भर्खरै :

उत्तर कोरिया, भीमसेन थापा र हामी

-सुरेश
हातमा दुई चारवटा डिग्री भएर मात्र कोही राजनीतिक रुपले सचेत नहुँदो रहेछ । यस्तै डिग्रीधारी एक मित्रले भने, “उत्तर कोरियालाई अमेरिकाले तह लगाउनुपर्छ ।” यो विचार यी मित्रलाई आफ्नै विचारजस्तो लाग्ला । तर यो विचार उनको दिमागमा ‘मूलधारका मिडिया’ले थोपरेको विचार हो ।

क्रिस हानी, पेट्रिस लुमुम्बा, मुअमर गद्दाफीजस्ता अफ्रिकी देशभक्तहरुलाई दिनदहाडै मार्नसक्ने पश्चिमा खुफिया एजेन्सीहरुले उत्तर कोरियाली नेता किम जोङ इल मरेको दुई दिनपछि मात्र थाहा पाए । त्यसैले आफ्नो शक्तिलाई धुलिसात गराउने उत्तर कोरिया पश्चिमा ‘शक्ति’का लागि चोटिलो चुनौती बनिरहेको छ ।

‘मूलधारका मिडिया’, चाहे त्यो विदेशी होस् वा स्वदेशी । यिनीहरु दुनियाँलाई तखतमा राख्न खोज्ने शक्तिका विज्ञापनमा बाँच्दछन् । साफसाफ भन्दा यिनीहरु क्रमशः पश्चिमी प्रोजेक्टका पैसा र दक्षिणी विज्ञापनका दक्षिणाका भरमा बाँच्न बाध्य छन् । पश्चिमा शक्ति विश्वमा जति नै शक्तिशाली देखिए पनि उत्तर कोरिया पुगेपछि निरीह बन्नपुग्छ । पूरै अफ्रिका महादेशको स्रोत–साधनमा एकछत्र लुटमार मच्चाउन सक्ने पश्चिमा साम्राज्यवादको धम्कीले उत्तर कोरियाको माखो पनि झस्किन्न । क्रिस हानी, पेट्रिस लुमुम्बा, मुअमर गद्दाफीजस्ता अफ्रिकी देशभक्तहरुलाई दिनदहाडै मार्नसक्ने पश्चिमा खुफिया एजेन्सीहरुले उत्तर कोरियाली नेता किम जोङ इल मरेको दुई दिनपछि मात्र थाहा पाए । त्यसैले आफ्नो शक्तिलाई धुलिसात गराउने उत्तर कोरिया पश्चिमा ‘शक्ति’का लागि चोटिलो चुनौती बनिरहेको छ ।
पश्चिमा साम्राज्यवादीहरु युद्ध कारखाना चलाउँछन् । दुईवटा – एउटा देखिने, अर्को नदेखिने । यी नदेखिने युद्ध कारखाना हुन्, ‘मूलधारका मिडिया’ । यसलाई विज्ञहरु मनोवैज्ञानिक युद्ध पनि भन्छन् । यो युद्धमा पनि त्यतिकै नाफा छ जति खतरनाक हतियारको युद्धमा हुनेगर्छ । त्यसैले उत्तर कोरियाका खबरहरु रातारात बिक्छन् बजारमा । किम जोङ उनका ‘रासलिला’का ‘फेहरिस्त’ सुपरहिट मसला हुन् ‘मूलधारका मिडिया’का आम्दानी बढाउन । यस्तै ‘फेहरिस्त’ बनाएर केही वर्ष पहिले मुअमर गद्दाफीलाई बलीको बोको बनाएका थिए साम्राज्यवादीहरुले । आज उनीहरु लिबियाका तेल खानीका मालिक बनेका छन् । हिजो तिनै तेल खानीको आम्दानीबाट निःशुल्क विद्युत, निःशुल्क उच्च शिक्षा, निःशुल्क स्वास्थ्य सेवा, निःशुल्क आवासको सुविधा लिई सुनिश्चित जीवन बिताइरहेका लिवियालीहरु दैनिक बली चढाइँदैछन् । मेरा मित्रले त्यसबेला पनि भनेका हुँदाहुन्, “गद्दाफीलाई अमेरिकाले तह लगाउनुपर्छ ।” आफूलाई पठित ठान्ने मेरा मित्र वास्तवमा मनोवैज्ञानिक युद्धका मीठा सिकार हुन् । प्रसिद्ध विद्वान चोम्स्कीले भनेकै छन्, व्यक्तिलाई ‘जान्या छु’ भन्ने बनाएर साम्राज्यवादी स्वार्थ पूरा गर्नु ‘मूलधारका मिडिया’को धर्म हो । अर्को शब्दमा, मनोवैज्ञानिक युद्ध जितेर हतियारको युद्ध जित्न सहज बनाउनु साम्राज्यवादी चालबाजी हो । मेरा मित्रजस्ता शिक्षितहरुमा आफ्नो विचार भर्न नसकेको खण्डमा साम्राज्यवादीहरु आफू हिटलर कहलिनेमा सचेत छन् ।
अब प्रश्न उब्जन्छ, हाम्रो विचार के हो त ? हाम्रो विचार विश्वका स्वाभिमानी जनताको विचार हो, साम्राज्यवादविरोधी विचार हो । नेपाली स्वाभिमानी संघर्षले हामीलाई छाडेर गएको विरासत यहीँ हो । जनरल भीमसेन थापा नेपाली इतिहासका साम्राज्यवादविरोधीे भावनाका प्रतीक हुन् । उनले राजा रणबहादुर शाहसँगै भारतमा रहँदा–बस्दा बेलायती साम्राज्यवादका गतिविधिहरुको गहिरो अध्ययन गरेका थिए । युरोपमा त्यसबेला नेपोलियन बोनापार्टको जगजगी थियो । नेपोलियन पूरै युरोप निल्ने सुरमा थिए । बेलायत फ्रान्ससँगको युद्धमा फसेको थियो । त्यसैले भारतीय जम्बुद्विपका देशहरु खाने उपक्रम रोकेको थियो । भीमसेन थापा दुरदर्शी थिए । उनले युरोपको युद्धबाट उम्केपछि बेलायत पुनः आफ्नो साविकको नीतिमा फर्किने देखे । यसर्थ उनले फ्रान्सको प्राविधिक सहयोगमा नेपाली सेनाको सुदृढीकरण गरे । तर जम्बुद्विपका अन्य राजा–रजौटाहरुले जस्तो विदेशी सेना भने भित्राएनन् । साथ–साथै उनले बेलायती साम्राज्यवादलाई एसियाको यो भूखण्डबाट लघार्नका निम्ति चीन, तिब्बत र भारतीय राजा–रजौटाहरुलाई पत्राचार गरे । सुपरिचित इतिहासकार चित्तरञ्जन नेपाली लेख्छन्, भीमसेन थापाको यो तयारी नेपालको सिमा रक्षार्थ मात्र नभई बेलायति साम्राज्यवादलाई समग्र भारतीय जम्बुद्विपबाटै लखेट्नका लागि थियो ।

