भर्खरै :

बेरोजगार युवाहरू नै परिवर्तनका बाहक !

यतिबेला नेपालमा कोरोनाको महामारी तीव्रगतिमा फैलिरहेको छ । दैनिक हजारदेखि पन्ध्र सयसम्म सङ्क्रमित थपिंदै छ । मृत्यु हुनेमा दैनिक आठ जनाभन्दा माथि छ । भारतमा लकडाउन गरेसँगै नेपालमा लकडाउन गरेकोले सुरु सुरुमा विदेशबाट फर्केकाहरूमा मात्र फाटफुट कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । अहिले नेपालमै सङ्क्रमितको सङ्ख्या ६२ हजार पुगिसकेको छ । भारतमा शुक्रबारसम्म सङ्क्रमितको सङ्ख्या ५२ लाखको हाराहारीमा छ भने मृतकको सङ्ख्या ८३ हजार पुगेको छ ।
नेपालमा चैत ११ गतेबाट लकडाउन भएको थियो । लकडाउनको कारण सरकारी अफिसदेखि निजी अफिस, कारखाना, उद्योग, साना ठूला व्यापार व्यवसाय, होटेल, रेष्टुरेन्ट, यातायात तथा शिक्षा क्षेत्रका स्कूल र कलेज बन्द भए । कृषकदेखि कृषि मजदुरसमेत लाखाँै मानिसले रोजगारबाट हात धुनुपर्यो । तिनीहरूलाई हातमुख जोड्न गा¥हो भयो । लकडाउनले गर्दा यातायात नचलेर कृषि उत्पादन बजार पु¥याउन नपाउँदा उत्पादित सामान बारी–बारी र बोट–बोटमै कुहियो ।
लकडाउनले सबैभन्दा बढी मारमा पर्ने दैनिक ज्यालादारी मजदुरहरू हुन् । उनीहरूलाई छाक टार्न पनि गा¥हो भयो । खान नपाएर कति त जहाँ जहाँ राहत बाँडेको छ त्यहाँ त्यहाँ पुगे भने कति यहाँ बसेर खान नपाउने भयो भनेर १०, १२ दिनसम्म हिँडेर आफ्नो घर फर्के । भोकभोकै हिँड्नु पर्दा कति त घर नै पुग्न पाएनन् भने कति त मुस्किलले घर पुगे । तर, घर पुगेर के गरूँ ? खान धौधौ छ । गाउँमा काम छैन । देशमा सङ्घीयता आयो, अब सिंहदरबार गाउँ–गाउँमा पुग्यो भनिएको छ । सिहंदरबार गाउँमा पुगेर के गर्ने ? गरिबको लागि कसले वास्ता गर्छ ?
नेपालमा राजनीतिक परिवर्तन भए पनि निम्नस्तरका मानिसदेखि गरिब र सर्वहारा वर्गले परिवर्तनको कुनै अनुभूति गर्न पाएका छैनन् । संविधानसभाको चुनावबाट संविधान बन्यो । संविधान बनाएको पाँच वर्ष पूरा भएको छ । जनताको संविधान तथा समाजवादउन्मुख भनिएको संविधानमा खाद्य सुरक्षा, स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता आधारभूत आवश्यकतालाई मौलिक हकमार्फत प्रत्याभूति गरिएको छ । तर, उनीहरूको काम र व्यवहारमा कुनै परिवर्तन आएको देखिँदैन । कोही भोकै मर्दैन भने पनि गरिब तथा पिछडिएको जनताका लागि केही काम भएन । गरिबको अवस्था जस्ताको तस्तै रह्यो । भोको पेटको लागि जहाँ सम्भव छ त्यहाँ जान बाध्य भयो । कोही नेपालको विभिन्न सहरमा पसे भने कोही भारत, मलेसिया र खाडी मुलुकसम्म पुगे । हुनेखानेहरू जापान, कोरिया, अमेरिका, बेलायत र अष्ट्रेलियासम्म पुगे ।
यो सरकार गणतन्त्र नेपालको समाजवादउन्मुख संविधानअन्तर्गतको पहिलो दुइतिहाइ सरकार हो । समाजवादको नारा दिएर जनतालाई झुक्याउँदै सत्तामा पुगेको सरकार हो । समाजवादी भनिने यो सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा दिएको छ । बरोबर भन्दै आएको छ, “नेपालमा कोही भोकै मर्नेछैनन् । सडकमा कोही असहाय रहनेछैनन् ।” तर, दुईतिहाइको बहुमत सरकारले सत्ता सम्हालेको अधाइ वर्ष बित्दा पनि जनतालाई राहत मिल्ने समाजउन्मुख काम केही भएको छैन । चुनावको बेलामा आफ्नो घोषणापत्रमा उल्लेख आधारभूत शिक्षा र स्वास्थ्य निःशुल्क गर्ने, जनताको आधारभूत आवश्यकता सुनिश्चित गर्ने, बेरोजगारीलाई रोजगारी दिनेजस्ता कुनै पनि काम भएको देखिँदैन । यो सरकार कम्युनिस्ट भने पनि समाजवादी संस्कार छैन । पद र पैसाको लागि जे पनि गर्न तयार हुने संस्कारका नेताहरूको सरकार हो यो । अहिले सुशासनको नाममा जहाँतहीँ भ्रष्टाचार छ । कृषि उत्पादन खस्केको छ । बेरोजगारी सङ्ख्या दिनपरदिन बढ्दै छ । कुनै काम गर्नुपरेमा सर्वसाधारणले कि पैसाले किनेको हुनुप¥यो कि त आफ्नो मान्छे हुनुप¥यो । तैपनि प्रधानमन्त्री समृद्धिको नारा रटान गर्न पछि परेका छैनन् ।
गएको वर्षको बजेटमा ७ देखि १० लाख रोजगारी दिने घोषणा गरिएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रम भनेर आफ्ना कार्यकर्ताहरूलाई भर्ती गराउनुबाहेक केही गरेको देखिँदैन । देशमा बेरोजगारले व्याप्त छ । रोजगारी दिने कुनै नीति बनाएको देखिँदैन । स्वदेशमा रोजगारीको सम्भावना नदेखेर कति विदेश पलायन भए । कोरोना महामारी हुनुअघि दैनिक हजारदेखि पन्ध्र सयसम्म विदेश पलायन भएको तथ्याङ्क छ । मलेसिया तथा खाडी मुलुकमा हजारौँ नेपाली पुगे भने भारतमा मात्र करीब दश लाखको हाराहारीमा नेपाली कामदार रहेको स्रोतले बताउँछ । तर, सरकारसँग के कति कामदार विदेशमा छन् त्यसको तथ्याङ्क छैन । अहिले कोरोनाको कारण विदेशमा रहेका नेपालीहरू घर फर्कन चाहन्छन् । मरे आफ्नै मातृभूमिमा मर्ने भनी भारतको विभिन्न सहरबाट फर्केका नेपाली दाजुभाइहरूलाई नेपाली नभएको जस्तो व्यवहार भयो । नेपाल प्रवेश गर्न नपाएर कोही सिमानाकाको भारतीय क्वारेन्टिनमा बस्न बाध्य भए भने कोही सडकमा भोकभोकै बस्न बाध्य भए । खाडी मुलुक कतारबाट फर्कन चाहेकाहरूले पनि फर्कन नपाएर सरकारविरुद्ध नाराबाजी गरेको समाचार छ । आफ्नै खर्चले आउन चाहेकाहरूलाई समेत नेपाल सरकारबाट बेवास्ता भएको देख्दा विदेशस्थित नेपाली कामदारहरू आक्रोसित छन् । सरकारले बेलैमा नसोचे स्वदेशका बेरोजगार र विदेशबाट फर्केका युवाहरू नै परिवर्तनको बाहक नहोला भन्न सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *