भर्खरै :

फ्रान्सको आर्थिक मन्दीको मारमा युवाहरू

पेरिस, ३१ अगस्ट । २० वर्षकी मेधी बेनमिरा फ्रान्सको राजधानी पेरिसनजिकको सहरमा बस्छिन् । उनी एउटा कम्पनीमा अस्थायी कामदार थिइन् । तर, कोभिड–१९ को महामारीको कारण उनले त्यो कामबाट हात धुनुप¥यो । जुनमा बल्लबल्ल अर्को काम पाइन् ।
तर, नयाँ कम्पनीले भटाभट मजदुरको सङ्ख्या कटौती गर्न थालेको छ । त्यसको अर्थ अब उनले यो कामबाट पनि हात धुनुपर्ने दिन नजिकिँदै छ ।
“म त बहुलाई बनिसकेँ । के गर्नु, कसो गर्ने, केही सोच्न सकेकी छैन”, उनले भनिन् ।
“जुलाईमा मैले अर्को काम नखोजी भॉछैन । तर, के गर्नु सयौँ ठाउँमा रोजगारीको लागि आवेदन दिँदा पनि एउटै जवाफ आउने गरेको छ–अहिलेलाई पर्दैन । यस्तो बेला आशा र विश्वास सबै गुमाउनुको अर्को विकल्प नै के हुन्छ र ¤”, उनले भनिन् ।
“आँखा झिमिक्क गर्दा समय बित्छ । महिनाको अन्त्यमा कोठाभाडा तिर्नुपर्छ । कहाँबाट ल्याउने होला पैसा ?”, उनले दुःख बिसाइन् ।
फ्रान्सको अर्थतन्त्रमा नोबेल कोरोना भाइरसको महामारी अपेक्षा गरिएभन्दा भयावह बन्दै गएको छ । सन् २०२० मा फ्रान्सको कुल गार्हस्थ उत्पादन ११ प्रतिशतले घट्ने अनुमान गरिएको थियो । पछिल्लो तथ्याङ्कले फ्रान्सको बेरोजगारी दर अपेक्षा गरिएभन्दा कम मात्र ओरालो लागेको देखिन्छ । तर, त्यहाँको राष्ट्रिय तथ्याङ्क विभागले लकडाउनको कारण वास्तविक तथ्याङ्क बाहिर नआएको हुनसक्ने र वास्तविक बेरोजगारको सङ्ख्या बढी हुनसक्ने स्वीकारेका छन् ।
दोस्रो विश्वयुद्ध यता फ्रान्स यतिबेला सबभन्दा ठुलो आर्थिक मन्दीमा फसेको छ । यो वर्षको सुरुबाट नै महामारी र देशव्यापी लकडाउनको कारण अर्थतन्त्रमा यस्तो गम्भीर समस्या आइपरेको हो । अर्थतन्त्रमा यस्तो गम्भीर प्रभाव फ्रान्सको लागि अनपेक्षित थियो ।
फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले फेरि अर्को चरणको लकडाउन गरे अर्थतन्त्रमा गम्भीर असर पर्ने भए पनि सङ्क्रमण दर बढिरहेकोले थप लकडाउन घोषणा हुन सक्ने सम्भावनालाई नकार्न नसकिने बताए ।
सरकारले आर्थिक सङ्कट सामनाको लागि १ खर्ब २० अर्ब अमेरिकी डलरको आर्थिक सहायता कोष घोषणा गरेको छ । आगामी सेप्टेम्बर ३ बाट सो कोष खर्च गरिनेछ । फ्रान्स सरकारले सो रकम आम बेरोजगारी र आम आर्थिक मन्दी रोकथामको लागि प्रयोग गर्नेछ ।
अहिलेको आर्थिक मन्दीले मजदुरहरूलाई मात्र प्रभावित बनाएको छैन । अहिले पढिरहेका र पहिलोपटक रोजगारी खोजी गरिरहेका युवाहरूलाई श्रम बजारमा आइलागेको खडेरीको कारण अन्योलमा परेका छन् ।
“युवाहरूको पढाइको बाटो कि त लामो समयको लागि ढिला हुने भयो नभए सधैँको लागि बन्द हुने भएको छ”, अन्तर्राष्ट्रिय श्रम सङ्गठनका प्रतिनिधि ड्रु गार्डिनरले भने ।
“यसको अर्थ उनीहरूको पढाई सामान्य समत्न्दा ढिला मात्र सकिने भयो”, उनले भने ।
“पढाइमा ढिलाइले दीर्घकालीन प्रभाव पार्नेछ । नयाँ युवाहरूलाई कामको अवसर र ज्यालामा दीर्घकालीन असर पार्नेछ”, उनले भने ।
“हामी यो पुस्तालाई लकडाउन पुस्ता भनिरहेका छौँ । वास्तवमै उनीहरू लकडाउन पुस्ता भएका छन्”, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *