भर्खरै :

प्रधानमन्त्रीको आत्माश्लाघा

संविधान दिवसको दिन राजधानीको सहिद मञ्चबाट प्रधानमन्त्रीले दिएको भाषण आत्मप्रशंसाको ठेलीभन्दा केही बढी थिएन । कोरोनाको महामारीको कारण विश्वभर आर्थिक मन्दी सुरू भइरहेको अवस्थामा प्रधानमन्त्रीले नेपालको अवस्था सबै ठीकठाक भएजस्तो अभिव्यक्ति दिए । मानौँ, प्रधानमन्त्री रोमका राजा निरो हुन् । उनी आत्मप्रशंसाको बाँसुरी बजाइरहेका छन् । उनी कोरोनाको महामारी नभएको भए देश ‘समृद्धि र विकास’ को बेगमा दौडिसक्ने काल्पनिकी वाचन गरिरहेका थिए । ‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ’ नारा दोहो¥याउँदै गर्दा जनताले स्वास्थ्य सामग्री खरिदमा समेत भ्रष्टाचार भएको घटना सम्झे । भ्रष्टाचारमा संलग्न मानिसहरू अहिले पनि उनको मन्त्रिमण्डल र वरपर घुमिरहेको जनताबाट लुकेको छैन । उनले कोरोना भाइरस नियन्त्रणमा सरकारले गरेका गतिविधिको बखान गर्दै गर्दा दैनिक रूपमा बढिरहेको सङ्क्रमितको सङ्ख्याबाट जनतालाई पिरोलिरहेको थियो । उनी विकास योजनाको लामो नामावली पढ्दै गर्दा अझै पनि झर्न नसकेको मेलम्चीको पानीबारे जनता निराशा पोखिरहेका थिए । तथापि, प्रधानमन्त्रीको नजरमा देशको अवस्थामा कुनै पनि खोट वा कमजोरी छैन, सबै सुन्दर तरिकाले चलिरहेको छ । तर, उनले यसरी बोल्दै गर्दा नजिकै त्रिचन्द्र कलेजमा भोका मानिसहरू भात खान दाताको प्रतिक्षा गरिरहेका थिए । अरू दिन सहिद मञ्चकै पछाडिको खुलामञ्चमा बाँडिने खाना त्यो दिन संविधान दिवस भएकोले अलि पर त्रिचन्द्र क्याम्पसमा खुवाइएको थियो ।

संविधान दिवसको दिन प्रधानमन्त्रीले गरेको भाषण जनताको भावना र अनुभवभन्दा नितान्त भिन्न छ । जनताले आज दैनिकरूपमा भोगिरहेका समस्या र चुनौती तिनमा अभिव्यक्त भएको छैन । तथ्याङ्क र मिथ्याङ्कको बाक्लो खरानी दलेर सरकार अझ बढी पूर्ण भएको झूठो अनुभव गरिरहेको छ । सरकारले बिनायोजना लागु गरेका लकडाउन र निषेधाज्ञाको कारण थिलथिलो बनेको नेपालको आर्थिक गतिविधिलाई जीवन दिन अझ धेरै समय लाग्ने देखिएको छ ।

एकातिर शासक सैनिक चौघेरामा उभिएर देशमा सबै कुरा ठीकठाक चलिरहेको बखान गरिरहेको बेला अर्कोतिर नागरिक भोको पेट भर्न तँछाडमछाड गर्नु आजको समयको सबभन्दा कुरूप दृश्य हो । संविधान जनताको राजनीतिक र आर्थिक अधिकारको दस्तावेज हो । प्रधानमन्त्रीले भनेजस्तै संविधान गतिशील दस्तावेज हो । जब संविधानले जनताको भोक मेटाउन सक्दैन भने त्यस्ता संविधान कागजको खोस्टामा परिणत भएका इतिहासमा धेरै उदाहरण छन् । संविधानको धारामा निहीत अधिकार जनताले आफ्नो दैनिक व्यवहारमा अनुभव गर्न पाएमात्र संविधान दिगो हुने गर्छ । संविधान शासकको खोपीमा सजाउने ठेलीमात्र भए र जनतालाई त्यसले कुनै प्रभाव पार्न नसके त्यस्तो संविधानलाई शासकको सुनको जलपले मात्र जोगाउन सम्भव छैन ।
संविधान दिवसको दिन प्रधानमन्त्रीले गरेको भाषण जनताको भावना र अनुभवभन्दा नितान्त भिन्न छ । जनताले आज दैनिकरूपमा भोगिरहेका समस्या र चुनौती तिनमा अभिव्यक्त भएको छैन । तथ्याङ्क र मिथ्याङ्कको बाक्लो खरानी दलेर सरकार अझ बढी पूर्ण भएको झूठो अनुभव गरिरहेको छ । सरकारले बिनायोजना लागु गरेका लकडाउन र निषेधाज्ञाको कारण थिलथिलो बनेको नेपालको आर्थिक गतिविधिलाई जीवन दिन अझ धेरै समय लाग्ने देखिएको छ । दैनिकरूपमा बढ्दो कोरोना सङ्क्रमितको कारण महामारीले चाँडै नेपाली समाजलाई मुक्ति दिने अवस्था छैन । यसको सामना सरकारले कसरी गर्दै छ ? संविधान दिवसको भाषणमा प्रधानमन्त्री यसबारे मौन छन् । उनी उपलब्धिको बखान गर्दा गर्दै आत्मसमीक्षाको पाटो भुलिरहेका छन् । सरकार होस् वा व्यक्ति, आत्मसमीक्षाले मानिसलाई अझ पूर्णतातिर दोहो¥याउने हो । जे गरेँ राम्रै गरेँ, मैले गल्ती गर्नै सक्दिनँ, म नै सत्य हुँ भन्ने चिन्तनले सरकारलाई सही दिशामा कदापि डो¥याउने छैन ।
प्रधानमन्त्री ओली र सरकारले आत्मसमीक्षा गरी कमजोरीलाई स्वीकार्ने साहस गर्नुपर्छ । आफ्नो जिद्दीमै देश चलाउने सोचाइले शासकको सत्ता त डगमगाउँछ नै, जनता र देशलाई पनि अप्ठ्यारो अक्करमा फसाउने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *