भर्खरै :

भारतको राजनीति र कूटनीतिको शल्यक्रिया

  • कार्तिक ९, २०७७
  • क्रिश्चिना
  • विचार

भारतको राजनीतिबारे स्वतन्त्रताको ७० वर्षपछि पनि क्षेत्रीय साम्प्रदायिकता, अन्धराष्ट्रवाद, धार्मिक साम्प्रदायिकता, अन्धविश्वास, दलितविरोधी र जातीय भेदभाव, गरिबी, बेरोजगारी, हत्या, हिंसा र बलात्कार एवम् भ्रष्टाचारका समाचार र तथ्याड्ढहरूले नेपाल र छिमेकी देशका जनतालाई अचम्ममात्रै पार्दैनन् बरू तर्साउँछन् किनभने भारतजस्तो ठूलो मुलुकको यो गति छ भने त्योभन्दा साना मुलुकहरूको पुँजीवादी प्रजातन्त्रको के गति होला भन्ने प्रश्नले तर्साउनु स्वाभाविक हो ।
यस्तो किन ? भारतीय नेताहरूको आफ्नो देशको विषयमा जति ठूलो स्वरले ‘गौरव’ र ‘देशभक्ति’ को कुरा गर्छन् तिनीहरूकै बारेमा जनताको गुनासा र विरोध त्यत्तिकै बढी पाइन्छ । निर्वाचन स्वयम् त्यस देशको राजनीतिक स्वच्छताको ‘दर्पण’ हुने गर्छ । त्यसको उत्तरमा भारतीय छात्रहरूले उत्तर दिनेछन् – ‘संसारको सबभन्दा पुरानो र ठूलो प्रजातन्त्र अमेरिकामा जस्तो जातिवादी र भेदभाव कहाँ छ ? त्यहाँका राष्ट्रपति ट्रम्प सबभन्दा आलोच्य र विरोध गरिएका व्यक्ति हुन् । कहाँ छ – अमेरिकामा प्रजातन्त्र ? भारतभन्दा खतम छ ।’
कार्तिक ६ र ७ गतेका दैनिकहरूमा भारतीय गुप्तचर विभाग ‘रअ’ को प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण र प्रधानमन्त्रीसँगको भेटघाटबारे ठूलै विवाद र प्रश्नहरू देखिए र सुनिए । तर, भारतको इतिहासमा त्यहाँको गुप्तचर विभागको छिमेकी देशहरूमा हुने गरेको गतिविधिबारे धेरै चर्चा र पुस्तकहरू प्रकाशित भइसकेका छन् । भारत २०४७ मा बेलायती उपनिवेशवादबाट ‘स्वतन्त्र’ भए पनि त्यहाँ नेता, सेना, कर्मचारीतन्त्र र सांस्कृतिक क्षेत्र अर्थात् शिक्षा वा बौद्धिक जगतमा पनि बेलायती संस्कारबाट मुक्ति पाएका छैनन् । त्यसको अर्थ हो – भारतलाई बेलायती उपनिवेशवादीहरूले गरेकै व्यवहार भारतीय नेता, सेना, गुप्तचर विभाग र सांस्कृतिक क्षेत्रमा पनि त्यस्तै व्यवहार देखिँदै छ ।
भारत स्वतन्त्र हुने बेला बेलायतीहरूले (लर्ड माउन्टवेटन नेताहरूलाई के गर्नुहुन्छ र हुँदैन, के कसरी काम गर्ने एकसूची पत्र नै ठमाएका थिए । भारतको गम्भीरभन्दा गम्भीर राजनैतिक र सैन्य विषयमा समेत बेलायत र अमेरिकाको प्रत्यक्ष प्रभाव देखिएको छ । ‘इन्डिया चाइना वार’ पुस्तकको बेलायती लेखक नेभिल म्याक्सवेलले लेख्यो – INDIA’s INTELLIGENCE CHIEF CIA MAN9BLITZ, correspodent, 2 Sept. 1973)
त्यस्तै बङ्गलादेश र सिक्किमको बारेमा पनि भारतीय गुप्तचर विभागको गतिविधिबारे सबै प्रस्ट छन् । श्रीलड्ढाको जातीय युद्धमा र नेपालको माओवादी गृहयुद्धमा पनि भारतीय गुप्तचर विभाग सक्रिय नै थियो ।
‘रअ’ का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमणमा एमाले र एमाओवादीको विवाद मिलाउने, नेकालाई नेकपासँग मिलाउने र लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे नेपाललाई फकाउने आदि सबैको प्रचारले थाहा हुन्छ नेपालका शासक दलका नेताहरू कसबाट सञ्चालित छन ?!
भारत र अमेरिकाको कूटनीति कति गम्भीर छ भन्नेबारे त गत वर्ष गुजरातका जनसभामा बारम्बार मोदी र ट्रम्पले गला मिलाए । त्यसबेला कोरोनाको बिगबिगी सुरू भइसकेको थियो । मोदी र ट्रम्प कलेजमा पढ्ने विद्यार्थी होइनन् । कूटनैतिक इतिहासमा भारत र अमेरिकी नेताहरू अकूटनैतिक र अमर्यादित गतिविधिबारे पढाइने छन् ।
प्रगतिशील साहित्यमा ‘सामन्त’, ‘शोषक’, ‘मालिक’, ‘सम्राट’, ‘जमिनदार र ‘राजा–महाराजा’ जस्ता शब्दहरू नकारात्मक हुन् । तर, समाजमा आमूल परिवर्तन नआएसम्म व्यक्तिको जात र नाउँले समेत त्यस समाजको झलक दिने गर्छ । समाजशास्त्र र प्रगतिशील साहित्यबारे पनि कहिलेकाहीँ चर्चा हुने गर्छ । एकदिन पाकिस्तानका अनेक विस्फोट उपद्रवमा कुन–कुन देशको गुप्तचर विभागका हातहरू थिए भनी लेखिने छन् । भारत र पाकिस्तान एउटै वर्ष बेलायती उपनिवेशवादबाट स्वतन्त्र भएका थिए ।
देशको स्थिति समाचार शीर्षकले बताउँछ
‘अवस्था डरलाग्दो’, ‘सङ्क्रमित एक लाख नाघे’, ‘पाँचको परीक्षण गर्दा एकमा सङ्क्रमण’, ‘सक्रिय सङ्क्रमित २७,०५३, मृतकको सङ्ख्या ६००’ र ‘७३,०२३ जना सङ्क्रमणमुक्त ।’
‘लापरबाहीको हद ।’ – न्युरोड, इन्द्रचोक, असन, महाबौद्ध क्षेत्रमा देखिएको भीड । शुक्रबारसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख नाघेको छ । (राजधानी – २४ असोज २०७७)
स्वास्थ्यबारे देशको स्थिति
‘एक वर्षअघि नै प्रधानमन्त्रीको हातमा सतर्कता केन्द्रको प्रतिवेदन’, ‘मेडिकल कलेजले ठगे तीन वर्षमा तीन अर्ब ।’ (नयाँ पत्रिका, २१ असोज २०७७)
‘निजी अस्पतालका २५ हजार नर्सको पक्षमा निर्णय’, ‘श्रम शोषण गर्ने अस्पतालको नवीकरण नहुने’, ‘नर्समाथि भइरहेको श्रम शोषणको विषयमा श्रृङ्खलाबद्ध समाचार प्रकाशित भएपछि स्वास्थ्य मन्त्रालयद्वारा सचिवस्तरको निर्णय’, ‘तलब–भत्ता बैड्ढमा पठाएको प्रमाण पेश नगर्ने अस्पतालको नवीकरण रोक्ने’, ‘उपकरणको आयात तथा भन्सार छुटकोे सिफारिस पनि नदिने’, ‘महामारीबीचमा पनि चार हजार १२१ नर्स अभाव ।’ (नयाँ पत्रिका, २८ असोज २०७७)
‘सांसदलाई दसैँ भत्ता, महामारीविरूद्ध अग्रपङ्क्तिमा जुटिरहेका स्वास्थ्यकर्मीलाई सात महिनादेखि जोखिम भत्तासमेत छैन’, ‘वीर अस्पतालको सरसफाइ विभागमा ३३ वर्षदेखि कार्यरत मनकेशरी महर्जनको प्रश्न– दुनियाँ सबै कोरोनासँग डराएको बेला पनि बिरामीको दिसा–पिसाब सोहोर्ने हामी, अनि भत्ता सोहोर्ने नेता ?!’
वीर अस्पतालमा स्वास्थ्यकर्मी तथा कर्मचारीले पीपीई मास्क, पञ्जा र भत्ता माग्दा सरकारले अस्पतालमै प्रहरी परिचालन ग¥यो ।’ (नयाँ पत्रिका, ३ कार्तिक २०७७)
‘जनताको उपचारमा पैसा छैन, तर साधारण खर्च तीन महिनामा १ खर्ब ९१ अर्ब, विकासतर्फ जम्मा १९ अर्ब ।’
महामारीको बेला जनताको उपचार गर्न र मृतकको लास उठाउनसमेत नसक्ने घोषणा गरेको सरकारले आर्थिक वर्षको पहिलो तीन महिनामा गरेको खर्चमध्ये ९० प्रतिशत रकम साधारण खर्च हो ।’
‘वीरको अक्सिजन प्लान्ट सात महिनादेखि अलपत्र, ३५ लाखमा बन्न सक्छ, तर बनाइएन ।’
‘कैलाली घटनामा प्रहरी अनुसन्धान, तस्करी रोक्न खोज्दा असइ र प्रहरी जवानको हत्या ।’ (नयाँ पत्रिका, ५ कार्तिक २०७७)
माथिको समाचारले नेपाल–भारत सीमामा गम्भीरता देखिँदै छ । नेपालमा ‘रअ’ का प्रमुख काठमाडौँ उत्रे तथा कार्तिकको तेस्रो हप्तामा भारतीय सेनाध्यक्ष नेपाल भ्रमण गर्दै छन् भने ‘भारतले एकतर्फी खोल्यो नाका’ भन्ने वीरगञ्जको समाचार छ । (अन्नपूर्ण, ७ कार्तिक २०७७)
‘जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गर्ने गोर्खा ब्रुअरी कारबाहीमा पर्ने, गुणस्तरहीन बियर बजारमा पठाउन र बिक्री वितरणमा रोक ।’ त्यस कम्पनीले सरकारलाई १ अर्ब ४४ करोड रूपैयाँ कर बुझाएको छैन । (राजधानी, ७ कार्तिक २०७७)
‘कालापानीमा भारतीय फौजको परेड, बालुवाटारमा ‘रअ’ प्रमुखलाई स्वागत’, ‘छिमेकी देशको आन्तरिक राजनीतिमा जासुसी र हस्तक्षेप गर्ने भनेर बदनाम भारतीय गुप्तचर संंस्था ‘रअ’ का मुखिया सामन्तकुमार गोयल बुधबार राति ९ः१५ मा बालुवाटारको गेटभित्र प्रवेश गरेका थिए, मध्यराति १२ः१० मा बाहिरिए ।’ ‘नेपाली भूमि कालापानीमा भारतीय फौजको क्याम्प ।’ (नयाँ पत्रिका – ७ कार्तिक २०७७)
उद्योग–व्यवसायीयले राहत पाउनुपर्छ ?!
मकवानपुरका उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष एवम् खाद्यान्न व्यवसायी कृष्णकुमार गुप्ता (अग्रवाल) सङ्घले बनाएको राहत वितरण समितिका संयोजक हुनुहुन्छ ।
त्यस संस्थाले हेटौँडामा करिब तीन लाखको राहत वितरण गर्ने योजना बनाएको थियो । तर, राहत वितरण गर्दा एउटै परिवारको दुई–तीन जना पनि लाममा बस्ने हुँदा नगरपालिकाको वार्ड समितिसँग संयोजन गरी वितरण गर्ने उपाय बनाइएको समाचारमा बताइएको छ । पाँच किलो चिउरा, आधा लिटर तेल,, दुईसय ग्राम मसला, नून एक किलो, बिस्कुट तीन पाकेट, साबुन एउटा वितरीत सामग्रीको पोकामा छन् । सङ्घले तीन लाखको राहत वितरण गरेको हो ।
एक अन्तर्वार्तामा उद्योग व्यवसायीको समस्या र अपेक्षा बुझ्दा उद्योग–व्यवसायीहरूले तीन–तीन लाखको राहत सामग्री वितरण गरेको हुनाले सरकारबाट बैड्ढलाई ब्याज मिनाहा गर्न माग गरेका छन् ।
सरकार र स्वास्थ्यमन्त्रीको आग्रह
सरकारले कोरोना परीक्षण गर्न कामभन्दा कम २००० रूपैयाँ र त्योभन्दा पनि धेरै बढी मूल्य तिरेर निजी अस्पतालहरूमा जान अनुरोध गरेका थिए । छाक छाकको निम्ति भौतारिरहेका जनताले निजी अस्पतालको चर्को फिस कहाँबाट तिर्ने बताउँदै सरकारको चर्को आलोचना हुँदै गयो ।
सरकारले समृद्धिको ढोल पिट्नासाथै सबैको घर–घरमा लक्ष्मीले २–४ महिनाको खाद्यान्न र राहत पु¥याई दिनेहोला भनी दङ्ग परेका साधारण जनता रूनु र हाँस्नुमा छन् ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकाल टोलटोलमा गएर ‘जनताको मागअनुसार नै सरकारले शुल्क लिने निर्णय’ गरेको बताउन आग्रह गर्दै छन् । प्रस्ट छ – स्वास्थ्यमन्त्रीका जनता भनेको निजी अस्पतालका करोडपति र अर्बपति मालिकहरू हुन् ।
निजी जाँचबाट परीक्षण गर्ने सरकारी निर्णयबाट कोरोना रोग भागेको हुनाले परीक्षण गर्नेहरू कमी भएको स्वास्थ्यमन्त्रीको भनाइ सा¥है लोकप्रिय भनाइ हो – गरिबहरूको स्वास्थ्यमन्त्रीप्रति धन्यवाद दिँदै गरिब जनसङ्ख्या घटाउने ट्रम्पको उपाय नेपालमा लागू गर्न खोजेकोमा बुद्धिजीवीहरू तीनछक्क परेका छन् ।
अदक्ष कामदार आफ्नो ज्यावलदेखि रिसाउँछ
यो भनाइ संसारमा जहाँ–तहाँ प्रचलनमा छ । कोरोना भाइरससँग लड्न सक्ने त्यो केही होइन भन्दै मास्क लगाउन अस्वीकार गर्ने ट्रम्प आफै कोरोनाको आक्रमणबाट २–४ दिन सैनिक अस्पतालमा सुतेका थिए । उनले भने, “म कोरोनासँग डराउनँ ।”
जनताले आपसमा भने, “त्यस्तो सबै बन्दोबस्त भएको अस्पतालको सेवा सबैले पाउने भए साधारण जनता किन डराउँथे !”
अमेरिकी राष्ट्रपतिको निर्वाचनमा चारैतिर ट्रम्पको आलोचना र विरोधको सामना गर्दै ट्रम्पले अमेरिकाको उच्च ओहदामा रहेका र अति सम्मान गरिने विज्ञ डा. एन्थोनी फाउसीप्रति आक्रोश व्यक्त गरे । तर जनतामा ट्रम्पको फटयाइँले आक्रोश झन् बढेको अनेक टीभी छलफलमा देखिएको थियो ।
सञ्चारमाध्यमले जनतामा देखिएको आक्रोश र सही टिप्पणीलाई प्रस्ट राखेकोमा पनि ट्रम्प सा¥है आक्रामक देखिएका थिए । तर, ट्रम्पकै पुराना सचिव, मन्त्री र सहयोगीहरूले नै ट्रम्प झूटो बोल्ने, सन्तुलन नभएको, घमण्डी र अराजनैतिक आदि भनी प्रचारमाध्यममा हाकाहाकी आलोचना गरेको व्यापक समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *