भर्खरै :

जोखिममा नथाकेका हातहरू -फोटो फिचर

देशभर कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दो छ । हरेक दिन हजारौं नेपाली यो रोगबाट संक्रमित छन् । तर, समाजप्रति जिम्मेवार हातहरूले यो प्रतिकूल परिस्थितिमा पनि अविचलित भएर जनताको सेवामा लागेका छन् । भक्तपुर नगरमै सबभन्दा बढी कोभिड १९ बाट प्रभावितमा पर्दछ वडा नं १ । सो वडाका महिलाहरूले शनिबार बिहान संक्रमणको जोखिमबीच पनि आपसी दुरी र सावधानका अनुशासनको पालना गर्दै वडाव्यापी सरसफाई कार्यक्रम गरे । स्थानीय वडाध्यक्ष श्याम खत्रीलगायत जनप्रतिनिधि, महिला र युवाहरूले सरसफाईमा सहभागी बनेर वडाबासीलाई सचेत बनाउने र संक्रमण रोकथाममा भूमिका खेलेका छन् ।
वडा नं १ का महिलाहरूको यस्तो सक्रियताको समाचारले नगरका अन्य क्षेत्रमा पनि सीमित संख्यामा आपसी सावधानी अपनाएर महामारी नियन्त्रणको निम्ति सक्दो योगदान गर्नुपर्ने भावना सञ्चार भएको छ ।



तस्वीरः अजेय कोजू

Leave a Reply

Your email address will not be published. Required fields are marked *