भर्खरै :

देश कतातिर पुँजीवाद वा समाजवाद !

काठमाडौँ, १७ भदौ । पुँजीवादी देशहरू क्रान्तिपश्चात् समाजवादतिर उन्मुख भएका थिए, क्रान्तिकारी नेता र कार्यकर्ताहरू सहिद भए र ज्येष्ठ हँुदै गए, नयाँ पुस्तामा पुँजीवादी विषयको प्रचार हुँदै गयो । सत्तासीन नेता र मन्त्री भएका पुँजीवादी तत्वहरूले सिद्धान्त र व्यवहारमा समाजवादको सट्टा एक – एक पाइला गर्दै पुँजीवादको पुनः स्थापना गरे । पूर्वी युरोपेली समाजवादीहरूको पतन र आजको हविगतको कारण यही हो ।
‘हवाई नीति– २०७७ को मस्यौदा सार्वजनिक, निजी क्षेत्रलाई विमानस्थल बनाउन र सञ्चालन गर्न दिइने’, शीर्षकको समाचार (राजधानी, १७ भदौ २०७७) ले देशको नेपाल वायु सेवा निगम अर्थात् सरकारको हवाई सेवा ध्वस्त गर्ने निश्चित छ ।
दुई–चार वर्षपछि अहिले देखिने निजी वायु सेवा एक – एक गरी भारत र पश्चिमी वायु सेवाको हातमा पुग्नेछ, नेपाल मगन्ते हुनेछ ।
वीरको ओपीडी बन्द !
उपत्यका र देशकै सबभन्दा ठूलो सरकारी अस्पताल वीर अस्पतालका व्यवस्थापक वा सरल भाषामा हाकिमहरूकै कारण वीरमा ‘३९ स्वास्थ्यकर्मी सङ्क्रमित, ७५ जना क्वारेन्टिनमा, बिरामीको उपचारमा खटिने जनशक्ति अभाव’ छ (कान्तिपुर, १७ भदौ २०७७) ।
यस्तो स्थिति आउनुमा अस्पतालका निर्देशक र हाँगा–बिँगा विभागका प्रमुखहरू जिम्मेवार छन् । त्यस्ता गैरजिम्मेवार पदाधिकारीहरूलाई तत्काल अन्तै सरुवा गर्नुपर्छ । बेवास्ता वा भ्रष्टाचारको छानबिन गरी मुद्दा चलाउनुपर्छ ।

पञ्चायतकालमा यस्तो हाहाकार नहुने तर दुईतिहाइको सरकार अर्थात् जनता, साहु–महाजन, व्यापारी र ठेकेदार एवम् मित्र राष्ट्रहरूले पनि पत्याएको सरकारले चैत–वैशाख महिनामा व्यवस्था गर्नुपर्ने कृषि मल भदौको मध्यसम्ममा समेत बन्दोबस्त गर्न नसक्नु युवा कृषिमन्त्रीको अयोग्यता र नालायकीपन होइन ? मन्त्री र मन्त्रालयको जिम्मेवारीमा नेकपाले प्रधानमन्त्रीलाई किन अगाडि सार्ने काम ग¥यो ? के ‘युवा’ मन्त्री अब मन्त्रालय जान छोडेकै हुन् वा व्यापारी वा ठेकेदारहरूसँग मोलतोल नमिलेरै प्रमलाई बङ्गलादेशसँग वार्ता गर्ने मेसो मिलाइएको हो ?

आफ्नै कर्मचारीको सुरक्षा गर्न नसक्ने प्रमुखहरूले जनताको सेवा कसरी गर्लान् ? वीर अस्पताल ध्वस्त पारी निजी अस्पताल गुल्जार गर्ने नेका र नेकपाका नेताहरूको उद्देश्य हो ।
के ओली सरकार ठेकेदारहरूले चलाउँदै छन् ?
पप्पुलगायतका अरर्बौँ योजनाहरूका बदनाम ठेकेदारहरूले देशका मुख्य – मुख्य योजनाहरूमा काम गर्न होइन ती ठेक्काहरू अरूले लिन नपाऊन् भनी ‘एड्भान्स बुकिङ’ गराई देशको विका स अवरुद्ध गराएकोे बारे जनतामा धेरै चर्चा भएको कुरा नौलो होइन ।
पुलकै दुर्दशा बनाउने ठेकेदारहरूलाई कारबाही होइन, रेलमार्ग बनाउने जिम्मेवारी ?, जनतालाई मुआब्जाभन्दा पहिल्यै ठेकेदारलाई नगद दिने खेल हुँदा कहाँ छ देशको कानुन ? कहाँ छ अख्तियार ?, झापामा पुलको बिजोग बनाउने ठेकेदारलाई झापामै रेल कुदाउने जिम्मा, कञ्चनपुरमा पुल अलपत्र पार्ने ठेकेदार रेल गुडाउन झापा जाँदै – (नयाँ पत्रिका, १७ भदौ २०७७) ।
पञ्चायती कालमा केही सय किसानलाई वर्षमा दुई बाली लिई शोषण गर्ने धर्मप्रसाद ढकाललाई योजनाबद्ध तरिकाले हत्या गर्ने वर्तमान प्रम ओलीले ३ करोड जनता र देशलाई बर्बाद पार्ने ठेकेदारहरूलाई किन कारबाही गर्नसक्दैनन् ¤? आश्चर्य प्रकट गर्दै छन् जनता । त्यसबेला ओलीजीसँग खुकुरी लिएका केही दर्जनमात्र कार्यकर्ता थिए । आज देशको सेना, प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर विभाग, अख्तियार, महान्यायाधिवक्ता आदि राज्यका सशक्त अङ्गहरू छन् । तर, किन यो दुर्दशा !?
के त्यसको कारण ‘लगानी बोर्ड’ र त्यसका नायकहरू होइनन् ? संसद्, मन्त्रिपरिषद् र अदालतभन्दा माथि बस्ने ‘लगानी बोर्ड’ को ऐन– कानुन के विदेशीले बनाइदिएका होइनन् ? यसमा अहिले चुरीफुरी गर्ने नेपाली काङ्ग्रेस र एमालेका नेताहरू एवम् एमाओवादीका नेता प्रचण्ड जिम्मेवार छन् । तिनीहरूमध्ये कति बिते र कति जिउँदै मौन छन् । त्यस्ता कतिपय नेताहरू पुनः प्रधानमन्त्री र राष्ट्रपति बन्ने दाउमा छन् । निर्लज्जताको हद ¤
नयाँ पुस्ता र ‘युवा नेतृत्व’ को नाममा केही उफ्रिँदै छन्, देशमा छरिएका लासका हाडखोड भागबन्डा गर्न ¤ जनताको यो वितृष्णा र घृणालाई उपयुक्त जवाफ दिनु र चित्त बुझाउनु आवश्यक छ ।
एक धार्नी चाकु खाएर पनि चाकुको स्वाद नपाउने सिंहदरबार !
१७ भदौ २०७७ को ‘गोरखापत्र’ को समाचारको मुख्य शीर्षक छ – ‘५० हजार टन युरिया पठाउन बङ्गलादेश तयार ।’ अन्य पत्रिकाले त्यसै समाचारलाई ‘बङ्गलादेशसँग ५० हजार मेट्रिक टन युरिया मल पैँचो’ भनी लेखे ।
पञ्चायतकालमा यस्तो हाहाकार नहुने तर दुईतिहाइको सरकार अर्थात् जनता, साहु–महाजन, व्यापारी र ठेकेदार एवम् मित्र राष्ट्रहरूले पनि पत्याएको सरकारले चैत–वैशाख महिनामा व्यवस्था गर्नुपर्ने कृषि मल भदौको मध्यसम्ममा समेत बन्दोबस्त गर्न नसक्नु युवा कृषिमन्त्रीको अयोग्यता र नालायकीपन होइन ? मन्त्री र मन्त्रालयको जिम्मेवारीमा नेकपाले प्रधानमन्त्रीलाई किन अगाडि सार्ने काम ग¥यो ? के ‘युवा’ मन्त्री अब मन्त्रालय जान छोडेकै हुन् वा व्यापारी वा ठेकेदारहरूसँग मोलतोल नमिलेरै प्रमलाई बङ्गलादेशसँग वार्ता गर्ने मेसो मिलाइएको हो ?
सत्य यही हो भने, पञ्चायतकालमा पनि बङ्गलादेशसँग नेपालले मल किन्थ्यो ¤ ठुस्स परेर भारत बाटो छोड्दैनथ्यो । पेट्रोलियम पदार्थपछि रासायनिक मल नै ठूलो व्यापार थियो – त्यसबेला ¤ अथवा नेपाली जनताले भारतबाट धेरै ठगीको अनुभव गरेका हुँदा अहिले बङ्गलादेशसँग ‘पैँचो’ लिने र भारतबाट आवश्यक भाग पाएपछि बङ्गलादेशसँग मल किनेको कागज मिलाउने होला भनी जनतामा फैलिएको शङ्का र जिज्ञासालाई कुन मन्त्रालयले उत्तर दिने हो, स्पष्टीकरण भने दिनैपर्छ ।
‘नीतिभन्दा नेताकेन्द्रित’ र ‘समकक्षीहरूमा प्रतिस्पर्धा’
नेका र नेकपा पुनः ‘रअ’ को खेलमा ?
नेपालमा शासक दलहरूको सम्मेलन, महाधिवेशन वा सरकार परिवर्तनको बेला काठमाडौँमा भारतीय गुप्तचर विभाग ‘रअ’ का प्रतिनिधिहरू विभिन्न तारे होटलहरूमा सक्रिय भएको अनुमान गर्नु अस्वाभाविक होइन । यो त सात दशकदेखि नेपाली जनताले भोगिआएकै विषय हो ।
राजधानीमै चलेको हल्लाअनुसार ‘रअ’ को नयाँ नेतृत्व नेपालका शासक दलहरूमा ‘वंश परम्परा’ नै उपयुक्त हुन्छ भन्ने विश्लेषणमा छ । शशाङ्क कोइराला, शेखर कोइराला वा प्रकाश कोइराला, सुजाता कोइराला र सुशील कोइरालाले आ–आफ्ना निर्वाचन क्षेत्रमा मात्रै होइन नयाँ ठाउँमा समेत जनताको मत पाएर नेकाको छविलाई कायम राखेकै थिए ।
तर, प्रकाशमान सिंह र विमलेन्द्र निधीबारे पनि ‘रअ’ को त्यही विश्लेषण हो भने नेपाली काङ्ग्रेस र प्रजातान्त्रिक बुद्धिजीवी समुदायमा फरक मत सुनिन्छ । गणेशमान जीलाई त्याग समर्पणको प्रतीक मानिन्छ भने प्रकाशमान सिंहमा ‘त्याग र समर्पण’ नहुनु स्वाभाविक छ । उनमा आवश्यक सैद्धान्तिक चुस्तता, व्यवहार चातुर्य र राजनैतिक अगुवाइको कमी अनुभव गर्छन् प्रजातान्त्रिक चिन्तकहरू ।
महेन्द्रनारायण निधीको नेपालको तराईमा गान्धीवादीको रूपमा चर्चा हुन्थ्यो । बानी–व्यहोरामा आँखामा राख्दा पनि नबिझाउने नेता महेन्द्रनारायण निधीजी हुनुहुन्थ्यो । पञ्चायतकालमा नेपालभित्र नेकाले गरेको शान्तिपूर्ण आन्दोलनका पक्षपाती हुनुहुन्थ्यो र बीपी कोइरालालाई नेपालमै बसेर शान्तिपूर्ण आन्दोलनबाट चित्त बुझाउने व्यक्तिको रूपमा देखिनुहुन्थ्यो ।
तर, विमलेन्द्र निधीको बारेमा तराईमा भिन्न मत छ । उनी महेन्द्रनारायणजीको सादगी र चिन्तनको विपरीत, गुण्डागर्दी, भ्रष्टाचार, झूट, ठगी, साम्प्रदायिक र जातिवादलाई प्रश्रय दिने अत्यन्त नकारात्मक प्रवृत्तिका प्रतीक मानिन्छन् । राजनीतिको साँचोमा बाबुको गुण छोरामा पनि हुने प्राणी विज्ञानको सिलसिलासँग मेल खाँदैन । नेपालको तराईबाट एक बौद्धिक र व्यावहारिकरूपले सबैले मान्ने खालको प्राज्ञिक र प्रजातान्त्रिक व्यक्तित्वको खाँचो अनुभव गरिँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *