भर्खरै :

‘चिलीमा फासीवादको प्रतिरोध’ पुस्तक सार्वजनिक

काठमाडौँ, १७ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बुधबार अनलाइन कार्यक्रमबीच ‘चिलीमा फासीवादको प्रतिरोध’ पुस्तक सार्वजनिक गर्नुभयो ।
दक्षिण अमेरिकी देश चिलीमा सन् १९७३ को सेप्टेम्बर ११ मा साल्भाडोर एयेन्डे नेतृत्वको वामपन्थी सरकारविरूद्ध संरा अमेरिकी केन्द्रीय गुप्तचर विभाग सीआईए निर्देशित सत्ताकब्जाको विषयमा आधारित पुस्तक पत्रकार समाज, नेपालले प्रकाशन गरेको हो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरूले आफ्ना आर्थिक स्वार्थमा हानि हुने देखेपछि जनताको पक्षमा उभिएका नेतृत्वको हत्या र दमनमा उत्रने गरेको बताउनुभयो ।
संसद्बाट बहुमत प्राप्त हुँदैमा समाजवाद नआउने प्रस्ट पार्दै उहाँले निर्वाचन जित्नु र राज्य सत्ता कब्जा गर्नु फरक विषय भएको बताउनुभयो ।
चिलीका नेता एयेन्डेको व्यक्तिगत मनसाय असल भए पनि उनका कदमले चिलीका पुँजीपति वर्ग र अमेरिकी पुँजीमाथि हानि हुने अवस्था बनेपछि उनको हत्या भएको अध्यक्ष बिजुक्छेँले स्पष्ट पार्नुभयो ।
“चिलीका तामाखानी र उब्जाउ जमिन चिलीका जनताको हातमा लिन खोज्दा त्यो कार्य संरा अमेरिकी साम्राज्यवादको आँखामा अपराध भयो”, उहाँले भन्नुभयो ।
भारतको पश्चिम बङ्गाल र केरलामा लामो समय कम्युनिस्ट पार्टीको सरकार भए पनि क्रान्तिकारी परिवर्तन गर्न खोज्दा भारतीय प्रतिक्रियावादीहरू एकजुट भएर दमनमा उत्रेको इतिहासको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “नेपालका शासकहरूले भारतीय विस्तारवादका स्वार्थमा हानि पु¥याउने अवस्थामा उनीहरूलाई पनि अर्को ‘दरबार हत्याकाण्ड’ गरेर सिध्याउनेछन् ।”
नेकपाको सरकारले क्रान्तिकारी भूमिसुधार गर्नु त परको कुरा किसानलाई समयमै रासायनिक मलसमेत उपलब्ध गराउन नसकेकोमा खेद व्यक्त गर्दै उहाँले यो सरकार निकम्मा र लाचार भएको बताउनुभयो ।
“नेकपाले आफूलाई कम्युनिस्ट पार्टी भन्नुको सट्टा ‘राष्ट्रिय प्रजातन्त्रवादी’ भन्नु उपयुक्त हुनेछ”, उहाँले भन्नुभयो ।
पत्रकार समाज, नेपालका अध्यक्ष अनुराधा थापामगरले ‘पुँजीवादले ठिक्क पारेको प्रशासन यन्त्रमा बसेर कम्युनिस्टहरूले राज्यसत्ता सञ्चालन गर्न नसक्ने’ कार्ल माक्र्सले पेरिस कम्युनबाट
निकालेको निष्कर्ष आज पनि सान्दर्भिक भएको चर्चा गर्दै समाजमा आमूल परिवर्तनको निम्ति जनता र सशस्त्र सङ्घर्ष दुवैको आवश्यकता भएको क्युवाली इतिहासबाट सिक्न सकिने बताउनुभयो ।
उहाँले निःशस्त्र शक्तिलाई प्रायश ः निर्मम शक्तिले दबाउने गरेको चर्चा गर्दै एयेन्डेले अन्तिम क्षणसम्म पनि साम्राज्यवादसामु आत्मसमर्पण नगरी वीरतापूर्वक लडेको बताउनुभयो ।
पत्रकार लक्ष्मणराज जोशीले ‘चिलीमा फासीवादको प्रतिरोध’ पुस्तकमा सङ्ग्रहित विभिन्न लेखहरूबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा पत्रकार समाज, नेपालका नीरज लवजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *