भर्खरै :

प्रयोग भएको मास्क जथाभावी बिसर्जन गर्दा सङ्क्रमणको जोखिम बढ्दो

  • भाद्र ५, २०७७
  • नारायण अधिकारी
  • समाचार

चितवन, ४ भदौ । कोरोना भाइरस सङ्क्रमण बढेसँगै चितवनमा मास्क लगाउनेको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृत्तिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । यहाँका सडक, सडकपेटी र गल्लीमा प्रयोग भएको मास्क जथाभावी फालिएको देखिन्छ । यसरी मास्कको उचित प्रयोग र बिसर्जन हुन नसक्दा सङ्क्रमण फैलिन सक्ने विज्ञहरू बताउँछन् ।
मास्कको भित्री भागमा थुक, ¥याल, सिङ्गान र बाहिरी भागमा अरूको थुकको छिटा परेको हुन सक्छ । कोरोना सङ्क्रमणसँगै अनिवार्य मास्क लगाउन सरकारले सबैमा अनुरोध गरेको छ । आफू र अरुलाई रोग सर्न र लाग्न रोक्नका लागि मास्क अनिवार्य गरिएको हो । आम नागरिकले मास्कको उचित प्रयोग र बिसर्जन नगर्दा यसको जोखिम बढ्न सक्ने देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले मास्क प्रयोग र बिसर्जन राम्रो नभएको बताउनुभयो । मास्क प्रयोगको बानी परिनसकेकाले नाकदेखि चिउँडोसम्म टपक्क ढाकेर मास्क लगाउनुपर्नेमा त्यस्तो कम देखिने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो “कतिपयले बोल्दा मास्क खोल्ने गर्दछन् । त्यो झन खतरा हो ।” बोल्दा मुखबाट निस्किएको थुकको छिटा अरूलाई परेमा रोग सर्न सक्छ । अप्ठ्यारो शब्द उच्चारण गर्दा मानिसको मुखबाट थुकको छिटा निस्कन सक्ने प्रमुख तिवारीको भनाइ छ ।
मास्कको डोरी कानमा अड्याएपछि हातले नछुन विज्ञहरूको सुझाव छ । मास्कको बाहिरी भाग अझ बढि सङ्क्रमित हुनसक्ने विज्ञहरू बताउँछन् । अन्य सङ्क्रमित मानिससँग कुराकानी भएमा ती व्यक्तिको थुक आफ्नो मास्कको बाहिरी भागमा आएर बसेको हुनसक्ने प्रमुख तिवारीले बताउनुभयो । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. महेन्द्र अग्रहरीले मास्क जति बढी प्रयोग ग¥यो, त्यतिनै सङ्क्रमण हुने सम्भावना बढी हुन्छ भन्नुभयो । यसको उचित व्यवस्थापन हुन नसकेमा सङ्क्रमण फैलन सक्ने उहाँको भनाइ छ । “मास्क खोल्दा र लगाउनुअघि हात पूर्णरूपमा सेनिटाइज (निर्मलीकरण) वा साबुनपानीले धुनुपर्दछ”, डा. अग्रहरीले भन्नुभयो, “मास्क खोल्दा कान पछाडिको डोरी समातेर कानबाट निकालेर बाहिरको भागलाई भित्र पारेर गोलो बनाएर बिर्को लगाएको डष्टविनमा हाल्नुपर्दछ ।” डष्टविन नभएमा प्लाष्टिकमा राम्रो गरी पोको पारेर घरबाट डष्टविन भएको ठाउँमा बिसर्जन गर्न उहाँले सुझाव दिनुभयो । मास्कमा किटाणु ३÷४ दिन सम्म रहने उहाँको भनाइ छ । नेपाल चिकित्सक सङ्घ चितवनका सह –सचिवसमेत रहनुभएका डा. अग्रहरी मास्क जथाभावी फाल्दा सङ्क्रमण फैलन सक्ने सम्भावना बढी हुन्छ भन्नुभयो । खुल्ला ठाउँमा फालेको मास्क कुकुर, बिरालोलगायतले एक ठाउँबाट अर्को ठाउँमा पु¥याउने, पानीमा बगेर सङ्क्रमण फैलन सक्ने र यसबाट जलचरहरू प्रभावित हुन सक्ने उहाँको भनाइ छ । मास्कमा धातु र प्लाष्टिक हुने हुँदा ती वस्तुमा किटाणु लामो समयसम्म बस्छ । उहाका अनुसार ४÷५ दिन सम्म किटाणु बस्नसक्ने भएकाले माटोमा पुर्ने वा जलाउने गर्नु उपयुक्त हुन्छ । माटोमा २÷४ घण्टामा किटाणु नष्ट हुन्छ भने जलेर तत्काल नष्ट हुन सक्छ ।
अहिले मानिसले दैनिकरूपमा सर्जीकल र एन—९५ मास्क प्रयोग गर्ने गरेको पाइन्छ । सर्जीकल एक पटक प्रयोग गर्न उहाँको सुझाव छ । एन— ९५ मास्क भने चार वटा किनेर चार दिन बिराएर प्रयोग गर्न सकिने डा. अग्रहरीले बताउनुभयो । उहाँका अनुसार यो मास्क तीनदेखि पाँच पटक लगाउन सकिन्छ । उहाँले आम नागरिकले मास्कको उचित प्रयोग र बिर्सजनका बारेमा गम्भीर हुन सकेमा सङ्क्रमण न्यूनीकरणमा ठूलो सहयोग पुग्ने बताउनुभयो । मास्कको प्रयोग र बिसर्जनबारे व्यापकरूपमा जनचेतना फैलाउनुपर्ने आवश्यकतामाथि उहाँले जोड दिनुभयो ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *