जीवनयापनको उच्च लागतविरुद्ध ग्रीसमा हजारौँ विद्यार्थी र शिक्षकको प्रदर्शन
- कार्तिक ५, २०८३
बेरुत, ३१ अगस्ट । जर्मनीका लागि लेबनानका राजदूत मुस्ताफा अडिब लेबनानका नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । लेबनानका बहुमत दल उनको नेतृत्वमा नयाँ सरकार गठन गर्नेमा सहमत भएपछि उनी प्रधानमन्त्री बन्ने निश्चित भएको हो । गत अगस्ट ४ मा लेबनानको राजधानी बेरुतमा भएको ठुलो विस्फोटनपछि त्यहाँको अर्थतन्त्र अहिले ध्वस्तप्रायः छ ।
विस्फोटनपछि अगस्ट १० मा हस्सन डैबले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि लेवनान राजनीतिक नेतृत्वविहीन अवस्थामा थियो ।
नयाँ प्रधानमन्त्री अडिबले कानुन र राजनीतिशास्त्रमा विद्यावारिधि गरेका छन् । उनी पूर्वप्रधानमन्त्री नजिब मिकाटीका सल्लाहकार थिए । सन् २०१३ यता उनी जर्मनीका लागि लेवनानका राजदूत हुन् ।
लेवनानमा प्रधानमन्त्री बन्न सुन्नी मुसलमान बन्न अनिवार्य छ । आइतबार अडिबले पूर्वप्रधानमन्त्री तथा सबभन्दा ठूलो सुन्नी पार्टी द फ्युचर मुभमेन्टका प्रमुख साद अल–हरिरीलगायतका पूर्वप्रधानमन्त्रीहरूको समर्थन प्राप्त गरेका थिए ।
नयाँ प्रधानमन्त्रीको औपचारिक घोषणा गर्नुअघि राष्ट्रपति माइकल औनले संसदमा उपस्थित रहेका सबै दलहरूसँग परामर्श गर्नेछन् । बहुमत सांसदहरूले समर्थन गरेको व्यक्तिलाई नै राष्ट्रपतिले प्रधानमन्त्री घोषणा गर्ने प्रावधान छ ।
लेवनानको प्रभावशाली सिया पार्टीहरू हेजबुल्लाह र द एमल आन्दोलनले पनि अडिबकै नाम सिफारिस गर्ने बताइएको छ । राष्ट्रपति औनको दल क्रिस्चियन स्वतन्त्र देशभक्त आन्दोलनले पनि उनलाई समर्थन गर्ने बताइएको छ । प्रधानमन्त्रीको नियुक्तिपछि नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेछ । सरकार गठनको काम सम्पन्न नहुँदासम्म पूर्व प्रधानमन्त्री डैबले नै काम जारी राख्नेछन् ।
यसैबीच लेवनानका राष्ट्रपति औनले लेवनानमा ‘व्यवस्था परिवर्तनको खाँचो’ भएको बताएका छन् । उनले फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोंको लेवनान भ्रमणको क्रममा लेवनानलाई धर्मनिरपेक्ष बनाउनुपर्नेमा जोड दिएका थिए ।
औनका राजनीतिक सहकर्मी दल हेजबुल्लाहका प्रमुख हस्सन नस्रल्लाहले लेवनानमा नयाँ राजनीतिक सन्धिबारे माक्रोंको प्रस्तावबारे आफू खुल्ला भएको बताएका छन् ।
“लेवनानका युवाहरू परिवर्तनको माग गरिरहेका छन्”, ८५ वर्षका राष्ट्रपति औनले सरकारविरोधी प्रदर्शनकारीहरूलाई सम्बोधन गर्ने क्रममा भने ।
“हो, अब हाम्रो व्यवस्थामा विकास, परिमार्जन र परिवर्तनको खाँचो छ… यसलाई तपाईँले जसरी बुझ्नुहोस् । तर, लेवनानमा शासन गर्ने नयाँ शैलीको खाँचो छ”, उनले भने ।
औनले लेवनानलाई धर्मनिरपेक्ष राज्य बनाउनुपर्ने कुरा उठाए । तर, त्यसबारे थप कुरा राखेनन् । औन क्रिस्चियन हुन् । उनले संविधान संशोधनको लागि वार्ता आवश्यक भएको बताएका छन् ।
लेवनानमा अहिलेको सरकार सन् १९८९ को टैफ सम्झौतामा आधारित छ । टैफ सम्झौताकै आधारमा सन् १९७५–१९९० सम्मको गृहयुद्ध समाप्त भएको थियो । तर, त्यसयता धर्ममा आधारित राजनीति सञ्चालनमा छ ।
Leave a Reply