भर्खरै :

भारतीय सेना प्रमुखलाई ध्यानाकर्षण

‘कालापानीबारे नेपाल अरूको इसारामा बोल्यो भन्ने सेना प्रमुख नरवाणे १८ कार्तिकमा आउँदै’ समाचारको शीर्षक थियो । (नयाँ पत्रिका, ६ कार्तिक २०७७)
नेपाली भूमि मिचेर भारतले बनाएको सडकको नेपालमा तीव्र ‘विरोध’ भएपछि त्यसलाई चिनियाँ इसारामा भएको दाबी गर्ने भारतीय सेनाध्यक्ष मणिमुकुन्द नरवाणेलाई स्वागत र सम्मानको तयारी भइरहेको समाचारमा सचेत समुदाय र नेपालको नयाँ पुस्ता संवेदनशील देखिएका छन् । उनले ‘अरू कसैका लागि’ लिपुलेक क्षेत्रमा निर्माण गरिएको भारतीय सडकको विरोध भएको बताएका थिए ।
भारतको मनोहर पारिकट इन्स्टिच्यूट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिसद्वारा आयोजित वेबिनारमा सेनाध्यक्ष नरवाणेले चीनको इसारामा नेपालले विरोध गरेको सुनाएका थिए । ‘… उनीहरूले यो विषय कसैका लागि उठाएका हुन्, यो सम्भावना म देख्छु । यो सडक करिडोरबारे विवाद छैन’ उनको भनाइ थियो । उनको भनाइमा लिपुलेक सडकका सन्दर्भमा म कति पनि विरोधाभास देख्दिनँ । काली नदीभन्दा पश्चिममा हामीले सडक बनाएका छौँ । नेपालमा यसको किन विरोध भइरहेको छ, म जान्दिनँ ।’ (नयाँ पत्रिका, ६ कार्तिक २०७७)
पहिलो, सम्भवत ः लिपुलेक र नक्कली ‘काली नदी’ को भारतीय सेनाले बनाउँदा वर्तमान भारतीय सेनाध्यक्ष निश्चय पनि यस पदमा थिएनन् । यसकारण यसबारे उनलाई जानकारी नहुनु अस्वाभाविक होइन ।
दोस्रो, बेलायती उपनिवेशवादीहरूसँग नेपालको युद्ध हुँदा चिनियाँ कम्युनिस्ट पार्टीको जन्म नै भएको थिएन, बरू १८४० मा चिनियाँहरूले ‘अफिम युद्ध’ पहिलो चरणमा अङ्ग्रेजहरूलाई हराएका थिए । १८४२ मा बेलायती साम्राज्यवादको हात माथि प¥यो । यसकारण महाकाली नदी र कालापानीबारे आजका चिनियाँहरूलाई नेपालीहरू जत्तिकै थाहा नहोला ।
तेस्रो, नेपाल र भारतीय जनताको सम्बन्ध रामायण र महाभारत कालदेखिको हो ।
चौथो, भारतमा युनानी र अरूहरूले बारम्बार आक्रमण र राज्य गरेका थिए । साथै भारत स्वयम् भूभाग भएको हुँदा विभिन्न राजा–महाराजहरूले राज्य गरेका थिए ।
त्यस्तै पुर्तगाली र अङ्ग्रेजहरू आएर भारतका राजा–महाराजाहरूकहाँ खुला र गुप्तरूपले सेवा गरेको बहाना बनाए तथा हरेक राजा–महाराजा र राज्यहरूको कमी–कमजोरी र सबल पक्ष थाहा पाई एक आपसमा भिडाउँदै एक–एक गरी सारा भारत बेलायती उपनिवेशमा परिणत भयो, त्यो पनि २०० वर्षसम्म ।
भारत छोड्दा बेलायतीहरूले आफ्ना दलालहरूमार्फत हिन्दुस्तान र पाकिस्तान विभाजित गरे । बेलायतीहरूप्रति भारतीय नेताहरूमा जसरी शत्रुताको भावना हुनुपर्ने थियो, त्यो थिएन – बेलायती भाषा र संस्कृतिको गहिरो प्रभावले ।
पाचौँ, त्यो बेलायती उपनिवेशवादीहरूको संस्कार भारतका नेताहरू र कर्मचारीतन्त्रमा आज पनि कायम देखिन्छ ।
आफ्नो सीमा कहाँ कहाँसम्म हो भनी बुझ्न आफ्नै राज्यहरूको इतिहास, ठाउँको नाउँ, पहाड, नदी–नाला, पोखरी, बसोबास गर्ने जात–जाति र भाषा–भाषीको रीतिरिवाज, सरकारी कागजपत्र, मालपोत तिर्दाको कागज र आफ्नो भूमिको सरकारी कागज आदि नै प्रमाणहरू हुने गर्छन् । कालापानी, लिपुलेक र लिम्पियाधुराहरूमा नेपालीहरूसँग सबै कागजपत्र छन् ।
छैटौँ, बरू भारत र चीनबीचको सीमा विवाद हेनरी म्याकमाहोन भन्ने एक बेलायती उपनिवेशवादी सर्भेयरले आफ्नै निश्चित उद्देश्यको निम्ति नक्सा कोरे – हिन्दुस्तान र पाकिस्तानको जस्तै ।
हुँदा हुँदा, एक अङ्ग्रेज पर्यटक (उपनिवेशवादी) गाइडको जात सोधेर ‘गलवान’ भनी ठूलो ठाउँको नाम राखियो र तेस्रो पुस्ता पहिलेको फोटोलाई प्रमाण बताइयो । (अन्धविश्वासको सीमा छैन !)
सातौँ, जहाँसम्म नेपालीहरूले ‘अरूको निम्ति’ वा ‘चीनको निम्ति’ भन्ने भावना भारतीय सेनाध्यक्ष नरवाणेमा अनुभव गरेअनुसार नेपाल र नेपालीजस्तो निकट देश र जनताको जानकारी र चिन्तनले नेपाल र नेपाली जनताको मर्ममा चोट पुग्नु स्वाभाविक हो । वर्तमान नेपालको ‘कम्युनिस्ट’ सरकारका घटकहरू भारतमै भारतको स्वतन्त्रतासँगै स्थापना भएको र ‘माओवादी कम्युनिस्ट’ भारतमै तालिम र हतियार दिएर नेपालमा १० वर्ष गृहयुद्ध गरेका पक्ष हुन् ।
आठौँ, नेपाली भाषाको पहिलो ‘घोषणापत्र’ चिनियाँ भाषाबाट अनुवाद गरिएको थिएन – बरू अङ्ग्रेजी, हिन्दी र बङ्गाली भाषाको सहयोगले अनुवाद गरिएको थियो ।
माओ त्सेतुङका विचार वा ग्रन्थ चिनियाँ भाषामा होइन दिल्लीको पिपुल्स पब्लिसिङ हाउसबाट प्रकाशित रामविलाश शर्माको अनुवाद हो । नेपालका मुख्य–मुख्य दलका नेताहरू आफ्नो युवा अवस्थामा भारतमै अध्ययन गरेका र भारतीय स्वतन्त्रता आन्दोलनदेखि नक्सलवादी आन्दोलनसम्म भाग लिएकाहरू छन् । चीनबाट तालिम प्राप्त होइनन् । बरू, भारतीय कम्युनिस्ट पार्टी, चिनियाँ कम्युनिस्ट पार्टी र अन्य एसियाली कम्युनिस्ट पार्टीहरू झन्डै झन्डै एउटै वर्ष १९२१ मा स्थापना भएका थिए ।
भारतीय सेनाध्यक्ष नरवाणेलाई नेपाल र नेपाली जनताको विषय थाहा नहुनु स्वाभाविक छ – किनभने नेपाल भारतभन्दा आकार र जनसङ्ख्यामा सानो छ । सेनापति वा सेनाध्यक्षहरू राजनैतिक, कूटनैतिक विषयमा कम बोल्ने गर्थे र कम बोल्छन् । यसका धेरै कारण होलान् यसबारे जनरल रणवाणेको ध्यान तलका केही विषयमा आकर्षित गर्न चाहन्छु –
१) बेलायत र पोर्चुगलजस्ता साम्राज्यवादी देश साना थिए तर २०० वर्षसम्म भारत र चीनजस्ता विशाल देशहरूमाथि शासन गरे । यसकारण देश सानो वा ठूलोले होइन उसको राजनैतिक उद्देश्य र चरित्रसँग सम्बन्धित हुन्छ ।
२) चीनको जापानविरोधी युद्धको बेला चिनियाँ जनसेनाका नायक चु तेहले स्वतन्त्रताको सङ्घर्षमा रहेका भारतीय राष्ट्रिय काङ्ग्रेसका नेता नेहरूलाई एउटा पत्रमार्फत सहयोग मागेका थिए । भारतीय नेताहरूले चीनलाई जापानविरोधी मुक्ति युद्धमा मद्दत गर्न डा. बसु र डा. कोटनिससहित सर्जनहरूको एक टोली चीन पठाएका थिए ।
३) सैन्य तालिम र सैन्य सञ्चालन पोख्त हुँदैमा वा नाउँ चलेको सैन्य शिक्षालयबाट उत्तीर्ण सेनापति वा सेनाध्यक्ष हुँदैमा सबै लडाइँमा विजय पाउने भए नेपोलियनले एल्वा टापुमा जानुपर्ने थिएन, वाटरलूको घटना घट्ने थिएन र सेन्ट हेलेनामा थुनिनुपर्ने थिएन ।
४) लडाइँका सबै निर्णय सेनाध्यक्षहरूले नै गर्ने भए कुनै पनि लडाइँमा कसैको हार–जीत हुने नै थिएन ।
५) धर्म, जात (आर्य), ‘राष्ट्रियता’, ‘देशको गौरव’ र ‘बडाराष्ट्र अहँकारवाद’ अथवा सोमिनिजम्’ नै विजयको आधार हुने भए हिटलर, मुसोलिनी र तोजोको हार हुने थिएन । हतियार नै निर्णायक तत्व हुने भए फासीवादीहरूको हार नै हुने थिएन । सोभियत सङ्घको पतन हुने थिएन ।
६) सैनिक विश्वविद्यालयबाट शिक्षित सेनापतिहरूबाटै लडाइँ जित्ने भए लेनिन र स्तालिन सैनिक विद्यालयका विशेषज्ञ थिएनन् र धेरै साम्राज्यवादीहरूको हमलाको विरोधमा रूसलाई बचाए – लेनिनले । दोस्रो विश्व युद्धमा स्तालिनले नै संसारलाई जोगाए । चर्चिलले भनेका थिए – यदि अरू ग्रहहरूसँग पृथ्वीको सम्मेलन हुने भए स्तालिनलाई नै हाम्रो प्रतिनिधि छान्ने छु । संरा अमेरिकाको ‘मार्शल प्लान’ को योजना स्तालिनकै एक अर्थशास्त्रीहरूको दलको करामत थियो । किनभने स्तालिन र रूजबेल्टको सम्बन्ध राम्रो थियो – फासीवादको विरोधमा ।
७) माओ त्सेतुङ र चु तेहले सबै पुँजीवादी रणविद्हरूको योजनालाई एक–एक गरेर असफल पारेका थिए र अणु बमको धाक देखाउँदा अमेरिकी पत्रकार अन्ना लुइस स्ट्रङसँगको अन्तर्वार्तामा प्रस्ट पारे –‘युद्धको निर्णय एक–दुई संहारक हतियारले होइन, जनताले गर्छ ।’ इतिहासले त्यसलाई सावित ग¥यो ।

2 responses to “भारतीय सेना प्रमुखलाई ध्यानाकर्षण”

  1. K says:

    This is a topic that’ѕ close to my heart… Many thanks!
    Where are your contact details though?

  2. Thanks on your marvelous posting! I seriously enjoyed reading it, you might be a great author. I will ensure that I bookmark your blog and will come back in the foreseeable future. I want to encourage you to continue your great job, have a nice holiday weekend!

Leave a Reply

Your email address will not be published. Required fields are marked *