 अड्चन बनिरहेछन् क्युवा, भेनेजुयला, बोलिभिया, सिरिया, इरान, चीन…। भूगोलमा नेपालभन्दा पनि सानो समाजवादी मुलुक प्रजग कोरिया त्यस्तै साम्राज्यवादविरोधी भावना बोकेको मुलुक हो । आजभोलि पत्रपत्रिकामा उत्तर कोरियालाई धम्की दिँदै साम्राज्यवादको नाइके अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कुर्लिरहेको खबर आइरहेछ ।

युरोपमा पासा पल्टियो । रुससितको युद्धमा पराजित भएपछि नेपोलियन एल्बा टापुमा निर्वासित गरिए । बेलायती साम्राज्यवादले पुनः भारतमा नयाँ उपनिवेशहरु बनाउनका लागि माक्र्विस अभ् हेस्टिङ्ग्सलाई गभर्नर जनरल बनाई भारत पठायो । नेपालमाथि आक्रमण भयो । सुगौली सन्धि भयो । तर देश रहिरह्यो । केही इतिहासकारहरु तर्क गर्छन्, नेपालले युद्ध नलडेर बरु बुटवल र सिउराज क्षेत्र अङ्ग्रेजलाई दिएको भए नेपालको विशाल भूमि जोगिने थियो, भीमसेनले युवा जोशमा आएर बित्यास पारे । यो निकै निम्छरो सोच हो । उनीहरु के बिर्सन्छन् भने बुटवल र सिउराज क्षेत्र त मात्र बहाना थिए । युद्धको धम्कीमा परेर भारतका कैयन राजा–रजौटाहरुले देशका स–साना क्षेत्रहरु बेलायतलाई सुम्पेका थिए । आज ती देशहरु कहाँ छन् ? सारमा यो विचार साम्राज्यवादसँग झुक्ने विचार हो ।
सुगौली सन्धिपछि पनि भीमसेन जीवनको अन्तिम क्षणसम्म साम्राज्यवादसँग जुधिरहे । सन्धिमा उल्लेख भएअनुसार नेपालमा बेलायती कूटनीतिक प्रतिनिधिका रुपमा ब्रायन हड्सन आए । भीमसेनले हड्सनलाई देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्नबाट रोक्न सक्दो कोशिस गरे । उनले बेलायती साम्राज्यवादीहरुलाई एसियाबाटै लघार्नका लागि चीन, तिब्बत, बर्मा र इरानलाई पत्राचार गरिरहे । भारतका राजा–रजौटाहरुलाई पनि यो साम्राज्यवादविरोधी अभियानमा सहभागी हुन आह्वान गरी संस्कृतमा कविता लेखाई पठाए । चित्तरञ्जन नेपाली दाबी गर्छन्, भीमसेन थापा साम्राज्यवादविरुद्ध एसियाली एकताको आह्वान गर्ने पहिलो एसियाली हुन् । भीमसेन थापाको विचारलाई लिएर संघर्ष गरेको भए आज एसियाको स्थिति अर्कै हुने थियो । तर लखनउको एक नवाबले यो सूचना उपनिवेशवादीहरुलाई दियो । ब्रायन हड्सन भीमसेनलाई समाप्त पार्ने प्रपञ्चमा जुटे । अन्ततः उनी सफल भए । भीमसेनलाई एउटा झिनो षड्यन्त्रमा फसाएर आत्महत्या गर्न बाध्य पारे । भीमसेनको सम्झनामा हड्सनले एसियामा बेलायतको उपनिवेशवादी नीतिलाई ठम्याउने स्वाभिमानी व्यक्तित्व भनी तारिफ गरेका छन् । यसमानेमा हामी भीमसेन थापालाई साम्राज्यवादविरोधी संघर्षका गुमनाम शहीद भन्न सक्छौँ ।
समय फेरिएको छ । हिजो युनियन ज्याक फहरिन्थ्यो उपनिवेशको खोजमा । आज नवउपनिवेशको सिनो लुछ्न साम्राज्यवादीहरु गिद्धलाई नाइके बनाई चहारिरहेका छन् । अड्चन बनिरहेछन् क्युवा, भेनेजुयला, बोलिभिया, सिरिया, इरान, चीन…। भूगोलमा नेपालभन्दा पनि सानो समाजवादी मुलुक प्रजग कोरिया त्यस्तै साम्राज्यवादविरोधी भावना बोकेको मुलुक हो । आजभोलि पत्रपत्रिकामा उत्तर कोरियालाई धम्की दिँदै साम्राज्यवादको नाइके अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कुर्लिरहेको खबर आइरहेछ । यता नेपाल आफै पनि भारतीय धनाढ्यहरुको अखडा बनिरहेछ । अर्थशास्त्रको भाषामा, भारतीय एकाधिकार पूँजी नेपाललाई आफ्नो नवउपनिवेश बनाउने नीतिमा अघि बढिरहेछ । साम्राज्यवादीहरु हिजो आफूले ऐयासी गर्ने चीनका दासहरु उठेको देख्दा मन अमिलाइरहेछन् । उनीहरु चीनको सम्पन्नतालाई घेर्ने नीतिमा अघि बढिरहेछन् । एसियालाई तेस्रो विश्वयुद्धको रणमैदान बनाउन चाहन्छन् । घटनाक्रमले फेरि पनि भीमसेन थापाको साम्राज्यवादविरोधी एकताको सान्दर्भिकतालाई उप्काउँदै छ । स्वाभिमानी नेपालीहरुको काँधमा भीमसेन थापाको ओजिलो विरासतलाई अघि बढाउने जिम्मेवारी आएको छ ।

चित्तरञ्जन नेपाली दाबी गर्छन्, भीमसेन थापा साम्राज्यवादविरुद्ध एसियाली एकताको आह्वान गर्ने पहिलो एसियाली हुन् । भीमसेन थापाको विचारलाई लिएर संघर्ष गरेको भए आज एसियाको स्थिति अर्कै हुने थियो । तर लखनउको एक नवाबले यो सूचना उपनिवेशवादीहरुलाई दियो । ब्रायन हड्सन भीमसेनलाई समाप्त पार्ने प्रपञ्चमा जुटे । अन्ततः उनी सफल भए । भीमसेनलाई एउटा झिनो षड्यन्त्रमा फसाएर आत्महत्या गर्न बाध्य पारे । भीमसेनको सम्झनामा हड्सनले एसियामा बेलायतको उपनिवेशवादी नीतिलाई ठम्याउने स्वाभिमानी व्यक्तित्व भनी तारिफ गरेका छन् । यसमानेमा हामी भीमसेन थापालाई साम्राज्यवादविरोधी संघर्षका गुमनाम शहीद भन्न सक्छौँ ।

हरेक वर्ष दक्षिण कोरियामा उत्तरका विरुद्ध अमेरिकी साम्राज्यवादले सैन्य अभ्यास गरुञ्जेल उत्तर कोरियालाई हतियार परीक्षण गर्ने अधिकार छ । जस्तो भीमसेन थापाले बेलायती साम्राज्यवादलाई बुझेर नेपाली सेनालाई सबल पारेका थिए । त्यहीँ तयारीका कारण आज नेपाल जिउँदै छ । त्यसो त उत्तर कोरियाले हाइड्रोजन बम बनाएपछि आफू हाइड्रोजन बम प्रयोग गर्ने पहिलो देश नबन्ने उद्घोष गरेर विश्व शान्तिमा योगदान गरेको छ । अमेरिकी साम्राज्यवादले एटम बम बनायो, युद्ध हार्दै गरेको जापानका लाखौँ जनतालाई एकै चिहान पा¥यो । हतियारकै व्यापार गरेर मोटाएको साम्राज्यवादबाट उत्तर कोरियाको जस्तो प्रतिबद्धताको अपेक्षा गर्न अप्ठ्यारो छ । सन् १९५०–५३ को कोरिया–अमेरिका युद्धमा गरिएको युद्धविरामको सम्झौतालाई स्थायी युद्ध अन्त्यको घोषणामा फेर्नुपर्छ । अमेरिकी साम्राज्यवादबाट यस्तो अपेक्षा गर्न झन गाह«ो छ । उल्टो उत्तर कोरियाले हतियार परीक्षण गरेको होइन, आफूसँग हतियार किनेको हेर्न चाहन्छ लोभी साम्राज्यवाद । तसर्थ साम्राज्यवादविरोधी एकता एवं साम्राज्यवादविरोधी संघर्षको विकल्प छैन ।
हिजो साम्राज्यवादीहरुको मनोवैज्ञानिक युद्ध आज जत्तिको बलियो थिएन । आजको साम्राज्यवादले त्यो प्रचारयुद्धका भरमा विश्वका अनगिन्ती देशभक्त र क्रान्तिकारीहरुको हत्या गरिसकेको छ । उसले भ्रामक प्रचारको झिलीमिली धुवाँ फैलाएका छ संसारमा । ‘शिक्षित’ जमात अझै आलोचनात्मक बन्न आवश्यक छ । उत्तर कोरियाको दुःख नेपालको जस्तै छ । दुवै देशको शत्रु साम्राज्यवाद र प्रभुत्ववाद हो । विदेशी थिचोमिचो र धम्की कुनै स्वाधीन देशलाई स्वीकार्य हुँदैन । सन् १८१४ मा नेपाललाई घेर्ने साम्राज्यवाद फरक रुपमा आज कोरियामाथि आक्रमण गर्न जम्जमाउँदै छ । नेपाली कामदार जनताले भीमसेन भावनालाई भुलेका छैनन् । कामदार जनता साम्राज्यवादविरोधी प्रजग कोरियाली जनताको पक्षमा छन् । अमेरिकी साम्राज्यवाद कोरिया प्रायद्विपबाट निस्कीजा ! अमेरिकी साम्राज्यवाद मूर्दावाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *