भर्खरै :

म्यानमारमा लकडाउनः एक जना विद्यार्थीको अनुभव

कोभिड–१९ को विश्वव्यापी महामारीअघि अरू धेरै मानिसजस्तै म पनि शान्तिसँग बाँचेको थिएँ । हिजो भनेको आजको सम्झना हो, भोलि भनेको आजको सपना हो । त्यत्तिबेला मैले ‘महामारी’ शब्द वर्षको एक पटक पनि सुनेको थिइनँ । तर, अकल्पनीय परिस्थितिको कारण कोरोना भाइरस महामारी भनेर पनि जानिएको कोभिड–१९ महामारी यो वर्षको सुरुदेखि विश्वव्यापी चुनौतीको रूपमा देखाप¥यो ।
कोभिड–१९ महामारी संसारको लागि एउटा असाधारण चुनौती हो । अहिलेसम्म दुई सत्न्दा बढी देश र क्षेत्रलाई प्रभावित बनाइसकेको यो भाइरसले बालबालिका र उनीहरूको परिवार सबैलाई भद्रगोल बनाएको छ । त्यसै पनि अनेकन समस्याले गिजोलिएको स्वास्थ्य र शिक्षा प्रणालीमाथि अहिलेको अवस्थाले थप ठूलो समस्या थोपरेको छ ।
म्यानमारमा सन् २०२० को जून २५ मा कोभिड–१९ को पहिलो बिरामी फेला प¥यो । त्यसको पाँच सातापछि म्यानमारमा सङ्क्रमितको सङ्ख्या २९२ पुग्यो । तीमध्ये २०८ जनालाई निको भयो भने ६ जनाको निधन भयो । म्यानमारको सबभन्दा ठूलो सहर रङ्गुन महामारीको केन्द्र बन्यो । तर, देशका अन्य प्रदेश र क्षेत्रमा पनि सङ्क्रमण फेला प¥यो । त्यत्तिबेला स्वास्थ्यकर्मीहरूको कदर गर्दै रङ्गुनका बस्ती र घरहरूमा दीपावली गरिएको थियो ।
सरकारको तर्फबाट म्यानमारका राज्य परिषद् सदस्य आङ सान सुकीले महामारीविरुद्ध सरकारी प्रयासको केन्द्रीय र उल्लेख्य नेतृत्व गरिन् । उनले महामारीप्रतिरोध गर्न हालै गठित दुई वटा समितिको नेतृत्व गरिन् । जनतासम्म सूचना पु¥याउन सामाजिक सञ्जालको भरपूर प्रयोग गरिन् । स्वास्थ्यकर्मी, सरकारी अधिकारी, स्वयम्सेवक, व्यापारी र मजदुर सङ्गठनका प्रतिनिधिहरूको सहभागितामा टेलिभिजनमा प्रसारित भर्चुएल बैठकको आयोजना गरिन् । महामारीको बखत हल्लाको पछाडि नदौडिनु, नियमितरूपमा समाचार हेर्नु र स्वास्थ्य तथा खेलकुद मन्त्रालयका सूचनाको पालना गर्नु ज्यादै महत्वपूर्ण छ ।
त्यत्तिबेला सर्जिकल मास्क र एन ९५ मास्कको ठूलो अभाव थियो । भएका मास्क पनि स्वास्थ्यकर्मीहरूको लागि जोगाउनुपरेको थियो । कपडाको मास्क सजिलै भेटाइन्थ्यो र त्यस्ता मास्क धोएर पुनः प्रयोग गर्न पनि सकिन्थ्यो । फेब्रिकको मास्क सिउने राम्रो तरिका सिक्न मैले इन्टरनेटमा त्यस्ता भिडियो हेरेँ । एक दिन आफैँले एउटा मास्क सिलाएँ र दिनभर लगाएँ । त्यही क्रममा ४४ इन्च चौडा कपडाबाट दैनिक दस वटा मास्क सिलाउन सकिने थाहा पाएँ । यसरी सिलाएका मास्क मैले एक जना सामाजिक कार्यकर्ताको हातमा दिएँ । उनले ती मास्क ज्येष्ठ नागरिकलाई बाँडे । त्यसपछि मैले मेरा केही साथीहरूको साथ लिएर धुन मिल्ने मास्क धेरै सङ्ख्यामा सिलाएँ । ती मास्कलाई हामीले सर्वसाधारण जनता बस्ने ग्रामीण क्षेत्रमा वितरण ग¥यौँ ।
सरकारको सूचनाअनुसार त्यत्तिबेला मेरो घरमा कोही पनि पाहुना थिएनन् न त म नै कसैको पाहुना भएर कहीँ गएँ । कहीँ बाहिर गएर घर फर्केपछि मैले राम्ररी कम्तीमा २० सेकेन्ड हात धोएँ । पानी र साबुन उपलब्ध नभए मैले कम्तीमा ६० प्रतिशत इथानोल भएको स्यानिटाइजर प्रयोग गरेँ । मेरो एक जना साथी एउटा कारखानाको रसायन विभागमा काम गर्छन् । त्यहाँ उनीहरूले स्यानिटाइजर बनाएर बिनानाफा सस्तो मूल्यमा बेच्ने गर्छन् ।
कोभिड–१९ को कारण म्यानमारका ५ सय कारखानामध्ये कम्तीमा २० वटा कारखाना बन्द भए । त्यसकारण अहिले दस हजारभन्दा बढी मानिस बेरोजगार बनेका थिए । कच्चा पदार्थको आपूर्तिमा समस्या आएपछि केही कारखानामा स्थायीरूपमै काम ठप्प भयो । केही कारखाना अस्थायी समयको लागि बन्द भए । कतिपय कारखानाले मजदुरहरूको सङ्ख्या घटाए । त्यो समय वास्तवमै सबैको लागि कठिन समय थियो ।
महामारीको क्रममा नियमितरूपमा नुहाइधुवाइ गरेर र समय–समयमा हात धोएर व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । साथै यो समयमा पौष्टिक खाना खानुपर्छ । पुग्दो मात्रामा सुत्नुपर्छ र व्यायाम पनि गर्नुपर्छ । घर बस्दा आफूलाई ठीक आकारमा राख्न टीभीमा फिटनेस च्यालेन्ज हेर्दै केही उपयोगी र कम गाह«ो शारीरिक व्यायाम गर्ने प्रयास गरेँ । ठिक्कैको खाना खाएँ । अदुवा, लसुन र खुर्सानीजस्ता मसला बढाएर खाएँ । यस्ता मसलाले हामीलाई प्राकृतिकरूपमै रोगसँग लड्ने प्रतिरोध क्षमता बढाउने गर्छ ।
यस्तो बेला व्यवहारिकरूपमा समझदार बन्नु निकै महत्वपूर्ण हुन्छ । अरूको लागि मात्र समझदार होइन, आफ्नै सन्दर्भमा पनि समझदार बन्नुपर्छ । सामाजिक सम्बन्ध बलियो बनाउनु र अरूप्रति सहयोगी व्यवहार गर्नुका साथै अरूप्रति असल व्यवहार गर्नुले तनावको समयमा आफ्ना भावनालाई संयममा राख्ने क्षमता बढाउँछ । समझदार व्यवहारले हामीलाई आफूले अनुभव गर्ने पीडालाई उत्तेजित नभई व्यवस्थापन गर्न मद्दत गर्छ ।
हामीले क्लाउडमा आधारित पियर–टु–पियर सफ्टवेयर प्लाटफोममार्फत भिडियो संवाद र अनलाइन च्याटको लािग जुम एप्लिकेसन प्रयोग ग¥यौं । टेलिबैठक, टेलिसंवाद, दूरशिक्षा र सामाजिक सम्बन्धको लागि पनि जुमको प्रयोग ग¥यौँ ।

महामारीको समयमा मैले अरूलाई गर्नसक्ने सबभन्दा ठूलो मद्दत भनेको म आफू घर बस्नु हो । घर बसेर हामीले भाइरस सर्नबाट रोक्न सक्नेछौँ । भाइरस सर्न धिमा हुँदा स्वास्थ्यकर्मीलाई हलुका हुनुका साथै स्वास्थ्य पूर्वाधार र सामग्रीको पनि अभाव हुँदैन । घरबाटै काम गर्नु र घर बस्नु सामान्यतः सजिलो काम हो । तर, यो मानसिकरूपमा गाह«ो काम पनि हो । यतिबेला केही मानिसहरूको आम्दानी घटेको छ भने बेरोजगारी दर पनि बढिरहेको छ ।

म एमबीए तहमा भर्खरै भर्ना भएको विद्यार्थी हुँ । आफ्ना नयाँ र पुराना साथीहरूसँग मेरो नियमित सम्पर्क जोडिएकै छ । इन्टरनेटमार्फत म मेरो साथी, मित्र, आफन्त र नजिकका मानिसलाई फोन वा सामाजिक सञ्जालमार्फत सम्पर्क गर्ने गर्छु । भौतिकरूपमा टाढा भए पनि हामी एकअर्काबीच आफ्ना कुरा सुनाएर–सुनेर भावना साट्ने गर्छौँ । साथी भनेको सधैँको लागि हो र हामी यो चुनौतीलाई अवसरमा फेरिरहेका छौँ ।
महामारीको समयमा मैले अरूलाई गर्नसक्ने सबभन्दा ठूलो मद्दत भनेको म आफू घर बस्नु हो । घर बसेर हामीले भाइरस सर्नबाट रोक्न सक्नेछौँ । भाइरस सर्न धिमा हुँदा स्वास्थ्यकर्मीलाई हलुका हुनुका साथै स्वास्थ्य पूर्वाधार र सामग्रीको पनि अभाव हुँदैन । घरबाटै काम गर्नु र घर बस्नु सामान्यतः सजिलो काम हो । तर, यो मानसिकरूपमा गाह«ो काम पनि हो । यतिबेला केही मानिसहरूको आम्दानी घटेको छ भने बेरोजगारी दर पनि बढिरहेको छ ।
दुई महिना घर बस्दा मेरो मनमा पनि धेरै कुरा खेले । मलाई लाग्यो, यस्तो बेला एक्लोपनाले निम्तिने तनावसँग लड्ने सबभन्दा उपयुक्त माध्यम भनेको पुस्तक पढ्नु हो । मैले योभल नोह हरारीको पुस्तक ‘सेपियन’ पढेँ । त्यो पुस्तकमा मानव जातिको इतिहासबारे सङ्क्षिप्तमा चर्चा गरिएको छ । मैले यो पुस्तक सन् २०१८ मै किनेको थिएँ र केही पाठ पढेर त्यत्तिकै रहेको थियो । यही क्रममा फेसबुकका साथीहरूसँग मिलेर मैले ‘पुस्तक पढ्ने प्रतियोगिता’ को पनि आयोजना गरेँ ।
“दुःखद परिस्थितिको कारण म सचेत बनेँ ।” मानिस मानिसबीचको आपसी दुरी अकल्पनीय छ । तर, सद्भाव, समझदारी, सामाजिक सम्बन्ध, स्याहार र प्रेमले कठिन दिनमा उत्साह र आशा जगाउने गर्छ ।
कोभिड–१९ महामारीविरुद्ध हामी सबै मिलेर लडौँ । मलाई आशा छ, निकट भविष्यमा हामीले पुनः सुन्दर मुस्कानहरू देख्नेछौँ ।
नेपाली अनुवाद ः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *