ हामी पत्रकारिताभन्दा पनि मालिकका लागि काम गरिरहेका थियौँ । अर्काको चोरेको भए पनि धेरै ब्रेकिङ्ग न्यूज हाल्थ्यौँ । अर्कै टेलिभिजन च्यानलमा आएको ब्रेकिङ्ग न्युज हाल्न खुब हतार हुन्थ्यो ।
अहिले अनलाइन मिडियामा ठ्याक्कै त्यही रोग दोहोरिएको छ । प्रविधि फेरियो, प्रकार फेरियो तर प्रसारण गर्ने तरिका र विषयहरू खासै फेरिएका छैनन् । ब्रेकिङ्ग न्यूज टेलिभिजनबाट अनलाइनमा स¥यो तर अर्काको चोरी गर्ने तरिका फेरिएन ।
जिल्लामा बसेर काम गर्दा, लिडलाइन परिवर्तन गरेपछि समाचार पठाउने गरिन्थ्यो । अझ एकै व्यक्ति धेरै मिडियामा काम गर्ने गरेकाले यसलाई सामान्य मानिन्थ्यो । तर पत्रकारिताको अध्ययन र यसप्रतिको लगाव बढ्दै गएपछि आफैँले गरेको काम गलत रहेछ भन्ने लाग्न थालेको छ । त्यसैले समाचारका शीर्षक होइन विषयहरू पनि फरक–फरक नै पढ्दा मज्जा लाग्छ । तर सहज सञ्चार सेवा र प्रविधिका कारण कतिपय अवस्थामा सम्भव हुँदैन ।
पहिले छुट्टाछुट्टै मिडिया हेर्न मन लागे ‘रिमोट’ घुमाउनुपथ्र्यो तर अहिले अधिकांश मिडियाले ‘स्पोन्सर’ नै गरेर सामाजिक सञ्जालमा धमाधम आफ्ना अनलाइन मिडिया र युट्युब च्यानलबाट प्रकाशन प्रसारण गरेका सामग्रीहरू सामाजिक सञ्जालका प्रयोकर्ताको एकाउन्टमा जाने व्यवस्था गरेका छन् । जसलाई हेर्दिन भन्दा पनि (उपभोक्ताहरू) हेर्न बाध्य हुन्छौँ, लालायित पनि छौँ त्यसैले त शीर्षक फरक देख्नासाथ हेरिहाल्छौँ ।
एउटा अनलाइन मिडियामा आएपछि तुरुन्तै अर्को अनलाइन वा युट्युब च्यानलले प्रकाशन प्रसारण गर्ने गरेका छन् । त्यसको आधिकारिकताबारे खासै पुष्टि गर्ने गरेको पाइँदैन । एउटै विषय, लेखाइलाई विभिन्न शीर्षक राखेर समाचार प्रकाशन प्रसारण गर्ने गरेको हामीले देख्दै र हेर्दै आएका छौँ । कतिपयले मालिक रिझाउनका लागि गरिरहेका छौँ भने कतिले व्यावसायिक सफलताका लागि ।
केही हप्ताअघि २१ वर्षकी युवतीले ६७ वर्षका पुरुषसँग विवाह गरेको विषय कुनै अनलाइनले लेखेपछि सामाजिक सञ्जालमा आयो । त्यसपछि तिनै युवती र पुरुषका विषयमा समाचार लेख्ने, भिडियो बनाउने क्रम सुरु भयो ।
युट्युबमा आबद्ध सञ्चारकर्मीहरूले उनीहरूसँग के सोध्नुहुन्छ, के सोध्नुहुँदैन भन्ने कुराको हेक्का राखेनन् । घर परिवारदेखि उनीहरू कस्तोमा बस्छन् ? श्रीमान्–श्रीमतीले के गर्छन्, कसरी गर्छन् भन्ने जस्ता नितान्त व्यक्तिगत प्रश्नहरू सोधे । जुन नेपालको संविधानले नै बर्जित गरेको विषय हो । संविधानको धारा–२८ को गोपनीयताको हकमा भनिएको छ, “कुनै व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखित, तथ्याङ्क, पत्राचार र चरित्रसम्बन्धी विषको गोपनीयता कानुनबमोजिम बाहेक अनतिक्रम्य हुनेछ ।” यो भनेको आफ्ना नितान्त व्यक्तिगत कुराहरू भन्दिनँ भन्दा पाइन्छ । तर कानुनको विषयमा न पत्रकारले हेक्का राखे न त ती पात्रहरूले नै । जसले पत्रकारका हरेक प्रश्नको उत्तर पनि क्यामराअघि नै भटाभट दिन थाले । यसले उनीहरूलाई भविष्यमा के असर गर्छ, पर्छ भन्ने कुराको चासो भएनन् ।
भनाइ नै छ, कलमको निप, बन्दुकबाट छुटेको गोली भन्दा पनि तीखो हुन्छ अर्थात् बाहिर आएको समाचारको विषयले तत्काललाई मात्र होइन दीर्घकालमा समेत असर गर्दछ । तर यसलाई धेरैले बेवास्ता गरेको पाइन्छ ।
युट्युबमा काम गर्ने अर्का एक जनालाई सोधेँ, “किन त्यस्तो प्रश्न सोधेको, जसले पत्रकारिताको मर्मभन्दा बाहिर लैजान्छ ?”
‘ल यति नसोधे त, स्कुपवाला सामग्री नै आउँदैन अनि युट्युब कसरी चल्छ ?’
मैले भनेँ, “नेपालको संविधानदेखि पत्रकार आचारसंहिताले पनि तिमीलाई ती सोध्न बर्जित गरेको छ नि ?”
“रोजी रोटीको विषय छ, भाइरस हुने बेला कसले संविधान पढेर बस्छ ?” उनले ठट्यौली शैलीमा भने । तर यो गम्भीर विषय लाग्छ मलाई ।
जेहोस् हाम्रो पत्रकारिता यसैगरी चल्दै र चलाउँदै आएका छौँ । मिडिया हाउसका मालिकको व्यापारको विषय होला, पत्रकारको रोजी रोटीको विषय होला तर धर्मविनाको पत्रकारिता हामीले गरिरहेका छौँ ।
यी साना र भर्खरै उदाउँदै गरेका मिडियाले मात्र होइन, स्थापित भइसकेका ठुला र राष्ट्रिय भनिएका मिडियाहरूले पनि यही तरिकालाई निरन्तरता दिएको देखिन्छ । कति स्थानमा पत्रकार त कतिमा मालिक हावी हुन्छन् ।
जेहोस् अरुलाई आफूतिर आकर्षित गर्न र आफ्नो पहुँच देखाउनका लागि गलत तरिका अपनाउने क्रम रोकिएको छैन । २०६२ सालमा मोरङ्ग जिल्लाबाट गोरखापत्रका लागि काम गर्ने एक जना मित्रले गाउँ नै आगलागी भएको समाचार लेखेँ । त्यो समाचार प्रकाशन पनि भयो । गोरखापत्रमा नै समाचार आएपछि जिल्ला प्रशासन कार्यालयले चासो दियो, सामाजिक सङ्घसंस्थाहरू राहत बाँड्न जाने भए, तर समाचारमा उल्लेख गरिएको स्थानमा आगलागी भएको पाइएन । पछि बुझ्दा समाचार गलत रहेछ । अनि हामीले सोध्यौँ किन झूठो समाचार लेखेको ? उनले सजिलै भने, “पत्रिकामा काम सुरु गरेको धेरै भयो, तर कहिल्यै पनि तैँले लेखेको समाचार हेरेँ भनेर कसैले भनेन । त्यसैले गर्दा केही गल्ती महसुस गरेजस्तो देखिन्थे तर गलत समाचारप्रति न त मिडिया हाउसले माफी माग्यो, न जानी जानी गलत समाचार लेख्ने पत्रकारले ।
एक दुई दिनपछि उनले फेरि भने, “मैले लेखेको समाचार पनि पढ्दा रहेछन् नि । अब थाहा पाएँ । यो समाचार नलेखेको भए मेरो समाचार अरुले पढे पढेनन् भन्ने थाहा हुँदैनथ्यो, अब ढुक्क भएँ मैले लेखेको समाचारले पनि प्रभावका विषयमा हेक्का गरेनन् । हुन त उनी अहिले पनि निरन्तर पत्रकारितामा नै छन् ।
हामीले जानी नजानी, कसैको दबाब र प्रभावमा परेर स्वतन्त्र पेशाका रूपमा लिइने पत्रकारिताको दुरुपयोग निरन्तर गरिरहेका छौँ । यसको न त प्रभावकारी ढङ्गले अनुगमन हुन सकेको छ न नियमन नै । मिडिया हाउस बढे, समाचार आउने क्रम बढ्यो, पीडित वा पीडकले भनेकै जसरी सूचनाहरू पनि आउने गरेका छन् । तर त्यसले पत्रकारिताको धर्म निर्वाह गरेको छैन । हामी पत्रकारिता गछौँ, तर यसको मर्मलाई बुझेका छैनौँ कि बुझेर पनि बेवास्ता गरिरहेका छौँ । जेहोस्, अन्तमा यसले हाम्रो पेशलाई बदनाम गराउने निश्चित छ । पेशै बदनाम भएपछि हामी कहाँ रहन्छौँ र ?
– संहिता, चैत २०७६ जेठ २०७७
Leave a Reply