भर्खरै :

फासीवादविरोधी युद्धका ७५ वर्ष

फासीवादविरोधी युद्ध समाप्त भएको यो वर्ष ७५ औँ वर्ष पुगेको छ । यी ७५ वर्षमा फासीवादविरोधी लडाइँ लडेका देशहरूले त्यो लडाइँमा मारिएका, घाइते भएका र आफ्नो जीवन कुनै न कुनै रूपमा प्रभावित भएका जनताप्रति सम्मान व्यक्त गर्दै आएका छन् । त्यतिबेला लडाइँ लडेका योद्धाहरूको सङ्ख्या क्रमशः घट्दै छ । त्यसकारण पनि हामीले उनीहरूका त्यागको स्मरण गर्न अझ जरुरी भएको छ । लडाइँले पारेको दीर्घकालीन प्रभावबारे यतिबेला लेखाजोखा गर्न आवश्यक छ ।
टोकियो खाडी र संरा अमेरिकाको मिस्सोरीमा जापानीहरूले आत्मसमर्पणको पत्रमा हस्ताक्षर गरेपछि एउटा निर्मम कालखण्डको मात्र अन्त्य भएन, बरु एउटा नयाँ युगको पनि सुरुवात भयो । फासीवादविरोधी युद्धमा विजय प्राप्त गर्नुअघि संसारमा धेरै कोणका वैचारिक द्वन्द्व थिए । तर, त्यही युद्धले संसारभर उपनिवेशवादी शासन अन्त्यको जग पनि बसायो । एसियाको सन्दर्भमा यो अझ सत्य हो । चीन, कोरिया प्रायःद्वीप र दक्षिणपूर्वी एसियामा जापानी उपनिवेश समाप्त भयो । त्यसपछिका दसकमा फ्रान्स, नेदरल्यान्ड र बेलायतका उपनिवेशहरू पनि समाप्त भए । धेरै नयाँ स्वाधीन देशहरूको उदय भयो ।
दोस्रो विश्वयुद्धमा एलाइड शक्तिको सामूहिक विजयले चीन विश्व मञ्चमा पुनः उदायो । सन् १९४३ मा कायरोमा भएको सम्मेलनमा चीनलाई उच्चस्तरमा प्रतिनिधित्व गराइयो । चीनलाई आफ्नो सार्वभौमिकता फिर्ता गर्ने त्यो महत्वपूर्ण कदम प्रमाणित भयो । चीनले विश्वव्यापी मान्यता पाएको त्यो सम्मेलन कोशेढुङ्गा सावित भयो ।
आजको सन्दर्भमा ७५ वर्षअघिको त्यो युद्धको के महत्व छ भनी नयाँ पुस्ताले सोध्न सक्छन् । यसका उत्तर अनेक छन् । फासीवादी एक्सिस मोर्चालाई पराजित गर्न एलाइड मोर्चाभित्रका वैचारिक भिन्नतालाई अलग राखेर सामूहिकरूपमा लड्ने क्षमता प्रदर्शन ग¥यो । संसारले कोभिड–१९, विश्वव्यापी मन्दी र जलवायु परिवर्तनजस्ता चुनौती सामना गरिरहेको अवस्थामा यो एउटा महत्वपूर्ण पाठ हुनसक्छ ।
युद्ध, घरबारविहीनता, भोकमरी, सम्पत्तिको विध्वंस र स्वतन्त्रता गुमाएको वास्तविकतासँग पुस्तांँै पुस्ता बाँचेका मानिसहरूको निम्ति यस्ता दुःखमाथि जीत हासिल गर्न भित्री शक्तिको खाँचो पर्छ ।

फासीवादविरोधी लडाइँमा सहकार्यपछि पुराना मतभेदले पुनः आकार लिएपछि राजनीतिक असंलग्नताको क्रम बढ्दै गयो । फासीवादविरोधी लडाइँपछि पश्चिमा देशहरू र सोभियत सङ्घबीच शीतयुद्ध भयो । सन् १९६२ मा भएको क्युवाली मिसाइल सड्ढटको बेला फासीवादसँग लडेका शक्तिहरूबीच तनावको अवस्था कायम रह्यो । त्यतिबेला कुनै उत्तेजनात्मक प्रचारबाजी वा बढ्दो सैनिक उपस्थितिले लडाइँको अवस्था रोकिएको थिएन । बरु संयुक्त राष्ट्र सङ्घमा राजनीतिक सहभागिता वा संवादले लडाइँ रोकिएको थियो । दोस्रो विश्व युद्धपछि स्थापना भएको संयुक्त राष्ट्र सङ्घले त्यस्ता सड्ढट रोकथाममा भूमिका खेल्दै आएको छ ।

आधारभूतरूपमा संरा अमेरिकाले नेतृत्व गरिरहेको आजको अन्तर्राष्ट्रिय अवस्थामा सहकार्य र विवाद समाधानका बाटाहरूमा उस्तै खालका अवरोधहरू छन् । संयुक्त राष्ट्र सङ्घजस्ता महत्वपूर्ण संस्थाहरूबाट हात झिकेर ती संस्थाका महत्व घटाउने काम भइरहेको छ ।
‘हल्लाबाजी कूटनीति’(मेगाफोन डिप्लोमेसी) र सैनिक हस्तक्षेप अन्तर्राष्ट्रिय कूटनीतिका भाषा कदापि होइनन् । इतिहासले सिकाएको छ–त्यस्तो भाषाको प्रयोगले खराब परिणाममात्र निम्तिने गर्छ ।
फासीवादविरोधी लडाइँमा सहकार्यपछि पुराना मतभेदले पुनः आकार लिएपछि राजनीतिक असंलग्नताको क्रम बढ्दै गयो । फासीवादविरोधी लडाइँपछि पश्चिमा देशहरू र सोभियत सङ्घबीच शीतयुद्ध भयो । सन् १९६२ मा भएको क्युवाली मिसाइल सड्ढटको बेला फासीवादसँग लडेका शक्तिहरूबीच तनावको अवस्था कायम रह्यो । त्यतिबेला कुनै उत्तेजनात्मक प्रचारबाजी वा बढ्दो सैनिक उपस्थितिले लडाइँको अवस्था रोकिएको थिएन । बरु संयुक्त राष्ट्र सङ्घमा राजनीतिक सहभागिता वा संवादले लडाइँ रोकिएको थियो । दोस्रो विश्व युद्धपछि स्थापना भएको संयुक्त राष्ट्र सङ्घले त्यस्ता सड्ढट रोकथाममा भूमिका खेल्दै आएको छ ।
अरु केही कुराको लागि नभए पनि फासीवादविरोधी लडाइँको ७५ औँ वर्षलाई विगतको सम्झना र यस्ता पीडादायी समय दोहोरिन नदिन नयाँ प्रतिबद्धताको लागि पनि चर्चा गर्न आवश्यक छ ।
फासीवादविरोधी युद्धपछिका दसकहरूले हामीलाई कुनै बेलाको शत्रु अहिले वा भविष्यको लागि पनि शत्रु हुनैपर्छ भन्ने देखाउँदैन । आजको युरोपेली सङ्घको केन्द्रमा त्यत्तिबेलाको फासीवादी देश जर्मनी छ । त्यत्तिबेला अर्को फासीवादी शक्ति जापान आज संरा अमेरिकाको सबभन्दा ठूलो व्यापार साझेदार र राजनीतिक सहयोगी बनेको छ । फासीवादी चिन्तनको परित्यागबाट कुनै पनि देश समयान्तरमा आफ्नै बाटोमा हिँड्न सक्ने र विगतकै धङधङीमा टाँसिएर बस्न नपर्ने देखाएको छ ।
फासीवादविरोधी युद्धमा ७ करोडदेखि ८ करोड ५० लाख मानिस मारिएको अनुमान गरिएको छ । जापानी, जर्मनी वा इटालीजस्ता शक्तिको फासीवादी युद्ध भोगेका र ज्यान जोगाएका मानिसहरू कुनै दिन समय सामान्य गतिमा अघि बढ्ने आशाले बाँचेका थिए । आज मानिस त्यो बिन्दुबाट ७५ वर्ष अघि बढिसकेको छ । उत्तम भविष्यको लागि त्यत्तिबेला पलाएको आशा आज पनि समाजको लागि जिम्मेवारी हो ।
लेखक लण्डनका स्वतन्त्र लेखक हुन् । उनले रुसी इतिहास र अन्तर्राष्ट्रिय राजनीतिमा केन्ट विश्वविद्यालयबाट विशेषज्ञता हासिल गरेका छन् ।
स्रोतः सीजीटीएन
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *